हर्रो र बर्रोको जन्मपत्री !

हर्रो

संस्कृत– हरीतकी, हैमवती, अभया, अव्यथा, अमृता, कायस्था, चेतकी, चेतनिका, जया, जीवप्रिया, जीवनिका, जीवन्ती, जीव्या, देवी, दिव्या, पथ्या, पूतना, प्रमथ्या, प्राणदा, भिषग्वरा, विजया, रोहिणी, शिवा, श्रेयसी । नेवा— हल । हिन्दी— हर्रे, हर्र । बंगाली— हरीतकी, हर्रा । मराठी— हिरडा, हरडा । कन्नड— अणिले । लेटिन— TERMINALIA CHEBULA. अंग्रेजी— Chebulic myrobalan.

स्वभाव— नुनिलो बाहेक अरू पाँचै रस; अर्थात्गुलियो, अमिलो, पिरो, टर्रो र तीतो छ । पाकावस्थामागुलियो छ । योगवाही र रसायन छ । पुष्टिगराउँदछ । बल–वीर्य–बुद्धि र धारणाशक्तिलाई बढाउँदछ । त्रिदोषको अनुलोमक छ । भेदक र रेचक छ । श्वास, कास, प्रमेह, अर्श, कुष्ठ, शोथ, हरएक प्रकारका उदररोग, कृमिदोष,ग्रहणी, स्वरभंग, विवन्ध, विषमज्वर,गुल्म, आध्मान , तृष्णा, वमन, हिक्का, हृद्रोग, कामला, आनाह, प्लीहा, यकृद्रोग, अश्मरी, मूत्रकृच्छ«, मूत्राघात, नेत्ररोग, कर्णरोग, शिरोरोग, पसीना, उरुस्तम्भ र अरुचि समेतमा उपयोगी छ ।

हर्रो—(१) लौकाका आकारको–टुप्पामा नाभि भएको –विजया । (२) केही डल्लो आकारको—रोहिणी । (३) पातलो बोक्रा हुने—पूतना । (४) बाक्लो बोक्रा हुने—अमृता । (५) पाँच रेखावाला—अभया । (६) पहेंलो वर्णको—जीवन्ती । (७) तीन रेखावाला—चेतकी भनी सात जातमा मानिएको छ । विशेष गरी विजया विन्ध्यप्रान्तमा । चेतकी हिमालयप्रान्तमा । रोहिणीपूतना सिन्धुप्रान्तमा । अमृताअभया चम्पादेशमा । जीवन्ती सौराष्ट्र देशमा उत्पन्न हुन्छ । विजया सर्वत्र पनि हुन्छ भन्ने उक्ति छ ।

विशेष प्रयोग—‘विजया’–सबै रोगमा । ‘रोहिणी’—घाउ–खटिरा पुर्ने काममा । ‘पूतना’–लेपमा । ‘अमृता’–रेचनमा । ‘अभया’—नेत्ररोगमा । ‘जीवन्ती’—जीर्णरोगमा र ‘चेतकी’—सबै रोगमा उत्तम हुन्छ । ‘चेतकी’ हातमा लिंदा, जहाँसम्म हातमा रहन्छ, त्यहाँसम्म रेचन भइ नै रहन्छ भन्ने वचन पनि छ ।

‘चेतकी’—सेतो र कालो गरी दुई जातको हुन्छ; सेतो छः अंगुलसम्म लामो र कालो एक अंगुल मात्रको हुन्छ ।
सर्वत्रको सुलभ र सबै रोगमा प्रयोग हुने हुनाले, सबै भन्दा प्रधान ‘विजया’ छ ।

हर्रो—नयाँ, चिल्लो, मोटो, डल्लो,गहरुंगो र पानीमा डुब्ने उत्तम हुन्छ, पूरागुण दिन्छ । यस्तो लक्षणयुक्त छ भने, दुइ तोलामा बढी वजनको हुन्छ ।

हर्रो––चपाइ खाँदा—अग्नि बढाउँदछ । पिन्ही (पिंधेर) खाँदा—मललाई शुद्धगराउँदछ, अर्थात् झडा–पिसाब सफागराउँदछ । बफाई खाँदा—संग्राही छ । अर्थात् मल रोक्तछ । भुटी खाँदा—त्रिदोषलाई शमन गर्द छ ।

खाना खाएपछि सेवन गरेको हर्रोले—खान–पानबाट भएको , वात–पित्त–कफको विकारलाई हरण गर्द छ ।
हर्रो—सिधेनूनसँग सेवन गरे मा कफलाई , मिश्री वा चिनीसँग —पित्तलाई , घ्यूसँग वायुलाई र चाकु वा सखरसँग सेवन गरे मा—सबै रोगलाई शमन गर्द छ ।

हर्रोबाट रसायनगुणको इच्छा गर्ने ले— चैत्र र वैशाखमा महसँग , ज्येष्ठ र आषाढमा चाकु वा सखरसँग , श्रावण र भाद्रमा सिधेनूनसँग , आश्विन र कार्तिकमा मिश्री वा चिनीसँग , मार्ग र पौषमा शुठोसँग , माघ र फाल् गुनमा पिपलासँग सेवन गर्नु उत्तम छ । यसै प्रयोगलाई ‘ऋतुहरीतकी’ कहिएको छ ।

हर्रोको निषेध

तृष्णा, हनुस्तम्भ,गलग्रह, शोष, नवज्वरमा रगर्भिणीमा प्रयोग गर्न हुँदैन । हिंडाइले थाकेको, ताकत कम भएको ,रूखो स्वभावको, दुब्लोपनाको, लंघनलेगलेको, प्रशस्त पित्तस्वभावको र रगत झिकीएकोले पनि हर्रो नखानू ।
हर्रोका बियाँकोगुदी—नेत्रलाई हित गर्द छ । वायु र पित्तलाई शमन गर्द छ । भारी छ ।

विशेष प्रयोग—हर्रो भाग १, दाख भाग २ कुटी, रराम्रोसँग मिलाई तो. ।।० देखि १ सम्मको मात्रा गरी, सबेरमा सेवन गर्ने गरे मा—पित्त शमन हुन्छ र हृद्रोग, रक्तविकार, विषमज्वर, पाण्डु, वमन, कुष्ठ, कास, कामला, अरुचि, प्रमेह, आनाह,गुल्म, पिट्काका रोग र अरू यिनैका विकारहरूसमेत हट्तछन् ।

बर्रो

संस्कृत–विभीतक, बहेडक, वासन्त, अक्ष, अनिलघ्न, कलिद्रुम, कल्किवृक्ष, कलिवृक्ष, कर्षफल, कल्कि, कासघ्न, तैलफल, धर्मघ्न, भूतावास, संवर्तक, हार्य । नेवाः —बल । हिन्दी—बहेडा, भैरा । बंगाली—बषडा, बोहेरा । मराठी—बहेडा । कन्नड—तोरे, तौडे । लेटिन–TERMINALIA BELERICA. अंग्रेजी—Belliric myrobŌlan.

स्वभाव—पिरो, तीतो, टर्रो र उष्णवीर्य छ ।रूखो छ । सारक र हलका छ । पाकावस्थामागुलियो छ । रक्तविकार, कफ, पित्त, कृमि, स्वरभंग, नासारोग, कण्ठरोग, नेत्ररोग, हृद्रोग र कासरोगमा उपयोगी छ । केशलाई बढाउँदछ । भेदक छ ।
यसकागेडा भित्रको बियाँकोगुदी—टर्रो छ । हलका छ । तृष्णा, वमन, कफ र वायुलाई शमन गर्द छ । मादगराउँदछ । आँखामा अञ्जन गर्नाले—आँखाका रोग, फुलो समेतलाई शान्तगराउँदछ, हटाउँदछ ।

(साभारः कोषनाथ देवकोटा, नेपालीनिघण्टुः , नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान, वि.संं २०२५)

commercial commercial commercial commercial