बालमैत्री विद्यालय किन र कसरी ?

बालबालिकाले आफ्नोगति र क्षमता अनुसार रमाइलोसँग सिक्ने वातावरण भएको विद्यालय बालमैत्री विद्यालय हो । अझ् जनसाधारणले बुझने भाषामा बालमैत्री विद्यालय भन्नाले “स्कूल खुल्दा नानीहरूले बेलैमा पढ्ने पुस्तक पाउनु हो; स्कूलमा घामपानीबाट बच्ने कोठा, बस्ने बेञ्च, पिउने पानी, भोक मेटाउने खाजा, दिसापिसाब गर्ने चर्पी, सके खेल्ने चउर होओस्; गुरु– गुरुमाले पूरा समय पढाइदिऊन्; बाबु–आमाले आफ्ना नानीलाई सधैंभरि स्कूल पठाइदिऊन्; पढ्न कोही नछुटून्, कोही नदोहोरिऊन्; स्कूलमा कोही कसैद्वारा अपहेलित र दमित हुन नपरोस्; स्कूल सबैको साझ फूलबारी होओस्, फूल्ने फक्रने अवसर सबैलाई मिलोस्” भन्ने बुझन्छि ।

बालमैत्री विद्यालयमा
• बालबालिकाले शारीरिक, मान सिक एवं संवेगात्मकरूपले सुरक्षित तथा स्वस्थ वातावरण पाउँदछन् ।
• बालबालिकाको रुचि, क्षमता र स्तर को कदर हुन्छ र सोही अनुसार उनीहरूको सिकाइका लागि आवश्यक वातावरण एवं पाठ्यक्रमको व्यवस्था हुन्छ ।
• बालबालिकाको सिकाइ उपलब्धिको मूल्याङ्कन गर्ने जिम्मेवारी शिक्षकको हुन्छ ।
• बालबालिकालाई उनीहरूको जात, लिङ्ग, धर्म, भाषा, आर्थिकस्तर , शारीरिक एवं मान सिक दुर्बलताका आधारमा विना भेदभाव विद्यालयमा भर्ना गरिन्छ । यसबाहेक विद्यालय भित्र र बाहिर रहेका बालबालिकालाई भेदभावरहित व्यवहार गरिन्छ ।
• पढाइ–लेखाइका अतिरिक्त बालबालिकाको स्वास्थ्य एवं सुरक्षामा विशेष ध्यान दिइन्छ ।
• विद्यालयको नीति निर्माण, योजना तर्जुमा, कार्यान्वयन र मूल्याङ्कनमा बालबालिका, अभिभावक र समुदायलाई प्रत्यक्ष सहभागीगराइन्छ ।
• कुनै पनि प्रकारका भौतिक, शारीरिक एवं मान सिक दण्ड, सजाय वर्जित हुन्छ र बालबालिकालाई दुव्र्यवहार र नोक्सानीबाट बचाउने काम निरन्तर रूपमा भइरहेको हुन्छ ।

बालमैत्री विद्यालयमा को कस्तो हुन्छ ?

विद्यार्थी
• सहयोगी र व्यावहारिक हुन्छन् ।
• हरेक क्रियाकलाप मा सहभागी हुन्छन् ।
• आपसी छलफल , सहयोग र अन्तरक्रियाबाट समस्या समाधान गर्न सक्छन् ।
• शारीरिक, बौद्धिक तथा संवेगात्मक विकास समानुपातिक ढङ्गबाट भएको हुन्छ ।
• आत्मसम्मान र आत्मबल बलियो हुन्छ र आत्मविश्वासी हुन्छन् ।

शिक्षक
• विद्यार्थीहरूलाई हेरचाह, माया र आदर गर्द छन् ।
• विद्यार्थीहरूलाई क्षमता र चाहना अनुसार सिकाउने गर्छन् । सिकाउन उत्सुक र प्रतिबद्ध हुन्छन् ।
• विद्यार्थीलाई हरेक क्रियाकलाप मा सहभागी हुन हौसला प्रदान गर्ने र उनीहरूको विचार को कदर गर्छन् ।
• पूरा तयारीका साथ कक्षाकोठामा प्रवेश गर्द छन् । विद्यार्थीको आत्मबल बढ्ने खालका शिक्षण विधिहरू प्रयोग गर्द छन् । आफ्नो पेशाप्रतिगौरव गर्छन्, आत्मविश्वासी हुन्छन् र कक्षाकोठालाई कर्मथलोका रूपमा लिन्छन् ।
• सबै विद्यार्थीलाई समान व्यवहार गर्छन् ।
• विद्यार्थीलाई कुनै पनि किसिमको सजाय दिंदैनन् ।
• विद्यार्थीको अगाडि नमूना भएर प्रस्तुत हुन्छन् ।

अभिभावक
• विद्यालयको बैठकमा भाग लिन्छन् ।
• विद्यालयको नीति, योजना, कार्यक्रम तथा कार्यान्वयन अभ्यास बारे रराम्रो जानकारी राख्छन् ।
• आफ्नो क्षमता र सामथ्र्य अनुसार विद्यालयको विकास सँग सम्बन्धित क्रियाकलाप हरूमा सहभागी हुन्छन् र सहयोग गर्छन् ।
• आफ्ना बालबालिकाको प्रगति तथा कमजोरीबारे शिक्षक र प्रधानाध्यापकसँग सरसल्लाह लिने/दिने गर्छन् ।
• विद्यार्थीको सिकाइमा आफ्नो पनि जिम्मेवारी छ भन्ने स्वीकार्छन् ।
• विद्यालयप्रति सकारात्मक भावना राख्छन् ।

विद्यालय व्यवस्थापन
• विद्यालयमा सहयोगी र मैत्रीपूर्ण वातावरण बनाइदिन्छन् ।
• सहयोगात्मक र सक्रिय सिकाइमा सहयोग, सजाय तथा तनाव दिने खालको क्रियाकलाप निषेध गर्द छन् ।
• प्रत्येक विद्यार्थीको सिर्जनात्मकतालाई मान्यता दिन्छन् ।
• नियमित रूपमा अभिभावकसँग सम्पर्क राखी विद्यार्थीको बारे जानकारी दिनुका साथै विद्यालयको क्रियाकलाप मा अभिभावकलाई संलग्नगराउँछन् ।
• विद्यालयमा विद्यार्थीको अधिकार सुनिश्चितताका लागि सर्वपक्षीय (शिक्षक, विद्यर्थी, अभिभावक, व्यवस्थापन समिति) आचारसंहिता (Code of Conduct) बनाई लागू गर्द छन् र गुनासो सुन्ने व्यवस्था गरिएको हुन्छ ।
पृथ्वीनारायण क्याम्पस, पोखरा

 

commercial commercial commercial commercial