हामीलाई चाहिएको विकासको दार्शनिक पक्ष

जबसम्म नेपालका प्रत्येक व्यक्ति व्यक्तिमा विकास मेरो देशको लागि हो; मेरा छिमेकी र आफन्तहरूको लागि हो र मेरो आफ्नै लागि पनि हो भन्ने चेतनाको विकास हुँदैन, तबसम्म नेपालमा अहिले भइरहेको जस्तो ढँटुवा विकास मात्र भइरहन्छ । त्यसैले यो खाले चेतनाको विकास कसरी गराउने र कसले गराउने भन्ने विषयको विकास नै तत्काल गर्नु पर्ने पहिलो विकास हो ।

‘विकास ’ भन्ने वित्तिकै भौतिक वस्तु वा संरचनाको निर्माणलाई बुझने गरिन्छ । तर विकास भनेको त्यति मात्र होइन, अन्तरवस्तुका आधारमा विकास का धेरैरूप र पक्ष हुन्छन् । जस्तोः विकास भौतिक र अभौतिक हुन्छ । सकारात्मक र नकारात्मक हुन्छ । देखि ने र न देखि ने हुन्छ । शारीरिक र मान सिक हुन्छ । परिवर्तनकारी र विनासकारी हुन्छ । सुन्दर र कुरुप हुन्छ । तर यो अबोधगम्य भने हुँदैन । यो पदार्थको नियमित प्रक्रिया,गतिशीलता, अन्तरविरोध, अन्तरक्रिया र त्यसबाट निर्माण हुने चेतना भन्दा पर हुँदैन ।

त्यसैले विकास पृथ्वीमा करोडौं वर्ष देखि अस्तित्वमा रहेका भौतिक पदार्थको व्यवस्थीकरण, सौन्दर्यकरण र प्रयोग तथा उपभोग/उपयोग हो । यो पदार्थकोगति र सोको परिणामस्वरुप उत्पन्न शक्ति वा चेतनाको पहिचान र उपयोग हो । समग्रमा भौतिक विकास भनेको विश्व ब्रह्माण्डमा रहे–भएका पदार्थहरूको उचित उपयोग हो । तर त्यो उपयोगका निम्ति उच्चस्तर को चेतनाको आवश्यकता पर्दछ र चेतना मानव मस्तिष्क (अति सुसं गठित पदार्थ) को परिणाम वा विशेषता हो । त्यस्तो चेतना मस्तिष्कको भौतिक कोशिकाहरूमा निरन्तर भइरहने शारीरिक क्रियाकलाप बाट उत्पन्न हुन्छ । मस्तिष्कमा हुने सकारात्मक वा नकारात्मक क्रियाकलाप ले मानिसको चिन्तन प्रक्रियामा पनि सकारात्मक वा नकारात्मक असर पार्दछ भने त्यस पदार्थमा भौतिक क्षति हुनासाथ मानिस चेतनशून्य (कोमा) अवस्थामा पुग्छ । त्यसै गरी निष्क्रिय वा अपर्याप्त चिन्तन प्रक्रियाबाट मानिसले चाहेको भौतिक विकास मा नकारात्मक असर पर्दछ । जसले मस्तिष्कलाई बढी सक्रिय र चिन्तन प्रक्रियालाई उन्नत बनाउँछ उसैले विभिन्न किसिमको आविष्कार, वस्तुहरूमा सुन्दरता (डेकोरेशन), विकास र सोको उपयोग गर्न सक्छ । तर मस्तिष्कमा सकारात्मक र नकारात्मक असर पर्नुमा विभिन्न बाहिरी तथा शारीरिक तत्वहरूको अहम् भूमिका रहन्छ । त्यसैले विकास तब मात्र सम्भव हुन्छ जतिवेला बाहिरी भौतिक पदार्थको सुव्यवस्थीकरणमा मानव मस्तिष्कको पदार्थले स्वाभाविक प्रक्रिया सञ्चालन गर्द छ । बाहिरी भौतिक विकास लाई स्वीकार गर्द छ र स्वामित्वग्रहण गर्द छ । त्यसैले विकास लाई पदार्थ र चेतनाको एकीकृत सहकार्यको परिणाम मान्न सकिन्छ ।

पदार्थमा प्राकृतिक रूपमा हुने नियमित प्रक्रियालाई कतिपयले विकास को अर्थमा बुझने गर्द छन् । जस्तो; पानीबाट वरफ वा वाफ बन्ने प्रक्रिया; कार्वनबाट हीरा बन्ने प्रक्रिया;गुलाफको बोटबाट फूल फुल्ने प्रक्रिया; मानिसको शुक्रकीट तथा डिम्बको सम्मिश्रणबाट बनेको एक कोषीय भ्रूणबाट बच्चा बन्ने प्रक्रिया र मकैकोगेडाबाट बोट बन्ने प्रक्रियालाई पनि विकास भन्ने गरिन्छ । तर त्यो विकास होइन । त्यो त वस्तुमा रहेको सार अनुसार रूपमा आएको परिवर्तन मात्रै हो । परिमाणबाट गुणमा भएको परिवर्तन मात्रै हो । पदार्थभित्रका नकारको नकार मात्रै हो । प्रकृतिको नियम तथा पदार्थ भित्रको कणहरूकोगति र शक्तिको परिणामलाई बुझन नसक्दाको परिणाम मात्रै हो । त्यसैले पदार्थको स्वाभाविक प्रक्रियाद्वारा निर्मित परिवर्तन विकास होइन । केवल परिवर्तन मात्रै हो । पुरानैको निरन्तरता हो । त्यसमा पदार्थको स्व–प्रक्रिया मात्रै भएको हुन्छ, चेतनासँग सहकार्य भएको हुँदैन ।

भौतिक पदार्थ र मानिसको बौद्धिक/सौन्दर्य चेतनाको एकीकृत सहकार्य र अन्योन्याश्रित सम्बन्धको परिमाण मात्रै विकास हो । विकास मा पदार्थको पहिलो भूमिका र चेतना/बौद्धिकताको दोस्रो भूमिका रहेको हुन्छ । पदार्थले मस्तिष्क (जो आफैंमा अति सुसं गठित चेतना निर्माण गर्ने पदार्थ हो) मा पार्ने प्रभावले थप चिन्तन तथा चेतनाको निर्माण र चेतनाले पदार्थकोरूप, रंग, आकार, प्रकार र सुन्दरतामा खेल्ने भूमिकाको परिमाण नै विकास हो । प्रसिद्ध रसियन भौतिकवादी दार्शनिक प्लेखानोभले भनेका छन्, “संसारमा वस्तु पहिलो र सुन्दरता दोस्रो हो ।” उदाहरणको रूपमा हालका अत्याधुनिक जेट प्लेनहरू राइट दाजुभाइले आविष्कार गरेको हवाइजहाज (वस्तु) मा थपिएको सुन्दरता मात्रै हो । हालको फलामे हलो वा ट्याक्टर आदिम ढुंगे वा काठे हलोको सुन्दररूप मात्रै हो । ती वस्तुले चेतनामा पारेको प्रभाव र चेतनाले वस्तुमा ल्याएको सुधारको परिणाम हो ।
विकास भौतिक पदार्थ/वस्तु र त्यसले निर्माण गरेको मानवीय चेतनाको परिणाम भएकाले यी दुईको बीचमा तादाम्यता हुन जरूरी हुन्छ । त्यसो भएमा मात्र विकास वास्तविक विकास हुन सक्छ । दिगो, टिकाउ, सुन्दर र गुणस्तरीय हुन सक्छ । होइन भने विकास नेपालका सडकहरूको जस्तो हालतमा हुन्छ । कमिसनको लोभमा थोरै बजेटमा सडक निर्माण गर्न लगाउने भ्रष्ट राजनीतिज्ञ र घुसखोर कर्मचारीतन्त्र; दुई दिन पनि नटिक्ने गरी कालोपत्रे गर्ने ठेकेदार (विकास निर्माणकर्ता) र कालोपत्रे गरेको भोलिपल्टै उप्किंदा पनि चुपचाप बस्ने उपभोक्ता (जनता) का कारण नेपालमा विकास भनेको वीरबलको खिचडी जस्तै हुने गरेको छ । कालोपत्रे गरिनसक्दै उप्किने सडक; कालोपत्रे गरेको भोलिपल्टै भत्काउन उद्यत खाननेपानी, ढल विभाग, विद्युत् प्राधिकरण र नेपाल टेलिकम; उद्घाटन गर्न नपाई भत्कने पुल र भवनहरू; गाउँमा पानी नपुग्दै काटिने पानीका पाइपहरू र खेतमा पानी नपुग्दै फुट्ने/फुटाइने कुला तथा नहरहरू; गुणस्तर हीन खाद्य तथा औषधिको उत्पादन र गुणस्तर हीन सेवा नै नेपाली विशेषताका विकास हुन् । र, यिनै विकास नाउँका विडम्बना पनि हुन् ।

नेपालमा दिगो र गुणस्तरीय विकास कसैलाई चाहिएको छैन । राजनीतिक नेतृत्वलाई विकास चाहिएको छैन; किनभने ऊ बुझदछ कि विकास ले चेतनामा प्रभाव पार्छ र चेतनाले भ्रष्ट नेतृत्वलाई अस्वीकार गर्छ । कर्मचारीलाई पनि विकास चाहिएको छैन; किनभने ऊ बुझदछ कि दिगो विकास ले आगामी घुसको परिमाणमा घाटा पार्छ । ठेकेदारलाई विकास चाहिएको छैन; किनभने ऊ बुझदछ कि विकास ले आगामी ठेक्काको परिमाण घटाउँछ । जनता र उपभोक्तालाई विकास चाहिएको छैन; किनभने ऊ बुझदछ कि विकास भनेको राज्यको सम्पत्ति र दायित्वको विषय हो । उसको होइन । ऊ सोच्छ, आफू हिलोमा हिंड्नु परेर के भो त आफ्नो सडक भत्केको होइन क्यारे, राज्यको सडक भत्केको हो; आफ्नो घरमा पानी नआएर के भो त आफ्नो पाइप काटिएको होइन, राज्यकै काटिएको हो । राजनीतिक नेतृत्व देखि प्रत्येक नागरिकहरूमा जबसम्म विकास भनेको राज्यको मात्रै दायित्वको विषय हो र राज्य भनेको माकुरा का बच्चाहरूले जस्तै चुसेर क्षत–विक्षत गर्ने वस्तु हो भन्ने चिन्तन रहन्छ तबसम्म नेपालमा दिगो, टिकाउ, सुन्दर र गुणस्तरीय विकास को परिकल्पना गर्न सकिंदैन ।

राज्यकै मन्त्रालय र विभागका तौरतरिका हेरौंः एउटा विभागले विकास निर्माण गरिभ्याएको छैन, अर्को विभाग भोलिपल्टैगैंती–बेल्चा लिएर भत्काउनलाई तम्तयार भइसकेको हुन्छ । नेता र कर्मचारीहरूको तौरतरिका हेरौंः यो वर्ष जुन आयोजनालाई ठेक्का दिन भ्याइएकै छैन, अर्को वर्षका लागि सोही आयोजनालाई बजेट छुट्याउने र ठेक्का दिने तयारी शुरू भइसकेको हुन्छ । ठेकेदार निर्माणकर्तालाई हेरौंः बनिनसक्दै भत्किने संरचना निर्माण गर्न सधैं उद्यत देखिन्छ । नागरिकहरूको रंगढंग हेरौंः पाइपबाट घरमा पानी नपुग्दै काट्न तयार भइसकेको हुन्छ ।

यही हो आजको नेपाली विकास को मोडेल । यहाँ वर्षौं देखि यस्तै भइरहेको छ । यो देखेभोगेकै कुरा भयो । नदेखेको हेर्ने कि ? यो तरूप भयो, सारतिर घोत्लिने कि ? यो परिणाम भयो, कारणहरू खोज्ने कि ? यो त वास्तविकता हो, सम्भाव्यता केलाउने कि ? यो त समग्र भयो, अंशमा प्रवेश गर्ने कि ? यसलाई सारमा बुझदा, कारणहरू खोज्दा, सम्भाव्यता केलाउँदा र अंशमा प्रवेश गर्दा एउटै निष्कर्षमा पुगिन्छ, त्यो भनेको विकास मा पदार्थ र चेतनाको एकीकृत सहकार्य र तादाम्यताको अभाव हुनु नै हो ।

त्यसैले जबसम्म नेपालका प्रत्येक व्यक्ति व्यक्तिमा विकास मेरो देशको लागि हो; मेरा छिमेकी र आफन्तहरूको लागि हो र मेरो आफ्नै लागि पनि हो भन्ने चेतनाको विकास हुँदैन, तबसम्म नेपालमा अहिले भइरहेको जस्तो ढँटुवा विकास मात्र भइरहन्छ । त्यसैले यो खाले चेतनाको विकास कसरी गराउने र कसले गराउने भन्ने विषयको विकास नै तत्काल गर्नु पर्ने पहिलो विकास हो ।
(अधिवक्ता, लेखक तथा सामाजिक विज्ञान अनुसन्धानकर्ता हुन् ।)

commercial commercial commercial commercial