गल्ती किन गर्न नहुने ?

हाम्रो समाज मा सबै ठूलाबडाहरूको प्रायः एउटै धारणा भेटिन्छ– “केटाकेटी र युवायुवती या बूढापाका जो–कोहीको पनि आचरण ठीक राख्नको लागि भय र त्रास जरुरी हुन्छ ।” यदि हामी हाम्रा शिक्षक वा अभिभावकसँग डराउँछौं भने उनीहरू हामीलाई प्रभावकारी तरिकाले नियन्त्रण गर्न समर्थ हुन्छन् । तिनले हामीलाई ‘यो काम गर र यो चाहिं नगर’ भनेर जे–जे भन्छन्, हामी त्यही त्यही गर्न बाध्य हुन्छौं । नैतिक दबाब दिनको लागि पनि भय र त्रासको प्रयोग गरिन्छ । उदाहरणको लागि, कक्षामा विद्यार्थीलाई नियन्त्रण गर्न शिक्षकले त्रासको सहारा लिने गर्छन् । आज पनि हाम्रा स्कूलमा यही भइरहेको छ । समाज भन्दछ, “भय अत्यन्त आवश्यक कुरा हो । नत्र समाज मा शान्ति सुव्यवस्था कायम गर्न सकिन्न । मानिसहरू नियन्त्रण भन्दा बाहिर जान्छन्, उग्रता र अराजकताले प्रश्रय पाउँछ ।”

भयको उपयोग मनुष्यलाई सभ्य बनाउने नाममा पनि भइरहेको छ । संसारका सबै धर्मले मानिसलाई नियन्त्रण गर्ने हतियारको रूपमा शदीयौं देखि भयलाई उपयोग गरिरहेका छन् । प्रायः हरेक धर्मको उर्दी छ– ‘तिमीले यो जन्ममा यो यो काम गरे नौ भने अर्को जन्ममा तिमीले यसको परिणाम भोग्नुपर्नेछ ।’ सबै धर्मले प्रेमको उपदेश दिन्छन्, मानिसका बीच भाइचारा र एकताको कुरा पनि गर्छन्, तर सूक्ष्मरूपले क्रूर र असभ्य तरिकाबाट भय र त्रासलाई बचाइ पनि राख्छन् ।

यदि कुनै कक्षामा विद्यार्थीको संख्या धेरै छ भने शिक्षकले तिनलाई नियन्त्रण गर्ने जुक्ति निकाल्छन् र भनिदिन्छन् ‘प्रतिस्पर्धागर, फलानो विद्यार्थी जस्तो बन जो तिमीभन्दा धेरै बाठो छ ।’ जहाँबाट प्रायः उनीहरू आजीवन मुक्त हुन सक्दैनन् । विद्यार्थीसित भएको भयको उपयोग अक्सर उनीहरूलाई नै नियन्त्रण गर्ने साधनको रूपमा प्रयोग भइरहेको छ ।


नयाँ र ठोस सिकाइ त गल्तीबाट पनि हुन्छ । तर जो मानिस भयग्रस्त छ, ऊ सधैं सोच्दछ म कतै असफल नबनुँ, सकभर अरूले कुरा काट्ने मौका नपओस् । एक महत्वाकांक्षी व्यक्ति वास्तवमै भयग्रस्त हुन्छ । जो मानिस भयग्रस्त हुन्छ, उसमा प्रेम, दया र सहानुभूति भन्ने कुरै हुँदैन । ऊ त्यो व्यक्ति जस्तै रहन्छ, जो चारढोकाभित्र कैद भएर बस्न बाध्य छ ।


भय र त्रासले मनलाई विकृत तुल्याइदिन्छ । यसले मानिसलाई कहिल्यै प्रज्ञावान; विवेकशील र सृजनशील हुन दिंदैन । भय जब मानिसको मनभित्र छिर्छ त्यसले कालो बादलले सूर्यको प्रकाश छेकेर अन्धकार बनाए झै मानिसको मनलाई पनि अन्धकारमय बनाइदिन्छ । सन्त्रासै सन्त्रासबाट गुज्रिएको जीवनमा शान्ति, आनन्द, विवेक र प्रज्ञाले प्रवेश नै पाउन सक्दैनन् । शिक्षकलाई नसोधी कुनै विद्यार्थी कक्षा छोडेर फिल्म हेर्न गएको भए पनि फर्किएपछि बहाना बनाएर आफन्तसित भेटघाट गर्न गएको थिएँ भनिदिन्छ । यसको अर्थ हो, त्यो विद्यार्थी शिक्षकसँग भयभीत छ । यसरी भयले मानिसलाई सत्य बोल्नबाट रोक्छ । तर भयमुक्त हुनुको अर्थ यो होइन कि तपाईं जे चाहनुहुन्छ, त्यही गर्नु होस् । तपाईं जे गर्ने हो, विवेकसम्मत तरिकाले गर्नु होस् । आफूले उठाउने हरेक कदमको नतिजा विचार गरेर मात्र अगाडि बढ्नुपर्छ । भयरहित मानिस झन् बढी जिम्मेवार हुनुपर्छ ।

डर–त्रासबाट मानिसमा नैसर्गिक प्रतिक्रिया उत्पन्न हुन्छ । जब तपाईं अनायास ठूलो सर्पको सामुन्ने पर्नुहुन्छ, तत्कालै भागेर परतिर जानुहुन्छ । यो भय होइन, शरीरको स्वाभाविक प्रतिक्रिया हो । खतरालाई सामुन्नेमा देखेर शरीरले आफूलाई त्यसबाट मुक्त राख्न खोजेको मात्र हो । गहिरो नहर या तलाउको किनारमा आँखा बन्द गरेर कोही पनि हिंड्दैनन् । द्रूतगतिमा कार आएको देखेर कुनै मानिस सडकको किनारातिर सुरक्षित हुन खोज्छ भने त्यसलाई पनि स्वाभाविक प्रतिक्रिया मानिन्छ, भयको सूचक मानिंदैन ।

तपाईं कोठामा बसेर पढ्न भन्दा बाहिर कतै डुल्ने, कविता लेख्ने वा चित्र कोर्ने मूडमा हुनुहुन्छ तर अभिभावक वा शिक्षकले सहजै अनुमति दिंदैनन् । तिनको तम्तयार उत्तर हुन्छ, “तिमीलाई त्यसो गर्ने अनुमति दिन सकिंदैन । अथवा यसरी चित्र कोरेर वा घुमेर कसरी कोर्स सिद्धिन्छ ?” तपाईंलाई यो जवाफ र तर्क रराम्रो लाग्दैन । तपाईं जसरी पनि बाहिर जान चाहनुहुन्छ । त्यसनिम्ति तपाईं कुनै बहाना बनाउनुहुन्छ र बाहिरिनुहुन्छ; अन्ततः मनले चाहेको काम गर्नु हुन्छ । तर तपाईंले ढाँटेर वा कुनै बहाना बनाएर बाहिर गएको कुरा जब अभिभावक वा शिक्षकलाई थाहा हुन्छ, उनीहरूबाट पाउन सक्ने दण्डका कारण तपाईंको मनमा डर र त्रास उत्पन्न हुन्छ ।

अभिभावक वा शिक्षकले सहजतापूर्वक छलफल गरेर सम्झउँछन् भने बालबालिका वा युवाहरूले कुरा बुझछन् तर उनीहरूलाई निष्कर्ष मात्रै सुनाएर, डर देखाएर होइन कि तर्क र कारणहरू खुलस्त पारेर बताउनु चाहिं पर्छ । यदि विस्तृत रूपमा कुरा बुझाउन अभिभावक वा शिक्षकसित समय छैन भने त्यो कुरा पनि विद्यार्थीलाई स्पष्टसँग बताइनुपर्छ; त्यसपछि उनीहरू आफैं यो प्रश्नमागहिरिएर विचार गर्छन् । आफ्नो विवेकलाई जागृत गर्छन् र पत्ता ल गाउँछन् कि अहिले बाहिर किन जानुहुँदैन । त्यसपछि उनीहरू स्वतः बाहिर नजाने निर्णयमा पुग्छन् । अर्थात् घरमा र स्कूल दुवैमा हरेक केटाकेटीलाई के उचित हो र के उचित होइन भन्ने कुरा को परख आफ्नै विवेकबाट गर्ने पर्याप्त मौका र वातावरण दिने हो भने उनीहरू न जिद्दीवाल हुन्छन् न त अटेरी नै । खासमा घर र स्कूल दुवैले हरेक केटाकेटीको विवेक जागृत हुने वातावरण बनाउनुपर्छ ताकि के सही र केगलत हो भन्ने कुरा आफैं छुट्याउन सकुन् र त्यसलाई अनुसरण गर्न थालुन् । हरेक बच्चासित विवेक हुन्छ, र त्यो जागृत हुने मौका जति बढी दिन सकियो, उति नै रराम्रो हुन्छ ।

घर र स्कूलमा मात्र होइन, हर क्षेत्रमा भय व्याप्त छ । पेशा, व्यवसाय र राजनीतिमा समेत संशय, त्रास र भयको कम्पन प्रत्यक्ष अनुभव गर्न सकिन्छ । कसैलाई सफलता हात नपर्ला भन्ने भय छ त सफलता चुमिरहेकालाई पुनः तल झ्र्नु पर्ला कि भन्ने त्रास छ । ‘करिअर’ मुखी युवाहरू त सानोतिनो पनि भूल गर्न चाहँदैनन्, त्यसैले उनीहरू अझ् बढी तनावमा हुन्छन् ।

बच्चालाई होस् वा ठूला मानिसलाई आफूले भने जसरी हिंडाउनुछ, आफ्नो आदेश पालना गराउनु छ भने डर र त्रास एउटा अचूक हतियार हो । ‘तिमीलाई रराम्रो लुगा किन्नुछ भने मेरो कुरा मान, नभए किन्दिनँ’ भनेर अभिभावकले बच्चालाई धम्क्याउनु र गृह कार्य गरेर ल्याएनौ भने पिटाइ खान्छौ वा कुनै सजाय पाउँछौ भनेर तर्साउनु उस्तै व्यवहार हुन् । के अभिभावकको आदेश पालना गरे मात्र बच्चा उसले छानेको लुगा लगाउन योग्य हुने हो त ? के गृह कार्य सजाय नपाउनको लागि गरिनुपर्ने क्रियाकलाप हो ? अवश्य पनि होइन । यस्ता व्यवहारले बच्चालाई सही तरिकाले सोच्न, व्यवहार गर्न र अघि बढ्नका लागि अवरोध मात्र पु¥याउँदछन् । डर र त्रासका कारण जबरजस्ती आउने परिवर्तन हानिकारक त हुन्छ नै, यो अत्यन्त अस्थायी पनि हुन्छ ।

जुनबेला त्रास हट्छ, तत्क्षण देखि मानिस पुरानै अवस्थामा फर्कन्छ, जहाँ उसको विश्वास या रुचि छ । त्यसैले भयमा आधारित परिवर्तन दिगो हुँदैन ।

हामीमध्ये धेरै सम्मानित बनिरहन चाहन्छौं । र, यसका लागि हामी सही काम गर्न र सही आचरणको अनुकरण गर्न चाहन्छौं । यदिगहिराइमा गएर दृष्टि दिने हो भने त्यहाँ पनि भयको उपस्थितिको सूचक फेला पर्दछ । हामीले गल्ती किन गर्न नहुने ? नयाँ र ठोस सिकाइ त गल्तीबाट पनि हुन्छ । तर जो मानिस भयग्रस्त छ, ऊ सधैं सोच्दछ म कतै असफल नबनुँ, सकभर अरूले कुरा काट्ने मौका नपओस् । एक महत्वाकांक्षी व्यक्ति वास्तवमै भयग्रस्त हुन्छ । जो मानिस भयग्रस्त हुन्छ, उसमा प्रेम, दया र सहानुभूति भन्ने कुरै हुँदैन । ऊ त्यो व्यक्ति जस्तै रहन्छ, जो चारढोकाभित्र कैद भएर बस्न बाध्य छ ।

शिक्षाको काम विद्यार्थीको मनमस्तिष्कबाट भय र त्रासलाई समूल नष्ट गर्ने हुनुपर्दछ । तसर्थ, विद्यालयमा भएका डर त्रास उत्पन्न गर्ने सबै प्रकारका कारणहरूको खोजी गरिनुपर्छ र जरै देखि तिनलाई उखेलेर फाल्नुपर्छ । किनकि जबसम्म मानिस भयग्रस्त रहन्छ, सृजनशील र प्रज्ञावान दुवै बन्न सक्दैन । अतः स्कूलको वातावरण त्यस्तो हुनुपर्दछ, जहाँ बच्चाहरू माथि कुनै पनि प्रकारको दमन नहोस् । कदाचित् उनीहरूलाई कुनै कुरा मान्न बाध्य पारियो भने पनि त्यस माथि उनीहरूले खुला र निर्भयका साथ विचार –विचार गर्न पाउन्, भिन्न मत राख्न पाउन् । यसरी शिक्षक–विद्यार्थी बीच हुने खुला विचार –विचारले कम्तीमा उनीहरूमा यसबारे समझ्दारीको विकास हुँदै जान्छ ।

सही शिक्षा त्यो हो, जसले व्यक्तिलाई आफू माथि अन्तरदृष्टि दिन प्रेरित गर्द छ; समाज का समस्या माथि विचार –विचार गर्न लायक बनाउँछ र समस्यालाई मानवीय आँखा (प्रेम, समान ता, न्याय, स्वतन्त्रता) बाट हेरेर सम्बोधन गर्न सक्षम बनाउँछ । त्यसनिम्ति यस्तो एउटा परिवेश तयार होस् जहाँ बच्चालाई संस्कारित र प्रशिक्षित न गरिकन नै विकसित हुने अवसर मिलोस् । ताकि त्यो ठाउँ छाडेर जहाँ गए पनि उसले प्रज्ञापूर्वक र निर्भयताका साथ जीवन जिउन सकोस् । अन्यथा विद्यालयको कुनै महत्व छैन । अतः हामीले यस्ता विद्यालयको निर्माण गर्नु परेको छ, जहाँ बालबालिका माथि कुनै दमन नहोस्, उनीहरूलाई बन्धनमा नराखियोस् र, हामी ठूला मानिसको धारणा, विचार र सोच लाद्ने प्रयत्न पनि न गरियोस् । हाम्रा धारणा, मूर्खता र भय लाद्नु भनेको उनीहरू माथिको शोषण हो । उनीहरू जसरी विकसित हुँदै जान्छन्, आफ्नो वैयक्तिक मामिला बुझदै जान्छन् र विवेकपूर्वक जीवनयापन गर्न सक्षम हुन्छन् ।

(भारतीय दार्शनिक कृष्णमूर्ति (सन् १८९५–१९८६) को प्रवचनमा आधारित पुस्तक ‘शिक्षा क्या है’ बाट )

प्रस्तुतिः सुदर्शन घिमिरे

commercial commercial commercial commercial