गान्धी, मिठाई र सरसफाई

गान्धीजीका बारेमा सुनिने थुप्रै प्रसङ्गहरूमध्ये एउटा यस्तो छः
गान्धीजीको आश्रमछेउको गाउँको एउटा बालकगुलियोमा मरिहत्ते गर्दो रहेछ ।गुलियोकै कारण दाँत दुखेर रातभरि रुँदो रहेछ । उसकी आमा उसको यो बानीले हैरान भइछन् । अनि उनी महात्मागान्धीसित छोरालाई सम्झाइ माग्ने विचार ले छोरालाई डोर्याउँदै आश्रममा पुगिछन् ।
उनको कुरा सुनेरगान्धीजीले एकछिन् सोचेछन् र उनलाई अर्को हप्ता आउन भनेछन् ।
अर्को हप्ता ती आमा–छोरालाई आश्रममा देख्ने बित्तिकैगान्धीजीले भनेछन् “ए बाबु ! धेरैगुलियो नखाऊ है ! अनि खाए पनि खाइसकेपछि रराम्रोसित कुल्ला गर्ने बानीगर ।” उनले आफ्नो थोते मुख देखाउँदै भनेछन्, “मलाई पनि गुलियो मन पर्ने तर कुल्ला न गर्ने भएकाले बेलै नभई दाँत झरे । दाँत नभएपछि खाना रराम्रो पच्दैन, खाना नपचेपछि तागत हुँदैन । तागत नभएपछि काम गर्न सकित्र । खुसी लाग्दा मीठो गरी मुस्कुरा उन पनि मिल्दैन । उमेरमै दाँत झ्रेको मान्छे रराम्रो हुन्छ र ?”
गान्धीजीका कुरा ले एकै पटकमा जादु गरे छ । केटो ठिक्क मात्र गुलियो खान र खाएपछि कुल्ला गर्न थालेछ । आमा दङ्ग परिछन् । तर अर्को पटक आश्रम जाँदा उनले गान्धीजीलाई सोधिछन्, “बापू, त्यति सानो कुरा भत्र किन एकहप्ता समय लगाउनुभयो ?” गान्धीजीले भनेछन् “नानी, त्यतिञ्जेल त म आफैँ पनि अलि धेरै नै गुलियो खान्थेँ र कुल्ला पनि गर्दिथें । अर्ति दिनका लागि त पहिले मैले आफूलाई सुधार्नु पर्यो नि ! एक हप्तामा म त्यसमा सफल भएँ, अनि मात्र तिम्रो छोरालाई गुलियो नखाऊ भत्र सकेँ ।”
अर्थात्– ज्ञान मात्रले पुग्दैन, सिकाउनका लागि आफू नैतिकरूपले पनि योग्य हुनुपर्छ । यस्तै नैतिक बलले मोहनदास करमचन्द गान्धीलाई ‘महात्मा’ बनाएको हो ।
कथनी र करनी बीचको यो अन्तर मानिसको दैनिक व्यवहार, स्वच्छता र सरसफाई सम्बन्धी बानी–व्यवहारसँग जोडेर हेर्दा रमाइला चित्र देखिन्छन् । आफू चुरोट र मादक पदार्थमा मरिहत्ते गर्ने ले पनि आफ्ना सन्तान वा विद्यार्थी ती कुलतबाट बचून् भत्रे चाहन्छन् । चाहना राख्नु राम्रो हो, तर के त्यो चाहना राख्ने नैतिक अधिकार उनीहरूसित छ त ? दुई–चार अक्षर पढेका जोसुकैलाई पनि थाहा छ, खाना खानुअघि साबुनपानीले हात धुनुपर्छ भत्रे कुरा । तर खाने बेलामा ‘आफ्नो हात जगत्राथ’ भन्दै हातै नधोई खानेहरू धेरै छन् । कतै हामीले घरमा चर्पी नभए पनि विद्यालयमा छात्रछात्रालाई स्वास्थ्य र सरसफाईका कुरा सिकाइरहेका त छैनौँ ?
आफू उदाहरण बनौँ
विद्यालय नानीहरूलाई किताब पढाउने र पास गराउने ठाउँ मात्र नभई उनीहरूलाई स्वच्छता, सरसफाई र सदाचार जस्ता राम्रा आनीबानी सिकाएर व्यवहार कुशल बनाउने ठाउँ पनि हो । तर हाम्रो देशका अधिकांश विद्यालयमा चर्पी, पानी जस्ता आधारभूत सुविधाको ठूलो अभाव छ । भएकै शौचालयमा पनि शिक्षकहरूले ताला लगाउने र आफूले मात्र प्रयोग गर्ने गरेको देखिन्छ । यसबाट किशोरी विद्यार्थीलाई , खास गरी महिनावारीका बेला निकै असुविधा हुन्छ । अधिकांश विद्यालयमा चर्पी हुँदैनन्, तर पढाइ भने चर्पीका प्रकार, व्यक्तिगत र वातावरणीय सरसफाईका बारेमा हुन्छ । त्यसैले हप्तामा एक दिन विद्यार्थीहरूको नङ र कपाल मात्र जाँच्नु भन्दागान्धीजीले फुच्चेलाई सम्झाए जसरी उनीहरूको मन छुने गरी सिकाएर सरसफाईलाई उनीहरूको जीवनशैली बनाउनु आवश्यक छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार आज सरसफाईका लागि गरिएको एक रुपैयाँ लगानीले भविष्यमा नौ रुपैयाँसम्म प्रतिफल दिन्छ । यसको अर्थ आज सरसफाई र स्वच्छता प्रवद्र्धनका लागि गरिएको चेतना विकास ले भोलि गएर मानिसको स्वास्थ्यमा पुग्ने फाइदा, बिरामी हुनु नपर्दा बच्ने उत्पादनशील दिनहरू, औषधि उपचारमा लाग्ने खर्चको बचत जस्ता कुरा हुन् । तर योभन्दा पनि बहुमूल्य कुरा के हो भने सरसफाई र स्वच्छताले मानिसको इज्जत र आत्मसम्मान दुवै बढाउँछ । कतिपय स्कूलमा आफ्ना विद्यार्थी खुल्ला ठाउँमा दिसापिसाब गर्न गएको, विद्यालय परिसर वरपर फोहोर भएको कुरा लाई त सामान्य ढङ्गले नै लिइएको देखिन्छ, तर विद्यालयमा आएका पाहुनाले चर्पी प्रयोग गर्न खोज्दा फोहोरी चर्पी देखाउनु पर्दा वा ‘चर्पी त छैन’ भत्रु पर्दा भने सम्बन्धित व्यक्तिहरूलाई लाज लागेको स्पष्टै देखिन्छ । चर्पीलाई सरसफाईको दृष्टिबाट भन्दा पनि इज्जत र प्रतिष्ठाको दृष्टिबाट हेर्दाको परिणाम हो यो ।
विद्यार्थीमा सरसफाईको बानी बसाल्न कतिपय विद्यालयले विद्यार्थीले घरमा चर्पी बनाएर प्रयोग गरेका आधारमा स्वास्थ्य शिक्षामा अतिरिक्त अङ्क दिने नियम पनि बसाएका छन् । इज्जत र प्रतिष्ठाका कुरा ले हुर्किंदै गरेका बालबालिकाहरूको मन छुन सजिलो हुन्छ । तर फेरि पनि कुरा यस लेखको शुरुमा आएको कथामा नै पुग्छ, विद्यार्थीको रोल मोडल (आदर्श व्यक्तित्व) का रूपमा समेत रहेका शिक्षकहरूले गान्धीजीले जसरी नै सम्झाउन थाल्ने हो भने परिवर्तन ल्याउन धेरै सजिलो हुन्छ ।