अवलोकनः किन र कसरी ?

प्रक्रियागत सीपको प्रयोगबाट विषयवस्तु सिकिंदै जाने र प्रक्रियागत सीप सिक्न विषयवस्तु आवश्यक पर्ने हुनाले प्रक्रियागत सीप र विषयवस्तुबीच दोहोरो सम्बन्ध रहेको हुन्छ । तर कतिपय शिक्षण–सिकाइमा प्रक्रियागत सीपको वास्ता न गरी विषयवस्तुको ज्ञान दिने प्रयास गरेको पाइन्छ । खास गरी विज्ञान र सामाजिक शिक्षाका विषयवस्तुहरू शिक्षण गर्दा प्रक्रियागत सीपलाई समावेश गरेर मात्र पाठयोजना वा क्रियाकलाप –विवरण तयार गर्नु उपयुक्त हुन्छ । प्रक्रियागत सीपको विकास शिक्षण–सिकाइलाई प्रभावकारी बनाउन मात्र नभई व्यावहारिक जीवनलाई सहज बनाउन पनि उपयोगी हुन्छ ।

प्राथमिक शिक्षा पाठ्यक्रम २०४९ को विषय–विस्तृतीकरणमा सामाजिक शिक्षा विषय अन्तर्गत निम्न १६ वटा प्रक्रियागत सीपहरू (process skills) समावेश गरिएका छन्ः



यी बाहेक अन्य पनि प्रक्रियागत सीपहरू हुनसक्छन्, जस्तै चित्राङ्कन ।

पाठ्यक्रमको उद्देश्य र विषयवस्तु अनुसार विज्ञान र सामाजिक शिक्षा शिक्षणका हरेक घण्टीमा कम्तीमा पनि एउटा प्रक्रियागत सीपको प्रयोग गरी शिक्षण–सिकाइका क्रियाकलाप हरू सञ्चालन गर्नु रराम्रो हुन्छ । पाठ र विषयवस्तु अनुसार कुन प्रक्रियागत सीप आवश्यक पर्ने हुन्छ भन्ने वmुराको ज्ञान शिक्षकमा हुनुपर्छ । उसले पाठयोजना वा क्रियाकलाप –विवरण तयार पार्दा नै कुन–कुन प्रक्रियागत सीप र विधिको उपयोग गर्ने भन्ने बारेमा निर्णय गरिसक्नुपर्छ । ‘प्रक्रियागत सीपको माध्यमबाट विषयवस्तु र विषयवस्तुको माध्यमबाट प्रक्रियागत सीप सिकाइ’ भन्ने कुरा लाई पनि ध्यान दिनुपर्छ । सचेत रूपमा प्रक्रियागत सीपहरूको प्रयोग विना विषयवस्तुको ज्ञान, सीप र अभिवृत्तिको विकास यथोचित मात्रामा नहुने भएकाले शिक्षणमा प्रक्रियागत सीपलाई महत्व दिनै पर्दछ । यस्तो हुन नसक्दा विभिन्न विषयवस्तुको सिकाइ अधुरो, अपूरो रगलत समेत हुने गरेको पाइएको छ ।

थुप्रै देशहरूमा विभिन्न प्रक्रियागत सीपका आधारमा शिक्षण गर्ने प्रचलन छ । फिलिपिन्समा विज्ञान शिक्षणका प्रयोगात्मक क्रियाकलाप हरूमा विभिन्न प्रक्रियागत सीप प्रयोग गरिन्छ । तीमध्ये अनुमान –अवलोकन–व्याख्या (Predict, Observe, Explain- POE) लाई आधारभूत अंगका रूपमा लिने गरिएको छ । यस अन्तर्गत सर्वप्रथम विद्यार्थीलाई वैज्ञानिक तथ्यका आधारमा के नतिजा आउँछ भन्ने अनुमान गर्न लगाइन्छ । त्यसपछि प्रयोगात्मक क्रियाकलाप सञ्चालन गरी त्यसको अवलोकन गर्न लगाइन्छ । अन्त्यमा विद्यार्थीले अनुमान गरेका कुरा सँग जोडी प्रयोगात्मक क्रियाकलाप बाट आएको नतिजाको व्याख्या गर्न विद्यार्थीलाई नै लगाइन्छ । यसरी शिक्षण गर्दा विज्ञानका विषयवस्तुलाई कथा–कहानीका रूपमा नभई तथ्यका आधारमा विद्यार्थीलेग्रहण गर्ने गर्द छन् र अर्को क्रियाकलाप का लागि अनुमान को आधार तयार हुन्छ । कुनै पनि तथ्यका पछाडि के, किन, कसरी जस्ता प्रश्नको उत्तर नखोजी सिकाइ पूर्ण हुँदैन । यसलाई आधार मानी शिक्षणसिकाइ गर्दा ज्ञानको निर्माण गर्ने कार्यको जिम्मेवारी शिक्षार्थी स्वयंलाई दिनु अत्यावश्यक हुन्छ । जापानमा अवलोकन सीप र प्रयोगात्मक क्रियाकलाप का आधारमा विज्ञान शिक्षण गरिने भएकाले तल्ला कक्षाहरूमा विज्ञान विषयका पाठ्यपुस्तकको ६० प्रतिशत भन्दा बढी भाग फोटो, चित्र, चार्ट रग्राफ आदिले भरिएको हुन्छ । फोटो, चित्र आदिको अवलोकन मात्रैले पनि विद्यार्थीमा विषयवस्तुको ज्ञान, सीप र अभिवृत्ति विकास मा ठूलो सहयोग पुग्ने तथ्यलाई उनीहरू धेरै महत्व दिने गर्द छन् ।

अमेरिकामा विज्ञान र गणितका शिक्षकको मुख्य कार्य भनेको विद्यार्थीमा जिज्ञासा पैदा गर्नु र खोजी कार्यलाई प्रोत्साहित गर्नु हो । भनिन्छ, विज्ञान शिक्षकले कक्षामा बोल्ने ९५ प्रतिशतभन्दा बढी र गणित शिक्षकले बोल्ने ९० प्रतिशत भन्दा बढी वाक्यहरू प्रश्नात्मक हुने गर्द छन् । के हुन्छ, किन हुन्छ र कसरी हुन्छ जस्ता प्रश्नद्वारा शिक्षार्थीलाई खोजीका लागि उत्प्रेरित गरिन्छ । प्रश्नको उत्तर खोज्ने क्रममा उनीहरू तथ्यको स्मरण, अवलोकन, प्रयोग र पाठ्यपुस्तक तथा अन्य स्रोत–सामग्रीको अध्ययन गर्ने गर्छन् ।

यसरी शिक्षणसिकाइको वातावरण तयार पारी सिकाइ सुनिश्चित गर्नु लाई नै शिक्षकको मूलभूत जिम्मेदारी मान्ने गरिन्छ । उनीहरूबीच एउटा भनाइ प्रचलित छ, As a teacher I have only questions, as a student you must find your answers yourself. (शिक्षकका रूपमा मसँग प्रश्न मात्र छन्, विद्यार्थीका रूपमा तिमीले त्यसको उत्तर आफैं खोज्नुपर्छ ।) यही सूत्रलाई अमेरिकाले गरेका आविष्कार र वैज्ञानिक प्रगतिको आधार मानी शिक्षकहरूगौरव गर्ने गर्द छन् । यसप्रकार, विभिन्न देशमा विभिन्न तरीकालाई आधार मानी शिक्षण–सिकाइ गर्ने प्रचलन छ भने सर्वत्र प्रक्रियागत सीपहरूलाई नै त्यसको प्रमुख आधारका रूपमा लिने गरेको पाइन्छ ।

प्रक्रियागत सीपलाई आधारभूत र संश्लेषित गरी मुख्य रूपमा दुई भागमा बाँड्ने गरिएको छ । सबै प्रक्रियागत सीप आ–आफ्नो स्थानमा उत्तिकै महत्वपूर्ण भए पनि अवलोकनलाई सबैभन्दा महत्वपूर्ण मानिन्छ । अवलोकनका आधारमा नै तथ्यहरूलाई ग्रहण गर्ने , बुझने र व्याख्या गर्ने गरिन्छ । विज्ञानमा आवश्यकता अनुसार पाँचओटै ज्ञानेन्द्रियहरू विभिन्न वैज्ञानिक तथ्यको अवलोकन गर्न प्रयोग गरिन्छन् । तर अवलोकन भनेको त्यति मात्र होइन । पाठ्यपुस्तकमा दिइएका विषयवस्तुहरूको गहिरो र विश्लेषणात्मक ढंगबाट अध्ययन गर्ने वाग्रहण गर्ने कार्य पनि अवलोकन नै हो ।

शिक्षण–सिकाइका लागि आगमन ज्यादै प्रभावकारी विधि हो । अवलोकन यसको सबैभन्दा महत्वपूर्ण र पहिलो चरण हो । अवलोकन सीपको प्रयोग र विकास हुन नसक्दा सामाजिक अध्ययन, विज्ञान, गणित र नेपाली भाषाको शिक्षण सिकाइमा देखि एका विषयगत कमजोरीका केही अनुसन्धानात्मक उदाहरण यहाँ प्रस्तुत गरिएका छन्ः

सामाजिक अध्ययन शिक्षण
सामाजिक अध्ययन वा शिक्षा औपचारिक, अनौपचारिक र अनियमित हरेक आयाममा सधैं चलिरहने प्रक्रिया हो । आफ्नो परिवार, समाज र राष्ट्रबारे आधारभूत कुरा मानिसले थाहा पाएकै हुन्छ । आफ्नो देशको झ्ण्डाको आकृति नदेख्ने नागरिक विरलै पाइएला । तर हामीमा अवलोकन सीपको विकास नभएकाले सधैं देखि रहेको, धेरैपल्ट आफैंले उचालेको र कक्षा तथा पाठ्यपुस्तकमा पढेको आफ्नै राष्ट्रिय झ्ण्डाको आकारबारे पनि हामीमा अपूर्ण रगलत ज्ञान रहने गरेको अध्ययनबाट पत्ता लागेको छ । शिक्षण तथा प्रशिक्षणका क्रममा नेपालको राष्ट्रिय झ्ण्डा बनाउने क्रियाकलाप गराउँदा धेरै प्रशिक्षार्थीहरूले आधारभूतरूपमैगलत आकृतिको झ्ण्डा बनाउने गरेको पाइएको छ ।

तलको चित्रमा देखाइएका (क देखि ज सम्मका) आकृतिका अतिरिक्त पनि प्रशिक्षार्थीले अन्य धेरै प्रकारका आकृति बनाउने गरेको पाइन्छ । कुनै कुनै समूह (२५ जना) ले त १७ प्रकारका आधारभूतरूपमै फरक आकृतिका झ्ण्डा बनाएको पनि देखि एको छ । यीमध्ये (छ) को जस्तो सही आकृति बनाउने सहभागीको संख्या ५ प्रतिशतको हाराहारी मात्र रहेको छ ।

कक्षा ६ को पूर्वव्यावसायिक विषयमा नेपालको राष्ट्रिय झ्ण्डा बनाउन सिकाउने बक्स (अ) ( माथि) को जस्तो क्रियाकलाप तीसौं वर्ष देखि नै पाठ्यपुस्तकमा राखिएको हो । तर पनि सिकाइ उपलब्धिको अवस्था भने अत्यन्तै कमजोर रहेको पाइएको छ । अझ् कतिपय पुस्तक र प्रकाशनहरूमा समेत तलको चुच्चोलाई लामो बनाउने वा बीचमा कुना जोडिदिने जस्ता किसिमका गल्ती कमजोरीहरू रहेको देखिन्छ । वस्तुतः नेपालको राष्ट्रिय झ्ण्डा बक्स (आ) ( माथि) मा रहेको जस्तो आकृतिको हुन्छ ।

नेपालको झ्ण्डा संविधानको अनुसूचीमा दिइएको विधि अनुसार बनाउँदा बन्दछ । तर, (अ) अनुसारको विधिद्वारा झ्ण्डा निर्माण गर्नु बढी सरल हुन्छ ।

अवलोकन सीप र अभ्यास को अभावमा नै यस प्रकारका कमजोरी उत्पन्न हुन पुग्छन् । सामाजिक शिक्षाका विषयवस्तुमा मात्र होइन सधैं व्यवहार र प्रयोगमा आउने गरेका अन्य विषयवस्तुको बुझइमा पनि यस प्रकारको कमजोरी रहने गरेको पाइएको छ ।

विज्ञान शिक्षण
सबैले अध्ययन र छलफल गर्ने विज्ञानको एउटा प्रचलित विषयवस्तु हो– वनस्पति (बोटबिरुवा) ले श्वासप्रश्वास लिने प्रक्रिया । यसका सन्दर्भमा अध्ययन गर्दा पनि सहभागीमा सही ज्ञानको अभाव देखि एको/पाइएको छ । विद्यार्थीमा मात्र होइन माध्यमिक तहमा विज्ञान विषय शिक्षण गर्ने शिक्षकहरूमा समेत यस्तो कमजोरी पाइएको छ । अध्ययनका क्रममा सहभागीलाई निम्न अनुसारको प्रश्न र उत्तर समावेश भएको कागज वितरण गरी उत्तर संकलन गर्ने गरिएको छः



यसरी संकलित उत्तरहरू अध्ययन गर्दा (क) उत्तर दिने सहभागीको सङ्ख्या ६० प्रतिशत, (ग) उत्तर दिने सहभागीको सङ्ख्या ३० प्रतिशत, (घ) उत्तर दिने सहभागीको सङ्ख्या ५ प्रतिशत र सही उत्तर (ख) दिने सहभागीको सङ्ख्या ५ प्रतिशतको हाराहारी भएको पाइएको छ । यसो हुनुको कारण सो विषयवस्तु सम्बन्धी सही ज्ञानको अभाव नै हो । यस्तो ज्ञान, ज्ञान प्राप्त गर्ने प्रमुख चार तरीकाहरू– सुनेर, देखेर, पढेर र प्रयोग गरेर– मध्ये कुन तरीकाबाट प्राप्त गरेको भनी सहभागीहरूलाई सोध्दा सबैजसोले ‘पढेर’ भन्ने गरेका छन् । कुनै पनि पाठ्यपुस्तकमा वनस्पतिले श्वासप्र्रश्वास गर्दा कार्बनडाइअक्साइडग्याँस लिन्छ र अक्सिजनग्याँस छोड्छ भन्ने लेखिएको छैन । तर आम रूपमा उनीहरूमा यहीगलत धारणा रहेको पाइन्छ, जुन कुरा प्रकाश संश्लेषण कार्यमा मात्र सत्य हुन्छ ।

यहाँ अवलोकन भन्नाले वनस्पतिले श्वासप्रश्वास गरेको प्रत्यक्ष अवलोकन भन्न खोजिएको होइन, पाठ्यपुस्तकमा दिइएको विषयवस्तुको अवलोकन नै भन्न खोजिएको हो । अनुमान , अवलोकन र व्याख्याको चरण अपनाउने हो भने विद्यार्थीहरूले उक्त प्रकारकागलत कुरा हरू सिक्दैनन् । विद्यार्थीहरूलाई प्रश्न सोध्ने, सोच्न लगाई अनुमान गर्न लगाउने र पाठ्यपुस्तकमा दिइएको पाठ्यवस्तु अध्ययन गर्न लगाउने क्रियाकलाप गर्दा मात्रै पनि प्रयोगात्मक क्रियाकलाप गराउने वातावरण कमजोर रहेको हराम्रो जस्तो अवस्थामा उनीहरूले सही ज्ञान पाउन सक्दछन् । हुन त, ‘हामी किन सास फेर्छौं ?’ भन्ने प्रश्न सोधेर गरिएको पूरक अध्ययनमा सहभागीबाट , विद्यालय शिक्षा प्राप्त न गर्ने र कक्षा एकका विद्यार्थीको जस्तो, ‘बाँच्न’ भन्ने उत्तर आएबाट उनीहरूमा श्वासप्रश्वास सम्बन्धी आधारभूत ज्ञानकै अभाव रहेको पनि पुष्टि हुन्छ । ‘हामीलाई शक्ति चाहिन्छ र त्यो शक्ति पाउनका लागि सास फेर्छौं’ भन्ने उत्तर त शिक्षित र प्रबुद्ध वर्गबाट सुन्न समेत विरलै पाइन्छ । त्यसैले अवलोकनको अर्थ विज्ञान वा प्राकृतिक कुरा को तथ्य र घटना अवलोकन मात्र हो भन्ने कुरा बुझनु उपयुक्त हुँदैन । पाठ्यपुस्तकमा लेखिएको कुरा को सचेत अध्ययन पनि अवलोकन भित्रै पर्दछ ।

पढाउनाले कुरा बिग्रन्छ, शिक्षार्थीलाई खोज गर्न उत्प्रेरित गर्नु पर्छ । पाठ्यपुस्तकमा नदिइएका विषयवस्तु समेतका बारेमा प्रश्न गरेर सकभर विद्यार्थीबाट नै उत्तर प्राप्त गर्ने प्रयास गरी विद्यार्थीले उत्तर दिन नसके मात्र शिक्षकले सहजीकरण गर्नु उपयुक्त हुन्छ । हामी शिक्षकहरू पाठको शुरु मा प्रश्न गर्नु विद्यार्थीप्रति अन्याय गरेको ठान्ने गर्द छौं । ‘पढाएकै छैन कसरी प्रश्न गर्नु ? पढाएपछि पो प्रश्न गर्नु पर्छ त’ हामी भन्ने गर्छौं । अर्थात् प्रश्नोत्तर भनेको मूल्याङ्कन गर्नका लागि मात्र हो भन्ने हराम्रो बुझइ छ ।

प्रश्नोत्तरलाई सबैभन्दा उपयुक्त शिक्षण विधि हो भनी बुझन र बुझाउन सकिएको छैन, हामी बाह्र हात नाघेर पनि बित्तामा हारेर धेरै अपजस र दोषहरू खेपिरहेका छौं । प्रश्नोत्तरमा APPLE (Ask a question to the whole class/group, Pause for thinking/writing, Pick a person/group, Listen carefully by teacher/students & Ensure/Evaluate) विधि मात्र पनि अपनाउन सकेमा सिकाइ सम्बन्धी धेरै समस्याहरू समाधान हुन्छन् । यहाँ APPLE को अर्थ हो– शिक्षकले कक्षाका सबैलाई प्रश्न सोधी सोच्न/खोज्नलाई केही समय दिने अनि कुनै विद्यार्थी वा समूहलाई तोकी उत्तर दिन लगाउने, उनीहरूले भनेका कुरा सबैले ध्यानपूर्वक सुन्ने र अन्त्यमा विद्यार्थीहरूले गरेको प्रयासलाई सराहना र प्रशंसा गर्दै उक्त विषयवस्तुका बारेमा सही निष्कर्षमा पुग्ने ।

अमेरिकामा विज्ञान पढाउने शिक्षकले जस्तो ९५ प्रतिशत वाक्य प्रश्नात्मक प्रयोग गर्ने हो भने हराम्रो शिक्षण सिकाइका धेरै समस्या समाधान हुन सक्दछन् । पढाउने भन्दा सिकाइको वातावरण तयार पार्ने र सिकाइ सुनिश्चित गर्ने कुरा लाई शिक्षकले आफ्नो प्रमुख कार्य मान्नुपर्दछ ।

गणित शिक्षण
गणितका विषयवस्तु सिकाउन पनि अनुमान , अवलोकन र व्याख्याको महत्वपूर्ण भूमिका हुन्छ । शिक्षकले विद्यार्थीमा रहेको पूर्वज्ञानलाई आधार मानेर पाठको विकास का लागि सान्दर्भिक प्रश्नहरू प्रस्तुत गरी उत्तर पत्ता लगाउन वा अनुमान गर्न लगाउनु उपयुक्त हुन्छ ।

अवलोकन न गरी प्रश्नलाई बुझन र उत्तर पत्ता लगाउन सकिंदैन । गणित शिक्षण–सिकाइमा अवलोकन सीपको अभावमा कस्तो परिणाम आउँछ भन्ने कुरा बुझन एउटा उदाहरण हेरौंः

अध्ययनका क्रममा सहभागीहरूलाई २ ले १००१०१००१० लाई भाग गर्ने हिसाब दिने गरेकामा कुनै–कुनै अवस्थामा त २५ जना सहभागीको समूहबाट १८ ओटासम्म उत्तर आएको पाइएको छ । ५.५५५ देखि ५००५०५००५० सम्म उत्तर आएका छन् । आएका उत्तरहरू कार्डमा संकलन गरे पछि कतिलाई भाग गर्नु भएको हो, तपाईंको उत्तर कति हो, भाग गर्दा अल्पविराम चिन्ह (,) प्रयोग गर्नु भयो कि भएन जस्ता प्रश्नहरू सोध्दा प्रायजसो सही उत्तर आएन । यसबाट के पुष्टि हुन्छ भने हिसाबलाई अंकको खेल वा जादू मात्र मान्ने गरिएको छ । अध्ययनमा सही उत्तर मिलाउने सहभागीको सङ्ख्या ५ प्रतिशतभन्दा कम छ, अझ् उत्तरलाई सङ्ख्यामा पढेर ‘पचास करोड पाँच लाख पाँच हजार पाँच’ भन्ने सहभागी त पाउँदै पाइएन भन्दा पनि हुन्छ ।

सबैजसो सहभागीले आफूले निकालेको उत्तर पढ्न ल गाउँदा ‘पाँच शून्य शून्य पाँच शून्य, पाँच शून्य शून्य पाँच शून्य’ भन्ने गरेको पाइयो । यही प्रश्नलाई मौखिक रूपमा ढालेर ‘एक अर्ब दश लाख दश हजार दश रुपैयाँ दुई जनालाई बराबर गरी बाँड्दा कति–कति पाउँछन् ?’ भनी सोध्दा विद्यालय नै न गएका र औपचारिक शिक्षा नै नलिएका कतिपय व्यक्तिहरूबाट सही उत्तर आउने गरेको छ । तर बीसौं वर्षको औपचारिक शिक्षा लिएका र शिक्षणसिकाइमा लामो समय देखि संलग्न धेरैजसो व्यक्तिहरूबाट भने सही उत्तर नआउने गरेको पाइएको छ ।

अधिकांश सहभागीले समस्या समाधान गर्दा अल्पविराम चिन्हको प्रयोग गरेको पाइएन र अल्पविराम चिन्ह प्रयोग गर्ने ले पनि सङ्ख्या पढ्दा ‘एक–दश–सय–हजार–दश हजार–लाख–दशलाख–करोड–दश करोड–अर्ब’ भन्ने गरेको पाइयो । यसबाट गणितमा अल्पविराम चिह्नको प्रयोग सम्बन्धी शिक्षण अधुरो देखि यो । अल्पविराम चिन्ह प्रयोग गरे पछि सङ्ख्या पढ्दा ‘एक–दश–सय’ पढ्नु आवश्यक छैन; साथै समूह छुट्याइसकेको हुनाले ‘हजार–दश हजार’को सट्टा उक्त समूहलाई हजार, ‘लाख–दश लाख’को समूहलाई लाख तथा ‘करोड–दश करोड’को समूहलाई करोड भनी पढ्नु उपयुक्त हुन्छ । तर यस्तो प्रकारको अभ्यास गर्ने – गराउने गरेको पाइँदैन ।

हामीले गणित सिक्दा र सिकाउँदा अनुमान (predict/estimate) गर्ने कुरा लाई महत्व नदिएकाले यस्तो अवस्था आएको हो । गणित शिक्षणमा हिसाबभन्दा बढी बेहिसाब नै हुने गरेको पाइएको छ । हामी गणितलाई व्यवहारसँग जोडेर अध्ययन–अध्यापन गर्दैनौं । गणित शिक्षणमा उपयुक्त भाषा चयन हुन नसकेको तथ्य पनि तीतो यथार्थ नै हो । तलको बक्समा दिइएको भिन्नको समस्या सम्बन्धी प्रश्न–उत्तरलाई यसको एउटा उदाहरणका रूपमा लिन सकिन्छः

यीमध्ये (क) देखि (च) सम्मका उत्तरहरू भिन्नका ‘वर्णविन्यास’ मात्र हुन् । तर त्यस्तो कुनै पनि अर्थ नलाग्ने अव्यावहारिक तरीकाले पढ्दा ज्ञानलाई व्यवहारमा जोड्न नसकेर भिन्नलाई भिन्नै विषयवस्तुका रूपमा र भिन्नको हिसाबलाई जटिल क्रियाका रूपमा लिने गरेको पाइन्छ । (छ) र (ज) का उत्तरहरू भने सही हुन् । आम रूपमा गणितको क्रियामा ह् चिन्हको अर्थ ‘को’ (of) भन्ने थाहा भएर पनि प्रयोगमा ल्याउन सकिएको छैन । गणितको खण्डित (disintegrated jf segregated) ज्ञानका कारणले नै यसो हुन गएको हो । तल्लो कक्षामा गणितलाई व्यावहारिक तरीकाले शिक्षण–सिकाइ गर्न नसक्दा भिन्नलाई जटिल विषयवस्तु ठान्ने गरिएको छ ।

भिन्नको सिकाइ–उपलब्धिको स्थिति भिन्नको जोडको सबैभन्दा सरल निम्न समस्याबारे सहभागीहरूको प्रतिक्रियाबाट बुझन सकिन्छः

यसको उत्तर निकाल्ने क्रममा सबैजसो उत्तरदाताले खेस्रा गरेका थिए । सही उत्तर १ निकाल्ने उत्तरदाता ८० प्रतिशतको हाराहारीमा रहेका भए पनि समाधानगराइको तरीका भने अंकको खेल नै रहने गरेको पाइयो । करीब २० प्रतिशत उत्तरदाताले भने ० देखि लिएर सोभन्दा माथिका सात किसिमका उत्तर निकालेका थिए ।

माथिको अध्ययनबाट के पुष्टि हुन्छ भने उत्तरदाताहरूलाई ‘भिन्न’ धेरै गाह्रो विषयवस्तु हो भन्ने लागेको छ । तर विद्यालय शिक्षा नै नपाएका वा पाँच वर्षभन्दा कम उमेरका नानीहरूले समेत उक्त समस्यालाई ‘आधामा आधा थप्दा कति हुन्छ ?’ भनी सोध्यो भने ‘एक हुन्छ’ भनी सजिलै सही उत्तर दिन्छन् ।

प्राथमिक तहको गणित शिक्षण गर्ने क्रममा ९० प्रतिशतभन्दा बढी अपूरो, अधुरो वा गल्ती हुने गरेको पाइएको छ । तर गणितका विषयवस्तुलाई अत्यन्त सहज ढंगबाट शिक्षण गर्ने तरीकाहरू छन् र तिनको प्रयोग गर्न सरल, सहज साथै सम्भव पनि छ । आधारभाषी (ethnography) विधि र भाषा अनुभवशैली (language experience approach) जस्तै महत्वपूर्ण तरीकाहरू हुन्, तर यिनलाई अपनाउन सकिएको छैन । १/२ लाई ‘एकका मुनि दुई’ भन्नाले केही पनि बुझाउन सकिंदैन । तर ‘आधा’ भन्नाले विद्यालयीय शिक्षा प्राप्त न गर्नेहरू वा विद्यालय आउनुपूर्वका बालबालिकाले पनि सजिलै कुरा बुझन सक्छन् । १/२ लाई ‘एकका मुनि दुई’ भन्न सिकाउने हो भने १२ लाई किन बाह्र भन्न सिकाउने ? ‘एकका पछाडि दुई’ भन्नुपर्ने होइन र ? त्यसैले अवलोकन सीप विकास गराउन र अनुमान गर्न सक्ने बनाउन भाषा अत्यन्तै महत्वपूर्ण कुरा हो ।

माथिका तीनओटै उदाहरणमा गणितका सरल विषयवस्तुलाई अवलोकन सीपको अभावले जटिल बनाइदिएको देखिन्छ । तसर्थ गणित शिक्षण गर्दा अवलोकन सीप विकास गर्न यसलाई व्यावहारिक जीवनसँग जोड्न सक्नुपर्छ । यसो भए मात्र गणित सिक्न र सिकाउन सरल साथै सहज पनि हुन्छ ।

नेपाली भाषा शिक्षण
नेपाली भाषा शिक्षणमा विद्यार्थीलाई वर्णविन्यास सिकाउन ठूलो प्रयास गर्ने गरिएको छ । तर उनीहरूलाई वर्णविन्यास अत्यन्तै कठिन लाग्ने गरेको र तिनको उपलब्धि पनि न्यून नै रहने गरेको छ । अंग्रेजीमा पहिलो शब्द र पहिलो कक्षा देखि नै सही वर्णविन्यास खोजिन्छ तर नेपालीमा उपल्ला कक्षाहरूसम्म पुगिसक्दा पनि सही वर्णविन्यास सिकाउन, पहिचान गराउन नसकेर हामी लखतरान हुन्छौं । वर्णविन्यास शिक्षणका क्रममा आजसम्मका विधि र तरीका त्यति प्रभावकारी हुन नसकेको तथ्य तलको अध्ययनबाट पुष्टि हुन्छः

यस अध्ययनमा विद्यालय, उज्ज्वल, द्वन्द्व, ˘ङ्गार,रूख, खुरुखुरु जस्ता शब्दहरूको श्रुतिलेखन (dictation) गर्न ल गाउँदा एउटै शब्दका २३ ओटासम्म फरक वर्णविन्यास लेख्ने गरेको पाइएको छ । सानो कक्षा देखि लेखिआएको शब्द ‘विद्यालय’ लेख्दा समेत ८० प्रतिशतभन्दा बढी गल्ती हुने गरेको छ भने ‘विद्यालय’ उच्चारण गर्नु पर्नेमा ९० प्रतिशतभन्दा बढीले ‘बिध्यालय’, ‘बिद्ध्यालय’ वा ‘बिधालय’ उच्चारण गर्ने गरेको पाइन्छ । यस्तो गल्ती हटाउन वा रोक्नका लागि २०४९ सालको कक्षा एकको ‘मेरो नेपाली’ पाठ्यपुस्तकमा ‘विद्यालय’ नै लेखेर शिक्षक र विद्यार्थीलाई सही बाटोमा डो¥याउने प्रयास गरिएको थियो । तर अवलोकन सीपको अभावमा सोही पाठ्यपुस्तक पढाउने ९५ प्रतिशतभन्दा बढी शिक्षक र सो पुस्तक पढ्ने सबैजसो विद्यार्थीले विद्यालय लेख्दा, बोल्दा वा उच्चारण गर्दा उक्त कुरा को हेक्का नराखेको रगलत लेख्ने–बोल्ने गरेको पाइएको छ ।

हुन त वर्णविन्यास शिक्षणका लागि पाठ्यपुस्तक संसर्ग विधिलाई महत्वपूर्ण विधिका रूपमा चर्चा गर्ने गरेको पाइन्छ तर व्यवहारमा त्यसको उपयोग हुन भने सकेन । वर्णविन्यास शिक्षणका क्रममा हामीले अपनाएको तरीका कमजोर सावित भएपछि अब नयाँ तरीका पहिल्याउन सक्नैपर्छ । यस्तो नियम छ, उस्तो नियम छ भनेको र घोकाएको भरमा काम हुन सकेन । हामीले अपनाउनुपर्ने नयाँ विधि हो अनुमान , अवलोकन र व्याख्या । जुन शब्दको वर्णविन्यासमा विद्यार्थीले गल्ती गर्ने गरेको छ त्यसको पहिचान गरी उसलाई पुस्तकसँग मिले–नमिलेको अवलोकन गर्न लगाउने । कुनै नयाँ शब्द सिकाउँदा अनुमान गरी लेख्न लगाउने र लेखिदिएर अवलोकन गर्न लगाउने अनि अभ्यास गराई आवश्यक भएमा व्याख्या पनि विद्यार्थीलाई नै गर्न लगाउने; शिक्षकले व्याख्या गर्ने होइन । यसरी शिक्षण गर्ने गरे मा कुनै शब्दमा भविष्यमा आउने हिज्जे सम्बन्धी परिवर्तनलाई पनि देख्न, सिक्न र अपनाउन सहज हुने कुरा अध्ययनबाट देखि एको छ ।

अबको बाटो के त ?
माथिका तथ्यहरूबाट एउटा निष्कर्षमा पुग्नैपर्ने भएको छ । त्यो हो– ‘हामीले अहिलेसम्म जे–जसरी शिक्षण गर्यौ धेरै रराम्रो गर्यौ, तर हामी यसबाट त्यति सन्तुष्ट भने हुन सकेनौं ।’ सन्तुष्ट नहुनु रराम्रो कुरा हो । विभिन्न विषय र विषयवस्तुको सिकाइ–उपलब्धि सन्तोषजनक रहेन । धेरै तालिम लियौं, धेरै तालिम दियौं तर तालिमप्रतिको बुझइ पनि एकैखाले रहेन । विभिन्न कार्यमूलक अनुसन्धान (action research) गर्यौ तर आफूलाई परिवर्तन गर्न गाह्रो नै भइरह्यो । विद्यार्थीले सिक्न नसकेको कारण उनीहरूतिरै फर्काइदियौं । हरेक समस्याको समाधान हुनसक्छ तर त्यसको कारक को हो, के हो पत्ता लगाउन सक्नुपर्छ । विद्यार्थीलाई खोजी गराउन नसक्नु र आफूले पनि खोजी गर्न नसक्नु एउटा प्रमुख मुद्दा हो ।

भनिन्छ, वर्तमान अवस्थामा हामी कुनै कुरा को उपलब्धिमा सन्तुष्ट छैनौं र त्यसमा सकारात्मक परिवर्तन ल्याउन चाहन्छौं भने पाँचओटा ुः ु मा परिवर्तन गर्नु पर्छ । ती हुन् जनशक्ति (Manpower/human resource), लगानी (Money), विधि (Method), सामग्री (Material) र व्यवस्थापन (Management) । यीमध्ये हामी शिक्षकले परिवर्तन गर्न सक्ने सबैभन्दा सरल र सहज कुरा भनेको ‘विधि’ नै हो ।

विभिन्न विषयवस्तु शिक्षणका क्रममा विद्यार्थीलाई पहिला नै ‘के ? किन ? कसरी ?’ भनी प्रश्न गरी उनीहरूलाई सिक्नका निम्ति प्रेरित मात्र गर्न सक्यौं भने धेरै समस्या समाधान गर्न सक्छौं । सिक्न सिकाउनु (learning to learn) नै प्रमुख सिकाइ हो, विषयवस्तु सिक्नु ठूलो कुरा होइन । कुन कुरा कसरी सिक्ने भन्ने नजानी सिक्न सकिंदैन । कुनै एउटा विषयवस्तु सिकाउनु र सिक्नुलाई महत्व दिनु भन्दा विद्यार्थीलाई सिक्ने ज्ञान, सीप र अभिवृत्ति दिनु ठूलो कुरा हो । यसका लागि अवलोकन सबैभन्दा प्रमुख सीप हो । अवलोकन सीपको अभावमा नै सिकाइ सम्बन्धी धेरैजसो कमजोरी देखा परेका हुन् । हरेक कुरा लाई गहिरो र विश्लेषणात्मक ढंगबाट हेर्न रग्रहण गर्न– गराउन एइभ् महत्वपूर्ण क्रियाकलाप हो । हुन त यो विज्ञान सिकाइमा विशेषतः फिलिपिन्समा प्रयोग हुँदै आएको विधि हो । तर सम्पूर्ण विषय र विषयवस्तुको सिकाइमा यसलाई अपनाउन सकिन्छ ।

जुनसुकै उमेर र कक्षाका विद्यार्थीलाई हामी निरक्षर ठान्दछौं । पाठ्यपुस्तकमा भएका कुरा लाई ठूलो शक्ति लगाएर भनिदिनुलाई शिक्षण गरेको ठान्दछौं । कम्तीमा पनि पाठ्यपुस्तकमा दिइएका ज्ञानका कुरा हरू विद्यार्थी स्वयंले खोज्न सक्ने हुन्छन् भन्ने यथार्थ हामीले स्वीकार्नै पर्छ । खोजी गर्ने बानीको विकास ले नै ठूल्ठूला खोज, अनुसन्धान र आविष्कारको आधार तयार हुन्छ । अवलोकन सीपको विकास ले नै सिकाइका धेरै कठिनाइहरू समाधान हुन सक्छन् । सधैं सबै कुरा को व्याख्या गर्ने कार्य शिक्षकको हो भन्ने बुझइगलत हो । कुनै पनि तथ्य र विषयवस्तुका बारेमा शिक्षार्थी स्वयंले व्याख्या गर्न सक्छन् र गर्नु पनि पर्दछ ।

शिक्षण–सिकाइलाई व्यवहारवादी सिद्धान्त (behaviourism) का दृष्टिकोणले भन्दा निर्माणवादी सिद्धान्त (constructivism) का दृष्टिकोणले हेर्न सिकौं । आजको धरातल निर्माणवादी धरातल हो, व्यवहारवादी धरातल होइन । निर्माणवादीहरूका अनुसार ज्ञान हस्तान्तरण हुने कुरा होइन, सूचना मात्र हस्तान्तरण हुने कुरा हो । ज्ञान शिक्षार्थी स्वयंले निर्माण गर्द छन् भन्ने कुरा पुष्टि भइसकेको छ । तसर्थ हामी निर्माणवादी सिकाइसिद्धान्तको व्यावहारिक प्रयोग गरी अनुमान –अवलोकन–व्याख्याको प्रयोग गर्ने अभ्यास मा लागौं । परिवर्तन र नयाँ कुरा को अपेक्षा गर्ने हो भने सबैले नयाँ तरीका र विधि अपनाउनु अनिवार्य छ । यसबाट मात्र शिक्षण–सिकाइका वर्तमान समस्या समाधान हुन सक्छन् ।

commercial commercial commercial commercial