भोक

“के नाम हो तिम्रो ?”
“कौशिला”
आफ्नो नाम भनेर ऊगोठतिर लागी ।उसलाई हतार थियो । बेलुका पखको भकारो सफा न गरे हाकिमबाजे रिसाउनुहुन्छ ।
प्रश्नकर्ता त्यस घरका किशोर पाहुना थिए भने उत्तरदाता त्यस घरकी काम गर्ने १३/१४ वर्षकी बालिका । ऊ खुरुखुरु काम गरिरहेकी छ । धेरै बोल्दिनँ ।
कौशिलाको ठूलोबुबालाई रु.८०० दिएर हाकिम सा’बले घरको काम गर्न मगाएका थिए । हाकिम सा’बबाट महिनाको रु.१ हजार कौशिलाको बुबाले बुझेर लान्छन् ।
कौशिला आउनुअघि त्यो घरमा काम गर्ने एउटा केटा थियो । ऊ दशैंमा घर जान्छु भनेर गएको फर्केर आएन । हाकिम्नीले केही दिनपछि आफ्ना छिमेकीलाई भन्दै गरेको कौशिलाले सुनेकी थिई— “कस्तो युग आयो, अर्कै भनेको अर्कै हुँदोरहेछ । त्यो केटालाई मैले आफ्नै छोरा जस्तोगर्थें । भोक लाग्यो भनेर अरूलाई दिनु अगाडि उसलाई खान दिन्थें । मैले जति माया त उसकी आमाले पनि गरे की थिइनँ होला । जाँदाखेरी ठूलीममी म टीका लगाएर आइहाल्छु है भनेर गएको किन आउँथ्यो ? यिनीहरूलाई माया कहाँ चाहिन्छ र ? बाउले अलिक बढी पैसा पाएको ठाउँमा पठायो होला नि ! बल्ल थाहा पाए होला । दुः ख भनेको के हो ! हराम्रो घरमा त के काम थियो र ? बसीबसी खानु थियो । अब यो केटी आएकी छ । आफ्नो छोरीझै गरेर राखेकी छु । यसलाई पनि २/४ दिनमा मात लाग्ला नि !”
“कहिले देखि यहाँ छौ ?” पाहुनाले फेरि सोधे ।
“आज एक महिना दश दिन भयो ।”
त्यति भनेर ऊ धारातिर गई । धारामा बिहान देखि राखेका लुगा धोएका थिएनन् । बिहान हाकिमकी बुहारीले चर्को स्वरमा बोलेको अरूले प्रष्ट सुनेका थिए— “कौशिला ठूलो बाटाका लुगा भिजाइदे त, म आफंै धुन्छु ।”
कौशिला लुगा सुकाउँदै थिई उसले फेरि सोधेको थियो, “तिमीलाई भोक लाग्यो होला है ?”
उसले पुलुक्क प्रश्नकर्तातिर हेरी र केही नबोली भान्छाकोठामा पसी । बिहानका भाँडा माझन अझै भ्याएकी थिइनँ । घरको कान्छो छोरा कतैबाट आयो । मोटरसाइकल थन्काएर टाउकाको हेलमेट निकाल्दै ऊ कराएको सबैले सुनेका थिए, “यो प्लेटमा रोटी किन छ ? कुकुरले नखाएपछि त फ्याँकिदिनु नि ! प्लेट किन उसको अघिल्तिर राखिराखेको !” कौशिला एकैछिन भाँडा माझन छाडेर कुकुरको प्लेट लिएरगोठतिर गई ।
एसएलसी भ्याएर फुपूकोमा बस्न आएको किशोर बालकले साँझ् आठ बजेतिर खाना खान बस्दा आफ्नी फुपूसँग सोध्यो, “फुपू कौशिलाले खाई ?”
“कठै ! त्यसलाई नखुवाई मेरो मुखमा के पर्ला र बाबु ! आज मात्रै अलिक अबेर भएको हो नत्र सधैं उसलाई खुवाएर मात्र अरूलाई दिन्छु ।”
पोखरेली भतिजो खाना खाइसकेपछि बाहिर निस्क्यो । उसलेगोठमा एउटा धमिलो आकृति देख्यो । उसलाई लाग्यो त्यो आकृति केही खाइरहेछ ।
कक्षा ९, रत्नराज्य उमावि, बानेश्वर, काठमाडौं

commercial commercial commercial commercial