हामीसँग के छैन ? सर्वस्व छ ।

यहीं छन् पहरा पल्टाएर यातायातगुडाउने सामथ्र्यहरू, यहीं छन् जमिन जोतेर अन्नका भकारी भर्ने दिलोज्यानका शक्तिहरू । यिनलाई अनुशासन र सीपका साँचामा राखेर सञ्चालन गर्ने पवित्र मुटुका जमातले शासनको वागडोर सम्हालेका दिन देखि मलाई लाग्छ– यो नै धरामा स्वर्गको सानो टुक्रा हो जहाँ वैभवका असङ्ख्य स्रोत र संसाधनहरू विदेशी बेरोजगार युवालाई अनि प्रविधिका ज्ञाताहरूलाई रोजगारका हात फैलाएर स्वागत गर्न तयार छन् ।

देश त केवल स्वार्थी शासकले आ–आफ्ना व्यक्तिगत, पारिवारिक र वर्गीय स्वार्थसिद्धिका लागि कोरेका सीमारेखाहरू हुन् । म त यसलाई विराट ब्रह्माण्डको एक सुन्दर भूसीमा (भू–सीमा) भन्न चाहन्छु । भूपरिवेष्ठित प्राकृतिक बनोटमा रहेको यो भूसीमा आफैं यति समृद्ध छ, सुन्दर छ, सौम्य र सुरक्षित पनि छ– जसलाई कसैले चाहेर हडप्न सक्दैन । प्राकृतिक अवस्थितिमै हामी अत्यन्त सुरक्षित भूसीमाका बासिन्दा बनेका छौं । यो आफैंमागौरव गर्न लायकको सम्पत्ति हो । यसैगौरवान्वित सानो तर सुन्दर बगैंचाभित्र हामी भिन्न जात, भिन्न धर्म, भिन्न संस्कृति, भिन्न संस्कार, भिन्न रीतिरिवाज, भिन्न भाषाभाषी, भिन्न चालचलनका पुग्न लाग्दै गरेका तीन करोड नरनारी छौं, बासिन्दाहरू छौं ।

विकास , के को ? किन र कसका लागि ? यी प्रश्नको उत्तर आफैंभित्र खोज्न सक्यौं भने समाधानको साँचो सहजरूपमै खुल्न सक्छ । विकास भन्नु नै समय धारसँग को सहज परिवर्तन हो । परिवर्तन, जहिले पनि अप्ठेरोबाट सजिलोतिर , जटिलताबाट सहजतातिर , अवास्तविकताबाट वास्तविकतातिर जानुपर्छ । आफैंभित्र रहेको जनशक्ति र प्राकृतिक शक्ति पहिचानको परिचालनबाट मात्र यस्तो परिवर्तन सम्भव हुन्छ ।

चाहिने चीज सबैलाई थाहा छ— खाना, नाना, छाना, चेतना, स्वास्थ्योपचार अनि मनोचाहना र अवस्था अनुकूलरूपान्तरित विश्वको समयधारसँगै आइरहेको निश्चित समयावधिको मनोरञ्जनका अतिरिक्त स्थानानुकूल यातायात व्यवस्थाको व्यवस्थापन । यिनै सामान्य कुरा को सम्यक् व्यवस्थापनमा विकास को बीज अङ्कुरित भएको हुन्छ । यिनलाई पहिलो प्राथमिकतामा राखेर यिनको समुचित व्यवस्थापन भइसकेपछि मात्र खानाका लागि तारेसितारे होटल, रङ्गीचङ्गी रिसोर्ट, नानाका लागि तासका पत्ती र शरीर सजावटका चक्लेट, छानाका लागिगगनचुम्बी टावर, चेतनाका लागि प्लेटो, सुकरात जस्ता दार्शनिक अटाउने एकेडेमीहरू, स्वास्थ्योपचारका लागि वटन थिचेर सनवाथ वा हटवाटरवाथसहितका आरामदायी अस्पताल, यातायातका लागि चिल्लाचिल्ला बहुमूल्य साधनको परिकल्पना स्वतः जग दह्रो भइसकेपछि का मान्छेको मनोविज्ञानबाट जन्मन्छन्, त्यहीबाट परिपूर्ति पनि हुन्छन् ।

मानव चाहनाका उल्लिखित जग नहल्लने बनाउन हामीसँग हराम्रो भूसीमामा तीन वटा मजबुत आधार— जलस्रोत, वनस्रोत र करस्रोत विद्यमान छन् । अथाह जलस्रोतलाई पहिलो प्राथमिकतामा राखेर साना देखि ठूलासम्म विद्युत् निर्माणकार्यलाई मनसावाचाकर्मणा एकपछि अर्को निश्चित समयसीमामा सम्पन्न गर्ने गरी जनशक्ति परिचालन गर्ने हो भने विदेशतिर सागरझै उर्लिरहेको र चैतको खहरेझै दुः खले सकिरहेको युवाजमात कहींकतै हिंड्नुपर्दैन ।

जडीबुटी, यस भूसीमाको कहिल्यै नसिद्धिने सम्पत्ति हो । त्यो पनि विनाअसरको– शरीरका कुनै अङ्गमा पनि नकारात्मक असर न गरी सकारात्मकरूपले सधैं सञ्जीवनीको काम गर्ने जडीबुटी प्रशोधन केन्द्र स्थापना गरी त्यसलाई निश्चित विशेषज्ञको निर्देशनमा यसै भूसीमाका बेरोजगार शक्ति सन्तुलनमा पवित्र विचार वाहक समूहको पर्यवेक्षण टोली वा समूह परिचालन गर्ने हो भने यहीं छन् अर्थोपार्जनका विन्ध्याचल पर्वतहरूका कोखकोखमा अटुट उम्रिरहने सञ्जीवनीका स्रोतहरू । तेस्रो अत्यन्त कडाइका साथ शुद्ध मनोचाहनाबाट गर्न शुरू गर्नु पर्ने भूसीमाको व्यवस्थापन हो— कर व्यवस्था; जसलाई सामान्य भाषामा तिर ो पनि भनिन्छ । यसका लागि चेतनाको सङ्लो जागृति आवश्यक छ । म यसै भूसीमाको हुँ, यो भूसीमा मेरो हो भन्ने निर्मल विचार अन्तरात्मा देखि नै जन्मन सक्दा हामी गरीब छैनौं । हराम्रो यो परिधि विश्वकै कतिपय अन्य परिधिका अनुपातमा अनुपम उपलब्धिले खचिखचाउ भरिएको छ ।

हामी बाहिरको नक्कल गरेर बाहिरीहरूकै इसारामा आफूले धान्नै नसक्ने र नबुझने प्रविधिको पछाडि दगुर्छौं । तर त्यो हराम्रो भ्रम मात्रै हो– आधुनिक र सम्पन्न हुने । यस भ्रमबाट मुक्त भएर मेचीका पाखामा श्रमका पाखुरी बजार्दैगहुँ, कोदो र मकैका खेतीसँगै त्यहाँको माटो अनुसार नै आधुनिक तरकारी लगाउने हो भने अलैंचीका बिरुवा पहराका काखमा झुलाउँदै कोशी, कर्णाली एवंगण्डकीका जलप्रवाहबाट मन, वचन अनि कर्मले समेत समर्पित भई विद्युत् तरङ्गका तार सर्वत्र जोड्ने हो भने यस सीमामा न उज्यालोको कमी छ, न खाद्यान्नको, न जडीबुटीको अभाव छ, न शान्तिको । दार्शनिक शिक्षा दिने छहराका छाती सगरमाथाका काख देखि तराईका फाँटसम्म एकछत्र फैलिएका छन् । बारुदको आवश्यकता छैन जिउँदो स्वरूपको चेहरा फेर्न । यिनै प्राकृतिक स्रोत सही ढंगले आफैंबाट आफ्नै अठोटले दोहन गर्दै अगाडि बढ्ने हो भने नेपालीका ओठमा मधुमुस्कान उमार्न कोही कसैले भौंतारिनुपर्दैन ।

कस्तूरीले आफ्नै नाभीमा रहेको वासना पाउन सुदूरसम्म दौडेर मृत्युवरण गरे झै यो भूपरिधिका सञ्चालकहरू आफ्नै मुटु बेचेर विदेशी कार चिप्लिरहेछन्, आफ्नै आँखाका नानी बन्धक राखेरगोरा चस्मा पहिरिंदै विलासी रगगनचुम्बी सिसमहलका सौदावाजीमा अग्लिरहेछन् । यही पुख्र्यौली कुसंस्कार पुस्तापरपुस्तासम्म संस्कारका रूपमा फैलिएको छ । परिणामतः सम्पूर्ण युवापिंढीलाई श्रमै न गरी विलासी सौन्दर्यको आकाशमा उड्ने सोख दिन दु गुना रात चौ गुना बढेको छ । हामी यहाँ आफ्नै घरको ओच्छ्यानमा रहेको सिन्को वा कसिङ्गर डस्टबिनमा फाल्न बेइज्जती ठान्छौं तर विदेशीका ट्वाइलेटमा हात हालेर दिसा खेलाउन तत्पर रहन्छौं– डलरको लोभमा । ‘अपरिचित ठाउँ कसले देख्छ र यहाँ, थोरै श्रमले धेरैको मस्ती’ जस्तो घिनलाग्दो सोच जबसम्म हामीबाट पखालिन्न तबसम्म हाम्रा पाखामा भूक्षय भइरहन्छ, हाम्रा घरआँगनमा अभावका आँखाहरू रोइरहन्छन्, भोकका पेटहरू भौंतारिरहन्छन् । बाला झुल्ने बारी र खेतमा सर्लक्क सिरु उम्रेपछि शरीरमा दुई दिनको विदेशी आर्जनको जतिसुकै सेन्ट छरौं उही कस्तूरीको मृत्युसिवाय हामीसँग अर्को आधार रहन्न ।

भूपरिवेष्ठित भूभागमा जन्मेका हामीहरू– पढेका छौं, ठीकै छ– त्यसै अनुसार नै मस्तिष्क खियाऊँ शिक्षालयहरूमा, अनपढ छौं, ठीकै छ– त्यसै अनुसार कोदाला समाऊँ, हलोजुवा जोरौं; एक हल गोरुको चाँजोपाँजो नमिल्ने कोही छैनौं; पर्तीलाई उर्वरा बनाऊँ; बाली झुल्छ सर्वत्र । सुन टल्कने नदीकिनारा देखि हिउँ पग्लने सगरमाथाको उचाइसम्म नै हाम्रा हातमा ठेला उठेर फैलिए भने, कलमहरू असल संस्कारबाट चले भने; मस्तिष्कहरू वस्तुगत धरातलमा छरिए भने– हामी आफैंमा स्वर्गीय आनन्दको बिस्कुन सुकाउन सक्छौं । इन्द्रेणीको रङ पोतेर आफ्नै अनुहारले विदेश झुकाउन सक्छौं ।

भूपरिवेष्ठित यस सीमाको भूबनोट मुख्यतः हिमाली, पहाडी, उपत्यका र तराई गरी चार छुट्टै खालको अवस्थामा रहेको छ । यी चारैवटा क्षेत्रहरू अलगअलग स्रोतबाट आयआर्जनका लागि आ–आफैंमा सबल र सम्पन्न छन् ।

अग्ला, उच्च हिमाली हिमश्रृङ्खलाहरू पर्यटकीय आवागमनका अनुपम उदाहरण हुन् । यिनलाई अझ् बढी आकर्षक, अझ् बढी चर्चामा ल्याउन करोडौं खर्च गरेर हवाइ उडान भर्नु आवश्यक छैन र मन्त्रिमण्डलका बैठक त्यसै भेगमा बसाएर करोडौं स्वाहा गर्नु पनि आवश्यक छैन । पहाडी भेगका माथिल्ला सतहमा बसोबास गर्ने जनजातिका गाउँमा पर्यटनव्यवसायसँग मात्र सम्बन्धित विद्यालयहरू खोलिदिनु पर्याप्त हुन्छ । जहाँ पर्यटकको मनोविज्ञानलाई सही ढंगले बुझेर यसै व्यवसायमा सरिक हुने जनशक्ति तयार होओस् सधैंका लागि ।

गाउँ नै गाउँले भरिएको यस भूसीमाका पहाडी पाखाहरूमा जताततै अल्लो, अर्गेली, चुत्रो, चिराइतो, भ्याग्रो, खोल्मे आदि असङ्ख्य वनस्पतिहरू हामीलाई धिक्कारेर मुस्कुरा इरहेका छन् । यी भेगकाग्रामवासीमा अवस्थित विद्यालयमा कागज उत्पादन सम्बन्धी सीप, तेल उत्पादनका तरीका, औषधि उत्पादनका विधि सिकाउने विशेषज्ञलाई शिक्षकका रूपमा नियुक्त गरी विद्यालय सञ्चालन गर्ने हो भने कुनै पनि शैक्षिक युवाशक्तिले बेरोजगारीका शरीर उचालेर काठमाडौंका मेनपावर हाउसमा लाम लाग्नुपर्दैन । अहिले विना ठूलो रकम— आ–आफ्नै पूँजी परिचालनबाट प्रायः गाउँहरू चौबीसै घण्टा बिजुली झल्मलाउने भइसकेका छन् । साना देखि मझैलासम्मका उद्योग व्यवसाय सञ्चालनमा विद्युतीय अभावले रोकावट उत्पन्न नहुने स्थिति गाउँमा देखापरिसकेको छ— शहर जतिसुकै अन्धकारमा रोए पनि । सम्पर्क समितिहरू आफैं हराएर जानेछन् र यस क्षेत्रका जनजातिले विशेषज्ञका रूपमा बरु आफैं बाहिरबाट म्यानपावरका रूपमा विशेषज्ञको आयात गर्ने छन् ।

साँच्चै अहिलेको राज्यव्यवस्थाको विसङ्गतिको जग भनेको नै शहरीक्षेत्र हुन् । यहाँका युवाहरू शिक्षा नीतिको लथालिङ्गे तालले दिग्भ्रमित बनेका छन् । यिनकै संसर्गमा आएपछि कतिपयः ग्रामयुवाहरू पनि श्रम न गरी सोखमा रहलिने सपना देखेर संस्कारहीन संसारको सयरमा एकपछि अर्को गर्दै लाम लागिरहेछन् । यस भूसीमालाई सही ट्रयाकमा लगेर स्वावलम्बी, स्वशासित र सम्पन्न बनाउने हो भने दश देखि बीस वर्षकै अवधिमा हामी अर्काको मुख ताक्नु नपर्ने अवस्थामा सहज पुग्न सक्दछौं । तर यसका लागि कुविचार लेग्रस्त हराम्रो मनोविज्ञान चाहिंरूपान्तरित गर्नै पर्दछ । शिक्षानीति त्यस्तो हुनुपर्दछ जहाँ ५–६ कक्षा देखि नै बच्चाहरूकोरूचि अनुकूल यसले कुन क्षेत्रमा स्वावलम्बनका साथ जीवनयात्रा सञ्चालन गर्न सक्छ तदनुकूलकै योग्यताको सर्टिफिकेट दिई कार्यक्षेत्र पनि सुम्पिदिइहाल्नुपर्दछ । यसका लागि प्राविधिक शिक्षा इनेगिनेका ठाउँमा मात्र नभएर सञ्चालित सम्पूर्ण विद्यालयमा हुनु आवश्यक छ ।

बच्चा अवस्था देखि नै उनीहरूको रुचि बुझने शिक्षकको दायित्व निर्धारण गरी उनीहरूले सिफारिस गरेको क्षेत्रमा ऊ सफल छ वा छैनको मोनिटरिङ्ग समूह अधिराज्यभरि तोकिनुपर्छ र यस समूहको पनि मोनिटरिङ्ग गर्ने उच्चस्तरीय सर्वविषयविज्ञको अर्को केन्द्रीयस्तर को समूह निर्माण गरिनुपर्छ । कृषि क्षेत्रका विविध विधा— तरकारी, धान, मकै, कोदो, अलैंची, कुरिलो, पशुपालन, यसमा पनि गाई, भैंसी, भेडाबाख्रा, चौंरी आदि इत्यादिमा एकखालको जनशक्ति उत्पादन रुचि अनुसार नै गरिदिने शिक्षाको जग हुनुपर्दछ । उनीहरूकै रुचि अनुसार टेक्निकल लाइन, जस्तो ओभरसियर, नर्स, इञ्जिनियर, डाक्टरको जनशक्ति उत्पादन गरेर त्यस क्षेत्रको दायित्व सर्लक्क उनीहरूलाई सुम्पिदिने शिक्षाप्रणाली अनिवार्य हुनुपर्दछ । भावुक हृदयका विद्यार्थीलाई बच्चै देखि सिर्जना क्षेत्रतिर त्यसमा पनि मात्रात्मक आधिक्यलाई बुझेर कथा, कविता, नाटक, हास्यव्यङ्ग्यात्मक प्रहसन, नृत्य,गायनकै अन्तरयात्रामा प्रेरित गरिनुपर्छ । यस क्षेत्रमा पनि मात्रात्मक कठोरता कम र खोजमूलक एकोन्मुख बढी हुनेलाई दर्शन, अनुसन्धान, राजनीति, अर्थ, संस्कृतितिर सरिक गराउने सोच क्रमबद्धरूपले स्वार्थरहित सत्ता सञ्चालकका साझेदारबाट हुन लाग्ने हो भने हामीसँग के छैन ? सर्वस्व छ । यहीं छन् पहरा पल्टाएर यातायातगुडाउने सामथ्र्यहरू, यहीं छन् जमिन जोतेर अन्नका भकारी भर्ने दिलोज्यानका शक्तिहरू, यहीं छन् छहरा, नदी र खोलानालामै विद्युत् तरङ्गका तार जोड्ने इञ्जिनियरका पुरुषार्थहरू, यहीं छन् हरिया पाखाभरिगाईवस्तु, भेडाबाख्रा चराएर विदेशसम्म दूध निर्यात गर्ने दुग्धडेरीका सञ्चालकगोठगोठालाहरू । हो, पौरख पाखुरीहरू यहीं छन्, अनि मांस निर्यात गर्ने ब गरेका लामहरू पनि यहीं छन् । ऊन–गलैंचालगायत विविध कपडाका सीपसिद्ध हातहरू यसै भूमिमा असरल्ल भएर छरिएका छन् । यिनलाई अनुशासन र सीपका साँचामा राखेर सञ्चालन गर्ने पवित्र मुटुका जमातले शासनको वागडोर सम्हालेका दिन देखि मलाई लाग्छ– यो नै धरामा स्वर्गको सानो टुक्रा हो जहाँ वैभवका असङ्ख्य स्रोत र संसाधनहरू विदेशी बेरोजगार युवालाई अनि प्रविधिका ज्ञाताहरूलाई रोजगारका हात फैलाएर स्वागत गर्न तयार छन् ।

यो भूसीमालाई सम्पन्न राखिराख्नका लागि कला, साहित्य, संस्कृति, संस्कार र दार्शनिकका दर्शन मुरलीमकैका फूल उठेझै उठ्नुपर्दछ । यसै भूसीमाभित्र अवस्थित अनन्तगहिराइसम्म फैलिएका तारेभीर मुनिकागुफाहरूमा सच्चाइका मुड्की बजार्ने अनेकौं सुकरात मुस्कुरा उन सक्छन्, ईश्वरीय सत्ता सौन्दर्यको चादर फैलाउने प्लेटो बिउँझ्न सक्छन्, समग्र शक्ति, सत्य र कल्याणको समन्वय गर्दै सुदूरसम्म अटल अमर रहने अरस्तु यहीं मुस्कुरा उँछन् ।

खप्तडका शीत ढल्कँदै गरेका दुवेचौरमा आशन जमाएर विना भाषण अजेय मानव ताकागाथा अनन्त फैलाउने होमरका हातहरू यसै धराका सौन्दर्यशाली प्रकृतिका पातमा प्रीतिका अमर कहानी उठाउन सक्छन् । चारकोसे झडीका अतलगहिराइ पक्रेर देवकोटा मितेरी ल गाउँदै वर्डस्वर्थ, कलरिज, किट्स, शेली झ्र्नाका सप्तरङ्गी इन्द्रेणीसँग एकताको रङ छर्न सक्छन्, जडमा चेतनाका चौका जोडेर प्रजातन्त्रको, एकताको, अहिंसाको, विश्ववन्धुत्वको पिरामिड अग्लन सक्छन् । यहाँ के छैन ? सर्वस्व छ । मात्र, इच्छाशक्तिमा भूखण्ड भित्रको पवित्रता, निर्मल, कञ्चन मनोविज्ञान र चेतनात्मक रेखाहरू जन्मनुपर्छ जहाँ जड भित्रको विशाल समूहले खाना, नाना र छानाको व्यवस्था आफैं गर्ने बाटाहरू खुलून्, उनीहरूको स्वर्ग त्यही हो ।

इञ्जिनियरिङ हातहरू पहरामा डोरी बाँधेर वैज्ञानिक यन्त्रमा आँखाहरू टाढासम्म फैलन पाऊन्, यहीं आइन्स्टाइन,ग्यालिलियोहरू मुस्कुरा उन सक्छन् । दार्शनिक कलाकारहरू उन्मुक्तगुफामा, पहाडका शिखरमा घोत्लन पाऊन् । यहीं छन् अलका फैलने स्रोत र साधनहरू, यहीं छन् विन्दुमा विराट उभ्याउने र विराटलाई बिन्दुमा समेट्ने जन्मसिद्ध हातहरू । ७

सिद्धिगणेश मावि, काठमाडौं

commercial commercial commercial commercial