लुइरे होइन, महान् बनौं

टीका भट्टराई र विजया सुब्बाको ‘लुइरे मास्टरबाट महान् शिक्षकतिर ’ भन्ने लेख (शिक्षक वैशाख, २०६९) मलाई औधी मन परयो । त्यसले यथार्थतालाई उजागर गर्ने जमर्को गरेको छ । सामुदायिक विद्यालयप्रतिको जनविश्वास र आकर्षण दिनानुदिन खस्कँदो छ । कस–कसको कमजोरीका कारण स्थिति यो अवस्थामा पुगेको हो ? सरकारको ? राजनीतिक दलको ? विद्यालय व्यवस्थापन समितिको ? या शिक्षकको ? यस्ता जिज्ञासा सबैका मनमा पलाउने गर्छन् । हो; कुनै एउटा पक्षको कारणले मात्र सरकारी स्कूलहरू ओरालो लागेका होइनन् । त्यसनिम्ति सबै पक्ष धेरथोर जिम्मेवार छन् । विद्यालय सुधारका निम्ति राजनीतिक हस्तक्षेपको अन्त्य, कुशल नेतृत्व प्रभावकारी व्यवस्थापन, चुस्त अनुगमन प्रणाली तथा अभिभावकहरूको जागरुकता चाहिन्छ नै । तर सक्षम, सबल, क्रियाशील र समर्पित शिक्षक भइदिए माथिका कुरा हरूको अभावमा पनि विद्यालयको शैक्षिक स्तर उठाउन सकिन्छ भन्ने सवालमा सूक्ष्म विश्लेषण गरेको पाइयो यो लेखमा ।

लेखकहरूले औंल्याए झै संचारमाध्यमको ध्यान विद्यालयका ठूलाठूला कमजोरीतर्फ मात्र गएको यथार्थ हो । हेर्दा सानो जस्तो देखि ने तर कहालीलाग्दो परिणाम दिने हामी शिक्षकहरूका गतिविधितर्फ संचारकर्मीहरूको ध्यान पुग्न नसकेको पक्का हो । शिक्षकहरू नै बराला भएबाट शैक्षिक स्तर उठ्न नसकेको भन्ने विभिन्न प्रतिवेदनहरू सार्वजनिक भइसक्दा पनि हामी शिक्षकहरूको चेत नफिर्नु साँच्ची नै उदेकलाग्दो कुरा हो ।

सामुदायिक विद्यालयहरू सबैको भएर पनि कसैको हुन नसक्नुको प्रमुख कारण सरकारी अनुगमन, नियमन, नियन्त्रण र निरीक्षणको प्रणाली भुत्ते बनाइनु पनि हो । उच्च पदस्थ कर्मचारी, दलका नेता र ठूलाबडा भनेर चिनिएकाहरू समेतको निजी विद्यालयहरूमा भएको लगानी र संलग्नताका कारण सामुदायिक विद्यालयहरू ओइलाउँदै र निजी विद्यालयहरू मौलाउँदै जाने वातावरण बन्न गएको धेरैको अनुमान रहेको पाइन्छ । विद्यालयमा विभिन्न थरीका शिक्षकहरूको व्यवस्था गर्नु , विद्यालयको व्यवस्थापन समुदायमा सिउरन न्वारान देखि को बल निकालेर दौडधुप गर्नु , समयमा पाठ्यपुस्तक उपलब्ध न गराई विद्यालय नै बन्द गरिदिनु जस्ता सरकारी रवैयाबाट कतै निजी विद्यालयलाई नै मलजल पुर्याउन खोजिएको त होइन भन्ने स्वाभाविक आशंका उब्जन्छ । यो विषयले उक्त लेखमा यथेष्ट स्थान पाउन नसकेको देखि यो । ‘शिक्षक सुुध्रिए पढाइ सप्रन्छ’ भन्नेतर्फ लेख बढी नै केन्द्रित भएको पाइयो ।

चुनौती
शिक्षकले जाँगर चलाउने हो भने यसमा उल्लेख गरिएका चुनौती पारलगाइ नसक्नुका छैनन् । नयाँ शिक्षा २०२८ ले शिक्षकलाई समाज सेवीबाट जागीरेतर्फ लगायो । अभिभावकहरूसँग को उनको ताँदो चुँडालियो, सरकारसँग गाँसिन सकेन । जागीरे प्रवृत्तिले उनलाई अल्छी बनायो । बिहानभरी खेतबारीमा काम गरेर लखतरान भएका शिक्षकका लागि विद्यालय त थकाइमार्ने थलो पो बन्यो । यी र यस्ता खाले जुन चुनौती छन् यी सब शिक्षक आफैंद्वारा विद्यालयमा भिœयाइएका समस्याहरू हुन् र यिनलाई पर्गेल्न पनि शिक्षकले सहजै सक्दछन्, सक्नुपर्दछ । हामी लागिपर्ने हो भने नहुने केही छैन ।

तलब भर्नेमा नै सीमित शिक्षा कार्यालयले हराम्रो स्कूल चम्काइदेला भन्ने आश हामीले मार्नै पर्छ । विद्यालय हराम्रो हो । हराम्रो विद्यालय सप्रँदा हामी सप्रने र बिग्रँदा हामी बिग्रने कुरा पक्का छ । अतः अरूको मुख नताकी आफ्नो काम आफैंगरौं । विद्यालय सुधारको थालनी कक्षाकोठाबाट गरी यस्ता चुनौतीलाई पाखा लगाइदिनेतर्फ हामी आफैं अग्रसर बनौं ।

शिक्षा नियमावलीमा वर्षमा २२० दिन विद्यालय खुल्नुपर्ने र १८० दिन पढाइ हुनुपर्ने प्रावधान भए पनि वास्तविक स्थिति भने यस्तो भएको पाइन्न । शिक्षाविद् डा. भोजराज काफ्लेले शिक्षक अनुपस्थितिका सवालमा गर्नु भएको एक अनुसन्धानमा सबैखाले बिदाहरू कटाएर वर्ष दिनमा एकजना शिक्षकले ७९ दिन मात्र पढाउने कुरा औंल्याउनुभएको छ । यो अनुपस्थितिलाई घटाउने तागत शिक्षकसँग मात्र छ । उनले यसलाई घटाउन ढिलाइ गर्नु भने पटक्कै पनि हुँदैन । किन शिक्षक अनुपस्थित रहन्छन् भन्ने कुरा खोतल्दै जाने हो भने यसले हामीलाई डुबाउने मात्र हैन पाताल नै पुरयाउने निश्चित छ । कम्तीमा जागीरको सोझे गर्नैका लागि भने पनि दिनहुँ स्कूल गएर यो कलङ्कबाट सारा शिक्षकजगतको उद्धारगरौं ।

विद्यालयको व्यवस्थापन समुदायमा हस्तान्तरण र राजनीतिक दलहरूको विद्यालय माथिको ठाडो हस्तक्षेप पनि पन्साउनै नसकिने चुनौती होइनन् । हामी विद्यार्थीको हुनु परयो र विद्यार्थीलाई हराम्रो बनाउन सक्नु परयो । विद्यार्थीको रराम्रो सहयोगी बन्न प्रयत्न गर्ने , उनीहरूको पढाइप्रति प्रतिबद्ध रहने र उनीहरूलाई नै सर्वस्व ठानेर अघि बढ्ने हो भने हाम्रा विद्यार्थी हाम्रै रहने छन् । जहाँ विद्यार्थी त्यहाँ अभिभावक भन्ने मान्यतालाई हेक्का राख्दै कसैको चाकडीमा दौडधुप नगरौं । बरु शिक्षकको चाकडीमा अरूहरूले धाउनुपर्ने वातावरण सृजना गर्ने तर्फ हामी सबै जुटौं ।

कार्ययोजना
शिक्षकले मन लगाएर पढाएनन्; साह्रै बराला भए भन्ने आवाजहरू जताततै सुन्ने गरिन्छ । यी हामी माथि लगाइएका आरोप मात्र हुन् अथवा खाँटी कुरा नै यही हो ? मनन गर्न बियाँलो नगरौं । यी तलका प्रश्नहरू माथि केहीबेर घोत्लेर उत्तर तयार पारौं ।

के अध्यापन कार्य मेरो पहिलो नम्बरको पेशा हो ? अथवा समय काट्ने माध्यम ? के म दिनहुँ स्कूल जान्छु ? के म ठीक समयमा कक्षाकोठामा पस्ने र ठीक समयमा निस्कने गर्छु ? के मेरो व्यवहार बालमैत्री छ ? के निर्धारित समयभित्र प्रभावकारी ढङ्गले आफ्नो कोर्ष सक्ने गरेको छु ? मैले पढाउने विषयमा म कत्तिको जानकार छु ? मेरो पढाइमा विद्यार्थीहरू के–कति सन्तुष्ट होलान् ? मैले लाठीमुङ्ग्रीका भरमा कक्षा नियन्त्रण गरेको छ वा प्रभावकारी पठनपाठनको माध्यमबाट ? आफ्नो स्कूलमा गतिला वा निम्छरा कुनखाले शिक्षकको सूचीमा मेरो नाम पर्ला ? म विद्यार्थीमाझ् कत्तिको लोकप्रिय हुँला ? म कत्तिको मिहिनेत गरेर कक्षाकोठामा पस्ने गर्छु ? के म आफ्ना विद्यार्थीप्रति निष्पक्ष छु ?

कतै मेरा व्यवहारहरू आफ्नै पेशाको मान्यता र आदर्श विपरीत छैनन् ? के मेरा आदतहरू समाज ले पचाउने खालका छन्, के मैले पाउने पारिश्रमिक बराबरको काम विद्यालयलाई दिनसकेको छु ? के मैले आफ्ना सन्तानलाई आफ्नै विद्यालयमा पढाउने गरेको छु ? नेताको पछि लाग्दा मैले के पाएँ ? नलाग्दा केगुमाएँ ? यी र यस्ता खाले प्रश्नहरूमा तपाईं आफैंले तयार गर्नु भएका उत्तरहरूप्रति सन्तुष्ट हुनुहुन्छ ? यदि हुनुहुन्छ भने तपाईंलाई कसैले पनि हल्लाउन सक्दैन । तपाईंले हरहमेसा आफ्नै विद्यार्थी र अभिभावकहरूको साथ पाइरहनु हुनेछ । यदि आफ्नो उत्तरसँग आफैं सन्तुष्ट हुनुहुन्न भने तपाईं त्यो स्कूलमा किन घिस्रिरहनु भएको छ ? आफ्ना विद्यार्थीको भविष्य माथि खेलबाड गर्नु साँच्ची नै ठूलो पाप हो ।

मुलुकमा लोकतान्त्रिकगणतन्त्र स्थापना भइसकेको यस घडीमा शिक्षकहरूको राजनीतिक दौडधुपले आफ्नै साख घटाउनु सिवाय कुनै पनि महत्व नराख्ने हुँदाहुँदै पनि हामी किन अपहत्ते गरिरहेका छौं ? हाम्रा आफ्नै गतिविधिले हामीलाई एक्ल्याइसकेको छ । २०३७ सालमा १०४ दिनसम्म हामी हडतालमा उत्रिरहँदा मुलुकभरिका तमाम विद्यार्थी र अभिभावकहरूको साथ पूर्णरूपले हामीले पाउन सकेका थियौं । अभिभावकहरूले त्यो बेला हामीप्रति दर्शाएको स्नेह, माया र सद्भावलाई हामीले आफ्नै कारणले थामिराख्न सकेनौं । आज एक दिन हड्ताल गर्दा तिनै अभिभावकहरू हराम्रो विरुद्धमा किन जुर्मुराउने गरेका होलान् ? हामी आफ्नै विद्यार्थी र अभिभावकका नबनी अन्यत्रै भौंतारिएका कारण यो अवस्था देखा परेको हो भन्दा कुनै फरक नपर्ला ।

अब हामी आफू सप्रन र सुधार ल्याउन यसो गर्ने प्रणगरौंः

  • हामी आ–आफ्ना विद्यालयको अधीनमा भएकाले निर्धारित समयमा दिनहुँ विद्यालय जाने बानीको विकास गरौं । आफूले अध्यापन गर्ने विषयमा जानकार बन्न सम्भव भएसम्मका उपायहरू अवलम्बन गर्ने प्रयत्नगरौं । आफ्नो पठनपाठनलाई प्रभावकारी बनाउने प्रयासगरौं ।
  • विद्यार्थीलाई झुकाउने, दबाउने, पेल्ने र थर्काउने काम न गरी मित्रवत् व्यवहारगरौं । आफू पढ्दा दबाब, तनाव, थिचोमिचो र हनेपाइको अनुभव गरेका विद्यार्थीले ठूलो भएपछि सोही अनुरुपको व्यवहार समाज का अरू सदस्यसँग गर्न सक्ने भएकाले आफू विनम्र बनेर विद्यार्थीलाई नम्रताको पाठ सिकाउनेतिर लागौं ।
  • पाठ्यपुस्तक मात्र पढाउने र घोकाउने शिक्षक र विद्यार्थीका बीच खासै फरक नहुने भएकाले विद्यार्थीका लागि र आफ्नै लागि पनि शिक्षकले जसरी पनि अध्ययन गर्ने बानी बसाल्नु आवश्यक ठानिन्छ । प्रविधि विकास को आजको समयमा कम्प्युटर र इन्टरनेटको प्रयोग गर्न जान्ने शिक्षकको अध्यापन कार्य निकै सफल र स्तरीय भएको पाइन्छ ।
  • विद्यार्थी सप्रँदा हामी मर्यादित हुने र विद्यार्थी बिग्रँदा हराम्रो प्रभाव पनि धमिलिने भएकाले विद्यार्थी नै हराम्रो सर्वस्व हुन् । विद्यालयमा गरिने हाम्रा सबै गतिविधि विद्यार्थी केन्द्रित हुनु आवश्यक हुन्छ । विद्यालयमा विद्यार्थी छन् र नै हामी छौं नत्र त हराम्रो आवश्यकता नै नरहने भएकाले विद्यार्थीका लागि स्कूल आउँ–आउँ लाग्ने स्थल बनाउनेतर्फ लागौं । हामी अरूको नभई हमेसा आफ्नै विद्यार्थीको बन्ने प्रयत्नगरौं ।

विद्यालय भन्दा बाहिरको शक्तिद्वारा सिर्जित र शिक्षक आफैंले निम्त्याएका र भिœयाएका गरी दुईथरी चुनौती झेलिरहेका छन् हराम्रो सामुदायिक विद्यालयहरूले । शिक्षकद्वारा नै निम्त्याइएका चुनौतीका सवालमा उनी आफैंले आ–आफ्नो विद्यालयका लागि कार्ययोजना बनाई लागू गर्ने दृढ इच्छाशक्ति जाहेर गर्दै प्रतिबद्ध रहेको खण्डमा उनले विद्यार्थी, समाज र मुलुकलाई लगाएको गुन साँच्ची नै तिरिनसक्नुकै हुनेछ ।
(लेखकः नेपाल शिक्षक युनियन राष्ट्रिय समितिका पूर्व अध्यक्ष हुन् ।)

commercial commercial commercial commercial