विद्यालयको वार्षिकोत्सवः किन र कसरी मनाउने ?
धेरै गर्ने को लागि यो थोरै होला, तर थोरै गर्ने का लागि सहयोगी होला । अभिभावकहरूलाई विद्यालयप्रति आकर्षित गर्ने माध्यमको कडीको रूपमा रहेको वार्षिकोत्सव समारोहलाई भव्यताका साथ सम्पन्न गर्नु विद्यालयको कर्तव्य हो ।
वार्षिकोत्सव के हो ?
विद्यालयमा वर्षभरि भएका सम्पूर्ण कार्यक्रमहरूको झलक अभिभावक तथा सरोकारवालाहरूको उपस्थितिमा सार्वजनिक गर्ने एउटा रराम्रो अवसर हो– विद्यालयको वार्षिकोत्सव । यो विद्यार्थीले आफ्नो क्षमता र कला प्रदर्शन गर्ने अवसर पनि हो ।
वार्षिकोत्सव किन गर्ने ?
विद्यालयले एक वर्षभरि गरेका शैक्षिक , सङ्गीत, खेल र प्राविधिक क्षेत्रका उपलब्धि, उन्नति र प्रगतिहरू अभिभावकमाझ् पस्कन । अभिभावकलाई विद्यालयप्रति आकर्षण बढाउन । अभिभावकसँग निकटतम सम्बन्ध वा माया मोह बढाइ विद्यालयमा नियमित सरिक गराउन । विद्यार्थीको क्षमता र सीप प्रदर्शन गराई मनोरञ्जन प्रदान गर्न । आगामी वर्षको आम शैक्षिक योजनाको खाका प्रस्तुत गरी अनुमोदन गराउन तथा अन्य विविध कार्यक्रमको प्रस्तुति तथा प्रदर्शनका लागि पर्वको रूपमा मनाउन ।
वार्षिकोत्सव कसरी मनाउने ?
वार्षिकोत्सव यसरी नै मनाउनुपर्दछ भन्ने गणितीय फर्मूला नभए पनि अहिलेसम्म भए/ गरेका कार्यहरूको अनुभवबाट सहज, सुन्दर र उपलब्धिमूलक बनाउन तल दिइएबमोजिम गर्नु उपयुक्त हुन्छ ।
(क) वार्षिकोत्सव आउनुभन्दा कम्तीमा एक महिना अगाडि विद्यालय, व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र शिक्षक स्टाफको संयुक्त बैठक बस्नु उपयुक्त हुन्छ । उक्त बैठकले विभिन्न विभागीय उपसमितिहरू जस्तै– प्रचार–प्रसार, खेलकुद, सांस्कृतिक, पुरस्कार तथा सामग्री व्यवस्थापन, आर्थिक, मञ्च व्यवस्थापन, अतिथि स्वागत र सत्कार जस्ता आवश्यकता बमोजिम उपसमितिहरूगठन गर्नु पर्छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संयोजक रहेको मूल समारोह समितिले सबै उपसमितिलाई निर्देशन, रेखदेख, सहयोग, अनुगमन आदि गर्द छ ।
(ख) कार्यक्रमको तिथिमिति निधो गर्ने , के–के कार्यक्रम गर्ने सोको किटान गर्ने , प्रमुख अतिथि, विशेष अतिथिहरू र अतिथिहरू तयार गर्न अध्यक्ष र प्रअले जिम्मा लिने र सोही आधारमा निमन्त्रणा गर्ने आदि ।
(ग) करीब पन्ध्र दिनअघि देखि अतिरिक्त क्रियाकलाप को अभ्यास शुरू गर्ने , एक हप्ताको आसपासमा पत्राचार गर्ने , सम्मान पत्र, कदरपत्र, प्रमाणपत्र, निमन्त्रणापत्र छपाउने र पत्राचार शुरू गर्ने ।
(घ) तीन–चार दिनअघि अन्तिम तयारी बैठक बस्ने मूल समारोह समितिको यसले सम्पूर्ण उपसमितिहरूसँग आ–आफ्नो विभागको जिम्माको कामको तयारीबारे अनुगमन गरी फाइनल कार्यक्रमको लागि तयार रहन सचेत गराउने र आवश्यक सहयोग र सल्लाह प्रदान गर्ने छ ।
(ङ) कार्यक्रमको अघिल्लो दिनसम्म मञ्चको पूर्ण तयारी, अभिभावक बस्न टेण्टको व्यवस्था,गेटको व्यवस्था, तोरण व्यानर आदिले सजिसजावट, ट्रयाकको तयारी, साउण्ड सिस्टम, उद्घाटन ब्यानर, कार्यक्रमको सूची कम्तीमा मञ्चका अतिथिलाई पुग्ने गरी तयार गर्ने , साथै पुरस्कार , प्रमाणपत्र, कदरपत्र पनि सो दिनसम्म भर्ने, लेख्ने, सही गर्ने काम पूरा गर्ने ।
(च) फूटबल, भलिबल, क्रिकेट, बाँस्केटबल, सटपूट (छेलो), दौडहरू, विविध खेलहरू जस्ता लामो समय लिने कार्यक्रमलाई मुख्य कार्यक्रमको दिन भन्दा अगाडि नै सम्पन्न गरिसक्नु उपयुक्त हुन्छ ।
मुख्य कार्यक्रमको दिन के–के गर्ने ?
(क) अभिभावक तथा अतिथि सत्कार तथा स्वागतको लागि ठूलो कक्षाका करीब ५/५ जना छात्र–छात्रालाई मूलगेटमा राखी अभिभावकलाई फूलकागुच्छाद्वारा स्वागत गर्दै कार्यक्रम स्थालतर्फ प्रवेश गराउने । शिक्षकहरू पनि त्यहाँ हुनु आवश्यक छ । त्यो दिन शिक्षक स्टाफ बस्ने नभई सबै जना कुनै न कुनै काममा खटिएर अभिभावकको मन जित्न सफल हुनुपर्छ ।
(ख) बोलीमा मिठास र भाषामा दक्खल भएका शिक्षकमध्येबाट उद्घोषक छनोट गर्ने ।
(ग) आसनग्रहणगराउँदा सकेसम्म पदीय मर्यादा अनुरुप ठूलो पदबाट गराउने र बोल्दा सानो पद वा स्थानीयबाट बोल्न दिनुपर्ने हुन्छ । प्रमुख अतिथि, विशिष्ट अतिथि, विशेष अतिथि र त्यसपछि सबैलाई अतिथिको रूपमा सम्बोधन गरी आसनग्रहण गराउन सकिन्छ । समान तह र पदका एक भन्दा बढी भएमा एउटै पद शीर्षकमा अटाउनु उपयुक्त हुन्छ ।
(घ) आसनग्रहणपछि क्रमशः व्याच वितरण, कार्यक्रम उद्घाटन, राष्ट्रिय गान, स्वागत मन्तव्य, भए स्वागतगीत आदि गर्नु पर्छ ।
(ङ) ट्रयाक उद्घाटन गर्नु पर्ने भएमा महत्वपूर्ण व्यक्तित्वहरूबाट वा जेष्ठ अतिथि वा अभिभावकबाट गराउनु प्रासङ्गिक देखिन्छ ।
(च) कार्यक्रमको झलक सूचीको १/१ प्रति, प्रअको प्रतिवेदनको १/१ प्रति वितरण गरी विद्यालयको प्रतिवेदन वाचन गर्नु पर्छ ।
(छ) प्र.अ.को प्रतिवेदन कस्तो हुनुपर्छ ?
प्र.अ. द्वारा प्रस्तुत गरिने प्रतिवेदन छोटो तर सबै कुरा समेटिएको हुनुपर्छ । प्रतिवेदनमा विद्यालयको संक्षिप्त इतिहास, संस्थापक, दाताहरू र प्रमुख सहयोगीहरूको छोटो चर्चा भएको , वर्षभरिमा विद्यालयले गरेका भौतिक पक्ष, आर्थिक पक्ष, शैक्षिक पक्ष र सामाजिक पक्षको उल्लेख्य उपलब्धिको चर्चा, शिक्षक संख्या, विद्यार्थी संख्या, समितिहरूको बैठक संख्या, शिक्षकले समितिले र अभिभावकले त्यस वर्ष गरेको उल्लेख्य काम, स्रोतकेन्द्र बैठकमा भाग लिएको पटक र स्रोतकेन्द्र बैठकको निर्णयहरू स्टाफ बैठक र समितिका बैठकमा स्थानान्तरण र त्यसको उपलब्धि उल्लेख गर्नु पर्ने । कुल विद्यार्थी, नियमित विद्यार्थी (बीचैमा कक्षा छाड्ने र पुनः कक्षा दो¥याउने दर आदि जस्ता पक्षलाई २/३ वर्षको तुलनात्मक प्रस्तुत गरिनु उत्तम हुन्छ । सरकारी क्षेत्रबाट आउने अनुदानका सबै शीर्षक र रकम उल्लेख गर्ने , गैर सरकारी क्षेत्र र अभिभावक तथा अन्य आम्दानीका स्रोत र रकमको आयव्यय उल्लेख हुनुपर्ने । प्रतिवेदनमा सहयोगी सबैलाई आभार, धन्यवाद दिन र खुशी व्यक्त गर्नु पर्छ । त्यही प्रतिवेदनमा आगामी वर्षको लागि विद्यालयमा के–के गर्ने भन्ने पूर्व योजना पनि प्रस्तुत गर्नु पर्छ र विभिन्न वक्ताको सुझावको आधारमा तत्काल केही बुँदा थपघट गरी कार्यक्रमको अन्त्यमा योजना प्रस्तावलाई परिमार्जनसहित प्रस्तुत गरी पारित गराउनु अति उत्तम हुन्छ ।
(ज) मनोरञ्जन दिने कार्यक्रमहरूः नृत्य,गीत, नाटक, प्रहसन आदि बीच बीचमा प्रस्तुत गर्दै मनोरञ्जन गराई मन्त्रमुग्ध पार्ने प्रयास गर्नु पर्छ ।
(झ) मन्तव्यः शुभकामना मन्तव्य राख्दा छोटो समय दिएर भरसक सबै पक्षलाई समेट्नु उपयुक्त हुन्छ । यसमा पदीयतालाई पनि ख्याल गर्नु पर्छ । मोटामोटी भन्नु पर्दा क्रमशः यसरी पनि राख्न सकिन्छ । अभिभावकबाट महिला–१, पुरुष–१, समितिबाट एक जनासम्म, अतिथिमध्येबाट समय र आवश्यकता हेरी संख्या तोक्न सकिन्छ । विशेष अतिथि र अन्त्यमा प्रमुख अतिथिलाई बोल्ने समय दिनु नियम सङ्गत मानिन्छ ।
(ञ) पुरस्कार र सम्मान ः सम्मान , कदर, अभिनन्दन गर्दा प्र.अ.को प्रतिवेदनपछि अर्थात् कार्यक्रमको शुरूमै गर्दा शोभनी य देखिन्छ । पुरस्कार बीचबीचमा दिँदै जाने वा अन्त्यमा दिने सोबारे आफैं मिलाउन सकिन्छ । वक्तामा नपर्ने अतिथि तथा व्यक्तित्वहरूलाई पुरस्कार वितरण गर्ने अवसर दिनु व्यावहारिक हुन्छ । पुरस्कृत गर्नु पर्दा संस्थापक, जग्गा दाता, चन्दा दाता, असल अभिभावक, समितिका पदाधिकारी, शिक्षक आदिलाई गर्न सकिन्छ । विद्यार्थीलाई पुरस्कृत गर्दा परीक्षामा उत्कृष्ट अङ्क प्राप्त गर्ने , सबैभन्दा बढी उपस्थित हुने, अनुशासित, सधैं सरसफाई रहने, विशिष्ट सीप भएको लगायतकालाई कक्षागत रूपमा छात्रछात्रा दुवै पक्षलाई छान्नु मननयोग्य हुन्छ ।
(ट) अभिभावकलाई खेलकूद र मनोरञ्जनमा सहभागी बनाउनुपर्छ । यसो गर्दा युवा, महिला र पुरुष सबैलाई समेट्ने गरी कम्तीमा एक–एक वटा कार्यक्रम तय गर्नु रराम्रो मानिन्छ ।
(ठ) कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशेष अतिथि आदिलाई मायाको चिनो ९त्यपभल या ीयखभ० दिनु शोभायमान हुन्छ । यस्तो कार्यले विद्यालयको विशिष्टताको परिचय झल्काउँछ ।
(ड) अन्त्यमा अध्यक्ष को हैसियतबाट बोल्ने वक्ताको मन्तव्य धन्यवाद मन्तव्यको रूपमा रहने भएकाले निजले प्रमुख अतिथि, अतिथिलगायत सबै दाताहरू, सहयोग पुरयाउने हरूलाई समेटी धन्यवाद ज्ञापन गर्दै समापन गर्नु पर्दछ ।
समय परिवर्तनशील छ । समयकोगतिसँगै हामी पनि अघि बढौं । धेरै गर्ने को लागि यो थोरै होला, तर थोरै गर्ने का लागि सहयोगी होला । अभिभावकहरूलाई विद्यालयप्रति आकर्षित गर्ने माध्यमको कडीको रूपमा रहेको वार्षिकोत्सव समारोहलाई भव्यताका साथ सम्पन्न गर्नु विद्यालयको कर्तव्य हो । वार्षिक उत्सव कार्यक्रम शैक्षिक गुणस्तर अभिवृद्धि गर्न प्रेरणादायी हुने हुँदा यसलाई निरन्तरता दिऊँ, यही कामना छ ।
स्रोतव्यक्ति, अनारमनी स्रोतकेन्द्र, झापा