‘लट्ठी कहिल्यै देखिनँ’

डा. सा’बले स्कूल कहाँ पढ्नुभयो ?
मैले पाल्पाको तानसेनस्थित जनता विद्यालयमा पढेको हुँ । त्यहीँबाट २०१७ सालमा एसएलसी गरें । आईएस्सी पढ्न चाहिँ बनारस गएँ । मेरी हजूरआमा त्यहाँ बस्नुहुन्थ्यो ।

स्कूल पढ्दाखेरीका कुनै सहपाठीका नाम सम्झना हुन्छ ?
किन नहुनु ? धेरैजनाको नाम सम्झन्छु । डा. यादवप्रसाद कोइराला (त्रिवि), प्रा. विनोदप्रसाद श्रेष्ठ (त्रिवि), पृथ्वीराज लिगल (पूर्व उपाध्यक्ष, राष्ट्रिय योजना आयोग), बुद्धिप्रसाद शर्मा (पछि जनता विद्यालयको प्रधानाध्यापक) र तिलकप्रसाद (नेपाली सेना) लाई सम्झन्छु । कुलचन्द्रगौतमले पनि हामीभन्दा अघि त्यहीँ पढ्नुभएको हो ।

‘हेड मास्टर’ को हुनुहुन्थ्यो ?
जगतबहादुर जोशी । स्कूल बनाउन त्यसवेला ‘हेडसर’सित चादर बोकेर चन्दा उठाउन हिँडेको अहिले पनि सम्झन्छु । जगत सर मेरो आदर्श शिक्षक हुनुहुन्छ । उहाँको आनीबानीबाट म प्रभावित थिएँ । त्यस भेकमा उहाँलाई धेरैले चिन्थे । उहाँ मेरो छिमेकी पनि हुनुहुन्थ्यो । (हे. जोशीको व्यक्तित्व विवरण, शिक्षक पूर्णाङ्क १३, वैशाख २०६६ ।)

अन्य शिक्षकबारे डा. सा’बको धारणा ?
स्कूलमा छँदा शिक्षकहरूबाट कहिल्यै सजाय पाइनँ । एकचोटि मैले स्कूलले आयोजना गरेको कार्यक्रममा कविता सुनाएँ । त्यसको एउटा पङ्क्ति आफूले लेखेँ र अर्को पङ्क्ति कुनै किताबबाट सारेको थिएँ । नेपालीको सरले त्यो थाहा पाइहाल्नु’भो । तैपनि उहाँले मलाई कुनै सजाय दिनुभएन । त्यसो न गर्ने अर्ती चाहिँ दिनुभयो । त्यो जमानामा पनि मैले स्कूलमा लट्ठी लिने कुनै शिक्षक देखि नँ ।

स्कूलको भौतिक अवस्था कस्तो थियो ?
सानो कक्षामा सुकुलमा बसेर पढ्थ्यौँ । माथिल्लो कक्षामा पुगेपछि बेञ्चमा बस्न पायौँ । स्कूल र कक्षाकोठाको सरसफाई हामी आफैंगथ्र्यौं । स्कूल परिसरमा मौलाएकोसिस्नु काट्न मैले घरमा गएर छालाको पञ्जा लगाएर धरी आएँ ।

तपाईंलाई त्यो स्कूलले के दिएको ठान्नुहुन्छ ?
त्यहाँबाट मैले संस्कार पाएँ । पढ्नुपर्छ, चोरी गर्नु हुन्न । मान्यजनलाई आदर गर्नु पर्छ । यस्ता समाज ोपयोगी संस्कार मैले स्कूलबाटै सिकेँ । त्यसवेला हामी शिक्षकलाई गुरुका रूपमा सम्मान गथ्र्यौं । तर आजभोलि त्यस्तो छैन । फोहोरी राजनीतिक संस्कारले स्कूलहरू बर्बाद भएका छन् ।
यसरी बर्बाद बनाइएका स्कूललाई कसरी सुधार्न सकिएला त !
स्कूलप्रति प्रतिबद्ध र पढाउन सक्ने क्षमता भएका शिक्षकहरूको व्यवस्था गर्न सक्यौँ भने हाम्रा सामुदायिक स्कूलमा पठनपाठन सुध्रने छ । शिक्षक र समाज बीच सम्बन्ध टुटेको अवस्था छ । त्यो सम्बन्ध पुनः जोडिनुपर्दछ । स्कूलमा राजनीति बन्द गरिनुपर्दछ । समाज ले शिक्षकलाई पूरापूर सहयोग गर्नु पर्दछ ।

बाल विशेषज्ञ चिकित्सकको नाताले शिक्षकहरूलाई के सल्लाह दिन चाहनुहुन्छ ?
बालबालिकाले संस्कार परिवार र स्कूलबाट सिक्दछन् । उनीहरूले परिवारका सदस्यबाट चालचलन सिक्छन् भने शिक्षकबाट सामाजिक उत्थान र मर्यादाका कुरा सिक्छन् । स्कूलबाट बालबालिकाले जीवनोपयोगी क्षमता अर्थात् ‘लाइफ स्किल’ सिक्न पाउनुपर्दछ । यसमा शिक्षकहरू सधैँ सजग रहनु पर्दछ । शिक्षक कक्षामा सरल, सफा र मित्रवत् ढङ्गले प्रवेश गर्नु पर्दछ । त्यसो भयो भने बालबालिकाले शिष्टता सिक्छन्, एकले अर्कोलाई माया गर्न जान्दछन् । शिक्षक हातमा लट्ठी लिएर रिसाएको मूडमा झवाक्किँदै कक्षामा प्रवेश गरे भने त्यसले बालबालिकामा उत्तेजनाको बीजारोपण गरिदिन्छ । तसर्थ कक्षामा जाँदा शिक्षक रिसाएको पनि देखि नुहुँदैन; लट्ठी बोकेर जानु त महाभूल नै हुन्छ ।

स्कूल र बच्चाको स्वास्थ्यमा सम्बन्ध छ भन्न खोज्नुभएको हो ?
एकदमै हो । एकदिन मेरो क्लिनिकमा एउटी आमा स्कूल जाने उमेरको बिरामी बच्चा लिएर आइन् । ‘डा. सा’ब मेरो बच्चाले खानै मान्दैन’ भन्ने कुरा उनले भनिन् । मैले सोधेँ, “तपाईंको बच्चा बिहान कति बजे उठ्छ ? के के खुवाउनुहुन्छ ? स्कूल कति बजे पठाउनुहुन्छ ?...” महिलाको जबाफ थियो, “६ बजेतिर उठ्छ, जे खुवाउन खोजे पनि मनै गर्दैन । अनि भोकभोकै ७ बजे स्कूल जान्छ ।”

त्यो बच्चाले बिहान उठ्नासाथ; एक घण्टामा के खाओस् ! अनि बच्चा बेलुकी ५–६ बजेतिर घर फर्किन्छ । थाकेको हुन्छ । ऊ साँझ्मा पनि खान मन गर्दैन । नखाई सुत्छ । जसका कारण त्यो बच्चालाई कुपोषण भएको थियो ।

यसरी स्कूलले गर्दा हाम्रा बच्चाको स्वास्थ्य बिग्रिरहेको छ । घरमा चाउचाउ लगायतका ‘जङ्क फुड’ खान नदिएर के गर्ने ?
स्कूलमा त्यस्ता खाना ‘फ्रि’ छ । यस्ता कुरा मा स्कूलहरूले ध्यान दिएको पाइँदैन । यो दुः खद् कुरा हो । ७

ध्रुब सिम्खडा

commercial commercial commercial commercial