‘गोलो गोलो अण्डा भन्दै...’

अनौपचारिक शिक्षा सफल पार्न सर्वप्रथम साक्षरता कक्षा चलाउने शिक्षक, तिनको निरीक्षण र अनुगमन गर्ने निरीक्षक र ती सबैलाई हेर्ने माथिल्लो तहका व्यक्तिहरू पनि निष्पक्ष, देशभक्त; अरूको भलो अर्थात् सम्पूर्ण निरक्षर साक्षर भएको हेर्न चाहने; कुनै पनि प्रलोभनमा नफस्ने, कर्तव्यनिष्ठ, कसैको धाकधम्कीबाट भयभीत नहुने, पैसाभन्दा मान –प्रतिष्ठालाई प्यारो मान्ने हुनुपर्छ । साथै; पढाउने शिक्षकलाई पनि मिहिनेत अनुसारको आकर्षक पारिश्रमिक तोकिएको हुनुपर्छ ।

साक्षरता कक्षाको शिक्षण विधि विद्यार्थी केन्द्रित हुनैपर्छ । प्रश्नोत्तर, छलफल वा समूह कार्य अति नै उपयोगी शिक्षण विधि हुन् । शिक्षकले पटक–पटक ‘क’ भन्दै विद्यार्थीलाई भन्न लगाउने । अनि समूहमा यो के हो भनी सोध्दा ‘क’ भन्ने उत्तर आयो भने प्रत्येकलाई पालैपालो सोध्ने । एवम् रीतले अक्षर चिनाउन सकिन्छ । त्यसै गरी लेखन सीपको विकास गर्न प्रत्येक व्यक्तिमा आफ्नो अनुभव हुन्छ । जस्तै ‘क’ लाई रमाइलो तरीकाले पहिले अण्डा जस्तैगोलो बनाएर कालोपाटीमा देखाउने । ‘गोलो–गोलो अण्डा’ भनेरगीतको लयमा लाने; त्यसपछि ‘पुलिसको डण्डा’ भनेर अण्डाको छेउमा वा टसाएर धर्को तान्ने; अब फेरि ‘हनुमान को पुच्छर’ भनेर डण्डाबाट तल झर्ने; अन्त्यमा ‘घर जाने बाटो’ भन्दै माथि धर्सो तान्ने = क । यसरी ‘क’ बन्यो भनी रमाइलो तरीकाले पठनपाठन गर्न सकिन्छ ।

त्यसै गरी अरू अक्षरहरू पनि पढ्न वा लेख्न समूह विभाजन गरी सिकाउँदा बढी प्रभावकारी हुन्छ । पहिले शिक्षकले सिकाएर समूह विभाजन गरी ‘ल है कुन समूहले छिटो सिक्ने हो है ?’ भन्दै छिटो सिक्नेले पुरस्कार पाउँछ भनी एउटा पेन्सिलसम्म भए पनि व्यवस्था मिलाउँदा पुरस्कार पाउने प्रयासमा सिकाइ अझ् प्रभावकारी हुन्छ ।
नवदुर्गा प्रावि, धनगढी नपा–१२, कैलाली

commercial commercial commercial commercial