शिक्षणमा श्रव्यदृश्य सामग्रीको प्रयोग र उपयोगिता

शिक्षण सिकाइमा श्रव्यदृश्य सामग्रीको आवश्यकता र महत्व बुझ्ेर नै हाम्रा ऋषिमुनिहरूले समेत यो प्रविधि र प्रक्रियालाई शिक्षण सिकाइको अभिन्न अङ्गका रूपमा विकास गरेको देखिन्छ । आधुनिक कालखण्डमा रडियो र टेलिभिजनको आविष्कारले यसको महत्वलाई झ्न् उजागर गरिदिएको छ ।

शिक्षण सिकाइमा श्रव्यदृश्य सामग्रीको प्रयोग र यसको महत्वको बारेमा बहस पैरवी हुन थालेको ५०० वर्ष नाघिसक्यो । डच मानवतावादी लेखक इरासमस (१४६६–१५३६) ले सबैभन्दा पहिले शिक्षण सिकाइमा श्रव्यदृश्यको आवश्यकता र महत्वको बारेमा बोलेको पाइन्छ । उनले शिक्षण सिकाइमा चित्र र दृश्य सामग्री प्रयोग गर्नाले स्मरण शक्ति वृद्धि हुने र सिकाइ दिगो हुने कुरा उठाएका थिए । उनको यो विचारबाट प्रभावित भएर जोन एमोस कोमिनियस (१५९२–१६७०) ले आफ्नो पुस्तक The word of sense objects मा मानव जीवनका विविध आयाम झ्ल्किने १५० वटा चित्र समेटेका थिए । बाल सिकाइका लागि यो पुस्तक ज्यादै नै प्रभावकारी सावित भयो । त्यसपछि दृश्य शिक्षाको महत्वको बारेमा नेल्सन ग्रिन्सले सन् १९२६ मा व्याख्या गरेको पाइन्छ ।

श्रव्य अर्थात् श्रुति परम्पराबाट शिक्षण सिकाइ गर्ने प्रथा हामीकहाँ वैदिककालदेखि नै रहेको पाइन्छ । वेद श्रुति परम्पराबाटै एक पुस्ताबाट अर्को पुस्तामा सरेको मानिन्छ । कालान्तरमा त्यो कार्य कठिन हुँदै गएपछि त्यसलाई सजिलो पार्न सामवेदको सिर्जना भएको देखिन्छ । सामवेदका ऋचाहरूमा लय र संगीत भरेर स्मरण गर्न सजिलो पारिएको थियो । सङ्गीतको मूलमन्त्र “सारेगामपधनिसा” वैदिककालमै सिर्जना भएको मानिन्छ । आधुनिक कालखण्डमा प्लेटोले पनि संगीतमय श्रव्य सामग्रीहरू स्मरण गर्न सजिलो हुने भएकाले शिक्षण सिकाइमा यस प्रकारका सामग्रीहरू प्रयोग गर्न जोड दिएका थिए । मानव मस्तिष्कमा रहेका न्युरोनहरूलाई सङ्गीतले सक्रिय बनाउने भएकाले बालबालिकालाई तीन वर्षको उमेरदेखि नै सङ्गीतमा अभ्यास गराउनुपर्छ भन्ने मान्यता छ ।

श्रव्यदृश्य सामग्रीको सिद्धान्त
प्रभावकारीढङ्गले कक्षाकोठामा श्रव्यदृश्य सामग्रीको प्रयोगका लागि शिक्षकले उपयुक्त शिक्षण विधिको छनोट गर्नुुपर्छ । शिक्षण सिकाइको लागि प्रयोगमा आउने श्रव्यदृश्य सामग्री छनोट गर्र्ने स्वतन्त्रता पनि शिक्षकलाई नै हुनुपर्छ । शिक्षण सिकाइमा श्रव्यदृश्य सामग्रीको प्रयोगका केही महत्वपूर्ण सिद्धान्त यसप्रकार छन्ः

छनोटको सिद्धान्तः शिक्षण सिकाइमा प्रयोग गरिने श्रव्यदृश्य सामग्री छनोट गर्दा विद्यार्थीको उमेर, उनीहरूको व्यक्तित्व, सामग्रीको शैक्षिक मूल्यमान्यता र शैक्षिक उद्देश्यसँग मेल खाने हुनुपर्छ ।

तयारीको सिद्धान्तः सामग्री निर्माणमा सम्भव भएसम्म स्थानीय स्तरमा उपलब्ध हुने स्रोतसाधन र वस्तुको प्रयोग गर्नुपर्छ । शिक्षकले सामग्री निर्माणको तालीम लिने अवसर पाउनुपर्छ । शिक्षकहरूले विद्यार्थीको सहयोग लिएर केही सामग्री आफैं निर्माण गर्नुपर्छ ।

व्यवस्थापनको सिद्धान्तः निर्माण गरिएका शैक्षणिक सामग्रीहरू सुरक्षित राख्ने व्यवस्था मिलाउनुपर्छ । यसरी राखिएका सामग्री आवश्यकता अनुसार अन्य शिक्षकले समेत प्रयोग गर्न सक्ने गरी व्यवस्थापन गर्नुपर्छ ।

प्रस्तुतिकरणको सिद्धान्तः शिक्षकले कक्षाकोठामा कुनै श्रव्यदृश्य सामग्री प्रयोग गर्नुभन्दा पहिले उक्त सामग्री के कसरी प्रभावकारी रूपमा प्रयोग गर्न सकिन्छ भन्नेबारेमा योजना बनाउनुपर्छ । शिक्षण सामग्रीको बारेमा शिक्षक पूर्ण परिचित र उक्त सामग्री प्रयोग गर्न निपुण पनि हुनुपर्छ । श्रव्यदृश्य सामग्री सबै विद्यार्थीले देख्ने गरी राख्नुपर्छ– जसले गर्दा उक्त सामग्रीको अवलोकन गरेर तथा सुनेर उच्चतम फाइदा लिन सकून् ।

प्रतिक्रियाको सिद्धान्तः शिक्षकले श्रव्यदृश्य सामग्रीको प्रयोग गर्दा कसरी उक्त सामग्रीको अधिकतम उपयोग हुने गरी विद्यार्थीलाई सहयोगात्मक निर्देशन दिन सक्नुपर्छ । यस्तो निर्देशनले विद्यार्थीलाई शिक्षकका हरेक प्रश्को उत्तर दिन सक्षम पार्नुका साथै उक्त सामग्रीबाट अधिकतम फाइदा लिन पनि मद्दत गर्छ ।

मूल्याङ्कनको सिद्धान्तः यो सिद्धान्तले कक्षाकोठामा श्रव्यदृश्य सामग्री प्रयोग गर्दा लक्षित उद्देश्य अनुरूप सामग्रीको प्रयोग भए÷नभएको बारेमा लगातार मूल्याङ्कन गर्न उत्प्रेरित गर्दछ ।

प्रभावकारी शिक्षण सिकाइ सामग्रीका विशेषता
निम्न विशेषता भएका श्रव्यदृश्य सामग्रीहरू मात्र शिक्षण–सिकाइमा प्रभावकारी ठहरिन्छन्ः
- शिक्षण सिकाइ सामग्रीहरू अर्थपूर्ण र उद्देश्यमूलक हुनुपर्छ ।
- शिक्षण सिकाइ सामग्रीहरू हरेक हिसाबले तथ्यपूर्ण र सही हुनुपर्छ ।
- शिक्षण सिकाइ सामग्रीहरू सरल हुनुपर्छ ।
- शिक्षण सिकाइ सामग्रीहरू सर्वसुलभ र किफायती हुनुपर्छ ।
- शिक्षण सिकाइ सामग्रीहरू समयसापेक्ष सुधार गरिएका हुनुपर्छ ।
- त्यस्ता सामग्री विद्यार्थी र शिक्षक दुवैको ध्यानाकर्षण गर्न सक्ने हुनुपर्छ ।

श्रव्यदृश्य सामग्रीको प्रकार
श्रव्यदृश्य सामग्रीलाई श्रव्य, दृश्य र श्रव्यदृश्य गरी तीन भागमा विभाजन गर्ने परम्परा रहिआएको छ तापनि सूचनाप्रविधिमा भएको तीव्र परिवर्तनसँगै अर्को एउटा धार थप भएको अनुभव गर्न सकिन्छ । सुन्न मात्र सकिने सामग्रीलाई श्रव्य सामग्री, देख्न मात्र सकिने सामग्रीलाई दृश्य सामग्री र सुन्ने र देख्ने दुवै कार्य गर्न सकिने सामग्रीलाई श्रव्य–दृश्य सामग्री भनिन्छ । उल्लिखित तिनै कार्यका अतिरिक्त पढ्न; गरेर सिक्न र प्रत्यक्ष रूपमा अन्तरक्रिया समेत गर्न मिल्ने शिक्षण सिकाइ सामग्रीलाई वेब ९धभद० मा आधारित सामग्री भनिन्छ ।

(क) श्रव्य सामग्रीः सुनेर मात्र ज्ञान, सीप र अभिवृद्धिको विकास गर्न सकिने शैक्षिक सामग्रीलाई श्रव्य सामग्री भनिन्छ । रेडियो÷एफएम, टेपरेकर्डर, ग्रामोफोन, टेलिफोन÷मोबाइल फोन आदि श्रव्य सामग्रीका उदाहरण हुन् । श्रव्य सामग्रीमा पनि विशेषगरी रेडियो पाठ प्रयोग गरेर एकैपल्ट दशौं हजार विद्यार्थीलाई शिक्षा प्रदान गर्न सकिन्छ ।

(ख) दृश्य सामग्रीः हेरेर वा देखेर मात्र ज्ञान, सीप र अभिवृद्धिको विकास गर्न सकिने शैक्षिक सामग्रीलाई दृश्य सामग्री भनिन्छ । देख्न सकिने सामग्रीहरू सुन्न सकिने सामग्री भन्दा प्रभावकारी हुन्छन् । कक्षाकोठामा बढी उपयोगी हुने भए तापनि यस प्रकारका सामग्रीहरू प्रयोग गरेर श्रव्य सामग्रीमा जस्तो ठूलो समूहलाई एकै पल्ट शिक्षा दिन भने सकिंदैन । ओभरहेड प्रोजेक्टर, स्लाइड, चार्ट, पोष्टर तथा तस्वीर, चकबोर्ड, पाठपत्र, मोडल, कम्प्युटर, भिडियो टेप आदि दृश्य सामग्रीका उदाहरण हुन् । अधिकांश दृश्य सामग्री बजारमा खरीद गर्न पाइने भए तापनि समय, स्रोत र पहुँचको दृष्टिले सबै शिक्षक तथा विद्यार्थीका लागि त्यसो गर्न सम्भव हुँदैन । तसर्थ शिक्षकले कतिपय चार्ट, पोष्टर, मोडल, तस्वीर, पाठपत्र आदि आफैं निर्माण गर्नुपर्छ । त्यसमा विद्यार्थीको पनि सहायता लिनुपर्छ ।

(ग) श्रव्य–दृश्य सामग्रीः शिक्षण सिकाइको सिलसिलामा हेर्ने र सुन्ने दुवै अवसर प्राप्त हुने शैक्षिक सामग्रीलाई श्रव्य–दृश्य सामग्री भनिन्छ । शिक्षण सिकाइमा एकै पल्ट आँखा र कान दुवै ज्ञानेन्द्रियको प्रयोग हुने भएकाले यस प्रकारका सामग्रीहरू ज्यादै नै प्रभावकारी भएको अनुसन्धानले देखाउँछ । नाटक, सिनेमा, टेलिभिजन, भिडियो, मल्टिमिडिया सीडी आदि श्रव्य–दृश्य सामग्रीका उदाहरण हुन् ।

(घ) वेबमा आधारित सामग्रीः सामान्यतया श्रव्यदृश्य सामग्री भन्नाले माथि चर्चा गरिएका श्रव्य, दृश्य तथा श्रव्य–दृश्य सामग्री भन्ने बुझ्न्छि । तर सन् १९९० तिर इन्टरनेटको आविष्कारसँगै श्रव्यदृश्यको धारमा अर्को आयाम थपिन पुग्यो । त्यो हो– वेबमा आधारित शिक्षण सामग्री । इन्टरनेटमा मुद्रित, श्रव्य, दृश्य, चलदृश्य, श्रव्यदृश्य, जीवन्त अन्तरक्रिया जस्ता सबै प्रकारका अवसर उपलब्ध हुन्छन् । इन्टरनेटको माध्यमबाट इमेल गर्न सकिन्छ । इमेलबाट शिक्षक र विद्यार्थीबीचमा प्रश्नोत्तर, गृहकार्य पठाउने र ‘फिडब्याक’ दिने जस्ता कार्य गर्न सकिन्छ । फेसबुक, ट्वीटर, यूट्युव (www.youtube.com), गुगलटक, स्काइप, भर्चुवल प्रयोगशाला, डिजिटल पुस्तकालय आदि इन्टरनेटमा निःशुल्क उपलब्ध हुने सेवा हुन् । यूट्युवमा उपलब्ध हुने श्रव्यदृश्य सामग्री शिक्षण सिकाइमा ज्यादै नै प्रभावकारी हुने देखिन्छ । सिक्न चाहने जसले पनि आफ्नो आवश्यकता अनुसारको सामग्री खोजेर अध्ययन गर्न सुविधा भएको हुनाले वेबमा आधारित शिक्षण सिकाइ सामग्रीको लोकप्रियता दिनानुदिन बढिरहेको छ । फेसबुक, गुगलटक र स्काइपमार्फत शिक्षक–विद्यार्थी तथा विद्यार्थी–विद्यार्थीहरूवीच एकआपसमा प्रत्यक्ष कुराकानी गर्न सक्छन् भने भर्चुवल प्रयोगशालामा विद्यार्थीले विषयगत रूपमा गरिने प्रयोगहरूको अभ्यास गर्न सक्छन् । त्यसैगरी डिजिटल पुस्तकालयमा लाखौं पुस्तकहरू निःशुल्क उपलब्ध छन् । सिकारुले आफ्नो रुचि र क्षमता अनुसारका पुस्तकहरू डाउनलोड गरेर पढ्न, प्रिन्ट गर्न सक्छन् । सित्तैं नपाइने किताब इन्टरनेटमार्फत किन्न पनि सकिन्छ ।

शिक्षण सिकाइमा यसको महत्व÷उपयोगिता
शिक्षण सिकाइ प्रक्रियामा श्रव्यदृश्य सामग्रीको प्रयोगले कुनै विषयवस्तुको बारेमा विद्यार्थीको ध्यानाकर्षण गर्न, धारणा स्पष्ट पार्न र उत्प्रेरित गर्न सहयोग पु¥याउँछ । शिक्षकले शिक्षण सिकाइमा श्रव्यदृश्य सामग्री प्रयोग गर्दा सामग्रीमा देखाइएका विषयवस्तुको बारेमा व्याख्या पनि गरिदिनुपर्छ । उक्त सामग्रीको प्रयोगले धारणा स्पष्ट पार्न, सोच्न, सम्झ्न, तर्क दिन, क्रियाकलाप गर्न, कल्पना गर्न, कुनै विषयवस्तु प्रति चाख वृद्धि गर्न र व्यक्तिगत सीपको वृद्धि तथा विकास गर्न सहयोग पु¥याउँछ । यी सबै कार्यले गर्दा अन्ततः विद्यार्थीको सिकाइ सहज र गहिरो हुनाको साथै सिकेको कुरा दीर्घकालसम्म नबिर्सने हुन्छ ।

शिक्षण सिकाइमा श्रव्यदृश्य सामग्रीको प्रयोगबाट हुने फाइदाहरूलाई शब्दचित्र (हे. चार्ट) ले अझ् स्पष्ट पार्दछ ।


माथि उल्लिखित फाइदाका अतिरिक्त शिक्षण सिकाइमा श्रव्यदृश्य सामग्रीको प्रयोगले निम्न उपलब्धि हासिल गर्न सकिन्छः

- शिक्षण सिकाइमा श्रव्यदृश्य सामग्रीको प्रयोगले विद्यार्थीमा विषयवस्तुप्रति आकर्षण र चाख बढ्न गई उनीहरूको सिकाइ चाँडो हुन्छ ।
- श्रव्यदृश्य सामग्रीको माध्यमबाट सयौं वर्षमा घटेका घटना समेतलाई दुई–चार मिनेटमा रेकर्ड गरी प्रस्ततु गर्न सकिन्छ ।
- श्रव्यदृश्य सामग्रीले विद्यालयमा शिक्षण सिकाइको दिक्कलाग्दो तौरतरिकामा परिवर्तन ल्याउने भएकाले विद्यार्थीहरू खुशी हुनाको साथै सिकाइप्रति आकर्षित हुन्छन् ।
- श्रव्यदृश्य सामग्री प्रयोग गरिएका कक्षामा विद्यार्थीको सहभागिता अन्य कक्षाको दाँजोमा बढी प्रभावकारी हुन्छ ।
- श्रव्यदृश्य सामग्रीको प्रयोगले विद्यार्थीलाई ‘गाइड’ भन्दा पाठ्यपुस्तक अरू उपयोगी पुस्तकहरूको अध्ययन गर्न उत्पे्ररित गर्छ ।
- श्रव्यदृश्य सामग्रीको प्रयोगले शिक्षण सामग्रीलाई जीवन्त र चाखलाग्दो बनाउँछ ।
- श्रव्यदृश्य सामग्रीको प्रयोग गर्दा विद्यार्थीले वस्तु र घटनालाई प्राकृतिक अवस्था (natural setting) मा भए जस्तै अनुभूति गरी अवलोकन गर्ने अवसर पाउँछन् ।
- श्रव्यदृश्य सामग्रीले सिकाइ र मनोरञ्जन एकैसाथ दिन्छ ।
- श्रव्यदृश्य सामग्रीको प्रयोगले शब्दको अर्थ बुझन र शब्द भण्डार वृद्धि गर्न सजिलो पार्छ ।
- श्रव्यदृश्य सामग्रीको प्रयोगले कुनै विषयवस्तु तथा घटनाको बारेमा स्थापित गलत धारणा सच्याउने अवसर प्रदान गर्नुका साथै त्यस्ता विषयवस्तु र घटना सम्बन्धमा नयाँ दृष्टिकोण बनाउन समेत मद्दत गर्छ ।
- श्रव्यदृश्य सामग्रीको प्रयोगले कुनै विषयवस्तु तथा घटनाको बारेमा सकारात्मक सोच र प्रवृत्तिको विकास गराउन मद्दत गर्छ ।
- श्रव्यदृश्य सामग्रीको प्रयोगले अध्ययन तथा अध्यापनको लागि लाग्ने समयको बचत गराउँछ । उदाहरणको लागि एउटा चित्रले भन्न खोजेको कुरा बुझनको लागि धेरै पेजको लेख्य सामग्री अध्ययन गर्नुपर्ने हुन्छ । त्यसैले त भनिन्छ; हजार शब्द भन्दा एउटा चित्र प्रभावकारी हुन्छ ।
- श्रव्यदृश्य सामग्री प्रयोग गरी शिक्षण सिकाइ क्रियाकलाप गराउँदा बालबालिकाले कठिन लागेका विषयवस्तु पनि सरल ढङ्गले सजिलैसँग बुझन सक्छन् ।

डेलले सन् १९६० को दशकमा शिक्षण सिकाइमा श्रव्य तथा श्रव्यदृश्य सामग्रीको प्रयोगले कस्तो प्रभाव पार्दछ भन्नेबारेमा लामो अनुसन्धान गरेका थिए । उनले गरेको अनुसन्धानको निष्कर्ष सँगैको चार्टमा प्रस्तुत गरिएको छ ।

यो चार्टको आधारमा के भन्न सकिन्छ भने पढेको भन्दा सुनेको प्रभावकारी, सुनेको भन्दा देखेको प्रभावकारी, देखेको भन्दा एकैसाथ देखेको र सुनेको प्रभावकारी हुन्छ । सबैभन्दा प्रभावकारी सिकाइ आफैं कार्य गरेर सिकेको हुन्छ । समग्रमा के भन्न सकिन्छ भने जति धेरै मिडिया प्रयोग भयो सिकाइ त्यति नै बढी प्रभावकारी हुन्छ ।

कक्षाकोठामा श्रव्यदृश्य सामग्रीको प्रयोग कसरी गर्ने ?
माथि नै भनियो; श्रव्य र दृश्य भन्दा श्रव्यदृश्य सामग्री शिक्षण सिकाइका लागि बढी प्रभावकारी हुन्छ । श्रव्य र दृश्यका लागि भन्दा श्रव्यदृश्य सामग्री निर्माण गर्न खर्च, श्रम र समय समेत धेरै लाग्ने भएको हुनाले श्रव्यदृश्य सामग्रीको पहुँच नभएको अवस्थामा श्रव्य सामग्री प्रयोग गर्न सकिन्छ । कक्षाकोठामा दृश्य सामग्रीको प्रयोग गर्दा विद्यार्थीलाई ती सामग्री अवलोकन गरी आ–आफ्नो तरीकाले व्याख्या गर्ने अवसर दिनुपर्छ । त्यसपछि मात्र शिक्षकले सामग्रीका बारेमा थप व्याख्या विश्लेषण गरी पाठ्यक्रमले तोकेको सिकाइ उपलब्धिसँग त्यसको सम्बन्ध स्थापित गर्नुपर्छ ।

कक्षाकोठामा श्रव्य अर्थात् रेडियोमा आधारित पाठ श्रव्यदृश्य अर्थात् भिडियो वा टेलिभिजनमा आधारित सामग्री सुनाउनु÷देखाउनु भन्दा पहिले शिक्षकले त्यस्ता सामग्रीको परिचय दिएर त्यसबाट पाठ्यक्रमले तोकेको कुन कुन सिकाइ उपलब्धि हासिल गर्न मद्दत पुग्छ भन्ने बारेमा बताउनुपर्छ । विद्यार्थीलाई श्रव्य तथा श्रव्यदृश्य सामग्री आंशिक रूपमा सुनाउँदै÷देखाउँदै जानुपर्छ । अनि क्रमशः प्रश्नोत्तर तथा छलफल गर्दै बाँकी सामग्री सुनाउनु÷देखाउनुपर्छ । सम्पूर्ण सामग्री सुनाइ÷देखाइसकेपछि उक्त सामग्रीबाट सिकेको पाठ, प्राप्त ज्ञान, सीप र अभिवृत्तिको बारेमा पुनः छलफल गरी  निष्कर्ष निकाल्नुपर्छ ।  

आज गाउँगाउँ बस्तीबस्तीसम्म कम्प्युटर र इन्टरनेटको पहुँच सुलभ हुनथालेको छ । मल्टिमिडिया सीडीमा आधारित सामग्रीहरू अन्तरक्रियात्मक हुन्छन् । यस प्रकारका सामग्रीहरू क्रमशः सरलबाट जटिल ९क्ष्mउभि तय अयmउभिह० बनाइएका हुने भएकाले विद्यार्थीले आफ्नो रूचि र क्षमता अनुसार स्वतन्त्र रूपमा यिनको प्रयोग गर्न सक्छन् । त्यस्ता सामग्रीमा दिइएका अभ्यासहरू विद्यार्थी आफैंले समाधान गरेर उत्तर ठीक भए÷नभएको समेत परीक्षण गर्न सक्ने छन् । अतः यस्ता सामग्रीको प्रयोगमा शिक्षकले आवश्यकता परेको खण्डमा मात्र व्याख्या विश्लेषण तथा थप सहयोग गर्नुपर्छ । अनलाइन तथा अफलाइन सामग्रीको अध्ययन गर्ने तरिका, सामग्री स्रोतको बारेमा शिक्षकले जानकारी दिएको खण्डमा उनीहरूले आफूखुशी सामग्रीको प्रयोग गर्न सक्छन् । वेबसाइटमा पाइने अध्ययन सामग्रीको आधिकारिक स्रोत शिक्षकले बताइदिनुपर्छ र उनीहरूलाई आफैं पढेर÷गरेर हेर्न अभिप्रेरित गर्नुपर्छ ।

चुनौती के छन् ?
शिक्षण सिकाइमा श्रव्यदृश्य सामग्रीको प्रयोग आजको आवश्यकता मात्र नभएर युगको माग पनि हो। भोलिको प्रतिस्पर्धी दुनियाँमा बाँच्नुपर्ने आजका बालबालिकाको शिक्षण सिकाइका क्रममा गरिने क्रियाकलाप बहुआयामिक हुनु जरूरी भइसकेको छ । त्यसका लागि श्रव्यदृश्य सामग्रीले धेरै मद्दत गर्छ । तर पनि शिक्षण सिकाइमा श्रव्यदृश्य सामग्रीको प्रयोगका केही सीमा, जटिलता र चुनौती छन्ः
पहुँचको अभावः शिक्षण सिकाइमा श्रव्यदृश्य सामग्रीको प्रयोग बहुउपयोगी भए तापनि बजारमा उपलब्ध हुने सामग्रीहरू दूरदराजमा रहेका गाउँबस्तीसम्म पुग्न सकिरहेको अवस्था छैन । दृश्य सामग्रीहरूको बजार गाउँगाउँसम्म पुग्न सकेको छैन । रेडियो तथा एफएममा आधारित श्रव्य सामग्रीहरूको प्रसारणमा समस्या छ । प्रसारित सामग्री स्पष्टसँग सुनिंदैन । टेलिभिजनबाट प्रसारण हुने सामग्रीहरू केबुल प्रसारण लाइन र विद्युत् अभावका कारण सबै शिक्षक तथा विद्यार्थीसम्म पुग्न सकेका छैनन् । वेबमा आधारित सामग्रीहरू पनि टेलिफोन, इन्टरनेट, कम्प्युटर र विद्युत्को अभावमा लक्षित वर्गसम्म पुग्न सकिरहेको छैन ।

दक्ष जनशक्तिको अभावः ओभरहेड प्रोजेक्टर, एलसीडी प्रोजेक्टर, कम्प्युटर, इन्टरनेट जस्ता आधुनिक उपकरणको प्रयोग, सञ्चालन र मर्मत गर्ने दक्ष जनशक्तिको विद्यालयहरूमा अभाव भएको कारणले गर्दा स्रोतसाधन भएका विद्यालयमा पनि शिक्षण सिकाइको निम्ति तिनको सही प्रयोग हुन सकिरहेको छैन ।

स्रोतको अभावः विद्यालयमा पर्याप्त मात्रामा लगानी गर्ने आर्थिक स्रोत नहुँदा श्रव्य, दृश्य, श्रव्यदृश्य तथा वेबमा आधारित सामग्रीहरू सबै विद्यालयसम्म पुग्न सकेका छैनन् ।

कमजोर मनोबलः कतिपय शिक्षकहरूमा ‘मैले गर्नै सक्दिनँ, आफू त बूढो भइयो, गरेर पनि के फाइदा छ र, गरे पनि नगरे पनि उस्तै हो’ जस्ता नकारात्मक सोचको विकास भएको पाइन्छ । यस प्रकारको भावनाले मस्तिष्कमा प्रश्रय पाएको खण्डमा शिक्षकले सिक्न सक्दैनन् । शिक्षकले सिकेनन् भने विद्यार्थीलाई सिकाउन सक्दैनन् ।

सूचनाको अभावः कुन रेडियो÷एफएम, टेलिभिजनबाट कुन समयमा के कस्ता शैक्षिक कार्यक्रम प्रसारण हुन्छन् भन्ने जानकारी विद्यालयलाई हुने गरेको छैन । कुन विषयमा मल्टिमिडिया सीडी उपयोगी छ; विषयगत रूपमा उपयोगी हुने वेबसाइडका ठेगाना कुन कुन हुन् भन्ने बारेमा जनकारी नभएको कारणले स्रोतसाधन भएको ठाउँमा पनि श्रव्यदृश्य सामग्रीको उचित प्रयोग हुन सकिरहेको छैन ।

लगनशीलताको अभावः सबै श्रव्यदृश्य सामग्रीहरू बनिबनाउ हुँदैनन् । कतिपय चित्र, तस्वीर, मोडलहरू शिक्षकले आफैं बनाउनुपर्ने हुन्छ । यदि शिक्षकमा लगनशीलता छैन भने त्यस्ता शिक्षण सामग्री विद्यालयमा बन्दैनन् । सामग्री नबनेमा विद्यार्थीले सिक्ने अवसर पाउने कुरै भएन ।

सिक्ने संस्कृतिको अभावः नियमित रूपमा लेख्ने, पढ्ने र गर्ने–सिक्ने संस्कृतिको हाम्रो देशमा अभाव छ । नयाँ कुरा सिक्ने भन्दा वर्षौं पहिले सिकेको पुरानो ज्ञान र सीप अनवरत रूपमा दोहो¥याएर अध्यापन गर्ने परम्परा हामीमा विकास भएको छ । सिकाइको लागि यस्तो प्रवृत्ति बाधक छ । सिक्ने संस्कृतिको अभावमा शिक्षकले पनि कक्षाकोठामा श्रव्यदृश्य सामग्री प्रयोग गर्न सक्दैनन् र विद्यार्थीले पनि सिक्ने अवसर पाउँदैनन् ।

समाधान के त ?
स्रोतसाधनमा समान पहुँच यो धर्तीमा कहीं पनि छैन । जतिसुकै विकसित भनिएका जापान, अमेरिका, बेलायत, क्यानडा जस्ता देशमा पनि छैन । देशको सबै ठाउँमा रेडियो, टेलिभिजन, कम्प्युटर र इन्टरनेट पुगेपछि मात्रै शिक्षण सिकाइमा यस प्रकारका सामग्रीको प्रयोग गर्ने हो भने हामी धेरैपछि परेको हुनेछौं । त्यसैले स्रोतसाधनको पहुँच बढाएर र दक्ष जनशक्तिको विकास गर्दै क्रमिक रूपमा कक्षाकोठामा श्रव्यदृश्य सामग्रीको प्रयोग बढाउनुपर्छ । हरेक वर्ष केही नयाँ गर्ने सोच र तदनुरुपको अग्रसरता लिने प्रतिबद्धता भएका शिक्षक र प्रधानाध्यापकहरू नै यो अवधारणालाई व्यवहारमा साकार तुल्याउन अग्रसर हुनेछन् । अहिले नै विद्यालयहरूमा भएका कम्प्युटर प्रयोग गर्न जान्ने र सक्ने हो भने पनि सिकाइमा धेरै फाइदा पुग्ने देखिन्छ । त्यस्तै; काम गर्ने र नगर्ने बीच विभेद नहुनु, दण्ड र पुरस्कारको नीति लागू नहुनु जस्ता कारणले दक्ष शिक्षकको समेत मनोबल गिर्ने अवस्था विद्यमान छ । देशमा अपेक्षित रूपमा सिकाइ संस्कृतिको विकास हुन नसकेको तथ्य हामी सबैका सामु छ । तर सबै सरोकारवालाले ध्यान दिने हो भने कक्षाकोठामा श्रव्यदृश्य सामग्री प्रयोग गर्दा आइपर्ने समस्यालाई समाधान गर्न सकिन्छ ।

निष्कर्ष
शिक्षण सिकाइमा श्रव्यदृश्य सामग्रीको प्रयोग वैदिक कालदेखि नै भएको पाइन्छ । यसको आवश्यकता र महत्व बुझ्ेर नै हाम्रा ऋषिमुनिहरूले समेत यो प्रविधि र प्रक्रियालाई शिक्षण सिकाइको अभिन्न अङ्गका रूपमा विकास गरेको देखिन्छ । आधुनिक कालखण्डमा रडियो र टेलिभिजनको आविष्कारले यसको महत्वलाई झ्न् उजागर गरिदिएको छ । उत्तर आधुनिक कालमा इन्टरनेट प्रविधिमा भएको तीव्र विकासले अभूतपूर्व उपलब्धि हासिल ग¥यो । सिकाइ प्रभावकारी, दिगो र जीवन उपयोगी बनाउन शिक्षण सिकाइमा श्रव्यदृश्य सामग्रीको प्रयोग ज्यादै नै उपयोगी सावित भएको छ । शिक्षण सिकाइमा उपयोगी हुने श्रव्यदृश्य सामग्रीको पहुँच, दक्ष जनशक्ति र सूचनाको अभाव जस्ता केही समस्या देखा परेका भए तापनि श्रव्यदृश्य सामग्रीको बहुआयामिक उपयोगिताको कारणले गर्दा यस प्रकारका सामग्रीहरू शिक्षण सिकाइको अभिन्न अङ्ग नै बन्न थालेका छन् ।

इन्टरनेट आजको दुनियाँको सबैभन्दा विकसित सूचनाप्रविधि हो । आजका बालबालिकाको हातहातमा मोबाइल फोन छन् । शिक्षण सिकाइमा मोबाइल फोनको प्रयोग बढाउने हो भने सिकाइ जुनसुकै बेला जुनसुकै समयमा पनि सम्भव भएको छ । सिक्नको लागि गुरुचेलाको अपरिहार्य आवश्यकतालाई प्रविधिको प्रयोगले प्रश्नचिन्ह उठाउन थालेको छ । जेहोस् सिकाइ प्रभावकारी बनाउन आजको दुनियाँमा श्रव्यदृश्य सामग्री अभिन्न अंग बनेको छ । त्यसैले शिक्षकले आफ्नो पहुँचमा जेजस्ता श्रव्यदृश्य सामग्रीहरू छन् तिनको उच्चतम प्रयोग गरी शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्नुपर्छ ।

commercial commercial commercial commercial