शिक्षक मनोविज्ञानको पनि चर्चा गर्ने कि ?

शिक्षकले नपढाएर विद्यार्थी फेल भएका हुन् भने पास हुने जतिले चाहिं के आफैं पढेका हुन् त ? सर्वोत्कृष्ट नतिजा ल्याउनेहरूको कुरै नझ्क्निे, फेल हुने विद्यार्थीलाई देखाएर अपजस मात्र दिने ?

एसएलसीको नतिजा प्रकाशित भएलगत्तै सदाझै यसपटक पनि सबैको आँखाको तारो बन्न पुगेका छन्– विद्यालयका शिक्षकहरू । ५३ प्रतिशत अर्थात् बहुमत विद्यार्थी फेल किन र कसरी भन्ने प्रश्नको सही विश्लेषण नै न गरी त्यसको सम्पूर्ण दोष शिक्षकका थाप्लामा थोपरेर आफ्नो जिम्मेवारीबाट उम्कन खोज्ने सम्बन्धित निकायको काइते प्रवृत्तिले शिक्षण पेशा अँगाल्ने शिक्षकहरू बद्नाम हुन पुगेका छन् ।

एसएलसी नतिजासँग जोडेर ‘शिक्षामा भएको लगानी खेर गयो ! शिक्षकले तलब खाए, पढाएनन् ! उनीहरू पढाउनै जान्दैनन् ! पढाउन भन्दा धेरै राजनीति गर्छन् !’ यस्तै–यस्तै आरोप शिक्षक माथि लगाउने गरिएको छ । यसरी सम्पूर्ण शिक्षक वर्गलाई नै अयोग्य र बेकम्मा सावित गर्ने दुष्प्रयास भइरहेको छ । कक्षामा पढाउने शिक्षकले नै हो । त्यसैले उनीहरूको कमजोरी छँदै छैन भन्न खोजिएको होइन, तर विद्यार्थी फेल हुनुमा दोष केवल शिक्षकको मात्र छ भन्नु चाहिंगलत हो । विद्यार्थीको तत्परता, विद्यालयको भौतिक पूर्वाधार, शिक्षकको अवस्था, अभिभावकको चासो, हामीले अँगालेको पाठ्यक्रम, पाठ्यवस्तु र परीक्षा प्रणाली तथा सामाजिक र राजनीतिक वातावरण आदि सबै पक्षहरूले शिक्षण सिकाइमा प्रभाव पारेका हुन्छन् । त्यसैले शिक्षकले राम्ररी पढाएनन्, नतिजा खस्कियो भनेर शिक्षक माथि मात्र एकोहोरो औंला ठड्याउनु उचित होइन ।

शिक्षक, विद्यार्थीको सिकाइ प्रक्रियामा सहयोगीको भूमिका निर्वाह गर्ने सहजकर्ता मात्र होइन, समाज को मार्गदर्शक र परिवर्तनको संवाहक पनि हो । शिक्षक, समाज मा नैतिकता, इमान दारी र अनुशासनको आधारशिला हो । त्यसैले शिक्षकप्रति समाज को श्रद्धा जाग्नुपर्दछ, घृणा होइन । शिक्षक माथि अनर्गल आरोप ल गाउँदा शिक्षकमा आफ्नो कामप्रति अभिरुचि जाग्दैन, वितृष्णा पैदा हुन्छ । सबै शिक्षक चोखा हुन्छन् भन्ने होइन तर कुनै खास एक व्यक्ति विशेषको गल्ती र कमजोरीलाई सामान्यीकरण गरेर सम्पूर्ण शिक्षक वर्गलाई नै बदनाम गर्ने परिपाटी सही होइन । जहाँ गल्ती भएको छ, सच्याउनु पनि त्यहींबाट पर्छ ।

शिक्षण सिकाइ प्रक्रियाका दुई प्रमुख पात्रहरू विद्यार्थी र शिक्षक दुवैको मनस्थिति सन्तुलित भयो भने मात्र शिक्षण सिकाइ सार्थक र प्रभावकारी हुन्छ । शिक्षकले विद्यार्थीको मनोविज्ञानलाई बुझेर शिक्षण कार्य गरे मा त्यस्तो सिकाइ प्रभावकारी र स्थायी प्रकृतिको हुन्छ । मनोविज्ञान बुझने भनेको विद्यार्थीको सोचाइ, चिन्तन, प्रवृत्ति, प्रकृति, धारणा र अवस्था अर्थात् उसको सम्पूर्ण व्यवहार बुझने भनेको हो । बाल मनोविज्ञानलाई बुझेर शिक्षण गर्ने पद्धतिलाई नेपाल सरकारले पनि अनिवार्य ठानेको छ । तर पनि जबरजस्त रूपमा उठ्ने प्रश्न के हो भने, विद्यार्थीको मनोविज्ञान बुझने शिक्षकको मनोविज्ञान बुझदििने कसले ? पढ्नेको मनोविज्ञान पढाउनेले बुझने तर के पढाउनेको मनोविज्ञान चाहिं बुझनै नपर्ने हो र ? शिक्षकको मनोविज्ञान अर्थात् उसको सोचाइ, धारणा, प्रवृत्ति र व्यवहार नै सन्तुलित र व्यवस्थित छैन भने शिक्षण सिकाइ कसरी प्रभावकारी हुनसक्छ ? यतापट्टि कसैको ध्यान गएको छैन । सम्बन्धित निकायले बेलैमा चासो राखोस् । नतिजा बिग्रियो भनेर फलाकेर मात्र हुँदैन ।

शिक्षकले काम गरेनन्, तलब मात्र खाए, पढाउन छाडेर राजनीति गरे , उनीहरू योग्य छैनन्; असक्षम र अदक्ष छन् भनेर आज जसरी शिक्षकको मान मर्दन गर्ने काम गरिएको छ, त्यस्तो झुटो र कपोलकल्पित आरोपले शिक्षकको मनोविज्ञानमा कति असर गरिरहेको छ भन्नेतर्फ के कसैले सोचविचार गरेको छ ? शिक्षकले नपढाएर विद्यार्थी फेल भएका हुन् भने पास हुने जतिले चाहिं के आफैं पढेका हुन् त ? सर्वोत्कृष्ट नतिजा ल्याउनेहरूको कुरै नझ्क्निे, फेल हुने विद्यार्थीलाई देखाएर अपजस मात्र दिने ? विशिष्ट श्रेणीमा पास भएका, पूर्णाङ्कमा पूर्णाङ्क नै ल्याउने विद्यार्थीको नाम आउँछ, फोटो छापिन्छ तर उनीहरूलाई कसले पढायो ? त्यसको नाम आउँदैन । फेल हुने विद्यार्थीको हकमा भने पढाउने को हो ? भनेर प्रश्न उठाइन्छ ।

विद्यार्थी फेल हुनु भनेको शिक्षक मात्र होइन, हामीले अँगालेको शिक्षा पद्धति नै फेल भएको हो । हाम्रा पाठ्यक्रम र पाठ्यपुस्तक पनि फेल भएका हुन् । हामीले अँगालेको मूल्यांकन र परीक्षा प्रणालीको असमान ता हो । शिक्षा अधिकारी , शिक्षा सचिव, शिक्षा मन्त्रालय, शिक्षाविद् सबै नै फेल भन्ने अर्थमा बुझनुपर्छ । शिक्षक एउटा पक्ष मात्र असफल, अक्षम, निकम्मा भन्ने अर्थ लगाउनुहुँदैन, मिल्दैन ।

विकसित मुलुकहरूमा सबैभन्दा मर्यादित र सुविधायुक्त पेशा शिक्षण हुन्छ । तर, हामीकहाँ यसलाई सबैभन्दा हेलित र तुच्छ मानिन्छ । विडम्बना नै भन्नुपर्छ, हराम्रो मुलुकमा राजनीतिक दलहरूबीच झ्गडा गृह , अर्थ, रक्षा र ऊर्जा जस्ता कमाउ मन्त्रालयहरू हत्याउनमा केन्द्रित हुन्छ ।

तलब शिक्षकले मात्र होइन, सबै कर्मचारीले खान्छन् । शिक्षकले भ्रष्टाचार गरेर कमाउँदैन । सरकारले दिएको तलबले बढ्दो महँगीमागर्जो टार्न हम्मे–हम्मे हुन्छ । निजी स्कूलका शिक्षकले त न्यूनतम र आधारभूत तलबसम्म पनि पाउँदैनन्, तर पनि अहोरात्र काममा घोटिइरहेका हुन्छन् । अचम्म के भने– आर्थिक अनियमितता गरेर हैसियत भन्दा बढी कमाउने कर्मचारीको समाज मा वाहवाही हुन्छ तर शिक्षित, योग्य, सक्षम र इमान दार शिक्षकलाई भने घृणाभावले हेरिन्छ । यस्तो सामाजिक परिवेश र मूल्यांकन पद्धतिले शिक्षकको मनोविज्ञानलाई गम्भीर रूपमा असर गरिरहेको छ । र, उसको काम गर्ने जाँगर र उत्साहलाई ब्रेक लगाउने काम भइरहेको छ ।

मावि प्रथम श्रेणीका शिक्षकको समाज मा इज्जत खरिदार र सुब्बाको जति पनि छैन । निजामतीका प्रथम र द्वितीय श्रेणीको ठाँटबाँट, समान हैसियतका विद्यालय शिक्षकसँग तुलना गर्नै नसकिने किसिमको छ । राज्यले पनि निजामती कर्मचारीलाई पोस्ने र शिक्षकलाई सौताको छोरो जस्तो व्यवहार गर्ने विभेदकारी नीति अवलम्बन गरिरहेको छ । समान हैसियतका निजामती कर्मचारीलेगाडी, इन्धन, आवास आदिको सुविधा पाउँछन् तर त्यस्तो सुविधा एउटा शिक्षकले भने पाउन सकिरहेको छैन । किन यस्तो भेदभाव ? निजामती कर्मचारीले ताली पाउने, विद्यालय शिक्षकले किनगाली मात्र खाने ?

शिक्षकलाई राज्यले हेला गर्ने होइन, प्रोत्साहन गर्नु पर्दछ, पर्याप्त सुविधा र सम्मान दिनुपर्दछ । बाँच्नका लागि तलबले नपुगेर वैकल्पिक पेशा खोज्नुपर्ने शिक्षकको बाध्यताको अन्त्य गरी अध्ययन, अध्यापन र अनुसन्धानमा तल्लीन हुने वातावरण तयार पार्नुपर्दछ । उत्प्रेरणा, विद्यार्थीलाई मात्र होइन, विद्यार्थीलाई उत्पे्ररित गर्ने शिक्षकलाई झन् बढी आवश्यक छ । त्यसैलेगतिलो नपढाउने शिक्षकलाई कारबाही र रराम्रो नतिजा दिने शिक्षकलाई थप सुविधा र पुरस्कार को व्यवस्था हुनुपर्दछ ।

शिक्षकको मूल्यांकन जागिरको वर्षको आधारमा होइन, दक्षता, इमान दारी र कर्तव्यपरायणताका आधारमा गर्ने प्रणालीको विकास हुनुपर्छ । शिक्षकको मूल्यांकन विद्यार्थीले, सम्बन्धित अभिभावकले र समाज ले गर्ने परिपाटीको विकास भए, शिक्षक जनउत्तरदायी हुन्छ । शिक्षा अधिकारी बाट मूल्यांकन गर्ने पद्धतिले शिक्षकको पदोन्नति,ग्रेड, सुविधा, पुरस्कार आदिमा पक्षपात हुने गरेको छ । इमान दार शिक्षक पछाडि पर्ने र चाकडी र चाप्लुसी गर्नेहरू अघिबढेको स्थिति छ । त्यसैले शिक्षक कक्षाकोठाको अलावा दलका नेता, शिक्षा अधिकारी वा संघ–संगठनको कोठा–चोटा चहार्न जान पर्दै नपर्ने वातावरण राज्यले तयार गर्न सक्नुपर्दछ । विद्यालय शिक्षालाई स्तरीय, गुणस्तरीय र प्रतिस्पर्धी बनाउने हो भने शिक्षा बजेट बढाएर मात्र पुग्दैन, शिक्षकको मनोबल बढाउने कार्यक्रम पनि अघि सार्नुपर्दछ । बाल मनोविज्ञानलाई बुझेर शिक्षण सिकाइमा सहजीकरणको भूमिका निर्वाह गर्ने शिक्षकको मनोविज्ञानलाई पनि राज्यले बुझनु आवश्यक छ र तदनुरुपको नीति र नियम तर्जुमा गर्नु पनि अनिवार्य छ ।

एउटा असल शिक्षक, सामाजिक, शारीरिक, संवेगात्मक र वैयक्तिकगुणहरूले सुसम्पन्न र भरिपूर्ण भएर मात्र पुग्दैन, ऊ मान सिक रूपमा पनि त्यत्तिकै सन्तुलित, व्यवस्थित र आत्मसन्तुष्ट हुनुपर्दछ । हीन, उदासीन, निराश, उदास, दुः खी, चिन्तित बनेर र आत्मविश्वासगुमाएर जबसम्म शिक्षण सिकाइमा सहभागी हुन शिक्षक बाध्य हुन्छ, तबसम्म त्यस्तो सिकाइले सार्थकता पाउन सक्दैन । रराम्रो नतिजा आउने संभावना पनि रहँदैन । त्यसैले शिक्षकको मनोबल उकास्ने, उनीहरूको उत्पे्ररणा जगाउने र लगनशीलता बढाउने शिक्षक मैत्री नीतिको खोजी र त्यसको कार्यान्वयन नै समस्याको समाधान हो । नजिता रराम्रो आएन भनेर शिक्षकलाई धारे हात लगाएर मात्र पास प्रतिशत बढ्दैन । तसर्थ, विद्यार्थीको मनोविज्ञानलाई बुझेर शिक्षण सिकाइ गर्ने शिक्षकको मनोविज्ञानलाई विद्यार्थी, अभिभावक, विद्यालय, समाज , सम्बन्धित निकाय, शिक्षाविद् र सरकार सबैले बुझन, जान्न र मनन् गर्न अत्यन्त जरुरी छ ।
सैनिक महाविद्यालय, सल्लाघारी, भक्तपुर

commercial commercial commercial commercial