हामी कस्ता ?

“हामी खान पनि जान्दैनौं । भान्सामा काम गर्ने ले घण्टौं लगाएर अलग अलग भात, दाल, विभिन्न तरकारीको परिकार बनाएर अलग अलग नै थाल, कचौरा, रिकापीहरूमा दिएको हुन्छ । हामी चाहिं स्वाट्ट एकै ठाउँमा खन्याएर मुछेरगाम्मगुम्म पार्छौं । खान पनि पेट कस्सियो भनेर इजार वा पेटी खुकुल्याएर खाने चलन छ । सबै एकै ठाउँमा मुछ्ने भए एकै भाँडोमा पकाउन लगाउनु नि ? समय र सामान को बचत त हुन्थ्यो । चिनियाँ परम्परामा दुई/तीन घण्टा लगाएर पकाएको परिकार पाँच/सात मिनेटमागाम्मगुम्म पार्नुभयो भने पकाउनेले नैगाली गर्छ । जसरी पकाउनमा समय लाग्यो, त्यसरी नै अलग अलग परिकारको स्वाद लिएर खानुपर्छ । तर हामी चाहिं खाने होइन, खन्याउने गर्छौं ।

हराम्रो आदत खराब छ । सभा/बैठकमा बसेर कुरा गर्दा चोर औंलाले नाक कोट्याउँछौं, कान्छी औंलाले कानको कानेगुजी निकाल्छौं, ख्वाक्क खोक्छौं र खकार आए निल्छौं वा झयालबाट बाहिर प्याच्च थुक्छौं, नाक नछोपी छ्यूँ गर्छौं । ‘हो’ भनेर तल माथि टाउको हल्लाउनुपर्नेमा ‘होइन’को पारामा दायाँबायाँ टाउको हल्लाउँछौं । रराम्रो लागे एक आँखा झ्म्क्यिाउँछौं । औंलाले देखाएर कुरा गर्छौं, सुपारी टोक्दै वा खैनी खाँदै वा पान खाँदै वा झुसिलो डकार्दै कुरा गर्छौं । मुख खोलेर चपाउँछौं, खाँदा सप्य्राङसुप्रुङ आवाज निकाल्छौं । थुक लगाएर किताबको पाना पल्टाउँछौं, नोटगन्दा पनि थुक ल गाउँछौं । मन नपरेको मानिसलाई अरूकै अगाडि गाली गर्छौं । ढल थुनिने गरी प्लाष्टिक, ईंटा, बालुवा, फलफूलका बोक्रा, चुइङ्गम, कसिङ्गर बाटामा फाल्छौं । घरको फोहोरमैला बढारेर वा पखालेर बाटामा हालिदिन्छौं । दह्राखराबीचको वादविवादमा परियो भने दुवैतिर दोधारे कुरा ले चोसोमोसो मिलाएर ठिक्क पार्ने र दम लुकाएर सुईंकुच्चा ठोक्ने गर्छौं । नराम्रै गरे पनि आफ्नो काम वा कुरा लाई माथि पार्नु, अप्ठ्याराबाट भाग्नु, जिम्मेवारीबाट पन्छिनु, दुः ख परेकाबाट तर्किनु हराम्रो विशेषता हो । ठीकलाई ठीक र बेठीकलाई बेठीक भन्न सक्दैनौं । यी माथि भनिएका आदत, बानी, व्यहोरा, चालचलन अधिकांश घरमा विद्यमान छन् र सार्वजनिक ठाउँमा प्रतिबिम्बित भइरहेका हुन्छन् ।

प्रत्येक घरबाटै हेपिने, दलिने, जोतिने प्रवृत्ति एक पुस्ताबाट अर्को पुस्तामा सर्दै आएको छ । हामीले हाम्रा साना केटाकेटीलाई सहज र ठीक हुने गरी केही पनि बनाइदिंदैनौं । घरभित्र सुत्ने खाट होस् वा बस्ने टेबुल कुर्सी हुन्, खोपादराज हुन् वा ओढ्ने ओछ्याउनेहरू हुन्, खाने थाल,ग्लास, कचौरा हुन् वा सजिसजावटका सामान हुन्— ठूला मान्छेले भोगचलन वा प्रयोग गर्ने गरी बनाउँछौं, किन्छौं । केटाकेटीलाई सानै देखि त्यस्ता कुरा को प्रयोग गर्न संघर्षमा होमिदिन्छौं । विचराले संघर्ष गर्दै जाँदा कति बिगार्छ, भाँच्छ, फुटाउँछ, मैलाउँछ, च्यात्छ, अझ् ऊ आफैं लडेर चोटपटक समेत ल गाउँछ । अनि उसैलाई सक्दोगाली गर्छौं,गाला चड्काउँछौं, कान उखेल्छौं, छडी ल गाउँछौं । कति बच्चाले त यस्तै कसुरमा शौचालयमा थुनिनुपर्छ । नील डाम बस्ने गरी कुटाइ खानुपर्छ । यसरी नजानिंदो गरी केटाकेटीलाई आमाबाबु वा ठूलाबडासँग शुरू देखि नै रीस उठाउने, रीस प्रकट गर्ने , निराश हुने वा प्रतिवाद गर्ने बनाउँछौं । त्यसैले आमाबाबु वा घरका ठूला मान्छे कतै चिप्लिए, ठोक्किए वा लडे भने त्यो देखेर केटाकेटीहरू मरीमरी हाँस्छन् । त्यस्तो दृश्यले अनायासै उनीहरूले बदला लिएको ठान्छन् ।

अर्काको दोष र अर्घेल्याईं खोतल्न हामी खप्पिस छौं । अर्को कुनै व्यक्तिलाई पात्र बनाएर उसका बारेमा घण्टौं कुरा गर्नु हराम्रो बानी परिसकेको छ । अर्कोले ‘यसो पो भन्यो’ भनेर कुरा सुनाइहाल्यो भने त्यसबाट बाह्रसत्ताइस कुरा बनाउँछौं, कुरा काट्छौं । हो होइन भनेर उसैसँग सोध्दैनौं । विना सोच प्याट्ट बोल्ने हराम्रो बानी छ । झूटो बोल्यो अनि झूट छोप्न अरू बनावटी कुरा गरयो । अर्काको जमिनको साँध मिच्दा, नापजोखमा अर्कालाई अलिकता ठग्दा, झुक्याएर अरूलाई कुनै कुरा मा फसाउँदा, बकमफुसे कुरा ले अर्कालाई ‘हो’ भन्ने पार्दा आफूलाई अक्कल भएको बाठो सम्झन्छौं । समाज मा आफ्नै हैकम छ र अर्को छिमेकी आफू बराबर भयो वा उछिन्न खोज्यो भने उसको डाह गर्छौं, खबरदारी गर्छौं र उसका परिवारले गरेका कुरा को खिसिटिउरी गर्दै तल पार्छौं ।

घरको राखनधरन झन् हाँसउठ्दो हुन्छ । कुनै कुरा थोत्रो भयो, बिग्रियो, काम लागेन भने बनाउनु वा फाल्नुको सट्टा एउटा कुनामा वा दराजमा थुपारेर राख्छौं । पुराना लुगा त्यसै गरी राखेको हुन्छ । चारैतिर माकुरा को जालो, धूलो, फोहोरमैला भरिभराउ हुन्छ । घरको कुनाकाप्चा देखि सिलिङ, फ्यान, बिजुलीको वल्ब, स्वीच जम्मै कालै हुन्छन् । ल्याङफ्याङ पारेर झुण्ड्याइएका हुन्छन् झ्त्तासत्ता । शहरका घरभित्र ट्वाइलेट छ, परैगन्हाउँछन् । गाउँहरूमा रछ्यान र बाटो दुवैगन्हाउँछ । यी माथि विवेचना गरिएका कुरा हरू सरकारी कार्यालयको भौतिक स्थिति, कार्यालयभित्र गरिने काम कारबाही र कर्मचारीको बानी व्यहोरासम्म प्रतिबिम्बित भइरहेको पाइन्छ ।”
(पूर्वसचिव नेपालको प्रकाशोन्मुख पुस्तक  ‘समाज , संस्कार र शासन’बाट साभार ।)

commercial commercial commercial commercial