सिक्दारहेछन् र निरन्तरता पनि ।

रोज्न दिऊँ, सिक्छन् !

प्रौढहरूको जीवनमा के कुरा को आवश्यकता छ ? त्यो चिनौं र सिकाऔं । प्रौढहरूले जिम्मेवारी लिन्छन् र सिक्छन् पनि । पहिले प्याज नखाने र खेती न गर्ने किसानले प्याज खायो स्वाद पायो अनि खेती गर्न त सिक्यो नि ! काठे हलोले जोत्ने किसानले विकासे हलो त प्रयोग गरयो नि ! प्रौढहरू अनौपचारिक शिक्षा केन्द्रले आउँदो तीन वर्षभित्र मुलुकबाट निरक्षरता उन्मूलन गरी ‘साक्षर नेपाल’ को चिनारी दिन राखेको सन्दर्भमा ध्यानमा राख्नै पर्ने केही प्रश्न हुन्ः साक्षर कसलाई मान्ने ? आएका तथ्याङ्कलाई कति भरपर्दो मान्ने ? गुणात्मक र परिमाणात्मक कुन नीति लिने ? जब साक्षर र निरक्षर बीचको विभेदै गर्न सकिएको छैन उन्मूलन के गर्ने ? कसलाई राख्ने ? कसलाई हटाउने ? कतै यो सपना नै त हुने होइन ? वा केही गरियो भने पनि हालत यस्तै हुने त होइन ? चुनौतीपूर्ण छ अभियान । साक्षर नबनाएसम्म मुलुकको विकास सम्भव नहुने कुरा मा दुईमत छैन । सरकारी तथ्याङ्कले नै ७५ लाखको हाराहारीमा रहेको निरक्षरताको संख्या ५१ लाखमा झरिएको दाबी गरिए तापनि ती नवसाक्षरहरूको स्थिति व्यवहारमा कस्तो छ ? ती साक्षरहरूबाट समाज ले के परिवर्तन पायो ? देशले के पायो ? परिवारले के पायो ? त्यसको लागि मन्त्रालय तहबाट गरिने अनुगमन निरीक्षणले भन्दा समुदायमा देखि ने परिवर्तनको आधारमा नजिता विश्लेषण गरिएमा प्रामाणिकता बढी हुनेथियो । पक्कै पनि केही उपलब्धिहरू भएका छन् । योभन्दा बढी ती कागजी र बैठकहरूमा ल्याप्चेको लागि कालो खोज्नु नपर्ने बाहेकको हुँदैन होला ।

भित्रको अप्ठ्यारो
किन कक्षामा आउनुपर्ने जति आएनन् ? आएका जति सबै बसेनन् ? बसेकाले पूरा सिकेनन् ? दोहोरयाएर आए ? यसको जवाफको लागि उल्लिखित कुनै पनि साक्षरता वा प्रौढ कक्षामा भर्ना भएकाको टिकाउदर कम हुँदै जानुको कारणको विश्लेषण जरूरी छ । साक्षर भइयो सामान्य लेखपढको लागि हर्ज भएन; एसएलसी पास किन गर्ने ? जागिर खान ? उमेर नाघ्यो । क्याम्पस पढ्न ? पढेर के गर्ने ? ज्ञान । ज्ञानको लागि मात्र शैक्षिक उपाधि लिने हराम्रो समाज छ ? छैन । त्यसैले साक्षरोत्तर कक्षा उनीहरूको लागि आवश्यक भएन । नाम लेख्न जाने भयो, चिठी पढ्न जाने भयो । विद्यालयको साधारण शिक्षा जीविकास ँग सम्बन्धित थिएन, त्यसैले चाहिएन थप ज्ञान । दैनिक क्रियाकलाप मा शिक्षा जोडिएन । शिक्षाले खानाका परिकार बनाउन सिकाएन कुखुरा/बंगुर पाल्न सिकाएन । खेती गर्न सिकाएन । त्यसैले जति टड्कारो आवश्यकता परेको थियो त्यति लिए शिक्षाको बजारबाट । सामान्य अर्थशास्त्रको मान्यता जस्तो । हरेक प्रौढको कुनै न कुनै पेशा व्यवसाय छ, दिनभर हलो जोत्ने, दिनरात घरधन्दा/मेलापात गर्ने , खेतीपाती गर्ने , पशु पाल्ने, भारी बोक्ने हुन अनौपचारिक शिक्षाका सिकारुहरू । कहाँ उनीहरू औपचारिक शिक्षाका विद्यार्थीहरू जस्तो शिक्षाको लागि भिक्षापात्र लिएर हिंडेका छन् र ? हिंड्छन् ? उनीहरूलाई सीधा प्रतिफल चाहिएको छ । उधारो प्रतिफल, ढिलो प्रतिफलले उनीहरूको आवश्यकता पूरा हुन सक्दैन ।

उनीहरू आश्रित होइनन् उनीहरूसँग आश्रित छन् बरु । शिक्षाले उत्पादकत्वसँग सम्बन्ध राख्दछ र त्यो राख्नुपर्दछ पनि । मैले शिक्षा आर्जन गरेर के गर्ने ? के पाउने ? त्यो सिकारुले निर्धारण गर्न सक्ने बनाउनु र उनीहरूले निश्चित गर्न सक्ने बनाउनु आवश्यक देखिन्छ । औपचारिक शिक्षाको ‘आइतबार बिहानै घामसित उठें म ....’, ‘काग दाजै काग दाजै ....’ किन चाहियो ? अनौपचारिक शिक्षाको ‘क – का, म – मा = काम’, ‘सुन्तली वीरेको कथा’ राखेर खाली व्याकरण सिकाउन खोजेको जस्तो, जनचेतना फैलाउन खोजेको जस्तो । चाहिन्छ त्यो त्यसमा दुईमत छैन तर विषय सिकारुको छनोटमा परयो ? परेन ? निरक्षर प्रौढहरू पद्धतिले खुवाएको मात्रै बलजफ्ती खाने जीव हुन् ? विज्ञले ठानेको आवश्यकता नै प्रौढहरूको आवश्यकता हो ? त्यो आपूर्तिले उनीहरूको दैनिक क्रियाकलाप मा कति सहयोग गर्द छ ? उनीहरूको आवश्यकतामा आधारित रहेर लक्ष्य निर्धारण गरियो/ गरिएन ? यहाँ सिकारुको सर्वोच्चता चाहिन्छ/चाहिंदैन ?

यसरी
प्रौढहरूको जीवनमा के कुरा को आवश्यकता छ ? त्यो चिनौं र सिकाऔं । प्रौढहरूले जिम्मेवारी लिन्छन् र सिक्छन् पनि । पहिले प्याज नखाने र खेती न गर्ने किसानले प्याज खायो स्वाद पायो अनि खेती गर्न त सिक्यो नि ! काठे हलोले जोत्ने किसानले विकासे हलो त प्रयोग गरयो नि ! प्रौढहरू सिक्दारहेछन् र निरन्तरता पनि । जो उनीहरूको पेशा व्यवसाय र जीवनसँग सम्बन्धित छ । जीवनलाई सजिलो बनाएको अनुभूति गर्छ । अनि पो सिक्छ । बालकले त आफ्नो सिकाइलाई वातावरणसँग दाँजेर परीक्षण गर्द छ भने अनुभवले खारिएका प्रौढहरूलाई आफैंले स्वीकार गर्ने विषयवस्तु छनोट गर्न पाउनुपर्दैन र ? पेशाले शिक्षा माग्न सिकाउनु पर्छ । सिकारुको जीविकास ँग शिक्षालाई जोड्न सकिएमा टिकाउदर आफैं बढ्छ । शिक्षाले व्यवसाय छनोट गर्ने औपचारिक शिक्षाको प्रकृतिको अलावा व्यवसायीले शिक्षा छनोट गर्ने अवसर उपलब्ध गराउनु आवश्यक देखिन्छ ।

हल हुन्छ
विद्यालयले प्रौढहरूका लागि जिम्मेवारी लिनुपर्छ त्यो शैक्षिक कार्यक्रम नै हो । आफ्नो सेवा क्षेत्रभित्र साक्षर बनाउन विद्यालयलाई जिम्मेवारी दिइनु पनि पर्दछ, र सोको आधारमा विद्यालयको मूल्याङ्कन गरिनुपर्दछ । विद्यालयलाई शिक्षाको स्रोत केन्द्र बन्नु /बनाउनुपर्छ । चाहे त्यो कार्यक्रम सरकारले चलाओस् वा कुनै गैर सरकारी संघसंस्थाहरूले । आफूलाई औपचारिक शिक्षा र बालबालिका मात्र हराम्रो सरोकारको विषय भन्नुको अलावा प्रौढहरू पनि हाम्रा लक्षित वर्ग हुन् भन्ने बनाउन विद्यालयमा पूर्व प्राथमिक कक्षा जस्तै ‘अनुभवमा आधारित वृद्धमैत्री कक्षा’ सञ्चालन गरिनुपर्छ । हरेक विद्यालयहरूले आ–आफ्ना समुदायको नक्सांकनगरून्, समुदायको साक्षर र निरक्षर संख्या पत्ता लगाउन् सेवा क्षेत्रमा । राष्ट्रिय /क्षेत्रीय/जिल्लास्तर का जिम्मेवार निकायहरूबाट गाइडलाइन प्राप्त गर्ने र योजना निर्माण गर्ने , रणनीतिको छनोट, स्थानीय आवश्यकताको आधारमा विद्यालयले पाठ्यक्रम तर्जुमा गर्ने र कार्यान्वयन गर्ने काम गर्नु पर्दछ । स्थानीय पेशा व्यवसायको क्लष्टर निर्माण गरी त्यसमा संलग्न प्रौढहरूलाई छनोट गरी कक्षा सञ्चालन गर्नु उपयुक्त हुन्छ । बरु सैद्धान्तिक कक्षा ‘सम्पर्क कक्षा’को रूपमा साप्ताहिक १/२ दिनको होस् । प्रौढहरूको दैनिक व्यावसायिक क्रियाकलाप लाई प्रयोगात्मक कक्षाको रूपमारूपान्तरण गर्नु पर्दछ । सैद्धान्तिक कक्षामा धेरै अनुभवको साझेदारी होस् । अनुकरणयोग्य बोध भएका अनुभवलाई लिपिबद्ध गर्ने क्रममा उनीहरूलाई पढाउने लेखाउने काम होस् । शिक्षक धेरै उनै, ज्ञान धेरै उनकै, धारणा उनकै, आवश्यकता उनकै, मात्रै कक्षामा प्रौढ शिक्षण विधिको ज्ञान भएको सहजकर्ता होस् । बरु माध्यमिक तहको नयाँ पाठ्यक्रम ढाँचा अनुसार प्राविधिक तथा व्यावसायिक शिक्षा का जनशक्तिले सहजीकरण गरिदिउन् ।

कुरा रह्यो सामान्य साक्षर बनाउने कुरा थोरै जिम्मेवारी विद्यालयमा, विद्यार्थीलाई दिंदा उनीहरूलाई सम्झ्ँदा र विश्वास गर्दा यो आफैं हल हुन्छ । विद्यार्थीहरूले आ–आफ्नो घरका निरक्षर सदस्यहरूलाई साक्षर बनाइसकेपछि मात्र उनीहरूलाई निश्चित तहको प्रमाणपत्र प्रदान गर्ने प्रबन्ध गर्न सकियो भने न त भाग्ने चिन्ता न त नआउने । राष्ट्रले जसलाई लगानी गरिरहेको छ, उसले पनि त आफ्नो राष्ट्र तथा समाज को दायित्वबोधगरोस् । भनिएको तीन वर्षमा नहोला; केही बढी लाग्ला समय, यो कुनै किरिया खाएको त होइन नि ? प्रभावकारी भए त भइहाल्यो । किन पूरा हुँदैन साक्षरता अभियान ?
तान्द्राङ, गोरखा

commercial commercial commercial commercial