शिक्षकका निम्ति कार्यालय व्यवस्थापन के, किन र कसरी ?

क. विषय र कक्षागत स्रोतरयाकको व्यवस्था
प्राथमिक तहका शिक्षक तथा विद्यालयका लागि कक्षागत तथा विषयगत पाठ्यपुस्तक, शिक्षक निर्देशिका, पाठयोजना (क्रियाकलाप विवरण), शैक्षणिक सामग्री, फ्लिपचार्ट तथा अन्य स्रोतसामग्रीहरू व्यवस्थापनका लागि रयाक निर्माण अथवा खरीद गरी अफिसकोठा वा कार्यकक्षमा राखी नियमित व्यवस्थापन गर्ने गरेमा स्रोत–सामग्रीको व्यवस्थापन र प्रयोग गर्न सहज हुन्छ ।

रयाकको डिजाइन/निर्माण
शैक्षणिक योजना, शिक्षण सिकाइ सामग्री, पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षक निर्देशिका, सन्दर्भसामग्री, फ्लिपचार्ट आदि विभिन्न सामग्रीहरू प्रभावकारी ढंगले उपयोग, उचित व्यवस्थापन र सुरक्षा गर्न २८/२८ वटा कोठा भएका दुईओटा रयाक डिजाइन गरी निर्माण वा खरीद गर्न सकिन्छ । यी दुबै रयाकमा साना २४ वटा र ठूला ४ वटा कोठा हुन्छन् । तीमध्ये साना कोठाको नाप लम्बाइ १६ इन्च, चौडाइ ११ इन्च र उचाइ १३ इन्च रहेको छ भने ठूला कोठाको नाप १६x११x२६ इन्च राख्न सकिन्छ । दुई रयाकलाई मिल्ने गरी एकैठाउँमा राख्दा एकसेट हुन्छ । यसको सट्टा आफ्नै प्रकारले पनि व्यवस्थापन गर्न सकिन्छ ।

रयाक व्यवस्थापन
तलको सामान्य ढाँचामा देखाए जस्तै पहिलो रयाकमा सबैभन्दा बायाँ ठाडो लहरमा ४ कोठा र अन्य तीन ओटा ठाडो लहर प्रत्येकमा ८–८ कोठा रहेका छन् भने दोस्रो रयाकमा पनि सबैभन्दा दायाँ ठाडो लहरमा ४ कोठा र अन्य तीन ओटा ठाडो लहर प्रत्येकमा ८–८ कोठाहरू रहेका छन् ।

यसरी दुईओटा रयाकमा गरेर ठूलाकोठा ८ वटा र सानाकोठा ४८ वटा हुन्छन् । पहिलो रयाकको पहिलो ठाडो लहरका ४ ओटा कोठामा नेपाली, गणित, सामाजिक र शारीरिक विषयका साना र छरिता स्वनिर्मित फ्लीपचार्ट राख्नु उचित हुन्छ । पहिलोे रयाककै दोस्रो लहरका ८ ओटा कोठामा विषयगत रूपमा पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षक निर्देशिका र सन्दर्भ सामग्रीहरू व्यवस्थित रूपमा राख्न सकिन्छ । पहिलो रयाकका बाँकी दुई वा ठाडो लहरका कोठामा १ र २ कक्षाका ८ वटा विषयका विषयगत सामग्री राख्न बाइण्डिङ फायल र कूटको बट्टा राखिएको छ । त्यसैगरी दोस्रो रयाकका पहिला तीन ओटा ठाडो लहरका ८–८ कोठामा क्रमशः तीन, चार र पाँच कक्षाका ८ वटा विषयका विषयगत सामग्री राख्न बाइण्डिङ फायल र कूटको बट्टा राखिएका छन् र बाँकी चौथो ठाडो लहरका ४ वटा कोठामा क्रमशः अङ्ग्रेजी, विज्ञान, स्वास्थ्य र सिर्जनाका साना र छरिता स्वनिर्मित फ्लीपचार्ट राख्न सकिन्छ ।

कूटको बट्टा निर्माण
शिक्षण सिकाइ सामग्री व्यवस्थापन गर्नका लागि कक्षागत र विषयगत रूपमा व्यवस्था गरिएका ४० वटा कोठा प्रत्येकमा एक–एक ओटा बलिया र स्थानीय निर्मित बिर्को भएका कूटका बट्टा राख्नु राम्रो हुन्छ । हरेक बट्टाको नाप १४x११x५ इन्च वा आवश्यकता अनुसार तय गर्न सकिन्छ । आठ विषयका बट्टा सजिलै चिन्न सकियोस् भनेर तिनलाई अलगअलग रङका कपडाले मोरिएको छ । त्यसैगरी कक्षागत रूपमा अलग–अलग पाँच रङका राखिएको छ । यसरी प्रत्येक बट्टामा कक्षागत–विषयगत रूपमा पाठयोजना अनुसारका खरीद, संकलन र निर्माण गरिएका ठोस, अद्र्धठोस र सांकेतिक सामग्रीहरू व्यवस्थित रूपमा गर्न सकिन्छ ।

ख. दराज व्यवस्थापन
शैक्षिक सामग्री उपलब्ध गराउन राष्ट्रको ठूलो लगानी परेको हुन्छ । साथै विद्यार्थी र शिक्षकको मिहिनेत पनि लागेको हुन्छ । यसरी ठूलो मिहिनेत र लगानीबाट संकलन तथा निर्माण गरिएका सामग्रीहरू वर्षौंसम्म दोहोरयाई–तेहरयाई प्रयोग गर्न सकियो भने नै ती सामग्रीमा गरिएको लगानी सार्थक भएको मान्न सकिन्छ । त्यस्ता सामग्री र कार्यहरूलाई प्रयोगमुखी व्यवस्थापन गर्न आफूले प्रयोग गर्ने गरेका दराजमा व्यवस्थित ढंगबाट राखी सुरक्षित समेत तुल्याउनुपर्छ । तर सबैभन्दा प्रमुख कुरा चाहिं भएका सामानको भनेको सदुपयोग नै हो । त्यसैले आफूले प्रयोग गर्ने गरेका दराज व्यवस्थित गर्नु अति आवश्यक हुन्छ । यसका लागि विभिन्न पातला बट्टाहरू दराजको ढोकाको भित्रपट्टि सेलोटेप वा फेबिकलले टाँस्न या स–साना काठका अथवा प्लाष्टिकका रयाक निर्माण वा खरीद गरी दराजभित्र राख्न सकिन्छ । दराजलाई प्लाइबोर्ड वा काठले खण्ड–खण्डमा छुट्याउन (पार्टिसन) पनि आवश्यक हुन सक्छ । यसरी तयार भएको दराजमा विभिन्न फायल, फोल्डर खरीद गरी नाम लेखेर व्यवस्थित रूपमा राख्नु सदुपयोग गर्ने दिशातर्फको महŒवपूर्ण कार्य हो ।

ग. कीटबक्स ९प्ष्त(दयह० तयारी र व्यवस्थापन
शिक्षण प्रशिक्षणका लागि आवश्यक पर्ने विभिन्न प्रकारका सामग्रीहरू व्यवस्थित रूपमा राख्न र आवश्यक पर्दा यता–उता लगेर पनि प्रयोग गर्न सहज होस् भनी तीन तला भएको प्लाइबोर्डको कीटबक्स निर्माण गर्न सकिन्छ । त्यस्तो कीटबक्सको प्रत्येक तलाको बीचमा ब्द्ध आकारका सामग्री अटाउने एउटा र वरिपरि १४ ओटा गरी जम्मा १५ ओटा कोठा हुन्छन् । यसरी तीन तलामा गरी जम्मा ४५ कोठा बनाउन सकिन्छ । बाकसको बिर्कोमा एप्रोन, डायरी, पुस्तक, प्राथमिक उपचारका लागि औषधि र अन्य सामग्री राख्ने व्यवस्था गर्न सकिन्छ । बाकसभित्र चाहिं विभिन्न प्रकारका सामग्रीहरू— जस्तै निर्माणका लागि आवश्यक पर्ने औजार, विज्ञानका सामग्री र अन्य सामग्री व्यवस्थापन गर्न सहज हुन जाने विश्वास लिइएको छ ।

घ. मल्टिबोर्ड तयारी
शिक्षण तथा प्रशिक्षणका क्रममा विभिन्न प्रकारका बोर्ड प्रयोग गर्नुपर्ने हुन्छ । तर धेरै ओटा र विभिन्न आकारका बोर्ड बनाउन र प्रयोग गर्न झ्न्झ्टिलो हुन्छ र जटिलता पनि उत्पन्न हुन जान्छ । त्यसैले एकठाउँबाट अर्को ठाउँमा समेत लैजान सजिलो होस् भन्ने उद्देश्यले धेरै ओटा बोर्ड एउटैमा समावेश भएको बहुउपयोगी हलुका बोर्ड तयार गर्नु उपयुक्त हुन्छ । लिस्टी, टीनको पातलो पाता, फलाटिन कपडा र कार्डबोर्डको प्रयोग गरेर एकापट्टि फलाटिन पाटी, चुम्बकीय पाटी, पीनबोर्ड र अर्कोपट्टि गोजी तालिका, डिस्प्लेबोर्ड जस्ता पाँचओटा बोर्ड एउटैमा भएको बहुउपयोगी बोर्ड डिजाइन तथा निर्माण गर्न सकिन्छ । यस्तो बोर्डको प्रयोगबाट शिक्षण–सिकाइका विभिन्न क्रियाकलापहरू सञ्चालन गर्न, विद्यार्थीकेन्द्रित विधि प्रयोग गर्न र सामग्रीको प्रयोगको अभ्यासलाई बढोत्तरी गर्न समेत सहयोग पुग्दछ ।

ङ. क्यासेट र प्लेयरको व्यवस्थापन
शिक्षण तथा प्रशिक्षणका क्रममा अडियो–भिडियो सामग्रीको प्रयोग गर्नुपर्ने हुन्छ । तर व्यवस्थापकीय कमजोरीका कारण प्रायः जुनसुकै विद्यालयदेखि प्रशिक्षण केन्द्रहरूमा समेत त्यस्ता सामग्रीको प्रयोग बिरलै मात्र हुने गर्छ । यस्ता सामग्री खरीद वा एकपटक प्रयोग गरेपछि फेरि पनि प्रयोग गर्नुपर्छ भनी (दुरुस्त र सहज ढंगमा उपलब्ध गरी राखन–धरन गर्ने गरेको पाइँदैन । यही तथ्यलाई ध्यानमा राखी अडियो–भिडियो क्यासेट र प्लेयर राख्ने रयाकको डिजाइन र निर्माण गरी विभिन्न अडियो–भिडियो सामग्रीको प्रयोगलाई सहजता प्रदान गर्न सकिन्छ ।

च. प्रयोगशाला तथा कार्यशाला व्यवस्थापन
विद्यालय तहमा विज्ञान विषयको शिक्षणमा प्रयोगात्मक क्रियाकलाप न्युनरूपमा सञ्चालन हुने गरेको पाइएको छ । यसको प्रमुख कारणमा हरेक क्रियाकलाप शिक्षकले नै सञ्चालन गर्नुपर्ने भन्ने बुझाइ र आवश्यक प्रबन्धको अभाव नै हो । यस सन्दर्भमा विद्यार्थीका लागि आवश्यक पर्ने क्रियाकलापका पुस्तिका, सन्दर्भ सामग्री र पाठगत क्रियाकलाप–पत्र (Activity-card) तयार गरी प्रयोगशाला वा कार्यशालामा फोल्डरहरूको व्यवस्थापन गर्नु समस्या समाधानको एउटा उपाय हो ।

छ. स्रोत फोल्डर व्यवस्थापन
शिक्षक र प्रशिक्षकको पेशागत विकासका लागि आवश्यक पर्ने विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पाठ्यसामग्री संकलन, व्यवस्थापन गरी प्रयोग गर्ने गरेमा सामग्री व्यवस्थापन र प्रयोगका लागि सहज हुन्छ । यहाँ बायाँपट्टि दिइएको रयाकमा विषयगत रूपमा अलगअलग ३६+४ ओटा फोल्डर अटाउने रयाक डिजाइन र खरीद गरी अद्यावधिक गर्दै जाने व्यवस्थापन अभ्यासको नमूना दिइएको छ । त्यसैगरी विद्यालय, तालीम केन्द्र वा कार्यालयमा वर्षभरि सञ्चालन हुने कार्यक्रमहरूका लागि अलगअलग फोल्डर व्यवस्थापन गरी निर्देशन, परिपत्र, ऐन, नियम लगायतका योजना, प्रतिवेदन लगायतका आवश्यक सामग्रीको व्यवस्थापन गर्नसकेमा कार्य सम्पादन गर्न सहज हुन्छ । दायाँपट्टि दिइएको रयाकमा कार्यक्रमगत २४ ओटा फोल्डर राखी यससम्बन्धी व्यवस्थापन अभ्यास गर्न सकिन्छ ।

ज. कार्ययोजना र फायल क्याबिनेट तयारी
सेतोपाटी, फ्लेक्सबोर्ड वा कार्डबोर्डमा आफूले गर्ने गरेका कार्यहरूको विवरण उल्लेख गरी कार्य विवरण (Job-memorandum) तयार पारी कार्यकक्षमा राख्न सकिन्छ । यसरी तयार पारिने कार्य विवरणलाई कार्ययोजना र प्रगति प्रतिवेदनको ढाँचामा पनि बनाउन सकिन्छ । यसलाई नियमित रूपमा अद्यावधिक गर्ने र गरेका कार्यहरूको समीक्षा गर्ने गर्नु उपयुक्त हुन्छ । साथै शिक्षक तथा प्रशिक्षकका लागि विभिन्न कार्य सञ्चालन गर्न पोर्टफोलियो डिजाइन र तयारी गरी कार्यकक्षमा सहजताका साथ प्रयोग गर्न सक्ने गरी फायल क्याबिनेट व्यवस्था गर्नु पनि अति आवश्यक कुरा हो ।

झ्. सूचना तथा सञ्चारप्रविधिको प्रयोग
आजका विद्यार्थी पाठ्यपुस्तक र शिक्षकबाट मात्र पढ्दैनन्; उनीहरूले विभिन्न माध्यमका साथसाथै सूचना तथा सञ्चार प्रविधिको समेत प्रयोग गरी थुप्रै नयाँ कुरा थाहा पाइरहेका, सिकिरहेका हुन्छन् । त्यसैले शिक्षणसिकाइ गर्ने शिक्षकले सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई व्यवस्थित र उद्देश्यमूलक बनाउन सक्नुपर्दछ । आफूले सिकेका कुराहरू सहकर्मीमाझ साटासाट गर्नुपर्दछ । त्यसका लागि कम्प्युटर सम्बन्धी ज्ञान वृद्धिसँगै त्यसको प्रयोगलाई व्यवस्थित गर्नुपर्दछ । इन्टरनेटबाट सित्तैंमा प्राप्त गर्न सकिने विभिन्न पुस्तक तथा स्रोत सामग्री डाउनलोड गरी आफ्नो पेशागत विकास गर्दै शिक्षण–सिकाइलाई अझ प्रभावकारी बनाउन सकिन्छ ।

ञ. योजनाहरूको विकास र अभिलेख व्यवस्थापन
आफूले गर्ने शिक्षण–सिकाइ लगायतका कार्यका लागि सरल र सहज खालका योजनाहरू निर्माण गर्ने अभ्यास निरन्तर रूपमा गर्नुपर्दछ । त्यसका लागि विभिन्न तालीम तथा स्वाध्ययनबाट प्राप्त ज्ञानलाई व्यावहारिक बनाउन सक्नुपर्दछ । आफूले गर्ने कार्यलाई छिटो, छरितो, स्तरीय र व्यवस्थित गर्नका लागि योजनाका विभिन्न नयाँनयाँ ढाँचा तथा फारमहरू विकास गरी प्रयोग गर्ने गर्नु राम्रो हुन्छ । अरूले दिएका ढाँचाले मात्र आफ्नो कार्य राम्ररी सम्पादन गर्न सकिंदैन ।

यसरी मात्र एउटा शिक्षक पेशाकर्मीसँगै पेशाविद् हुन पुग्दछ । शिक्षकको पेशागत विकासका लागि आफूलाई व्यवस्थापन गर्न सक्नुपर्दछ । विद्यालय र आफ्नो व्यवस्थापन गर्न सके मात्र तनावबाट मुक्त भई कार्यकुशलताका साथ आफ्नो भूमिका निर्वाह गर्न सहज हुनजान्छ । त्यसैले शिक्षकको पेशागत विकासका लागि स्वव्यवस्थापन सबैभन्दा प्रमुख कुरा हो ।

(विज्ञान प्रशिक्षक, शैक्षिक तालीम केन्द्र, धुलिखेल, काभ्रे ।) 

commercial commercial commercial commercial