सम्बन्धः छोरीको कमाइ र पढाइको

शिक्षा आफैंमा एउटा ठूलो लगानी हो । लगानी गर्दा कुन क्षेत्रबाट बढी फाइदा आउँछ भनेर सोच्नु मानवीयगुण हो । हराम्रो समाज मा ‘छोरीको कमाइ खानु नपरोस्’ भन्ने अभिभावक अहिले पनि बहुमतमा छन् । जबकि छोराको कमाइमा बाँच्नु नपरोस् भन्नेहरू विरलै भेटिन्छन् । यसैकारण पनि छोरीको दाँजोमा छोराले पढ्ने अवसरमा प्राथमिकता स्वभावतः पाउने नै भए । छोरीको आर्जन पनि बाबुआमाले पाउने प्रथा भए स्थिति अवश्य फरक हुनेथियो होला ।

कुल वयस्क जनसंख्याको ५८ प्रतिशत मात्र साक्षर अर्थात् ४२ प्रतिशत निरक्षर भएको आधारमा नेपाल विश्वको १५औं अशिक्षित मुलुक बन्न पुगेको छ । यसो हुनाको प्रमुख कारण जनसंख्याको झण्डै ५१ प्रतिशत स्थान ओगटेका महिलाहरूमध्ये ३५ प्रतिशत मात्र साक्षर भइदिनाले हो । अन्यथा; ६५ प्रतिशत पुरुषहरू साक्षर छन् । यदि लैङ्गिक समान ता भइदिएको भए कमसेकम शिक्षाको क्षेत्रमा हामी अहिले जति पछाडि पर्ने थिएनौं भन्ने यसबाट स्पष्ट हुन्छ ।

आजको जमानामा शिक्षा पाउने अधिकारबाट जो–कोही पनि वञ्चित हुनु अक्षम्य हुन्छ । त्यसमा पनि महिलाहरू विमुख हुनु भनेको वर्तमान लाई मात्र नभई भविष्यलाई समेत अँध्यारोतर्फ धकेल्नु हो । तथ्याङ्कबाटै सावित भएको तथ्य हो; शिक्षित महिलाका सन्तान नै शिक्षित हुने सम्भावना बढी हुन्छ । शिक्षा हासिल गरेको जनसंख्याको आधारमा कुनै समुदाय वा मुलुक कति आधुनिक छ भनेर हेर्ने परम्परा बसिसकेको आजको दुनियाँमा नारी शिक्षाको महत्वको विषयमा विशेष व्याख्यान जरुरी नपर्ला ।

महिला र शिक्षाका विषयमा नेपालमा राष्ट्रव्यापी अध्ययन हुनै बाँकी छ । हालसम्म भएका अध्ययनहरूमध्ये शिक्षाको स्थितिबोध गराउने सामथ्र्य ‘नेपाल डेमोग्राफिक हेल्थ सर्भे–२००६’ ले राख्छ । हुनत यो सर्वेक्षणको उद्देश्य शिक्षाको स्थितिभन्दा स्वास्थ्यको स्थिति बारेमा आधारशिला तयार पार्नु थियो तर पनि अन्य आधार नभएको स्थितिमा यसलाई नै उपयोगी मान्नुको विकल्प छैन । ६–७ वर्ष पहिले गरिएको उक्त सर्वेक्षणमा उल्लिखित सान्दर्भिक तथ्यांकलाई तालिका १ मा प्रस्तुत गरिएको छः

माथिको तालिका अनुसार सबै जात–जाति, धर्म तथा भौगोलिक क्षेत्रमा शैक्षिक दृष्टिले पुरुषहरू नै अघि देखिन्छन् । यसले के पनि देखाउँछ भने उच्च शिक्षा हासिल गर्ने अवसर जति जति बढ्छ, त्यति त्यति महिलाको दाँजोमा पुरुषहरू अगाडि लाग्छन् । यो असमान ता पनि कुनै धर्म, जाति वा भौगोलिक क्षेत्रमा सीमित छैन । महिलाको दाँजोमा पुरुषले उच्च शिक्षामा पाएको प्राथमिकता सम्बन्धी तथ्यलाई आर्थिक सर्भेक्षण, २०६७/६८ मा प्रकाशित तथ्याङ्क (हे. तालिका २) ले पनि पुष्टि गर्छन् ।

त्यसै गरी; आर्थिक सर्वेक्षण २०६७/६८ मा प्रकाशित अर्को विवरण (विभिन्न विषयगत छात्रछात्राको सहभागिता–तालिका ३) लाई नियालेर हेर्दा के पनि प्रष्ट हुन्छ भने; विषयगत हिसाबले शिक्षा जति जति खर्चिलो हुन्छ; त्यति त्यति महिलाको सहभागितामा कमी आउन थाल्छः

नेपाली महिलाहरू शिक्षामा पछाडि पर्नाको कारणका विषयमा अलग्गै शोधकार्य भएको पाईंदैन । महिला अधिकारकर्मीहरूले दिने सहज उत्तर ‘पैतृक सत्तावादी सोचका कारण’ हुने गरेको पाइन्छ । निश्चय पनि हाम्रा हरेक क्षेत्रमा पुरुष हावी भएको देखिन्छ । त्यसकारण शिक्षामा पनि पुरुषकै वर्चस्व हुनु अचम्मको कुरा भएन । तर यस्ता सतही उत्तरले समस्याको जरोमा पुग्न सघाउँदैनन् । जबसम्म समस्याको मूल कारण पत्ता लाग्दैन, तबसम्म तिनको निराकरण गर्ने उपायको खोजी गर्न सकिँदैन ।

गहिरिएर सोच्ने हो भने शिक्षामा महिला पछाडि पर्नाका कारणहरू धेरै हुनसक्छन् । तीमध्ये प्रमुख चाहिँ आर्थिक तथा सामाजिक कारणलाई मान्न सकिन्छ । आर्थिक कारण– ‘छोराले कमाउँछ, पाल्छ, पोल्दछ’ भन्ने परम्परागत विश्वासमा आधारित छ । शिक्षा आफैंमा एउटा ठूलो लगानी हो । लगानी गर्दा कुन क्षेत्रबाट बढी फाइदा आउँछ भनेर सोच्नु मानवीयगुण हो । हराम्रो समाज मा छोरीलाई अर्काको ‘नासो’ का रूपमा हेर्ने प्रथा छ । ‘छोरीको कमाइ खानु नपरोस्’ भन्ने अभिभावक अहिले पनि बहुमतमा छन् । जबकि छोराको कमाइमा बाँच्नु नपरोस् भन्नेहरू विरलै भेटिन्छन् । यसैकारण पनि छोरीको दाँजोमा छोराले पढ्ने अवसरमा प्राथमिकता स्वभावतः पाउने नै भए । छोरीको आर्जन पनि बाबुआमाले पाउने प्रथा भए स्थिति अवश्य फरक हुनेथियो होला ।

अर्को कारण छोरा र छोरीलाई हेर्ने सामाजिक दृष्टिकोणमा रहेको भिन्नता पनि हो । सामान्यतः छोरालाई भविष्यमा पाल्ने र सुख–सुविधा दिने ‘इन्सुरेन्स’को रूपमा हेरिन्छ भने छोरीलाई चाहिँ ‘कुशल गृहिणी’ बनोस् भन्ने आकांक्षा राख्ने गरिन्छ । त्यसैले छोरीले घरकाजमा आमालाई सघाउने कार्यमा प्राथमिकता पाएका हुन्छन् । आमाबाट घर व्यवस्थापन सिकेका छोरीले मात्र आफ्नो परिवार रराम्रोसँग व्यवस्थापन गर्न सक्छन् भन्ने मान सिकताबाट अभिप्रेरित यो आस्था हराम्रो सामाजिक मूल्य एवं मान्यतामा गहिरोसँग जरा गाडेर बसेको छ ।

विपन्न मात्रै होइन सम्पन्न घरहरूमा पनि छोरीलाई औपचारिक शिक्षामा भन्दा पकाउने–तुल्याउने देखि कुशल गृहिणी बन्ने व्यावहारिक शिक्षामा सानै देखि प्रेरित गर्ने गरिएको हुन्छ । यसले गर्दा पनि केही हदसम्म महिलाहरू उच्च शिक्षाप्रति त्यति आकर्षित हुन नचाहेको सम्भावनाको अड्कल गर्न सकिन्छ ।

माथिको विवरण र विश्लेषणबाट एउटा के निष्कर्षमा पुगिन्छ भने, यदि महिलालाई पनि पुरुषसरह शिक्षा क्षेत्रमा अगाडि सार्ने हो भने, छोरालाई जस्तै छोरीलाई गरेको लगानीको प्रतिफल पनि बाबुआमाले पाउने व्यवस्था गर्नु आवश्यक देखिन्छ । कानूनी प्रक्रियाबाट छोरीको कमाइ बाबुआमालाई दिन सक्ने व्यवस्था भएको खण्डमा विस्तारै नै किन नहोस् छोरासरह छोरीको पढाइमा लगानी बढाउन बाबुआमालाई प्रेरणा मिल्नेछ । त्यसै गरी; पढेलेखेका महिलाहरू झन् अब्बल दर्जाका कुशल गृहिणी बन्न सक्छन् भन्ने विश्वास समाज मा स्थापित हुँदै र बढ्दै गयो भने पनि छोरीलाई कम उमेरमा विवाह गरेर अरूलाई सुम्पनुको साटो शिक्षाको अवसर दिएर उनीहरूलाई अझ् सबल बनाउन बाबुआमा उत्प्रेरित हुने देखिन्छ । महिलाको शिक्षा; खास गरी उच्च शिक्षामा संलग्नता बढाउने उद्देश्यले तर्जुमा गरेको नीतिले आर्थिक र सामाजिक पक्षको वास्तविकतालाई बुझन सकेन भने यथास्थितिमा परिवर्तन आउने सम्भाव्यता फेरि पनि न्यून नै रहन्छ ।

commercial commercial commercial commercial