पुस्तकभन्दा पाठ्यक्रम हेरौं !

शिक्षकले पाठ्यपुस्तकको सट्टा पाठ्यक्रमलाई आधार बनाउँदा शिक्षित बेरोजगार युवा उत्पादन गर्ने कार्य रोकिएर रुपान्तरण गर्ने अगुवा युवा दस्ताको उत्पादन शुरु हुन सक्छ ।

१७वर्षको उमेर देखि लगातार १० वर्षसम्म शिक्षक पेशामा जीवन बित्यो । रामेछापको दूरदराजमा रहेकोगुम्देल गाविस–१ को हिमालय प्रावि, लाहाछेवर देखि हेटौंडाको प्रगति माविसम्म र काठमाडौंका केही विद्यालयहरूमा पनि पढाउने काम गरें । विद्यालयमा पढाउँदा शिक्षकको परिभाषा र जिम्मेवारीको ज्ञान ममा थिएन । बाल विकास र सिकाइका चरणहरूको जानकारी हुनु त धेरै टाढाको कुरा थियो । आफूले अध्ययन गर्दाका केही राम्रा शिक्षकहरूको अनुकरण गर्दै पढाउने काम प्रारम्भ भयो ।
नेपालीका अध्यापक धर्मान न्द वाग्लेको मीठो वचन, लययुक्त पठनपाठन, विद्यालयमा मात्र होइन कक्षाकोठामा पनि नियमित उपस्थिति हुने र सुधारात्मक गृह कार्यको व्यवस्थापन आजसम्म पनि सम्झ्नलायक छन् । उहाँको विज्ञता, लगनशीलता र सरल सिकाइले आजसम्म पनि नेपाली लेखन र व्याकरणमा मेरो हात–कलम चलेको छ । उहाँकोगुणबाट प्रभावित भई शिक्षक हुँदा कक्षाकोठामा नियमित उपस्थित हुने र विद्यार्थीको सहभागितामा पठनपाठनका गतिविधि सञ्चालन गर्ने बानीको विकास भयो ।
विद्यालयका प्रधानाध्यापक एवम् गणित शिक्षक कृष्णबहादुर बुढाथोकीको विद्यालय परिसरको भ्रमण, कक्षाकोठाको अवलोकन, शैक्षिक सामग्रीको रूपमा स्थानीय चिजबिजको प्रयोग, विद्यार्थीलाई कालोपाटीमा हिसाब गर्न लगाउने तरिका, कक्षा कार्यमा उत्प्रेरणात्मक तथा प्रतिस्पर्धात्मक बालकेन्द्रित विधि, नियमित कक्षा कार्य र गृह कार्यको परीक्षण, कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन गर्ने परिपाटीले गणित शिक्षक बन्ने हौसला जगाएको थियो । बुढाथोकी सरले विद्यार्थीकालमा कक्षाकोठा अगाडि बोलाएर हिसाब गर्न ल गाउँदा प्रारम्भमा डर लागे पनि विस्तारै म पनि शिक्षक बन्न सक्छु भन्ने विश्वास बढ्यो । गणित सजिलो लाग्दै गएपछि गणित पढाउन प्रारम्भ गरे । मानविकीमा प्रमाणपत्र र व्यवस्थापनमा स्नातक गरे पनि माध्यमिक तहको गणित पढाउन समेत विद्यालयले जिम्मेवारी दियो । गणितलाई घरपरिवारको मासिक बजेट, दैनिक खर्चको हिसाबकिताब र छिमेकीसँग को लेनदेनलाई अङ्क गणितका पाठहरूमा जोड्दा विद्यार्थीले सजिलै बुझदा रहेछन् । कक्षाकोठा, पाठ्यपुस्तक र विद्यार्थीलाई नै पनि शैक्षिक सामग्रीको रूपमा प्रयोग गर्न सकिँदो रहेछ ।

खेलकुद शिक्षकको खेलमैदानमा सिकाउने तरिका र कक्षाकोठाभित्र पढाउने शैलीमा तालमेल देखि न्थ्यो । ती शिक्षकले मध्यान्तरमा सधैँ भलिबल, डोरी, रिङ र एथलेटिक्सका खेलहरूमा कक्षागत पालो लगाएर विद्यार्थीसँगै खेल्ने र खेलाउने तथा सिकाउने बानीले ती शिक्षकसँग सबै विद्यार्थी नजिक थिए । खेलाडीहरूको रराम्रो पक्ष, विधि र तरिकालाई सधैं ती शिक्षकले छलफल गराउँथे र राम्रा सीपको प्रयोग बढाउन विद्यार्थीलाई हौस्याउँथे । यसबाट हरेक विद्यार्थीको इच्छा, रुचि र सिकाइ क्षमता फरक हुन्छ र सो अनुसार सिकाइमा विद्यार्थीलाई उत्प्रेरित गर्नु शिक्षकको कर्तव्य रहेछ भन्ने थाहा भयो । खेल विद्यार्थीले नै खेल्ने र शिक्षकले बाहिरबाट हौसला दिने र रणनीति बनाउन परामर्श गर्ने प्रक्रियाले शिक्षकको काम विद्यार्थीलाई कक्षाकोठाभित्र र विद्यालय परिसरमा सिक्ने वातावरण बनाउन सहयोग गर्ने सहजकर्ता रहेको ज्ञान दियो । खेलकुदमा खेलाडी खेलमैदानमा नायक भए जस्तै पढाइमा विद्यार्थी नायक रहने बालकेन्द्रित सिकाइलाई प्रबद्र्धन गर्ने विधि र सीप शिक्षक पेशा छोडेपछि मात्र जान्ने र बुझने मौका पाइयो । शिक्षा विभाग, शिक्षक युनियन र सेभ द चिल्डे«नले संयुक्त रूपमा बालमैत्री शिक्षण विधि सम्बन्धी शिक्षक निर्देशिका नै प्रकाशनमा ल्याएका छन् । अहिले उक्त निर्देशिका र शिक्षक मासिकले शिक्षाको गुणस्तर सुधारमा बुटीको रूपमा काम गरिरहेको भान हुन्छ ।

विश्वविद्यालयको शोधार्थी बन्ने क्रममा शिक्षक र यसको भूमिका तथा विद्यार्थीको सिकाइ सम्बन्धी दार्शनिक, सामाजिक, आर्थिक र प्राविधिक पक्षहरूको ज्ञान आर्जन हुँदैछ । त्यसको सीप त कक्षाकोठामा अभ्यास न गरी पूर्णता आउँदैन । शिक्षक सहजकर्ता अनि विद्यार्थी अन्वेषक भएर समाज अध्ययन गर्ने परिपाटीलाई शिक्षा भन्ने गरिन्छ । समाज बुझने र बजारमा बिक्ने विद्यार्थी तयार गर्नु शिक्षाको काम हो । शिक्षाको केन्द्रबिन्दु विद्यार्थी हुन् । समाज को अध्ययन र विश्लेषण नै विद्यार्थीको पाठ्यक्रम हो । शिक्षक त्यसका सहजकर्ता मात्र हुन् । आफू विद्यार्थी हुँदा झैँ अहिले पनि शिक्षकहरूले पाठ्यपुस्तक नै पढाउँछन् । त्यसैले, शिक्षक साथीहरूलाई मेरो आग्रह छ; आजैबाट किताब पढाउन छोडेर पाठ्यक्रमलाई कक्षा क्रियाकलाप को आधार बनाउन प्रारम्भगरौं ।

शिक्षकले पाठ्यपुस्तकको सट्टा पाठ्यक्रमलाई आधार बनाउँदा शिक्षित बेरोजगार युवा उत्पादन गर्ने कार्य रोकिएर रुपान्तरण गर्ने अगुवा युवा दस्ताको उत्पादन शुरु हुन सक्छ । यसका लागि धर्मान न्द गुरु र बुढाथोकी सर जस्ता शिक्षकहरू बन्नु र बनाउनुपर्छ । अक्षर चिन्ने मात्र होइन काम गर्ने सीप र श्रमको मूल्य सिकाउन गाउँकै मिस्त्री, अगुवा कृषक, गाविस सचिव, स्वास्थ्य कार्यकर्तालाई अतिथि शिक्षकको रूपमा प्रयोग गर्दा शिक्षा व्यावहारिक र कामयावी हुँदोरहेछ, क्याम्बोडियाको शिक्षा पद्धतिले यही सिकाउँछ । हरेक विद्यालयमा कक्षागत नर्सरी र करेसाबारी बनाई त्यहाँ उत्पादित बेर्ना विद्यार्थीलाई दिई अभिभावकसँग को सहकार्यमा घरघरमा करेसाबारी बनाउने अभियानले कृषिमा सुधार गर्न सकिँदोरहेछ ।

commercial commercial commercial commercial