पढ्ने विद्यार्थी नै छैनन् !

माध्यमिक तहको एच्छिक इतिहास विषय पढिसकेका विद्यार्थी ऐतिहासिक घटनाका परिप्रेक्ष्यमा वर्तमान लाई हेर्न र घटनाक्रमलाई वैज्ञानिक तरिकाबाट विचार विचार गर्न सक्ने हुने अपेक्षा गरिएको छ । तर, आज ऐच्छिक इतिहासको पठनपाठन ज्यादै कम विद्यालयहरूमा मात्रै हुने गरेको छ ।

राष्ट्रिय शिक्षा पद्धतिको योजना (२०२८) लागू भएपछि विद्यालय तहमा इतिहास, भूगोल र पञ्चायत विषयलाई सामाजिक शिक्षाअन्तर्गत छुट्टाछुट्टै अनिवार्य विषयका रूपमा पढाइन्थ्यो । त्यसको दश वर्षपछि उक्त पद्धतिको मूल्याङ्कन गर्दै निम्न माध्यमिक र माध्यमिक तहको पाठ्यक्रम परिमार्जन गर्दा निम्न माध्यमिक तहको सामाजिक शिक्षामा पूर्णाङ्क र पाठ्यभार परिवर्तन न गरी यसका विषयवस्तुहरू मात्र परिमार्जन गरिए । तर, माध्यमिक तहमा समावेश गरिने विषयहरूमा व्यापक हेरफेर गरियो र कक्षा ९ र १० मा विज्ञानका साथै इतिहास र भूगोल ऐच्छिक तुल्याइए ।

२०४६ सालको जनआन्दोलनपछि प्राथमिक र निम्न माध्यमिक तहमा जस्तै माध्यमिक तहमा पनि एक सय पूर्णाङ्कको सामाजिक अध्ययन लाई अनिवार्य विषयको रूपमा राखियो । यसबाट विद्यार्थीलाई देशको इतिहास र भूगोलको सामान्य जानकारी गराउने अपेक्षा राखिएको देखिन्छ । ‘इतिहास’ भन्ने विषयलाई अलग्गै ऐच्छिक रूपमा छोडियो ।

अहिलेको अवस्था
विद्यमान सामाजिक अध्ययनको पाठ्यक्रमको सातौं एकाइमा ‘हराम्रो विगत’ शीर्षकमा निमावि तहमा प्राचीनकाल (किराँत काल र लिच्छविकाल) र मध्यकालको सामाजिक, आर्थिक, राजनीतिक र धार्मिक एवं सांस्कृतिक अवस्था, नेपालको एकीकरण, राणाकाल साथै राजा महेन्द्रका सामाजिक सुधार, मानव सभ्यता सम्बन्धी विषयवस्तु समावेश गरिएका छन् । मावि तहमा ऐतिहासिक अध्ययनका स्रोत, नेपालको एकीकरण, नेपाल–अङ्गे्रज युद्ध, राणाकालीन नेपाल, वि.सं. २००७ साल देखि २०४६ सालपछि सम्मको राजनीतिक घटनाक्रम, बेलायतको औद्योगिक क्रान्ति, प्रथम र द्वितीय विश्वयुद्धका कारण र परिणाम, संयुक्त राष्ट्रसङ्घको उदय आदि समावेश गरिएका छन् ।

२०६२/६३ को जनआन्दोलनपछि राजा, राजपरिवार सम्बन्धी पाठ्यवस्तुहरू हटाई वीर, वीराङ्गना एवं राष्ट्रिय व्यक्तित्वहरूका योगदान सम्बन्धी पाठ्यवस्तुहरू पाठ्यपुस्तकमा समावेश गरिए ।

सामाजिक अध्ययन सामाजिक विज्ञानका विषयहरूको एकीकृत सङ्गठन भएकाले यसमा मानव शास्त्र, समाज शास्त्र, राजनीतिशास्त्र, अर्थशास्त्र, इतिहास, भूगोल आदि विषयका विषयवस्तुहरूलाई सङ्गठित गरिएको छ । यो मुख्य पाठ्यक्रम (कोर करिकुलम) हो । सामाजिक विज्ञानका सबै विषयवस्तुलाई सामाजिक अध्ययनमा समेट्न नसकिने हुनाले त्यसलाई ऐच्छिक विषयका रूपमा राखिएको छ । यो व्यवस्थाले गर्दा माध्यमिक तहका विद्यार्थीले आफ्नो रुचि अनुसारका विषयहरू ऐच्छिक विषयका रूपमा अध्ययन गर्ने अवसर पाउँछन् । त्यसै बमोजिम इतिहासप्रति रुचि राख्ने विद्यार्थीहरूका लागि पनि अरू विषय जस्तै १०० पूर्णाङ्क राखी ऐच्छिक विषयका रूपमा समावेश गरी अध्ययन गर्ने व्यवस्था गरिएको छ ।

माध्यमिक तहको एच्छिक इतिहास विषय पढिसकेका विद्यार्थी ऐतिहासिक घटनाका परिप्रेक्ष्यमा वर्तमान लाई हेर्न र घटनाक्रमलाई वैज्ञानिक तरिकाबाट विचार विचार गर्न सक्ने हुने अपेक्षा गरिएको छ । तर, आज ऐच्छिक इतिहासको पठनपाठन ज्यादै कम विद्यालयहरूमा मात्रै हुने गरेको छ । यसको असर उच्च शिक्षामा पनि परेको छ । क्याम्पस तहमा इतिहास विषय लिई अध्ययन गर्ने विद्यार्थीहरू पाउन गाह्रो भइसकेको छ । यसका कारणहरू हुन्ः क) विद्यार्थीहरूमा रोजगारमूलक प्राविधिक विषयमा आकर्षण बढ्नु । ख) प्राविधिक पद र पेशाप्रति समाज को पनि आकर्षण र सामाजिक सम्मान बढ्दै गएको अवस्थामा कुनै पनि शिक्षित जनशक्ति इतिहास अध्ययनकर्ता र इतिहासविद् बन्न नचाहनु ।ग) इतिहास विषयलाई खोज र अनुसन्धानमा भन्दा व्याख्यान विधिद्वारा पढाउने भएकाले पनि इतिहास विषयतर्फ विद्यार्थीको आकर्षण कम हुँदै जानु ।

commercial commercial commercial commercial