दूर तथा खुला शिक्षाको अवधारणा, आवश्यकता र प्रयोग

दूर शिक्षा पद्धति संरचनात्मक तथा निर्देशित हुन्छ । खुला शिक्षामा जस्तो सिकारुलाई सबै किसिमको अवसर छनोट गर्ने स्वतन्त्रता यसमा हुँदैन । यसरी निश्चित उद्देश्य प्राप्तिका लागि निश्चित माध्यमबाट निश्चित समयमा शिक्षा हासिल गर्ने प्रक्रिया दूर शिक्षा हो । दूर शिक्षा एउटा विधि हो भने खुला शिक्षा पद्धति हो ।

सामान्यतः खुला सिकाइ भन्नाले स्व–अध्ययन अर्थात् स्व–शिक्षण प्रक्रिया (Self Instruction Process) भन्ने बुझ्न्छि । दूर शिक्षामा सिक्ने र सिकाउने व्यक्तिहरू स्थान र समय (Time Zone) को दृष्टिले टाढा हुन्छन् । प्रविधि (जस्तैः पत्राचार, इमेल, टेलिफोन, कन्फरेन्सिङ आदि) मार्फत उनीहरूलाई समीपमा ल्याएर शिक्षण सिकाइ प्रक्रिया सञ्चालन गरिन्छ । दूरी र समय बाहेकका अन्य पक्षहरू दूर शिक्षा प्रणालीमा नियमित शिक्षा प्रणालीमा जस्तै हुन्छन् । तर खुला सिकाइ भनेको अलि फरक कुरा हो । खुला सिकाइमा बढी लचकता हुन्छ । सिकारुले कुनै कुरा सिक्नको लागि के, कसरी, कहाँ, कहिले सिक्ने भन्ने बारेमा आफ्नो धारणा राखेर आफूलाई पायक पर्ने र सहज हुने गरी कार्यक्रममा भर्ना हुन सक्छन् । खुला सिकाइमा भर्ना हुनको लागि पूर्वनिर्धारित शर्तलाई धेरै महŒव दिइंदैन । समग्रमा भन्नु पर्दा खुला सिकाइको अवधारणा दूर शिक्षामार्फत कार्यान्वयन गरिन्छ ।

हिजोआज खुला तथा दूर सिकाइ कार्यक्रमका सञ्चालक तथा सहजकर्ता र विद्यार्थी÷सिकारुहरू आमनेसामने नबसे पनि कम्प्युटर र इन्टरनेटको माध्यमबाट परस्परमा प्रत्यक्ष कुराकानी तथा अन्तरक्रिया गर्ने प्रणालीको विकास भइसकेको छ । यसरी सहजकर्ता र विद्यार्थी आमनेसामने नबस्ने तर पनि आमनेसामने बसे जस्तै गरी एकआपस र परस्परमा कुराकानी तथा अन्तरक्रिया गर्ने अदृश्य (Unseen) कक्षालाई काल्पनिक कक्षा (Virtual Classroom) भनिन्छ । यस्तो प्रकारको कक्षा सञ्चालन गर्ने विद्यालयलाई काल्पनिक विद्यालय (Virtual School) र विश्वविद्यालयलाई काल्पनिक विश्वविद्यालय (Virtual University) भनिन्छ । यस्ताखाले विद्यालय तथा विश्वविद्यालयको संख्या प्रविधिको विकाससँगै दिनानुदिन बढिरहेको छ ।

शिक्षा हासिल गर्ने औपचारिक नीति नियम वा बन्धनमा नरही सीमित पूर्वाधारहरूका आधारमा आफू बसेको स्थान वा काम गरिरहेको स्थानबाट आफ्नो गतिअनुसार हासिल गरिने शिक्षा खुला शिक्षा हो । यो एउटा पद्धति हो । यस पद्धतिबाट शिक्षा हासिल गर्दा सिकारुलाई धेरै अवसर प्राप्त हुन्छन् । यो उमेरको हिसाबले खुला, समयको हिसाबले खुला, शिक्षण विधिको हिसाबले खुला, स्थानको हिसाबले खुला र सिकारुको गतिको हिसाबले पनि खुला हुन्छ । तथापि यो शिक्षा हासिल गर्ने एउटा वैकल्पिक पद्धति हो । तर यसको अवधारणाअनुसार शिक्षा प्रदान गर्न कठिनाइ हुने भएकाले आजभोलि दूर शिक्षा पद्धतिमार्फत खुला शिक्षा संचालन हुँदै आएको छ ।

दूर शिक्षा पद्धति संरचनात्मक तथा निर्देशित हुन्छ । खुला शिक्षामा जस्तो सिकारुलाई सबै किसिमको अवसर छनोट गर्ने स्वतन्त्रता यसमा हुँदैन । यो कुनै संस्थाले निर्धारण गरेको पाठ्यक्रम तथा उद्देश्यमा आधारित हुन्छ । दूर शिक्षामा निश्चित माध्यम प्रयोगमा ल्याइएको हुन्छ । यसरी निश्चित उद्देश्य प्राप्तिका लागि निश्चित माध्यमबाट निश्चित समयमा शिक्षा हासिल गर्ने प्रक्रिया दूर शिक्षा हो । दूर शिक्षा एउटा विधि हो भने खुला शिक्षा पद्धति हो ।

दूर शिक्षाले सिक्ने र सिकाउने व्यक्तिहरूलाई दूर दराजमा रहेर पनि सिक्ने अवसर प्रदान गर्छ । पछिल्ला दिनहरूमा खुला शिक्षामा भर्नाका पूर्वशर्त, परीक्षा पद्धति, पाठ्यक्रम, शिक्षण सिकाइ प्रक्रिया, सम्पर्क कक्षामा उपस्थिति आदिमा अपनाइएको लचकताको कारणले गर्दा खुला शिक्षाबाट उत्पादित जनशक्तिमा गुणस्तरीयताको प्रश्न उठ्न थाल्यो । उक्त समस्यालाई सम्बोधन गर्न हिजोआज खुला शिक्षामा अपनाइएको लचकपनलाई अलि कडाइ गरेर शिक्षण सिकाइमा दूर शिक्षा पद्धति अपनाइएको हुनाले दूर शिक्षा र खुला सिकाइको बहसलाई अन्त्य गरी एउटै परिपाटीको रूपमा हेर्न थालिएको हुनाले यस पद्धतिलाई खुला तथा दूर सिकाइ Open and Distance learning) अर्थात् ODL पद्धति भनिन्छ । अक्पान (२००८) का अनुसार खुला तथा दूर सिकाइ यस्तो पद्धति हो जसमा जो–कोहीलाई जुनसुकै समयमा र जहाँ पनि शिक्षा आर्जन गरी आफ्नो क्षमता अभिवृद्धि गर्ने अवसर प्राप्त हुन्छ ।

खुला तथा दूर सिकाइका विशेषता
नियमित शिक्षा प्रणाली भन्दा ओडीएल प्रणाली केही फरक हुने भएकाले यसका आफ्नै प्रकारका विशेषताहरू हुन्छन् । अक्पान (२००८) ले ओेडीएल प्रणालीका विशेषताहरू निम्नानुसार प्रस्तुत गरेका छन्ः

  • यस प्रणालीमा शिक्षक र सिकारु÷विद्यार्थी बीचमा समय र भूगोल अर्थात् स्थानको आधारमा छुट्टाछुट्टै हुन्छन् ।
  • शिक्षामा पहँुच र समानता वृद्धि गर्ने दृष्टिले भर्ना प्रक्रियाका शर्तहरूमा लचकता अपनाइन्छ ।
  • सिकारुले सिक्न चाहेको स्थानमा शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिन्छ ।
  • यो प्रणाली सिकारु केन्द्रित हुन्छ ।
  • यस प्रणालीमा पहुँच, अवधि, उमेर, लिङ्ग, उद्देश्य तथा ज्ञान प्रदान गर्ने विधिमा खुलापन हुन्छ ।
  • विद्यार्थीले कार्यथलोमै बसेर काम गर्दै शिक्षा आर्जन गर्न सक्छन् ।
  • यस प्रणालीमा शिक्षक र सिकारु बीचमा दोहोरो सम्वाद हुन्छ ।

खुला तथा दूर सिकाइ प्रणालीका लक्षित समूह
ओडीएल पद्धति अन्तर्गत संसारभरि नै निरक्षरदेखि अनुसन्धान तहसम्मका विद्यार्थी तथा पेशाकर्मीहरू अध्ययन गरिरहेका छन् । यस पद्धतिमा त्यस्ता व्यक्तिहरू आउने गर्छन् जो नियमित शिक्षा प्रणालीको माध्यमबाट शिक्षा आर्जन गर्न विभिन्न कारण वञ्चित भएका छन् । कोल (२०१०) का अनुसार खुला विद्यालयमा निम्नानुसारका सिकारुले अध्ययन गर्छन् ।

  • युवायुवती जो आफ्नो बाल्यकालमा विद्यालय तहको शिक्षाको अवसरबाट वञ्चित भए ।
  • आमाहरू जो सानै उमेरमा विवाह गरी घरव्यवहार, छोराछोरीको बन्धनमा बाँधिए ।
  • युवायुवती जो काम र अध्ययनलाई सँगसँगै लैजान चाहन्छन् ।
  • सबै उमेर समूहका व्यक्तिहरू जो नयाँ ज्ञान र सीप आर्जन गरी आफ्नो जीवनयापन सुखमय बनाउन चाहन्छन् ।

उल्लिखित व्यक्ति बाहेक पिछडिएको वर्ग, दुर्गम ठाउँमा बसोबास गर्ने, घर छाड्न नसक्ने, विद्यालय वा कलेजमा नियमित उपस्थित हुन नसक्ने, पेशागत विकास गर्न चाहने, पेशा व्यवसाय र अध्ययनलाई सँगसँगै लैजान चाहने व्यक्तिहरू यो प्रणालीका सिकारु हुन सक्छन् ।

शिक्षण सिकाइ प्रक्रियाको स्वरूप
दूर सिकाइ प्रणालीमा पाठ्यसामग्री, सहजकर्ता र सिकारु अर्थात् विद्यार्थीको त्रिकोणात्मक सम्बन्ध रहेको हुन्छ । पाठ्यसामग्रीको अध्ययन गर्दा देखापरेका समस्यालाई विद्यार्थीले फोन, इमेल, प्रत्यक्ष भेटघाट, फ्याक्स, चिठीपत्र आदिमार्फत सहजकर्तासम्म पुगेरै समाधान गर्छन् । विद्यार्थीले केही कुरा सिकेपछि निर्माणात्मक मूल्याङ्कन गरिन्छ । यस्तो मूल्याङ्कन गर्दा सिकारुले अपेक्षित सिकाइ उपलब्धि हासिल नगरेको पाइएमा उपचारात्मक शिक्षण गरिन्छ भने अपेक्षित उपलब्धि हासिल गरेको पाइएमा निर्णयात्मक मूल्याङ्कनको मार्ग अवलम्बन गरिन्छ । Grag (1998) का अनुसार दूर सिकाइ प्रणाली निम्नानुसार सञ्चालित हुन्छः (हे. चार्ट पृष्ठ ५२)

दूर तथा खुला सिकाइका प्रमुख विशेषता
सिकारु र शिक्षक भौतिक रूपमा टाढा हुने, विभिन्न मिडिया तथा आधुनिक प्रविधिको प्रयोग हुने, संस्थागत प्रमाणीकरण, दोहोरो संचार संवाद, आमनेसामने छलफल सत्रको संचालन, सिकारुको उमेरको हद नहुने तथा पेशा व्यवसाय र अध्ययनलाई सँगसँगै लैजान सकिने हुनु नै यस प्रणालीका प्रमुख विशेषता हुन् ।

खुला तथा दूर सिकाइको प्रयोग
दूर शिक्षा तथा खुला सिकाइ प्रयोग प्राथमिक तहदेखि उच्च तहसम्मको शिक्षा प्रदान गर्न, शिक्षक तालीम प्रदान गर्न, पेशागत क्षमता अभिवृद्धि गर्न, सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न, भाषा तालीम सञ्चालन, मेडिसिन तथा इन्जिनियरिङ शिक्षा कार्यक्रम, सञ्चार प्रविधि विकास कार्यक्रम आदि कार्यमा भएको पाइन्छ ।

दूर शिक्षा÷खुला सिकाइमा प्रयोग हुने माध्यम
दूर शिक्षा÷खुला सिकाइको शिक्षण सिकाइ क्रियाकलापमा तपसिल बमोजिमका माध्यमहरू प्रयोगमा ल्याएको पाइन्छ । विषयको प्रकृति अनुसार एकभन्दा बढी या फरक फरक माध्यमहरू प्रयोग गर्ने प्रचलन पनि छ; जसको विवरण निम्न बमोजिम छ (निरौला, २०६४) ।
(क)    छापाः छापा सबै प्रकारको दूर शिक्षा÷खुला सिकाइ कार्यक्रममा प्रयोग गरिने मुख्य माध्यम हो । शिक्षार्थीले चाहेको बखत आफ्ना खुसी र गतिअनुसार अध्ययन गर्न पाउने र आफूले चाहेको पाठ तथा एकाइ छानेर पढ्न पाइने विशेषता भएको कारणले यो माध्यम लोकप्रिय भएको हो । छापा माध्यममा प्रयोग गरिने फोटो, चित्र, ग्राफ, चार्ट, संकेत आदिले विषयवस्तुलाई गहिराइमा पुगेर बुझन सजिलो हुन्छ । तथापि छापा माध्यमका केही कमि–कमजोरीहरू पनि छन्; जस्तै तीन आयाम (Three Dimensions) भएका वस्तुका सबै आयाम छापा माध्यमबाट देखाउन सकिंदैन ।


(ख)    श्रव्य क्यासेटः श्रव्य क्यासेटमा अगाडि जाने, पछाडि जाने र रोक्ने सुविधा हुन्छ । पाठ्यवस्तुलाई सरलीकृत र नाटकीय ढंगमा समेत प्रस्तुत गर्न सकिन्छ । ध्वनि प्रभाव (Sound Effect) र वास्तविक ध्वनिको प्रयोगले श्रव्य क्यासेटलाई जीवन्त बनाउँछ । तर विज्ञान प्रविधि शिक्षणमा ठूलो महŒव राख्ने, समीकरण, श्रव्य, तालिका र एनिमेसन गरिएका चित्रहरूको श्रव्य क्यासेटबाट बुझन÷बुझउन कठिन हुन्छ ।
(ग)    दृश्य क्यासेटः दृश्य क्यासेटमा श्रव्य र दृश्य दुवै हुने भएकाले यो माध्यम छापा र श्रव्य माध्यमभन्दा धेरै नै शक्तिशाली (Powerful) मानिन्छ । पाठ्यवस्तुलाई नाटकीकरण प्रदर्शन र एनिमेसन गरेर सजिलैसँग प्रस्तुत गर्न सकिने भएको हुनाले विज्ञान शिक्षणका धेरैजस्तो कार्यक्रमहरूमा दृश्य क्यासेट अनिवार्य गरिएको हुन्छ । प्रयोगात्मक क्रियाकलाप, प्राकृतिक प्रकोप (जस्तै; भूकम्प, बाढी पहिरो ज्वालामुखी आदि); उद्योग धन्दा आदि विषयवस्तु बुझउन दृश्य क्यासेट ज्यादै उपयोगी मानिन्छ ।
(घ)    रेडियो पाठ प्रसारणः दूरदराजमा रहेका दशौं हजार श्रोतासम्म एकैचोटि पुग्न सकिने भएकाले दूर शिक्षा÷खुला सिकाइका कार्यक्रममा रेडियो प्रसारणको विशेष महŒव छ । पाठ्यवस्तुलाई नाटकीकरण र व्याख्यात्मक ढंगले प्रसारण गर्न सक्नु रेडियोको विशेषता हो । विज्ञ, विशेषज्ञ तथा विभिन्न तह र तप्काका व्यक्तिहरूसँग लिइएको अन्तरवार्ता प्रत्यक्ष रूपमा प्रसारण गर्न सकिने भएकोले रेडियो प्रसारण उपयोगी ठानिए तापनि रेडियो पाठ प्रसारणमा सिकारुले आफ्नो इच्छाअनुसार अघिपछि गर्न नपाउने, एउटा पाठ सुन्न छुटेमा अर्को पाठ बुझन कठिन हुने, प्रसारण खर्च महँगो हुने, रेडियो पाठहरू प्रष्ट नसुनिने, रेडियो पाठमा बोल्ने कलाकारका बोलीको गति ज्यादै छिटो वा अस्पष्ट हुने भएकाले सिकारुलाई टिपोट गर्न समस्या पर्ने जस्तो व्यवधानहरू आउँछन् । रेडियो पाठ प्रसारण स्पष्ट नसुनिने लगायतका कतिपय समस्यालाई बढ्दै गएको एफ.एम. प्रसारणले हल गर्न थालेको छ ।
(ङ) टेलिभिजनः टेलिभिजन प्रसारणमा श्रव्य र श्रव्यदृश्य क्यासेट दुवैको सुविधा हुने भएकाले यो माध्यम धेरै नै उपयोगी मानिन्छ । सिकारुले शिक्षण सिकाइका प्रक्रिया र क्रियाकलापहरू आफ्नै आँखाले प्रत्यक्ष हेरेर सिक्न तथा अनुभूति गर्न पाउने भएको हुनाले टेलिभिजन प्रसारण प्रभावकारी ठानिन्छ । प्रसारण समय, टेलिभिजनको उपलब्धता प्रसारणमा देखिने समस्या, विद्युत् आदिको कारणले सबैखाले र सबै क्षेत्रका श्रोताहरूलाई टेलिभिजन पाठ प्रसारणले समेट्न भने सक्दैन ।
(च)    श्रव्य छापा (Audio Vision): श्रव्य क्यासेट र मुद्रित पाठ्यवस्तुलाई एकअर्काका परिपूरक सामग्रीको रूपमा प्रयोग गर्ने गरी निर्माण गरिएको पाठ्यवस्तुलाई श्रव्य छापा (Audio Vision) भनिन्छ । श्रव्य र मुद्रित सामग्री प्याकेजको रूपमा विकास गरेर सिकारुलाई बाँडिने भएकोले उनीहरूले आफ्नो इच्छाअनुसार त्यस्ता सामग्रीलाई प्रयोग गर्न सक्दछन् । यस्तो सामग्रीमा सिकारुले क्यासेट सुन्ने र छापा सामग्रीमा उल्लेख गरिएका क्रियाकलाप एकपछि अर्को क्रमशः गर्ने व्यवस्था मिलाइएको हुन्छ ।
(छ)    दृश्य छापाः भिडियो क्यासेट र मुद्रित सामग्रीलाई एकअर्काका परिपूरक सामग्रीको रूपमा निर्माण गरिएको सामग्रीलाई दृश्य छापा (Video Print) सामग्री भनिन्छ । दृश्य सामग्रीको क्यासेट र मुद्रित सामग्री प्याकेजको रूपमा विकास गरिएको हुन्छ । सिकारुले ४–५ मिनेट क्यासेट हेरेर मुद्रित सामग्रीमा उल्लेख गरिएका क्रियाकलापहरू गर्नुपर्ने हुन्छ । सिकारुलाई सक्रियतापूर्वक सिक्न यी सामग्रीहरू उपयोगी हुन्छन् । दृश्य क्यासेटमा हेर्दै मुद्रित सामग्रीमा दिइएको निर्देशनअनुसार Home Experiment Kit प्रयोग गरी प्रयोगात्मक क्रियाकलापहरू गर्दा सिकारुले विज्ञान र प्रविधिका जटिल समस्या र सिद्धान्तहरू सजिलैसँग बुझन सक्छन् ।
(ज)    मल्टिमिडिया सीडीः मल्टिमिडियामा मुद्रित, ध्वनि, एनिमेसन ग्राफिक्स एकैसाथ राखिएको हुन्छ । एउटै सीडीमा थुप्रै पाठ्यवस्तु समेट्न सकिने, एकपछि अर्को क्रियाकलाप गर्नुपर्ने, एनिमेसनको कारणले प्रयोगात्मक र अन्य क्रियाकलापहरू जीवन्त हुने भएकाले मल्टिमिडिया सीडी प्रभावकारी र उपयोगी भए तापनि यस्तो सीडी हेर्नको लागि कम्प्युटरको आवश्यकता पर्ने भएकाले सबै ठाउँ र स्तरका सिकारुको लागि यो सामग्रीमा पहुँच सजिलो छैन ।
(झ्)    वेबसाइटः दूर शिक्षा प्रदायकहरूले इन्टरनेटमा पाठ्यसामग्री राखिदिएर सिकारुको घरसम्म क्षणभरमै पु¥याउन सकिने यो प्रविधि अत्यन्त आधुनिक र भरपर्दो छ । वेबसाइटमा माथि उल्लेख गरिएका सबै प्रकार र माध्यमका सामग्रीहरू राख्न सकिन्छ । विश्वको एउटा कुनामा बसेर संसारभरिका आफ्ना सिकारुसम्म सजिलै पुग्न सकिने यो प्रविधि यस शताब्दीकै अभूतपूर्व उपलब्धि हो । विकसित देशहरूमा उच्चतम शिक्षण सिकाइ सामग्रीको रूपमा यसलाई प्रयोग गर्ने गरिए तापनि हाम्रो जस्तो देशमा श्रव्य दृश्यका पाठ्यांश इन्टरनेटमार्फत अध्ययन गर्न चुनौती भए तापनि मुद्रित र श्रव्य सामग्रीको प्रयोगकर्ताहरू क्रमिक रूपमा बढिरहेका छन् ।
(ञ)    अनलाइन सामग्रीः सामान्यतया अनलाइन सामग्री भन्नाले भन्ने र सुन्ने तथा सिक्ने र सिकाउने दुवै पक्षबीच प्रविधिको माध्यमबाट गरिने प्रत्यक्ष वार्ता, कुराकानी तथा अन्तरक्रिया भन्ने बुझउँछ । यस प्रकारको सामग्रीबाट सिक्ने तथा सिकाउने दुवै पक्षले तत्काल पृष्ठपोषण प्राप्त गर्ने भएकाले सिकाइ प्रभावकारी हुन्छ । त्यसैले शिक्षण सिकाइ क्रियाकलापमा यसको विशेष महŒव छ । अनलाइन सामग्री श्रव्य, श्रव्य दृश्य तथा वेबसाइटमा आधारित हुन्छन् । टेलिफोनमा तथा मोबाइलमा प्रत्यक्ष कुराकानी गर्नु, टेलिभिजनमा प्रत्यक्ष कुराकानी गर्नु, इन्टरनेटमार्फत च्याटिङ गर्नुृ, फेसबुक या स्काइप जस्ता इन्टरनेटमा आधारित प्रविधिबाट कुराकानी गर्नु आदि अनलाइन प्रक्रियाका उदाहरण हुन् ।

दूर तथा खुला शिक्षाको अन्तर्राष्ट्रिय अभ्यास

उच्च शिक्षाः दूर शिक्षाको विधिवत् सुरुआत सन् १७२८ मा बोस्टन गजेटको विज्ञापनबाट भएको हो भन्ने गरिए तापनि आधुनिक शिक्षामा दूर शिक्षाको वास्तविक सुरुआत सन् १८४० मा बेलायतमा चिठीपत्रको माध्यमबाट प्रदान गरिने शिक्षा कार्यक्रमबाट नै भएको मानिन्छ । खुला विश्वविद्यालयमार्फत शिक्षा प्रदान गर्ने कार्य सर्वप्रथम बेलायतको लण्डन विश्वविद्यालयले सन् १८५८ बाट प्रारम्भ गरेको देखिन्छ । बेलायतपछि सन् १८७३ मा अमेरिकामा घरमा अध्ययन गर्ने समाज (Home study Society) को स्थापना भएको देखिन्छ । यी क्रियाकलाप नै दूर शिक्षा प्रणालीका प्रारम्भिक पाइला मानिन्छन् । यसैगरी सन् १९२६ मा सोभियत संघ (USSR) मा चिठीपत्रबाट अध्ययन गर्ने विभागको स्थापना भएको देखिन्छ । सन् १९६९ मा बेलायतमा खुला विश्वविद्यालय स्थापना गर्न ऐन निर्माण भई सन् १९७१ देखि कोर्स नै सञ्चालन भएको थियो । खास गरेर सन् १९७० पछि खुला विश्वविद्यालयको विकास र विस्तारमा तीव्रता आएको हो । त्यसपछि नै दूर तथा खुला शिक्षाले एशिया महादेशमा प्रवेश गरेको देखिन्छ । यसै क्रममा सन् १९८५ मा भारतमा इन्दिरा गान्धी विश्वविद्यालयमा स्थापना भएको हो । सार्क मुलुकमध्ये भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकामा खुला विश्वविद्यालयको स्थापना भई दूर शिक्षा तथा खुला सिकाइ पद्धतिको विकास र विस्तार भएको छ । यसैगरी सार्कका अन्य मुलुकहरू नेपाल, भुटान, माल्दिभ्स, अफगानिस्तान पनि खुला शिक्षा पद्धतिमार्फत विविध कार्यक्रम सञ्चालन भइरहेका छन् । यसरी हाल विकसित एवं विकासोन्मुख सबैजसो राष्ट्रहरूमा कुनै न कुनै प्रकारले दूर शिक्षा प्रणाली सञ्चालनमा रहेको पाइन्छ ।

विद्यालय तहको शिक्षाः खुला विद्यालय भन्नाले त्यस्तो शिक्षण संस्था बुझनुपर्छ जसमा विद्यार्थी र शिक्षक भौतिक रूपमा निश्चित दूरीमा हुन्छन् जहाँ परम्परागत शिक्षण विधिको सट्टा सूचना तथा सञ्चार प्रविधि (ICT) मार्फत शिक्षक र विद्यार्थी बीचको दूरी घटाएर शिक्षा या तालीम प्रदान गर्ने कार्य गरिन्छ । जहाँसम्म खुला (Open) शब्दको कुरा छ, यसले विद्यार्थीको उमेर, विद्यालय प्रवेशको पूर्वाधार, विषयवस्तु, कार्यक्रम, समयको पाबन्दी, मूल्याङ्कन प्रणाली, विद्यार्थीको उपस्थिति आदिमा लचकता तथा खुला भन्ने बुझउँछ । त्यसैले खुला विद्यालय (Open School) भन्ने शब्दले व्यापक अर्थ बोक्छ । यसले सिकारुको आवश्यकतालाई महŒव दिन्छ ।

खुला विद्यालय प्रणालीको सुरुआत सन् १९१४ मा अष्ट्रेलियाबाट भएको देखिन्छ । अष्ट्रेलियापछि क्यानडा (सन् १९१९) र न्यूजिल्याण्ड (सन् १९२२) मा खुला विद्यालय कार्यक्रम सञ्चालन भएको पाइन्छ । १९६० को दशकमा उच्च शिक्षामा खुला शिक्षा प्रणाली धेरै देशहरूमा विस्तार भयो । सन् १९९० को दशकसम्म आइपुग्दा उच्च शिक्षामा दूूर शिक्षा तथा खुला सिकाइ प्रणालीको अत्यधिक मात्रामा विस्तार भयो भने विद्यालय तहको शिक्षाले खासै गति लिन सकेको थिएन । यसै क्रममा सन् १९८८ मा क्यानडामा Common Wealth of Learning (COL) को स्थापनापछि यस संस्थाले खुला शिक्षा तथा दूर सिकाइको लागि आवश्यक पर्ने शिक्षण सिकाइ सामग्रीको र यस क्षेत्रको जनशक्ति विकासमा महŒवपूर्ण योगदान दियो । यसका अतिरिक्त सन् १९९० को जोम्तिएन सम्मेलन पछि सन् २०१५ सम्ममा सबैको लागि प्राथमिक शिक्षाको लक्ष्य प्राप्त गर्न नियमित शिक्षा प्रणालीबाट मात्र सम्भव नहुने देखिएकाले वैकल्पिक पद्धतिको रूपमा विकास भएको खुला विद्यालय प्रणाली अपरिहार्य ठानियो । उल्लिखित दुवै कारणहरूले गर्दा सन् १९९० पछिका दिनमा खुला विद्यालयको विकास र विस्तारमा व्यापकता आएको पाइन्छ ।

नेपालमा खुला तथा दूर सिकाइको अभ्यास

शिक्षक तालीमः नेपालमा खुला शिक्षाको अभ्यास २००८ सालतिर काठमाडौंको नन्दीरात्रि विद्यालयको स्थापनासँगै प्रारम्भ भएको भए तापनि शिक्षक तालीममा खुला शिक्षाको प्रयोग कलेज अफ एजुकेसन भएपछि प्रारम्भ भएको देखिन्छ । कलेज अफ एजुकेसनको प्रौढ शिक्षा शाखाबाट सन् १९५७ मा रेडियोबाट युवाहरूका लागि प्रसारण गरिएको कार्यक्रमबाट नेपालमा खुला तथा दूर शिक्षा पद्धतिको औपचारिक रूपमा शैक्षिक अवधारणा शुरू भएको मानिन्छ । शिक्षा मन्त्रालय अन्तर्गत रेडियोबाट शिक्षक तालीम कार्यक्रम सञ्चालनमा आएपछि कलेज अफ एजुकेशनबाट सञ्चालित कार्यक्रम रोकियो । रेडियो शिक्षा शिक्षक तालीम आयोजना विधिवत् रूपमा २०३५ मा स्थापना भयो र यस आयोजनाबाट २ भदौ, २०३७ मा सेवाकालीन प्राथमिक शिक्षकका लागि रेडियोबाट प्रथम पटक प्रसारण भयो । यस कार्यक्रमबाट अन्डर एसएलसी शिक्षकहरूलाई सेवाकालीन तालीम, अंग्रेजी ट्यूसन, आधारभूत प्राथमिक शिक्षक तालीम कार्यक्रम सञ्चालन गरियो । सन् १९९४ मा तत्कालीन दूर शिक्षा केन्द्रको स्थापना भयो । यसबाट प्राथमिक स्तरका शिक्षकहरूलाई विभिन्न किसिमका प्रमाणपत्र प्रदान गर्ने, पुनर्ताजगी तथा शैक्षिक चेतनामूलक कार्यक्रमहरू भए । युनिसेफको सहायता र सहयोगमा कक्षा ५ को अंग्रेजी र कक्षा ३ को गणित विषयको अन्तरक्रियात्मक रेडियो शिक्षण कार्यक्रम समेत सञ्चालन गरियो ।

सन् २००४ मा गरिएको शैक्षिक जनशक्ति विकास केन्द्रको पुनः संरचनाले तत्कालीन दूर शिक्षा केन्द्रलाई शैक्षिक जनशक्ति विकास केन्द्रको एउटा महाशाखाको रूपमा सीमित गरिदियो । तत्पश्चात् सो महाशाखाबाट प्राथमिकदेखि माध्यमिक तहका शिक्षकहरूका लागि दूर शिक्षा प्रणालीबाट दश महीने शिक्षक तालीम कार्यक्रममध्येको दोस्रो चरणको पाँच महीने शिक्षक तालीम कार्यक्रम सञ्चालन गरियो । हाल यस महाशाखाबाट प्रशिक्षक तथा स्रोत व्यक्तिहरूको लागि एकदेखि तीन महीनासम्मको अनलाइन÷अफलाइन पेशागत विकास तालीम र जानकारी तथा चेतनामूलक शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरिएको छ ।

विद्यालय शिक्षाः खुला विद्यालयको इतिहास खोतल्दा २००८ सालतिर नै नन्दीरात्रि माविबाट खुला विद्यालयको पद्धति अँगालेर एसएलसी परीक्षा सञ्चालन भएको पाइन्छ । तीन वर्षको अध्यापनपछि एसएलसी परीक्षामा सामेल गराउने यो प्रक्रिया २०२८ सालमा नयाँ शिक्षाको सुरुआतसँगै अन्त्य भएको देखिन्छ । वर्तमान अवस्थामा हाम्रो देशमा खुला तथा वैकल्पिक प्रकृतिका शिक्षण संस्थामार्फत तपसिल बमोजिमको विद्यालय शिक्षा कार्यक्रम सञ्चालन भइरहेका छन् ।

  • विद्यालय तहमा पहुँच बढाउनका लागि निमावि तहको कक्षा ६ देखि ८ सम्मको लागि दुईवर्षे पाठ्यक्रम तयार गरी अनौपचारिक शिक्षा केन्द्रमार्फत शैक्षिक सत्र २०६४ देखि ९ ओटा विद्यालयबाट शुरू गरिएको कार्यक्रम हाल ३७ ओटा विद्यालयमा सञ्चालन भइरहेको छ ।
  • माध्यमिक तहको एकवर्षे शैक्षिक कार्यक्रम (कक्षा ९ र १०) खुला विद्यालय कार्यक्रम शैक्षिक सत्र २०६४ देखि परीक्षणको रूपमा पाँच ओटा विद्यालयबाट शुरू गरियो । यो कार्यक्रम हाल ७५ जिल्लाका ८५ सामुदायिक विद्यालयमा पुगेको छ ।
  • शिक्षा विभागले तयार गरी लागू गरेको “प्रौढहरूका लागि सञ्चालित अनौपचारिक विद्यालय सञ्चालन निर्देशिका, २०६५” हाल कार्यान्वयनमा छ । अनौपचारिक प्राथमिक निमावि र मावि तह शिक्षा विभागमार्फत जिशिकाले अनुमति दिने र प्रत्येक तहका कक्षहरू क्रमशः ३, २ र १ वर्ष सञ्चालन हुने व्यवस्था छ । यस्ता प्रकारका विद्यालयहरू देशभरमा करीब १३०० रहेका छन् । प्राथमिक तहका १ हजार १८५, निमावि तहका ८४ र मावि तहका ५० छन् । यस्ता विद्यालय उपभोक्ताको माग र नीति नियमानुसार नियमित चल्ने लचिलो प्रावधान छ ।
  • केही संस्थाहरूले भारतको National Institute of Open School, (NIOS) India नामक संस्थाबाट सम्बन्धन लिई विद्यालय तहको शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

उच्च शिक्षाः हाम्रो देशमा खुला विश्वविद्यालयमार्फत उच्च शिक्षा प्रदान गर्ने बारेमा बहस हुन थालेको करीब डेढ दशक भए तापनि अपेक्षाकृत उपलब्धि भएको छैन । उच्च शिक्षामा हालसम्म भए गरेका प्रयासहरू तपसिल बमोजिम छन् ।

  • दूर शिक्षा पद्धतिमार्फत त्रिभुवन विश्वविद्यालयले २०५८ देखि प्रारम्भिक बाल विकासमा र २०५९ देखि शैक्षिक योजना तथा व्यवस्थापन विषय थप गरी एकवर्षे बीएड कार्यक्रम सञ्चालन गरेकोमा २०६१ देखि दुवै कार्यक्रम स्थगित भएका छन् ।
  • पूर्वाञ्चल विश्वविद्यालयले २०५८ देखि इन्ष्टिच्युट अफ ओपन लर्निङलगायतका क्याम्पसमार्फत एकवर्षे बीएड कार्यक्रम सञ्चालन गरिरहेको छ ।
  • काठमाडौं विश्वविद्यालयले स्नातकोत्तर तहमा दूर सिकाइ पद्धतिको एक र दुई वर्ष अवधिको शैक्षिक व्यवस्थापनको कार्यक्रम सञ्चालन गरेको छ ।
  • विद्यालय क्षेत्र सुधार कार्यक्रम (SSRP) ले प्रावधान गरे बमोजिमको शिक्षकको शैक्षिक योग्यता वृद्धि गर्न दूर शिक्षामा आधारित एमएड र बीएडका कार्यक्रम त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र संकायले शैक्षिक जनशक्ति विकास केन्द्रसँगको सहकार्यमा सञ्चालन गर्न तयारी गरिरहेको छ ।
  • भारत सरकारको सहयोगमा शैक्षिक जनशक्ति विकास केन्द्रको दूर शिक्षा तथा खुला सिकाइ महाशाखामा स्थापना गरिएको ‘सार्क टेली सेन्टर’ मार्फत इन्दिरा गान्धी खुला विश्वविद्यालयका पोस्टग्राजुएट कोर्षहरू सञ्चालन गर्ने तयारी भइरहेको छ ।
  • भारतको इन्दिरा गान्धी खुला विश्वविद्यालयलगायतका अन्य केही विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिई उच्च शिक्षाका विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।
  • यस बाहेक नेपालमै विश्वका विभिन्न स्थानमा रहेका दूर, खुला तथा भौतिक अस्तित्वविहीन (Virtual) विश्वविद्यालयहरूमा भर्ना भई केही विद्यार्थी अध्ययनरत छन् ।

दूर तथा खुला शिक्षाको महŒव
विज्ञान र प्रविधिको विकाससँगै संसार एउटा गाउँजस्तो भएको छ । प्रविधिको विकासले एक ठाउँबाट अर्को ठाउँसम्म पुग्न लाग्ने समय घटेको भए तापनि खर्च घट्न सकेको छैन । एकातिर यस्तो स्थिति छ भने अर्कोतिर विकाससँगै मानिसका व्यस्तता र जिम्मेवारी बढेका छन् । आज धेरैभन्दा धेरै मानिसहरू आफ्नो सुविधा र जिम्मेवारी पूरा गर्दै अर्थात् पेशा र अध्ययनलाई सँगसँगै लैजान रुचाउँछन् । नियमित शिक्षा प्रणालीमा यस्तोे सम्भावना कम हुन्छ । दूर शिक्षा प्रणालीको मुख्य आकर्षण भनेको व्यक्तिले आफ्नो कार्य थलोमा बसेर क्षमता अभिवृद्धि गर्न पाउनु हो ।

प्रविधिको विकाससँगै दूर शिक्षा शिक्षणका थुप्रै विधि तथा तौरतरिकाहरूको जन्म भयो । छापा, श्रव्य, श्रव्यदृश्य, श्रव्य–छापा, श्रव्य दृश्य छापा, मल्टिमिडिया र वेबसाइट, श्रव्य सभा, श्रव्यदृश्य सभा जस्ता विविध प्रकारका माध्यम प्रयोग गरी फरक फरक किसिमका तौरतरिका प्रयोग गरेर विभिन्न क्रियाकलापहरू गर्दै सिकारुले सिक्न पाउने भएको हुनाले नियमित संरचनाका विद्यार्थी समेत खुला शिक्षातर्फ आकर्षण हुने क्रम बढिरहेको छ ।

एकातिर विकासोन्मुखदेखि विकसितसम्मका देशहरू उच्च शिक्षामा कम लगानी गरेर पनि आफ्ना नागरिकलाई शिक्षित र दक्ष बनाउने नीति अवलम्बन गर्दैछन् भने अर्कोतिर नागरिकहरू पनि पूर्णकालीनभन्दा आंशिक विद्यार्थीको रूपमा स्कूल क्याम्पसहरूमा धाउन रुचाउँछन् । यस्तो सुविधा दूर शिक्षा प्रणालीमा प्रशस्त हुने भएकोले पनि दूर शिक्षा प्रणालीप्रति २१औं शताब्दीमा ज्यादै नै चासो बढेको हो । काल्पनिक (Virtual) स्कूल र क्याम्पसहरूले विद्यार्थीको ज्ञान र सीप बढाउने चाहना र इच्छाहरू परिपूर्ति गरिदिएको हुनाले पुराना संरचना भत्किंदैछन् भने आधुनिक संरचना बन्दैछन् । यसको मुख्य उपलब्धि भनेको काम र पढाइलाई साथसाथै अघि बढाउन सक्नु हो । शिक्षाको नियमित संरचनामा जस्तो उमेर, ड्रेस, क्षेत्र, समय भर्नाको आधार आदिमा लचकता भएको कारणले दूर सिकाइ प्रणालीको महŒव बढेको हो । ध्भदकष्तभ मा पाठ्यसामग्री उपलब्ध हुनु, Commputer Based , Internet Based / Tuter Marked, Portifolio जस्ता विविध प्रक्रिया अपनाएर विद्यार्थीको मूल्याङ्कन गरिने प्रणालीको दूर सिकाइको अर्को महŒवपूर्ण पक्ष हो । भर्ना, शुल्क तिराइ, परीक्षा, अध्ययन, अनलाइन पुस्तकालयको उपयोग, अन्तरक्रिया र छलफल (साथी, सहजकर्ता र व्यवस्थापक आदिसँग) लगायतका सुविधा विद्यार्थीले आफ्नै कार्यथलोमा प्राप्त गर्न सक्ने भएकाले पनि दूर सिकाइ नजिकको सिकाइ हुँदै गएको छ । प्रविधिको विकाससँगै दूर सिकारुको संख्या बढेको हुनाले शिक्षा प्रदान गर्ने नियमित संरचनाहरूले विस्तारै दूर सिकाइ प्रणालीलाई Mixed Mode प्रणालीमार्पmत अपनाउन थालेका छन् । यी र यस्तै कारणहरूले गर्दा खुला तथा दूर सिकाइको महŒव पाउँदैछ, सफलता बढ्दैछ ।

दूर तथा खुला शिक्षाका चुनौती
संसारको एउटा कुनामा बसेर पूरै विश्वभरिका लाखौं शिक्षार्थीलाई एकै पल्ट शिक्षा तथा तालीम प्रदान गर्न सक्नु नै खुला तथा दूर सिकाइ प्रणालीको मुख्य आकर्षण हो । प्रविधि (Web, TV, Computer Mediated Communication) को विकासमा विश्वले मारेको फड्कोले भौतिक दूरी (Distance) को मृत्यु भइसकेको छ । आज पृथ्वी त के अन्तरिक्ष तथा सौर्य परिवारका अन्य ग्रहहरूमा बसेर पनि दूर सिकारुले सजिलै सिक्न सक्छन् तर पनि दूर सिकाइमा थुप्रै कमीकमजोरीहरू छन् । अध्ययन र तालीम अर्थात् सिकाइप्रति सिकारुको आकर्षण कम हुनु, शिक्षार्थी र सहजकर्ताको बीचमा अन्तरक्रिया हुने अवसर ज्यादै थोरै हुनु, सिकारुको एक्लोपना, अन्य शिक्षार्थीसँग भेटघाट र अन्तरक्रिया गर्ने अवसर ज्यादै न्यून हुनु, दूर सिकाइ प्रणालीका प्रमुख कमजोरीहरू हुन् । विज्ञान र प्रविधि क्षेत्रका शिक्षाहरूमा माथि उल्लेख गरिएबाहेक प्रयोगात्मक कार्य, कार्यशाला र क्षेत्रगत भ्रमण तथा तालीम प्रमुख चुनौती हुन् ।

चुनौती न्यूनीकरणका उपाय
आजको दुनियाँमा दूर तथा खुला शिक्षाको विकल्प छैन । यसको प्रयोगमा केही व्यावहारिक चुनौती, समस्या अवश्य देखिएका छन् । ती समस्या समाधान गर्ने एउटा अचूक उपाय भनेको शिक्षण सिकाइमा सूचना तथा प्रविधिको प्रयोग हो । टेलिभिजनबाट पाठहरूको प्रसारण गर्नु, श्रव्य तथा श्रव्यदृश्य सभा सञ्चालन गर्नु, शिक्षणमा इन्टरनेटको प्रयोग गरी शिक्षण र पृष्ठपोषणलाई जीवन्त बनाउनु, थ्रीजी मोबाइलको प्रयोग गरी सिकारु कार्यक्षेत्रमा रहँदै उसका सिकाइ समस्या समाधान गरिदिनु, अन्तरक्रियात्मक मल्टिमिडिया शिक्षण सिकाइ सामग्री बनाएर गरेर सिक्ने (Learning by Doing) अवसर प्रदान गर्न सहयोग गर्नु नै यस क्षेत्रमा देखिएका चुनौती समाधान गर्ने सरल उपाय हुन् । तर प्रविधिको पहुँच जबसम्म सिकारुसम्म पुग्न सक्दैन तबसम्म उसका सिकाइ समस्या समाधान गर्न धेरै कठिन हुन्छ । त्यसैले सिकारुसम्म प्रविधिको पहुँच पु¥याउनु दूर तथा खुला शिक्षाको विकास र विस्तारको पहिलो शर्त हो । यसतर्फ सरकारको तत्काल ध्यान जानु जरूरी छ । दूर सिकारुका सिकाइ समस्याहरू जस्तैः प्रयोगात्मक क्रियाकलाप कार्यशाला र स्थलगत भ्रमण आदिलाई निम्नानुसार न्यूनीकरण गर्न सकिन्छ (निरौला, २०६४) ।

(क)    कम मूल्यका र फ्याक्न मिल्ने (Disposable) सामग्री प्रयोग गरी तयार गरिएका Home  Experiments Kit तयार गरी शिक्षार्थीहरूलाई घरैमा बसेर वर्कसिटको आधारमा प्रयोगात्मक क्रियाकलाप गर्ने अवसर प्रदान गर्न सकिन्छ । Home Experiments Kit, लागतमूल्य र ढुवानीको दृष्टिकोणले पनि सानो बनाउनुपर्ने भएकाले ठूला र महँगा उपकरणमार्फत गरिने प्रयोगात्मक क्रियाकलापहरू सम्पर्क कक्षाको समयमा सञ्चालन गर्नुपर्छ ।
(ख)    प्रयोगात्मक क्रियाकलापहरूको क्रमिक (Step by Step) विवरण सहितको भिडियो टेप निर्माण गरी टेलिभिजनबाट प्रसारण गर्ने र उक्त सामग्रीको टेप शिक्षार्थीले चाहेको अवस्थामा अध्ययन केन्द्रमार्फत हेर्न पाउने व्यवस्था मिलाउने । प्रयोगात्मक क्रियाकलापका अन्तरक्रियात्मक मल्टिमिडिया सीडीहरू निर्माण गरी शिक्षार्थीलाई वितरण गर्ने ।
(ग)    नियमित विद्यालय तथा क्याम्पसहरूमा बिदाको अवसर पारेर खुला शिक्षाका विद्यार्थीलाई तिनै संस्थाहरूसँग सहकार्य गरी प्रयोगात्मक क्रियाकलाप गर्ने ।
(घ)    प्राविधि, व्यावसायिक तथा व्यावहारिक विज्ञान विषयमा गरिने कार्यशाला, तालीम तथा कार्यथलोमा काम गरेर सिक्ने अवसर प्रदान गर्न उद्योग धन्दा अस्पताल, विभिन्न तालीम केन्द्र आदिसँग सहकार्य गर्ने ।
(ङ)    क्षेत्र भ्रमणको अनुभव दिलाउन व्यावसायिक संघ संस्था, उद्योगधन्दा, अस्पताल, क्याम्पस, पोलिटेक्लिनक तथा इन्जिनियरिङ संस्थाहरूसँग सहकार्य गरी उक्त कार्य गर्ने अवसर शिक्षार्थीहरूलाई दिने ।
(च)    उल्लिखित कार्यहरू के, कसरी र किन गर्नुपर्छ भन्ने बारेमा शिक्षार्थीहरूलाई प्रष्ट पार्न पटक पटक छलफल (Counseling) कक्षा सञ्चालन गर्ने ।

निष्कर्ष
नियमित प्रक्रिया र प्रणालीबाट विविध कारणले शिक्षा आर्जन गर्नबाट वञ्चित भएकाहरू तथा फरक प्रक्रियाबाट शिक्षा आर्जन गर्न चाहने सिकारुहरूको लागि दूर तथा खुला शिक्षा प्रणाली आज निर्विकल्प उपाय हो । नियमित शिक्षा प्रणालीको लागि उमेर समूह पार गरिसकेका, आर्थिक अवस्था कमजोर भएका, काम र अध्ययनलाई सँगसँगै लैजान चाहने, भौगोलिक दूरी, सांस्कृतिक परम्परा र समयको पावन्दी, घरायसी कामकाज इच्छा र आवश्यकता अनुसारको पाठ्यक्रमको अभावलगायतका कारणले नियमित शिक्षा प्रणालीमा समाहित हुन नसक्ने जो कोहीको लागि पनि शिक्षा आर्जन गर्ने सुनौलो अवसर प्रदान गर्ने उपयुक्त प्रणाली भएको हुनाले आजको २१औं शताब्दीमा यसको विकल्प छैन । हाम्रो देशमा विद्यालय तहको खुला शिक्षा प्रणाली निम्नमाध्यमिक तहमा सीमित छ । यस कार्यक्रमलाई प्राथमिक तहसम्म विस्तार गर्ने हो भने सन् २०१५ सम्ममा सबैको लागि प्राथमिक शिक्षाको लक्ष्य पूरा गर्न अवश्य पनि सहयोग पुग्नेछ । खुला विद्यालयमाफर्त प्रौढहरूका लागि प्राथमिक शिक्षा कार्यक्रम सञ्चालन गर्ने हो भने साक्षर नेपाल अभियान जस्ता कार्यक्रमहरूले अपेक्षाकृत उपलब्धि हासिल गर्न सक्छन् । उच्च शिक्षाको तहमा नाम मात्रको दूर तथा खुला शिक्षाका कार्यक्रमहरू सञ्चालन भएका छन् । खुला विश्वविद्यालय खोल्न सरकारी र गैरसरकारी तहमा दर्जनौं प्रयास भए तापनि सफलता प्राप्त हुनसकेको छैन । यसतर्फ सरकारको तत्काल ध्यान जानु जरूरी छ । शिक्षा मन्त्रालयअन्तर्गत खुला विश्वविद्यालय तयारी समितिले कार्य गरिरहेको भए तापनि यसमा अपेक्षाकृत सफलता हासिल हुन सकेको छैन ।

हालसम्म हाम्रो देशमा सञ्चालन भएका जेजति दूर तथा खुला शिक्षा प्रणालीका कार्यक्रमहरू छन् ती सबै नियमित शिक्षा प्रणालीमा अभ्यस्त निकाय र जनशक्तिबाट सञ्चालन गरिएको हुनाले अपेक्षाकृत सफलता हात लाग्न सकेको देखिंदैन । त्यसैले यस क्षेत्रका लागि पर्ने छुट्टै स्वायत्त निकायको स्थापना र दक्ष जनशक्तिको विकास गर्न ध्यान दिनुपर्ने देखिन्छ । दूर तथा खुला शिक्षाको विकास र विस्तारको पहिलो शर्त भनेको प्रविधिको विकास भएको हुनाले विद्युत्, इन्टरनेट, टेलिभिजन, थ्रीजी मोबाइल, एफएम रेडियो, कम्प्युटर, मल्टिमिडिया आदिको विस्तार दूरदराजमा रहेका गाउँगाउँ र बस्तीबस्तीसम्म पु¥याउनु नै हो ।

(खुला तथा दूर शिक्षामा प्राज्ञिक अध्ययन–शोध गरेका लेखक बैतडीका जिशिअ हुन्)

सन्दर्भ सामग्री
अधिकारी, खुबीराम, (२०५९), दूर शिक्षा हिजोदेखि आजसम्म, दूर शिक्षा, सानोठिमीः दूर शिक्षा केन्द्र ।
आचार्य सुसन, निरौला बौधराज, कोइराला चम्पा, ढकाल हेमराज, दाहाल दत्तात्रेय (२०६८) अनौपचारिक शिक्षा सिद्धान्त र अभ्यास, काठमाडौंः सनलाइट पब्लिकेसन ।
निरौला, बौधराज, (२०६४), दूर शिक्षा÷खुला सिकाइमार्फत विज्ञान तथा प्रविधि शिक्षा, दूर शिक्षा, सानोठिमीः शैक्षिक जनशक्ति विकास केन्द्र ।
निरौला, बौधराज, (२०६६), खुला विद्यालय सञ्चालन सम्भावना र चुनौती, दूर शिक्षा, सानोठिमीः शैक्षिक जनशक्ति विकास केन्द्र ।
शै.ज.वि.के., (२०६३), दूर शिक्षा÷खुला सिकाइ कार्यक्रम सञ्चालन सम्बन्धी निर्देशिका २०६३, सानोठिमीः लेखक ।
शै.ज.वि.के., (२०६७), माध्यमिक तहको खुला विद्यालय सञ्चलनसम्बन्धी अभिमुखीकरण तालीम पुस्तिका, सानोठिमीः लेखक ।
Akpan, C.P. (2008). Enhancing quality in open and distance education through effective utilization of information and communication technology (ICT) in Nigeria. A paper presented at the 2nd African Council for Distance Education (ACDE) Conference and General Ass‰bly 8-11 July, 2008. Lagos, Nigeria.
COL. (2010). Open schooling, Retrieved from www.col.org/openschooling
Garg, Suresh; Panda, Santosh, and Vijayshri.(1998). Science and Technology through Open and Distance Education, New Delhi: Aravali Books International Pvt. Ltd.
UNESCO.(2001).Teacher Education through Distance Learning Retrieved from http:// www.unesco.org.

commercial commercial commercial commercial