शिक्षक देख्दा छोराछोरी लुकाउँथे !

“अनभ्यासे विषं विद्या, अजीर्णे भोजनं विषम्” हितोपदेशका उल्लिखित पंक्ति सिन्धुपाल्चोकका ८८ वर्षे गुरु ब्रह्मनाथ नेपालका मुखमा झ्ुण्डिएका छन् । उहाँको शैक्षिक लगावका प्रारम्भिक वर्षमा नेपालको राज्य प्रशासन वर्तमान अवस्था झ्ैं सङ्क्रमणकालमा थियो । राणाशासनको अन्त्यपछि देशभर शैक्षिक जागरण बढेको र त्यसको व्यवस्थापन गर्न स्थानीय तहमा भएका प्रयासहरूको एक साक्षीका रूपमा मैले उहाँसँग साक्षात्कार गर्ने अवसर प्राप्त गरें । हाल निवृत्त जीवन बिताइरहनुभएका पूर्व शिक्षक नेपालको दिनचर्या खोतल्ने क्रममा म उहाँको निवास सिन्धुपाल्चोकको फुल्पिङडाँडा विन्जेल गाउँमा पुगें ।

वि.सं. १९८२ श्रावणमा जन्मिएका ब्रह्मनाथलाई सम्वत् १९९६ मा बर्कोमा चामल पोको पारेर घरको झयालबाट बाहिर खसाली पढ्न भागेको क्षण सम्झ्ँदा ठीकै गरिएछ भन्ने लाग्छ । शनिबारका दिन घर छाड्दा लैनो पाडो मरेका भन्दै गाली खानु परेको स्मृति पनि ताजै छ, उहाँमा । १९९८ मा देवीदत्त पराजुलीका साथ तीनधारा पाकशाला र रानीपोखरी पाठशालामा शिक्षा आर्जनको अवसर मिलेको रहेछ । संस्कृत शिक्षामा अङ्ग्रेजी यतिसम्म वर्जित थियो रे कि एकजना विद्यार्थीले ब्द्यऋ लेखेको पाएर गुरुले उसको कलम भाँचेको र कापी च्यातिदिएको नमीठो अनुभव रहेछ । त्यतिबेला पढाउने तरिकाका सम्बन्धमा उहाँको अनुभव छ, गल्ती गरेमा पिटाइ खाने, गुरुको प्यारो बन्ने हुनाले जान्नेलाई नजान्नेले गाली गर्ने, सूत्रहरू घोकेर पढ्नुपर्ने, शुद्ध उच्चारण गर्नै पर्ने हुन्थ्यो । गुरुले भनेको सुन्ने तर प्रश्न गर्ने वातावरण कम हुन्थ्यो रे ऊ बेला । शब्दको रूप निर्माण सूत्रबाट प्रमाणित गरिन्थ्यो । आजकल व्याकरणमा भएको विसंगति र शिक्षित व्यक्ति धेरै भए पनि भाषा स्तरीय नभएको प्रति गुनासो रहेछ ।

ब्रह्मनाथले बरको फेदबाट पढाउन थालेको पाङ्ग्रेटार, लामोसाँघुको विद्यालयमा हाल उच्च मावि तह, क्याम्पस र प्राविधिक शिक्षाको ‘एनेक्स’ कार्यक्रम समेत सञ्चालित छ । स्कूलको नामकरण सम्बन्धमा उहाँ भन्नुहुन्छ– शारदा भवन नाम राख्न मैले प्रस्ताव गरें, स्थानीयबाट सेतीदेवी राख्न भनियो । पछि शारदा स्वीकृत भएर आएछ । दुवैलाई मिलाएर सेतीदेवी शारदा प्राइमरी स्कूल नामकरण गरियो । यसैगरी गुरु ब्रह्मनाथ आफैंले वि.सं.२००८ मा बाह्रबिसे स्कूलको नाम शारदा र २०१० मा कोठे स्कूलको नाम ‘जाल्पादेवी’ राखेको सम्झ्नुहुन्छ । तर आफैंले लामो समय अध्यापन गरेको गाउँकै विद्यालयको नाम चाहिं आफूले चाहेको ‘त्रिपुरासुन्दरी’ राख्न नपाई ‘फलाँटेदेवी’ हुन पुग्यो रे ! ४२ वर्ष प्रधानाध्यापककै रूपमा शिक्षण पेशामा रहनुभएका ब्रह्मनाथ नेपालको यो क्रम २०३१ सालमा बालशिक्षा प्राथमिक पाठशाला खाडीचौर हुँदै २०३४ देखि २०४९ पुससम्म फलाँटेदेवी प्राथमिक पाठशाला; विन्जेल हुँदै सकियो ।

प्रारम्भका दिनमा सरकारबाट लामोसाँघुको विद्यालयलाई वार्षिक रु.३०० प्राप्त हुन्थ्यो रे ! विद्यार्थीसँग केही रकम तथा चाडपर्वमा चामल संकलन गर्ने चलन थियो । विद्यार्थीहरू हिउँदमा २०० सम्म हुन्थे भने बर्खामा घटेर पाँच–सात जना मात्र पनि रहन्थे । आफ्ना केही रोचक स्मरण गर्दै उहाँ भन्नुहुन्छः
१.    फलाँटेदेवी स्कूल चलाउँदा भलायाको रूखको फेदमा पठनपाठन भइआएकोमा निरीक्षक कमलाकान्त ढकालले निरीक्षण गरेपछि घरमै पढाउन थालियो ।
२.    गाउँघरमा जाँदा आफ्ना छोराछोरीलाई पढ्न पठाउनु पर्ला भनेर अभिभावकले लुकाउने गर्थे । अभिभावकहरू सकेसम्म तर्किने बहाना खोज्थे ।
३.    केही अभिभावक आफ्ना छोराछोरीलाई नजिकै राखेर पढाउन आग्रह गर्थे भने कतिपयले घरमै पढाउँछु भन्दै लिएर हिंड्थे ।

सेवा, सुविधा र सरकारी अभिलेखमा आफूले गरेको संघर्ष प्रमाणित गर्न नसक्दा दुःख लाग्दो रहेछ उहाँलाई । नयाँ शिक्षा लागू भएपछि कक्षा १, २ र ३ मा क्रमशः १ मोहर, १ रुपैयाँ र ३ मोहर शुल्क लिने नियम बनेको थियो । तीन वर्षसम्म कायम रहेको यो नियम अनुसार उठेको शुल्क कार्यालयमा नबुझए प्रधानाध्यापकको तलब रोकिन्थ्यो । एकजना विद्यार्थीले तिर्नुपर्ने शुल्क १७ रुपैयाँ भइसकेकाले शुल्क उठाउन जाँदा ‘पढ्न नजा भन्दाभन्दै गएको’ भनेर बाबुबाट पुस्तकको झ्टारो खाएका देखि शिक्षा कार्यालयमा बुझउनुपर्ने रकम नपुगेपछि आफ्नो औंठी राखेर ऋण काढी रकम बुझउनु परेको बाध्यतालाई नेपालको शैक्षिक विकासमा व्यक्ति व्यक्तिबाट भएकोे प्रयास समस्याको रूपमा लिन सकिन्छ ।

विभिन्न विषयमा उहाँको विचार र धारणा यस्तो छः
क. शिक्षाः जन्मँदा मूलको पानी झ्ैं कञ्चन बालकलाई बढ्दै जाँदा पनि धमिलो हुन नदिने औषधि ।
ख. खुशीको क्षणः शिक्षा कार्यालयबाट २०४२ मा सम्मान पत्रसहित रु.३०० रकमबाट पुरस्कृत भएको क्षण । विद्यालयमा केटाकेटीहरूसँग खेलिरहँदा । आफूले पढाएका छात्रछात्राको प्रगति देख्दा ।
ग. दुःखको क्षणः २००८ देखि २०२२ सम्म गरेको मिहिनेत प्रमाणित हुन नपाएकोमा ।
घ. गर्न नसकेकोः आफूले पढे÷सिकेको कुरा सबैलाई सिकाउन पाए हुन्थ्यो, तर सकिएन ।
ङ. मन परेको कुराः सूचना, सञ्चार, यातायात, शिक्षामा भएको प्रगति ।
च. मन नपरेको कुराः राजनीतिक दलहरूबीचको विभाजनले चोरलाई साधु र साधुलाई चोर बनाउने गरिएको ।
छ. तालीमबाट सिकेको सम्झ्नाः विद्यालयमा पीटी खेलाउने तरिका र यसले विद्यालयमा पारेको प्रभाव ।
ज. वर्तमान पुस्तालाई सन्देशः आफ्नो प्रशंसा आफैं नगरौं । संस्कृति र परम्परा जोगाऔं । पढ्दा वा पढाउँदा आफूलाई अरूभन्दा कमजोर नठानौं । शिक्षामा विकृत राजनीति नमिसाऔं । काम गर्नेप्रति सधैं सहानुभूति राखौं । शिक्षणमा गरेको गल्तीलाई पछि सच्याएर दोषमुक्त बन्न सकिन्न । काम गर्दा आउन सक्ने झ्मेलालाई झर भएर सोचौं र लहरा भएर सहन सिकौं ।
झ्. चिन्ताः आफूले जम्मा गरेका पुस्तक र स्थापना गरेका शिक्षालयहरू बिग्रन्छन् कि भन्ने ।
प्रस्तुतिः गेहनाथ गौतम
(जिशिअ, सिन्धुपाल्चोक)

commercial commercial commercial commercial