लुइरे भइरहन अभिशप्त ?

‘प्लस टु’ गरेर विदेशिएको विद्यार्थीले एक–डेढ वर्षमै श्रमको महत्व बुझदछ । ऊ स्वदेश फर्केर च्याउ खेती, सुन्तला खेती, बाख्रा तथागाईभैंसी पालन जस्ता कार्य गर्न थाल्छ, जसबाट मनग्ये पैसा पनि आर्जन गर्छ । यति सिक्न विदेश जानुपर्छ भने हामीले दश/बाह्र वर्षसम्म दिएको शिक्षाको के औचित्य ?

केही महीना अगाडि अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले ‘नेताका छोराछोरीले विदेशमा होइन स्वदेशमै पढ्नुपर्छ’ भन्दै आफ्नो चीनमा अध्ययनरत छोरालाई फिर्ता बोलाए । उनको आलोचना र प्रशंसा दुवै भयो । अन्तिममा ‘सम्बन्धित विद्यार्थीको भविष्यको सवाल’ भन्दै माओवादी अध्यक्ष प्रचण्डको निर्देशनमा उनले छोरालाई पुनः चीन फिर्ता पठाए ।
शर्माले छोरालाई फिर्ता बोलाउनुको एक मात्र कारण आफ्नो नैतिक धरातल बलियो बनाउनु थियो । आफ्नो छोरालाई विदेशमा राखेर अरू नेताका छोराछोरीलाई स्वदेशमा पढाऊँ भन्ने अभियान सञ्चालन गर्न उनलाई गाह्रो पर्दथ्यो । तर छोराको चीन फिर्तीसँगै उनको अभियान फासफुस भयो ।

के हाम्रा सामुदायिक भनिने सरकारी विद्यालयका शिक्षकहरू आफ्ना छोराछोरीलाई आफैंले पढाउने विद्यालयमा पढाउन सक्नुहुन्छ ? अवश्य पनि सक्नुहुन्न । यसरी निजी विद्यालयमा पढाउनु को एक मात्र कारण आफ्नो विद्यालयमा पढाइ रराम्रो छैन भन्ने हो । पढाइ रराम्रो गर्न नसक्नुको अर्थ आफूहरू अक्षम भन्ने स्वीकार गर्नु हो । प्रमाणपत्रले मात्रै सक्षम भइँदैन । अनि कसरी भइन्छ, महान् ?

यो एउटा सानो उदाहरण हो । अरू पनि थुप्रै कुरा हरू छन्, जसले शिक्षकलाई महान् होइन, लुइरे बनाएको छ । शिक्षक आज लाचार छ । ‘कहाँ सकिन्छ बदल्न’ भन्ने मान सिकतालेग्रस्त छ । पढाउने कुरा को केहीसँग पनि सम्झौता गर्द िनँ भन्ने सोचाइ शिक्षकमा पाइँदैन नै भने पनि हुन्छ ।

हराम्रो शिक्षा कामकाजी छैन । हामीले बाह्र वर्षसम्म पढाएको शिक्षाले श्रमका बारेमा कहीं कतै सिकाएको पाइँदैन । ‘प्लस टु’ पास गरेर एउटा विद्यार्थी विदेशमा रोजगारीका लागि जान्छ । त्यहाँ गएको एक डेढ वर्षभित्रमा नै उसले श्रमको महत्व बुझदछ । थोरै स्वाभिमान र स्वअस्तित्व खोजी गर्ने मानिस रहेछ भने ऊ स्वदेश फर्केर च्याउ खेती, सुन्तला खेती, बाख्रा तथागाईभैंसी पालन जस्ता कार्य गर्छ, जसबाट मनग्ये पैसा पनि आर्जन गर्छ, अरूलाई पनि रोजगारी दिन्छ । यति सिक्न विदेश जानुपर्छ भने हामीले दश/बाह्र वर्षसम्म दिएको शिक्षाको के औचित्य ? यस्ता कुरा का बारेमा तथा आफूले गरेको शिक्षणका बारेमा शिक्षक साथीहरूले कहिल्यै पनि पछाडि फर्केर हेरेनन् । राज्यको त्रुटिपूर्ण शिक्षा नीति सच्याउनुपर्छ भनेर कुनै पनि शिक्षकले आवाज उठाएको पाइँदैन ।

अर्को कुरा ; पेशागत सुरक्षा अब सरकारले गरिदिएर मात्र सम्भव छैन । कुनै पनि संरचना बलियो हुन, त्यो संरचना पिरामिडको आकारको, तल फुकेको माथि साँघुरिएको हुनुपर्छ । यतिबेला नेपालको सरकारी शिक्षाको संरचना उल्टो पिरामिडको आकारमा संरचित भएको देखिन्छ । यो कुन बेला ढल्छ, भन्न सकिन्नँ । विद्यार्थी नै नभएपछि शिक्षकको पेशागत सुरक्षा कसरी हुन्छ ? सरकारले मात्रै कति दिनसम्म गरिदिन सक्छ पेशागत सुरक्षा ?

शिक्षकका लागि नैतिकता सर्वाधिक महत्वको मात्र होइन, पेशा संचालनको सबैभन्दा बलियो हतियार हो । तर हामीकहाँ शिक्षकको नियुक्ति प्रक्रिया अत्यन्त झेली छ । चिटिङ गरेर नियुक्त भएपछि शिक्षा दिने नैतिक बल कसरी बलियो हुन्छ ? ‘ए बाबा ! हामीलाई राजनीतिक दलले हतियार बनाए, हामी निमित्त पात्र भयौं, यसलाई बदल्न के गर्न सकिन्छ, लागौं, छलफल गरौं’ भन्दा साथीहरू भन्छन्, ‘सकिँदैन’ । दिनभर चौरमा जम्मा भएर राजनीतिक दललाई गाली गर्नु भन्दा विकृति अन्त्यका लागि लाग्ने र आफ्नै पेशालाई कसरी मर्यादित गराउन सकिन्छ भन्ने सल्लाह तथा छलफल शिक्षकले किन न गर्ने ? अहिले शिक्षकको माग छ, ‘अस्थायी नियुक्ति लिएकालाई स्वतः स्थायीगर !’ पढ्ने र पढाउने पेशामा लागेका शिक्षाकर्मीले ‘नियमित र विश्वसनीय परीक्षा लेऊ, हामी परीक्षा दिन्छौं र स्थायीगर’ किन नभन्ने ? हो; राज्यले रौं फुलाइदिएको छ तर यथास्थितिको विरोधमा शिक्षक किन नबोल्ने ? आफूलाई भएपछि पुग्यो किन भन्ने ? सामूहिक हितको कुरा किन न गर्ने ?

गीतामा एउटा भनाइ छ, ‘कर्मगर फलको अधिकारी तिमी होइनौ’ भन्ने । यो सन्देशको आशय कामगर फल स्वतः आउँछ, तिमी आकांक्षी नहोऊ भन्ने पनि होला । तर म यो गम्भीर दर्शनको हल्का व्याख्या गर्ने पक्षमा छैन । पेशागत इमान दारिता शिक्षकमा देखि एन भन्ने कुरा मात्र हो । तसर्थ यदि शिक्षक महान् हुने हो भने पहिला आफू सच्चिन जरुरी छ, वर्तमान शिक्षानीतिलाई सच्याउने तत्परता लिनु जरुरी छ । त्यसो भयो भने हामी महान् हुन्छौं होइन भने हामी अझ् लुइरे भइरहने निश्चित छ ।
धवलागिरी क्याम्पस, बाग्लुङ

commercial commercial commercial commercial