मनोविज्ञानको नियम

प्रख्यात मनोवैज्ञानिक सिगमण्ड फ्रायड विदाको दिन परिवारसहित पार्कमा घुम्न जान्छन् । एउटा बेन्चमा बसेर पति–पत्नी गफिन थाल्छन् । बच्चा आफ्नै धुनमा मस्त हुन्छ ।

घन्टौंपछि फ्रायड र पत्नी घर जान भनेर उठ्छन् । बच्चा हेर्छन्, कतै देख्दैनन् । पत्नी आत्तिन्छिन् । तर फ्रायड निश्चिन्त जस्तो देखिन्छन् । श्रीमतीले अलिक झ्र्किएर सोध्छिन्, “तपाईं किन केही बोल्नुहुन्न ? कहाँ गयो होला छोरा ?”
फ्रायडले शान्त स्वरमा पत्नीलाई सम्झउँछन् “धेरै नआत्तेउ न ! यतै कतै गएको होला, भेटिइहालिन्छ नि ! बरु, तिमीले उसलाई कुनै ठाउँमा नजान भनेकी थियौ ?”

पत्नीले हिंड्दाहिंड्दै जवाफ फर्काइन्, “ए हो, त्यो पानीको झ्रना भएको पोखरीको छेउमा चाहिं नजानु भनेकी थिएँ ।” फ्रायडले भने, “त्यसो भए त्यो पक्कै त्यहीं छ ।”

उनीहरू हिंड्दाहिंड्दै पोखरीछेउ पुगे । परैबाट छोरो खेलिरहेको देखेपछि पत्नीले आश्चर्यमिश्रित स्वरमा सोधिन्, “तिमी ले कसरी थाहा पायौ, ऊ यहीं आएको होला भनेर ?”

फ्रायडले श्रीमतीको जिज्ञासा शान्त पार्दै भने, “सामान्यतः बच्चाहरू त्यहीं जान्छन् जहाँ उनीहरूलाई लगिंदैन, जान दिइन्न अथवा नजानु भनिएको हुन्छ । यसैगरी, उसलाई जुन काम गर्नबाट रोकिन्छ, उसले मौका पाउनासाथ त्यही काम गर्छ या गर्न खोज्छ ।”

फ्रायडले यो पनि थपे, “मनोविज्ञानको यो सामान्य नियम बच्चामा मात्रै नभई ठूला मानिसमा पनि उत्तिकै लागू हुन्छ ।”

commercial commercial commercial commercial