एक–अर्काका परिपूरक

स्वस्थ शिक्षकले सक्षमताको परिचय दिने गर्छ । शिक्षकको व्यवहारले विद्यार्थीमा बोलीले भन्दा बढी प्रभाव पार्छ । शिक्षकको भनाईले भन्दा शिक्षककोगराइबाट विद्यार्थीले बढी सिक्छन् । शिक्षक मिहिनेती भए विद्यार्थी पनि मिहिनेत गर्न अग्रसर हुन्छन् । शिक्षक इमान दार भए विद्यार्थी पनि इमान दार बन्छन् र शिक्षकले स्वस्थ जीवनशैली अपनाउँछ भने विद्यार्थीले पनि सोही अनुसार गर्द छन् ।

शिक्षकले विद्यार्थीलाई पढ्न, लेख्न, हिसाब गर्न र थुप्रै कामहरू सिकाउने गर्छ । साथै शिक्षकले विद्यार्थीलाई सीप प्रदर्शन गर्छ, विभिन्न विषयको जानकारी दिन्छ र त्यसको लागि पाठयोजना बनाउँछ । यी कार्यहरू सुन्दा सजिला जस्ता लागे पनि गर्दा धेरै समय र मिहिनेत लाग्ने हुन्छन् ।

शिक्षकलाई उसकोगुणको बखान गर्दा के–के मात्र विशेषणको प्रयोग गरिएको छैन होला र ! त्यस्ता केही दृष्टान्त हेरौंः
गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देवो महेश्वरः
गुरु साक्षात् परं ब्रह्मा, तस्मै श्रीगुरवे नमः

हुमायन कविरको भनाइ त अझ् स्पष्ट छः
गुरु र ईश्वरलाई सँगै देखें
कसलाई प्रणामगरौं अल्मलिएँ
मेलै त गुरुलाई नै प्रणाम गरे
किनकि ईश्वर देखाइदिने आखिर गुरु नै त थिए

एच.जी. वेल्सका अनुसार, शिक्षक नै इतिहासका सही निर्माता हुन् ।
सर जोहन आडम्सको विचार मा चाहिं– गुरु नै मानिसका निर्माता हुन् ।

उपर्युक्त कथनहरूबाट शिक्षकलाई एक पथप्रदर्शक, निर्देशक, साथी, सहयोगी, अभिभावक, परामर्शदाता आदि संज्ञाले चिन्न सकिन्छ । अहिले आएर शिक्षकलाई ‘पढाउने शिक्षक’ र ‘सिकाउने शिक्षक’ गरी दुई प्रकारबाट चिन्न सकिन्छ । यहाँ हामी सिकाउने शिक्षकको बारेमा मात्र चर्चा गर्दैछौं ।

शिक्षकको पेशागत स्वास्थ्य
स्वास्थ्य एक आधारभूत मानवीय आवश्यकता हो । विश्व स्वास्थ्य संगठनको ५२औं सभाले स्वास्थ्यलाई रोग र दुर्बलताबाट मुक्त मात्र नभई शारीरिक, मान सिक, आध्यात्मिक र सामाजिक पक्षमा तन्दुरुस्त रहेको एकगतिशील अवस्थाका रूपमा परिभाषित गरेको छ । तथापि स्वास्थ्यलाई जहिले पनि सापेक्ष र बहुपक्षीय दृष्टिकोणले विश्लेषण गर्नु पर्छ । व्यक्तिको सामाजिक, आर्थिक, राजनीतिक तथा वातावरणसँग निरन्तर अन्तरक्रिया हुँदा निस्कने परिणाम नै उसको स्वास्थ्यस्तर हो । यस अर्थमा कर्मचारी, खेलाडी, किसान, व्यवसायी, शिक्षक आदिको स्वास्थ्य उनीहरूको कार्य क्षेत्रको आधारमा बुझनुपर्ने हुन्छ । शिक्षक पनि बेग्लै प्रकारको परिवेशमा कार्य गर्ने भएको ले सो परिवेशका विभिन्न पक्षसँग को अन्तरक्रियाले उसको स्वस्थताको अवस्थागतिशील हुन्छ ।

भावी पुस्तालाई सही मार्ग देखाउने र समाज रूपान्तरण गर्ने राष्ट्रको महत्वपूर्ण जनशक्तिमध्येको एक शिक्षक हो । एउटा शिक्षक विद्यार्थीको हरेक पक्षको निर्माण गर्ने शिल्पकार पनि हो । शिक्षकको शिक्षण कार्य, निर्देशन र परामर्शबाट विद्यार्थी विषयगत सिकाइको मार्गमा अघि बढ्छ भने उसको व्यक्तिगत र सामाजिक पक्षको प्रभावले विद्यार्थीले जीवनोपयोगी सीप प्राप्त गर्छन् ।

आज मानिस जहाँ रहे पनि उसको स्वास्थ्य संरक्षण सम्बद्र्धन र प्रबद्र्धन हुने वातावरण, नीति र सुविधाको सिर्जना हुनुपर्छ भनेर विश्व स्वास्थ्य संगठनले भन्दै आइरहेको छ । पेशा र स्वास्थ्यका बीचमा अत्यन्त नजिकको सम्बन्ध हुन्छ । पेशागत अवस्थाले कुनै पनि पेशेवारको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्नुहुँदैन । विद्यालय शिक्षकको लागि त्यस्तो क्षेत्र हो जहाँ एउटा शिक्षकले घरपछि अधिकतम समय बिताउने गर्छ ।

पेशागत स्वास्थ्यले विद्यालयमा स्वास्थ्य र सुरक्षाका सम्पूर्ण पक्षहरूसँग सम्बन्ध राख्दछ । पेशागत स्वास्थ्य जोखिमको प्रारम्भिक प्रतिकार गर्नमा केन्द्रित हुन्छ । शिक्षकको पेशागत स्वास्थ्य भनेको सबै किसिमले विद्यालयमा स्वास्थ्य विचलनको रोकथाम गर्ने ; जोखिम नियन्त्रण गर्ने तथा उसलाई शिक्षण पेशा र कार्यहरूसँग समायोजन गरी उच्चतम तहको शारीरिक, मान सिक र सामाजिक आरोग्यताको प्रबद्र्धन गर्ने प्रक्रिया हो । शिक्षण जस्तो पेशा पनि रोग, दुर्घटना, तनाव र अस्वस्थता सिर्जना गर्न सक्ने अवस्थाबाट पूर्णतया मुक्त हुन सक्दैन । ब्ल्याक सन् २००३ ले तनावलाई शिक्षकको जीवनको महत्वपूर्ण पाटोका रूपमा परिभाषित गरेका छन् । शिक्षक तनावबाट मात्र पीडित नभई पेशागत स्वास्थ्य जोखिमका विभिन्न पक्षहरूबाट समेत प्रभावित हुने गर्छ ।

विभिन्न भौतिक जोखिम (कोलाहल, कम्पन, न्यून उज्यालो, अधिक प्रकाश, दूरी, ताप, चिसो, शारीरिक परिश्रम, कार्यभार); रासायनिक जोखिम (सरसफाईको अभावका कारण फैलिने सङ्क्रमण, विद्यार्थीबाट हुने सङ्क्रमण, जैविक फोहोरको संसर्ग); यान्त्रिक जोखिम (विद्यालयका पुराना र कमसल यन्त्र, सामग्री र पुर्जाको प्रयोग र खराब संरचनाको स्थितिले निम्त्याउने चोटपटक) तथा मनो–सामाजिक जोखिमहरू (समय र कामको दबाब, एकोहोरो काम, लैङ्गिक भेदभाव, हिंसा, असमान ता, असुरक्षा) का कारण शिक्षकहरू उच्चतम स्वास्थ्य प्राप्तिबाट बञ्चित हुनु परिरहेका छन् ।

स्वस्थ शिक्षक र विद्यार्थी उपलब्धि
शिक्षक समाज रूपान्तरणको त्यस्तो प्रमुख बाहक हो जसले विद्यालयभित्र र बाहिर विद्यार्थीको भविष्य सपार्न महत्वपूर्ण कार्य गर्द छ । यस्तो गहन जिम्मेवारी बोक्ने शिक्षक स्वयं स्वस्थ हुनु जरुरी हुन्छ । कोल्बे र साथीहरू (सन् २००५) का अनुसार शिक्षकहरू धेरै प्रकारका स्वास्थ्य समस्याबाट ग्रसित हुन्छन् जसले विद्यार्थीको सफलतामै नकारात्मक प्रभाव पार्दछ । उनीहरूका अनुसार शिक्षक स्वस्थ र आशावादी भएमा विद्यार्थीको स्वस्थता र शैक्षिक उपलब्धिमा सुधार आउँछ, शिक्षकमा आत्मविश्वास वृद्धि हुन्छ र शैक्षिक र व्यावसायिक दायित्व पूरा गर्न सक्षम हुन्छ । स्वस्थ शिक्षकले कार्य क्षमता र कुशलता वृद्धि गरी पदोन्नति वा वृत्तिविकास का अवसरसमेत सहजै प्राप्त गर्द छ । शिक्षकहरूबीच अन्तरसम्बन्ध प्रगाढ र सकारात्मक हुन पुग्दछ र शैक्षिक उपलब्धिमा वृद्धि हुन्छ । स्वस्थ शिक्षक मूर्त एवं अमूर्त फाइदाहरू प्राप्त गरी जीवनको गुणस्तर अनुभूत गर्न समेत सफल हुन्छ ।

शिक्षकको पेशागत स्वास्थ्यका उपर्युक्त आवश्यकताहरूमध्ये महत्वपूर्ण पक्ष भनेको शिक्षकको स्वास्थ्य नै हो जसले विद्यार्थीहरूको सिकाइ उपलब्धिमा प्रभाव पार्न सक्छ । विद्यालय निरन्तर आउने, स्वस्थ र सक्षम भई विद्यालयका क्रियाकलाप हरू सञ्चालन गर्ने , आशावादी र मनोविनोदप्रियतालाई अँगालेर विद्यार्थीको पथ प्रदर्शन गर्ने कार्यमा एउटा स्वस्थ शिक्षक नै सफल हुने गर्छ । एउटा शिक्षक विद्यार्थीसँग दिनहुँ ६ देखि आठ घण्टा सम्पर्कमा रहन्छ । उसले कक्षामा शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्दा र दैनिक व्यवहारका कार्यहरू गर्दा आफ्नो आचरण, व्यक्तित्व र चरित्रले विद्यार्थीलाई थप प्रभावित गर्छ । विद्यार्थीहरू शिक्षकका हरेक क्रियाकलाप का अवलोकनकर्ता हुन्छन् । बान्डुरा (१९७७) ले भने जस्तै उनीहरू शिक्षकको गतिविधिको अवलोकन गरेर पनि धेरै कुरा हरू सिक्ने गर्छन् । यसलाई शिक्षकको भूमिका प्रतिर ूप ९च्यभि mयमभष्लिन० गरेको भन्न सकिन्छ ।

स्वस्थ शिक्षकले सक्षमताको परिचय दिने गर्छ । शिक्षकको व्यवहारले विद्यार्थीमा बोलीभन्दा बढी प्रभाव पार्छ । शिक्षकले भनेको भन्दा शिक्षककोगराइबाट विद्यार्थीले बढी सिक्दछ । शिक्षक मिहिनेती भए विद्यार्थीले पनि मिहिनेत गर्न सिक्छ । शिक्षक इमान दार भए विद्यार्थी पनि इमान दार बन्छ र शिक्षकले स्वस्थ जीवनशैली अपनाउँछ भने विद्यार्थीले पनि सोही अनुसार गर्द छ । यस्ता व्यवहारको सिकोले विद्यार्थीहरू स्वस्थ भई नियमित रूपमा विद्यालय आउँछन् र पठनपाठन सहज बनाई सिकाइ उपलब्धि पनि प्राप्त गर्न सक्ने हुन्छन् । स्वस्थ विद्यार्थीको सिकाइ उपलब्धि स्वतः रराम्रो हुने कुरा मा द्विविधा रहँदैन ।

विद्यालयमा स्वस्थ शिक्षकको उपस्थितिले विद्यार्थीमाझ् स्वस्थ र उदाहरणीय सन्देश प्रवाह हुन्छ । स्वस्थ शिक्षकबाट बढी सिक्न पाइने र स्वस्थ रहनु पर्छ भन्ने मान्यता पनि बस्ने हुँदा शिक्षक र विद्यार्थीबीचको सम्बन्ध पनि प्रगाढ हुन जान्छ । बान्डुरा (सन् १९९७) ले जोड दिएर भनेका छन्– शिक्षकले स्वयं स्वस्थ भई विद्यार्थीलाई महत्वपूर्ण शिक्षा दिन सक्छ किनभने विद्यार्थीहरू हेरेर, अवलोकन गरेर तथा नक्कल गरेर नै बढी सिक्छन् ।

हुन पनि हो, विद्यार्थी र समुदायको लागि शिक्षक एक आदर्श व्यक्तिŒव नै हो जसको पदचिह्न पछ्याएर कतिले आफ्नो सफलताको शिखर नै चुमेका छन् त कति आफ्नो लक्ष्यतिर उन्मुख भइरहेको पाउँछौं ।

निष्कर्ष
शिक्षकलाई एक पथप्रदर्शक, निर्देशक, साथी, सहयोगी, अभिभावक, परामर्शदाता आदि संज्ञाले चिन्न सकिन्छ । स्वस्थ शिक्षक नै रराम्रो शिक्षक हो किनभने उसले मात्रै विद्यालय नियमित आई इमान दारीसाथ आफ्नो दक्षता प्रदर्शन गर्न सक्छ । यति मात्र नभई स्वस्थ शिक्षक आदर्श र उदाहरणीय शिक्षक बन्न सक्छ । निष्कर्षमा भन्नु पर्दा स्वस्थ शिक्षकले मात्रै विद्यार्थीको स्वास्थ्य र सिकाइ उपलब्धिलाई विकसित गर्न सक्छ । त्यसैले प्रत्येक विद्यालयमा स्वस्थ शिक्षक तयार पार्ने परिस्थिति, नीति र कार्यक्रम हुनु आवश्यक हुन्छ ।

स्रोत सामग्री
Bandura, A. (1977). Social learning theory. NJ: Prentice Hall.
Bandura, A. (1997). Social learning theory. New York: General Learning Press.
Black, S. (2003). Stressed out in the classroom. htpp://www.asbj.com
Kolbe, L. J., Tirroji, G. N., Marx, E., Bobbitt,- Cooke, M., Reidel, S., jones, J. et al (2005). Heal programs for school employees: improving quality of life, health and productivity. Promotion and Education 19 (3-4), p. 157 – 161.
Safaya, R. N. and Shaida, B. D. (1987). School administration and organisation. Delhi: Dhanpat Rai and Sons.
www.bls.gov/ooh/Education-Training-and-Library/Kindergarten-and-elementary-school-teachers.htm
www.bls.gov/k12/help01.htm &

commercial commercial commercial commercial