अनुज र गणतन्त्र

अनुज कक्षा ३ को वार्षिक परीक्षा सिध्याएर घर फर्कंदै थियो । अबको छुट्टीमा घुम्न जाने भनेर बुबाले भन्नुभएको थियो तर कहाँ जाने भनेर भने भन्नुभएको थिएन । ‘कहाँ लानुहुन्छ होला ?’ ऊ उत्सुक थियो ।

अचानक एउटा भ्यानबाट माइकको ठूलो आवाज सुनियो । ‘इतिहासकै सबभन्दा ठूलो क्रान्तिमा सहभागी होऔं ! देश बचाऔं ! अस्तित्वको रक्षागरौं ! यही चैत २४ गते देखि ! ! जाऔं, सहभागी बनौं ! !’ अनि राष्ट्रिय धुनसहितकोगीत बज्न थाल्यो—‘एक युगमा एक दिन एकचोटि आउँछ... ।’ अनुजले केही बुझन चाहेन किनकि उसले अब बन्द हुन्छ भन्ने बुझसिक्यो । तीन दिन, एक हप्ता वा अनिश्चितकालीन बन्दका पनि यस्तै माइकिङ पहिले देखि नै सुनिरहेको अनुजलाई यो पनि केही दिनको बन्द जस्तै लाग्यो । ऊ निराश भयो । परीक्षाको बोझ् हट्नासाथ घुम्न जाने योजना चकनाचूर होला भन्ने डरले ऊ व्याकुल थियो । ऊ मनमनै आक्रोशित भयो । ‘सधैं बन्द–बन्द ! ! यो बन्द गर्ने मान्छेहरू बन्द गरेर नथाक्ने रै’छन् कि क्या ! हराम्रो कत्रो योजना थियो, अब फेरि बन्द रे !’ यिनै कुरा मनभित्र खेलाउँदै अनुज घर पुग्यो ।

नभन्दै भोलिपल्ट देखि सबै कुरा बन्द भयो । भोलिपल्ट ऊ सबै साथीसँग खेल्न गयो । सबैको परीक्षा सिद्धिएकोले खुशी थिए तर अनुज घुम्न जान नपाएकोमा निराश थियो । उसलाई खेल्न मन लागेन तर पनि ऊ त्यहाँबाट गएन । त्यहीं एउटा ढुङ्गा माथि बसिरह्यो । ऊ सोच्न थाल्यो, “म राजा भएको भए त यी बन्द गर्नेहरूलाई ... ।” तर राजा भए के गथ्र्यो, ऊ सोच्न सक्दैन । राजाले किन केही न गरेको होला ? ऊ मनमनै सोच्छ । फेरि सोच्छ, “यी बन्द गर्नेहरूको लिडर बन्न पाए त ! ! म कहिल्यै बन्द गर्ने थिइनँ ।”

एक्कासी ब्युँझे जस्तो गरी ऊ तर्सियो । उसकी साथी आस्था उसलाई खेल्न बोलाउन आएकी थिई । तर, ऊ खेल्न मानेन । उसलाई यो बन्द किन गरेको हो, जान्न मन लाग्यो । उसले आस्थालाई यसबारेमा सोध्यो तर आस्था यस विषयमा अनभिज्ञ थिई । अनुज खेल्न भन्दा पनि कुरा गर्न उत्सुक थियो । अरू साथीहरू पनि भेला भए ।
अनुजले प्रश्न गरयो, “यो बन्द किन गरेको, तिमीहरू कसैलाई थाहा छ ?”
विशाल बोलिहाल्यो, “अब राजा हटाउने रे नि, त्यही भएर ।”
अनुजले क्रान्ति, आन्दोलन अघि सुनेको भए पनि यो कुरा बुझेको थिएन । सोध्यो, “किन हटाउने रे नि !”
समिरले भन्यो, “राजाले सबैलाई दुः ख दिन्छ रे !”

साथीहरूले केही कुरा भने तर अनुजलाई त्यसबाट सन्तुष्टि भएन । “राजालाई हटाउने भए किन बन्द गर्ने ? दरबारमा गएर हटाए भै’हाल्यो नि !” अब अनुज किन यस्तो हुँदैछ, जान्न इच्छुक भयो । ऊ अब प्रत्येक समाचार सुन्न थाल्यो, बुबालाई सोध्ने विचार गरयो, पोस्टर टाँस्ने, पम्प्लेट बाँड्नेलाई सोध्न थाल्यो । एउटा हेर्दा अलि सज्जन जस्तो मान्छेले उसलाई एउटा पर्चा दियो । त्यो पर्चामा ‘जनआन्दोलन’ लेखिएको थियो । उसले घर गएर राम्ररी पर्चा पढ्यो तर केही बुझन सकेन । उसले यसका बारेमा पनि बुबालाई सोध्ने विचार गरयो ।

अँध्यारो भइसकेको थियो । अनुजलाई आमाले खाना खान बोलाउनुभयो । ऊ मन नलागी नलागी खाना खान बस्यो । उसले अझै यो बन्द किन, यो आन्दोलन किन, बुझन सकेको थिएन । उसले खाना खाइभ्याउँदा बुबा आइपुग्नुभयो । ऊ हतारहतार बुबाछेउ पुग्यो र खल्तीबाट पर्चा निकालेर देखायो । बुबा पर्चा हेरेर हाँस्नुभयो । अनुज अलमल्ल पर्दै बुबाको मुखाकृति पढ्ने निरर्थक प्रयास गरयो । उसले बुबा किन हाँस्नुभयो बुझन सकेन । उसले बुबालाई केही सोध्न नभ्याउँदै आमाले बुबालाई खाना खान बोलाउनुभयो । बुबा भान्सातिर लाग्नुभयो, अनुज लुरुलुरु पछि लाग्यो । ऊ भान्साको ढोका नजिक उभिएर आमाबुबाको कुरा सुन्न थाल्यो ।

आमाले बुबालाई ‘आजको कार्यक्रम कस्तो भयो नि ?’ सोध्नुभयो । बुबा मुस्कुरा उँदै ‘राम्रै भयो, तर...’ ‘तर के, सोचे जस्तो भएन ?’ ‘अँ, पहिलो दिन, धेरै मान्छे नै जुट्न सकिएन ।’

अनुजले केही बुझन सकेको थिएन । ऊ त बन्द किन गरेको, राजालाई किन हटाउने ? भनेर बुबालाई सोध्न चाहन्थ्यो । बुबा उठ्नुभयो । अनुज दगुर्दै कोठाभित्र पस्यो । उसले बुबाआमाको कुरा नसुनेको देखाउन चाह्यो । बुबा पनि कोठामा आउनुभयो र टिभी खोल्न थाल्नुभयो । त्यति नै बेला अनुज बोलिहाल्यो, ‘बुबा बन्द कसले गरेको ? किन गरेको ? राजालाई किन हटाउने ?’ बुबाले अनुजलाई सुम्सुम्याउनुभयो । ‘अनुज, यो बन्द होइन, आन्दोलन हो । खान–लगाउन नपाएकाको अधिकारका लागि, पढ्न नपाएका बालबालिकाको हकका लागि, तिम्रो अधिकारका लागि, तिम्रो उज्यालो भविष्यका लागि हामी सबैले गरेको आन्दोलन हो यो ।’ अनुज छक्क परयो । जुन बन्दको ऊ विपक्षमा थियो त्यो त उसकै बुबाले गर्नु भएको रहेछ, र त्यो पनि उसकै लागि । अनुजले यति बाहेक अरू केही बुझेन । ऊ घुम्न जान नपाएर चिन्तित थियो तर अब उसको मन परिवर्तन हुँदै थियो । ‘अनि राजालाई किन हटाउने ?’ ऊ सबथोक जान्न चाहन्थ्यो । बुबाले हाँस्दै भन्नुभयो, ‘राजालाई हटाउने होइन । राजाले हराम्रो अधिकार खोसेर राख्या छ, हामी त्यो लिन जाने हो ।’ ‘कहाँ राख्या छ बुबा ?’ अनुज जिज्ञासु स्वरमा बोल्यो । ‘उसको दरबारमा’, बुबा भावुक र गम्भीर हुनुभयो । ‘हजुरले एक्लै सप्पै अधिकार बोक्न सक्नुहुन्छ त ?’ अनुजले बुबाको मौनतालाई भङ्ग गर्दै थप्यो । बुबा जबरजस्ती हाँसे जस्तो गरी ‘अहँ, त्यही भएर हामी सबै जानुपर्छ’ भन्नुभयो । “म पनि जान्छुु है, बुबा ।” अनुजको यो आग्रहले बुबालाई अवाक् बनायो । उहाँ मुसुक्क हाँस्नुभयो र खल्तीबाट गालामा टाँस्ने सानो राष्ट्रिय झ्ण्डा निकालेर अनुजकोगालामा टाँसिदिनुभयो ।

अनुजगालामा झ्ण्डा टाँसिएपछि अलि ठूलो भएको महसुस भयो । ऊ हर्षलेगद्गद् भयो । अब उसको घुम्न जाने रहरलाई अर्कै उत्साहले जित्यो । ऊ आन्दोलनले गर्दा घुम्न जान नपाएकोमा दिक्क हुन पनि छाड्यो । उसलाई अब आन्दोलन मन पर्न थाल्यो ।
बिहानै उठेर अनुज बुबासँगै जुलुसमा जान तयार हुँदै थियो तर बुबाले उसलाई छोडेरगइसक्नुभएछ । ऊ एकैछिन निराश भयो तर त्यो निराशले ऊ भित्रको उत्साहलाई जित्न सकेन । ऊ सबै साथीलाई बोलाउन गयो । ‘आस्था, भावना, समिर, ... ’ उसले सबैलाई बोलाउन थाल्यो । एकैछिनमा सबै आइपुगे । “आज के खेल्ने ?” समिरले सबैको अनुहार हे¥यो । “आज हामी पनि नारा लगाऔं”, अनुजले सबैलाई आग्रह गरयो । उसले सबैलाई स–साना राष्ट्रिय झ्ण्डा दियो । सबैले नारा लगाउन थाले–
‘लोकतन्त्र– जिन्दावाद—जिन्दावाद’
‘हराम्रो अधिकार– चाहियो—चाहियो’
‘देश बेच्न– पाइन्न–पाइन्न’
अनुजको दिन प्रायः यसरी नै बितिर हेको थियो । ऊ बुबासँगै जुलुसमा जाने सपना बुन्दै सुत्थ्यो तर बिहानै बुबाले छाडेर जानुहुन्थ्यो । ऊ सधैं साथीहरू बटुलेर नारा लगाउन चौरमा पुग्थ्यो ।

यसैबीच एक दिन, गाउँका ठूलाबडा सबै मौन थिए । सबै पल्याकपुलुक एकअर्कालाई हेरिरहेका थिए । चौतारीमा सबै जम्मा भएका थिए । ‘अनुजको बुबा भविन्द्रलाई गोली लागेर अस्पताल लगेको रे, अनि...अनि...’ भीडबाटै सासे आवाज सुनियो । अनुजकी आमालाई कसैले अस्पताल लगेका थिए, अनुज भने शरण काकाको काखमा बसेको थियो । बुबाको शवलाई देख्नेबित्तिकै आमा बेहोश हुनुभएछ । सबै कानेखुशी गरिरहेका थिए । अनुजलाई बुबाको अन्तिम संस्कारका निम्ति तयार पारिँदै थियो ।

हिजोसम्मको जिज्ञासु, चन्चले र उत्साही अनुज बुबाको किरियाकर्ममा सहभागी बनाइयो, त्यो अबोध बालक जसलाई जन्म–मृत्युबारे थाहा पनि थियो कि थिएन, उसले बुबाको काख क्षणभरमैगुमायो । पूरै गाउँ शोकमग्न थियो तर पनि आन्दोलन रोकिएको थिएन । अनुजले कति बुझयो कति बुझेन तर बुझनेहरूलाई त्यो दृश्यले शोकाकूल बनायो । आन्दोलन झन्–झन् चर्किंदै थियो । ‘आज पत्रकारको टोली पनि मिसियो रे !’ काकाहरूगफ गर्दै हुनुहुन्थ्यो । ‘ए फलानो ठाउँमा त हलोजुवा लिएर किसानहरू उठे रे !’ अर्को कसैले थपे । आन्दोलनले देश हल्लाउँदै थियो, यता अनुजको जीवनमा कहिल्यै शान्त नहुने हुरी चलिसकेको थियो ।

अनुजको बुबाको किरियाकर्म सकिइसकेको थियो । ऊ शरण काकासँग घर बाहिर बसेको थियो । अगाडि को बाटो मास्तिर उत्सव मनाउँदै आएका, राता–सेता झ्ण्डा बोकेका मानिसहरूको भीड देखि यो । एकैछिनमा त्यो भीड अनुजको घर अगाडि आइपुग्यो । अनुजलाई त्यो भीड आए/नआएकोमा कुनै चासो थिएन । भीड रोकिन मानेको थिएन तर एकजना नेताले भीडलाई सम्बोधन गरेर ‘शहीदको छोरो’ भन्दै अनुजतर्फ देखाए । भीड नारा ल गाउँदै थियो ‘वीर शहीद अमर रहून्, अमर रहून्, अमर रहून्’ अनुजले बुबाको ठूलो तस्बिर भीड अगाडि देख्यो, शायद केही सोच्न सकेन । शरण काका अनुजलाई लिएर भीडतिरै लाग्नुभयो ।

तर अनुजले कति दिन, कसको, कति माया पाउन सक्ला ? के अनुजले त्यो भीडमा खोसिएको ममता भेट्टाउला ? उसको बुबा शहीद हुनुभयो ! के उसको पीडामागणतन्त्रको उत्सवले मल्हम लगाउन सक्ला ? के एक बालकको शिरबाट अभिभावकत्व खोसिनु सबैभन्दा ठूलो अधिकार खोसिनु हैन र ? आज ऊ कुन अवस्थामा छ, के कसैले सोचिरहेको छ ?
कक्षा ११ (एफ)
तिलोत्तमा उमावि, योगीकुटी, रुपन्देही

commercial commercial commercial commercial