कसरी जोगाउने ?

साधारणतया शिक्षकको जीवन पनि आम मानिससरह नै व्यतीत हुन्छ । सामान्य दैनिकी, सरल विचार, सादा खानपिन, साधारण हिंडडुल अनि जीउडाल एक औसत शिक्षकको अपेक्षित जीवनपद्धति हो । सामाजिक एवं व्यावसायिक संरचनाले एक शिक्षकलाई श्रमजीवीभन्दा बुद्धिजीवीको कोटिमा राखेको छ । तसर्थ, सैद्धान्तिक रूपमा एक शिक्षक विवेकशील, चेतनशील र जागरुक हुन्छ, जो तामझमको प्रभाव र कुनै कुलतबाट टाढा हुन्छ । एक आदर्श शिक्षकमा हुनुपर्नेगुण पनि यिनै हुन् ।

आम मानिसमा जस्तै शिक्षकमा पनि उच्च रक्तचाप, मधुमेह, युरिक एसिड,ग्यास्ट्राइटिस, मोटोपना, मुटु रोग जस्ता वंशाणुगत तथा जीवनशैलीसँग सम्बन्धित रोगहरू देखि न सक्छन् । समयमा रोग परीक्षण नहुँदा वा चिकित्सापद्धति सम्बन्धी जागरुकताको कमिले आफूभित्र मौलाउँदै गएको रोगको पहिचान नहुन सक्छ । यस्ता रोगहरू समयमै निदान गरी औषधोपचार न गर्दा भयावह स्थिति पनि सिर्जना हुनसक्छ ।

शिक्षकलाई उसको पेशागत कारणले पनि कुनै खास रोगको सामना गर्नु पर्ने बाध्यता हुन्छ । तीमध्ये घाँटीका समस्या र दृष्टिका कमजोरी पेशागत जोखिम (occupational hazard) हुन् । वास्तवमा दैनिक घण्टौं चिच्याएर बोल्नु र पढाउनु एक लगनशील शिक्षकको सोखबाट शुरू भएर व्यवसायमा परिणत हुँदै घाँटीको रोगमा अन्त्य हुन सक्छ । अधिकांश शिक्षकहरूमा घाँटी चिलाउने, घाँटी खसखसाउने, दुख्ने अनि स्वर सुक्ने जस्ता घाँटी रोगका लक्षण देखिन्छन् । घाँटीमा हुने स्वरग्रन्थी (vocal chord) को बढी प्रयोग (vocal abuse) ले यी समस्या देखा पर्छन् । यसको उपचारको लागि बोलीमा नियन्त्रण गर्नु आवश्यक हुन्छ, तर जटिल अवस्थामा भने शल्यक्रिया समेत गराउनु पर्ने हुनसक्छ । कतिपय शिक्षकहरूलाई घाँटीको संक्रमण (pharyngitis) ले बारम्बार सताइरहन्छ । अझ् चिसो याममा छातीको संक्रमण (Bronchitis), रुघा खोकीले पनि सताउँछ । कक्षाकोठाको पठनपाठनमा प्रयोग हुने चक तथा डस्टरको धूलोले पनि शिक्षकमा allergie reaction पैदा गरी श्वास–प्रश्वासको समस्या उत्पन्न गर्न सक्छ । यी रोगहरू समयमै निदान गरी आवश्यक उपचार गर्नु पर्छ ।


शिक्षकले स्वस्थ जीवनयापन गर्न व्यक्तिगत रूपमा नियमित एवं सन्तुलित भोजन अनि व्यायाम गर्नु जरुरी हुन्छ । त्यस्तै सदाचारी जीवन तथा धुम्रपान, मद्यपानका कुलतबाट टाढा रहनु नै स्वस्थ जीवनका मूल मन्त्र हुन् ।


शिक्षकहरू लामो समयसम्म प्रायः अँध्यारो कक्षाकोठाको कालोपाटीमा घोरिएर हेर्ने तथा लेख्ने गर्छन्; फलस्वरुप उनीहरू दूर तथा निकट दृष्टि विकार (near and far sightedness) का शिकार हुन सक्छन् । तसर्थ, आँखाको समस्या आइरहने भएको ले शिक्षकहरूले समय–समयमा दृष्टि जाँच गराई आवश्यकता अनुसार आँखाको उपचार, चश्मा लगाउने र चश्माको पावर अद्यावधिक गराउनु पर्दछ । शिक्षकले आफ्नो घाँटीको समस्या न्यूनीकरण गर्न चिसो पेयपदार्थ सेवन न गर्ने र नियमित मनतातो नूनपानीले घाँटी कुल्ला गर्ने बानी बसाल्नु लाभदायी हुन्छ ।

एक शिक्षकले स्वस्थ जीवनयापन गर्न व्यक्तिगत रूपमा नियमित एवं सन्तुलित भोजन अनि व्यायाम गर्नु जरुरी हुन्छ । त्यस्तै सदाचारी जीवन तथा धुम्रपान, मद्यपानका कुलतबाट टाढा रहनु नै स्वस्थ जीवनका मूल मन्त्र हुन् । शिक्षकले आफ्नो पेशागत जोखिम कम गर्न पढाउँदा बढी चिच्याएर बोल्ने, ज्यादा बोल्ने जस्ता क्रियालाई सकेसम्म नियन्त्रण गर्नु पर्दछ । आजको सूचनाप्रविधिको युगमा शिक्षकले परम्परागत पठनपाठनको तरीकाबाट माथि उठेर श्रव्य–दृश्य तथा कम्प्युटरको प्रयोगबाट आधुनिक तरीकाको प्रयोग गर्न सक्छन् । यसले शिक्षकको बोलेर मात्र पढाउने प्रवृत्ति नियन्त्रण गर्छ भने यो तरीका अझ् प्रभावकारी पनि हुन्छ । त्यस्तै शिक्षकको स्वास्थ्यलाई ध्यानमा राखेर पढाइ अवधिको निश्चित मापदण्ड वैज्ञानिक ढंगले किटान गरिनु आवश्यक छ । विद्यालयको पठनपाठन र शिक्षकको स्वास्थ्यको हितको लागि कक्षाकोठाको वातावरणीय सुधार पनि गरिनुपर्छ । कक्षाकोठामा कालोपाटी र चकडस्टरको साटो सेतो बोर्ड र मार्कर पेन प्रयोग गर्न सकिन्छ भने कक्षाकोठाको नियमित सरसफाइ, उज्यालो प्रकाश र हावा आवतजावत हुने खुला झयालको व्यवस्थाले शिक्षकको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नसक्छ । कक्षाकोठामा विद्युतीय श्रव्य–दृश्यको माध्यम र माइक्रोफोनको व्यवस्था गर्न सके त सुनमा सुगन्ध नै हुने थियो ।

शिक्षकको स्वास्थ्य अवस्था सुधार गर्न जनस्वास्थ्य सेवाका प्रतीकारात्मक उपायहरूमा सर्वप्रथम शिक्षक स्वयं आफ्नो स्वास्थ्यप्रति चेतनशील अनि गम्भीर हुनु आवश्यक छ । सरकारी, गैर सरकारी तथा संस्थागत पहलबाट स्वास्थ्य शिक्षा सम्बन्धी कार्यक्रम, आमसञ्चारमाध्यमबाट जनचेतना अभिवद्धि गर्न प्रचारप्रसार अनि विद्यालयमा शिक्षक तथा विद्यार्थीका निमित्त नियमित स्वास्थ्य परीक्षणको व्यवस्था गरिनु उचित हुन्छ । स्वास्थ्य शिक्षा र प्रवद्र्धनका यी कार्यक्रमलाई प्राथमिकस्तर को रोकथाम (Primary level prevention) भनिन्छ । द्वितीय तहको रोकथाम (Secondary level prevention) ले शिक्षक वर्गलाई आफ्नो रोग वा समस्याको समयमै निदान एवं उपचारको थालनी गर्न अभिप्रेरित गर्द छ । त्यस्तै उच्च तहको रोकथाम (tertiary level prevention) ले रोग लागिसकेको अवस्थामा रोगका असरहरूको न्यूनीकरण र पुनस्र्थापना (disability limitation and rehabilitation) गरी विरामीलाई सामान्य जीवनयापनतर्फ उन्मुख गराउने कार्य पर्दछन् । शिक्षक वर्गको चिकित्सकीय उपचार सेवाका लागि राज्य तथा सम्बन्धित निकायका तर्फबाट निःशुल्क वा सहुलियत र सर्वसुलभ उपचार सेवा, स्वास्थ्य बीमा जस्ता हितकारी कार्यक्रमको थालनीले शिक्षकको स्वास्थ्य जोगाउन ठूलो मद्दत पुग्ने कुरा मा कुनै शंका छैन ।

(डा. श्रेष्ठ जनस्वास्थ्य विशेषज्ञ हुन् ।)

commercial commercial commercial commercial