‘सामूहिक शैक्षणिक परामर्श : प्रयोग र परिणाम

सामूहिक परामर्श सबै विद्यालयमा लागू गर्न सके विद्यालयलाई सिकाइ केन्द्रको रूपमा स्थापना गराउनमा मदत मिल्ने छ । यस्तो सामूहिक परामर्शमा क्षेशिनि, जिशिका, शैताके र स्रोतकेन्द्रका प्रतिनिधिहरूको संलग्नता भयो भने निश्चय नै गुणस्तरीय शिक्षा दिने विद्यालयको रूपमा परिणत भएको हामी देख्न पाउने छौं ।

नेपालमा शैक्षिक संरचना बाहिरबाट हेर्दा कम्ती फराकिलो छैन । शिक्षा मन्त्रालय, शिक्षा विभाग, शैक्षिक जनशक्ति विकास केन्द्र, पाठ्यक्रम विकास केन्द, अनौपचारिक शिक्षा केन्द्र, परीक्षा नियन्त्रण कार्यालय, शैक्षिक गुणस्तर परीक्षण केन्द्र, शिक्षक सेवा आयोग, उच्च माध्यमिक शिक्षा परिषद्, शिक्षक किताबखाना, क्षेत्रीय शिक्षा निर्देशनालय, शैक्षिक तालीम केन्द्र, जिल्ला शिक्षा कार्यालय, अगुवा स्रोतकेन्द्र तथा स्रोतकेन्द्र हुँदै विद्यालयहरू । यी सबै संरचना खडा हुनुको एउटै लक्ष्य हो— भविष्यका कर्णधार मानिएका विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नमा सघाउ पु¥याउनु ।

नेपालमा शिक्षक, मन्त्रालय अन्तर्गतका कर्मचारी तथा शिक्षा सम्बन्धी समुदायमा संलग्न व्यक्तिको कार्यदक्षता अभिवृद्धि गर्न तथा शैक्षिक विकास सम्बन्धी नीति, निर्माण, व्यवस्थापन गर्ने काम समेतको लागि एक मात्र छाता निकाय अर्थात् केन्द्रीय निकायको रूपमा शैक्षिक जनशक्ति विकास केन्द्र स्थापना भएको छ । यस निकाय अन्तर्गत हाल क्षेत्रीयस्तरका शैक्षिक तालीम केन्द्र ‘क’ नौ ओटा, शैक्षिक तालीम केन्द्र ‘ख’ २० ओटा र शैक्षिक तालीम उपकेन्द्र पा“च ओटा गरी जम्मा ३४ ओटा तालीम केन्द्रहरू छन् भने शिक्षा विभाग, जिल्ला शिक्षा कार्यालयको मातहतमा ४६ ओटा अगुवा स्रोतकेन्द्र र १०५३ ओटा स्रोतकेन्द्र छन् । शैक्षिक तालीम केन्द्र र अगुवा स्रोतकेन्द्रबाट माध्यमिक तहका शिक्षकलाई तालीम दिने प्रावधान रहेको छ भने अन्य स्रोतकेन्द्रहरू आधारभूत तहका शिक्षकलाई तालीम दिनका लागि हुन् ।

हाम्रा शिक्षक÷शिक्षण तालीमहरू आपूर्ति प्रेरित ९क्गउउथि दबकभम० रहँदै आएका छन् । जबकि, अहिलेको विश्व परिवेशमा अपनाइएका शिक्षक तालीमका विभिन्न मोडालिटीहरूमध्ये धेरैजसो देशहरूले अवलम्बन गरेको तालीमको मोडल मागमा आधारित ९ल्भभम द्यबकभम त्चबष्लष्लन० हो । यसै मोडालिटीलाई वर्तमान अवस्थामा पूर्ण रूपमा कार्यान्वयन गर्न नसकिए तापनि कम्तीमा तालीम हव केन्द्रित रहेको भने अवश्य छ । नेपालमा हाल तीन ओटा तालीम हव अर्थात् शैक्षिक तालीम केन्द्र, अगुवा स्रोतकेन्द्र र स्रोतकेन्द्रबाट मागमा आधारित शिक्षकको पेशागत विकास तालीम संचालन भइरहेको छ । शिक्षकले अध्यापन गर्ने क्रममा कुनै विषयवस्तु एकपटक छलफल गराउँदा विद्यार्थीले बुझन सक्ने हुन्छन् भने कुनै विषयवस्तु दुई तीन पटक दोहो¥याई अभ्यास गराउँदा पनि अपेक्षा गरे अनुरुप विद्यार्थीले सिकाइ उपलब्धि हासिल गर्न सक्दैनन् । त्यस्ता विषयवस्तुलाई शिक्षकले हरेक दिन डायरीमा टिप्दै जाने र शैताके अ÷स्रोतकेन्द्रबाट प्राप्त हुने टीपीडी आवश्यकता फारममा भरेर सम्बन्धित निकायमा प्रेषित गर्ने प्रावधान हाल रहिआएको छ । यसरी हरेक शिक्षकबाट टीपीडी आवश्यकता संकलन पश्चात उक्त मागलाई सम्बोधन गर्ने गरी तालीम दिने निकाय अर्थात् तालीम हवमा विभिन्न विद्यालयका शिक्षकका मागहरूलाई प्रमाणीकरण तथा प्रोफाइलिङ पश्चात तालीम प्याकेज निर्माण गरी पाँचदिने आमने–सामने कार्यशाला संचालन हुन्छ । उक्त कार्यशालाको अन्तिम सेसनमा नै भाग २ को स्वाध्यायन अभ्यास खण्ड र शैक्षणिक परामर्शमा गरिने क्रियाकलापलाई समेत समावेश हुने गरी कार्ययोजना तयार गर्न लगाइन्छ ।

नेपालमा हाल शिक्षकको पेशागत विकास तालीम (टीपीडी तालीम) ले चौथो वसन्त पार गरिसकेको छ । शैक्षिक तालीम केन्द्र सुर्खेतमा आव २०६९÷७० का विभिन्न कार्यक्रममध्येको एउटा महŒवपूर्ण कार्यक्रमको रूपमा टीपीडी तालीम रहेको थियो ।

उक्त वर्ष यस शैताकेमा प्राप्त ६० वटा टीपीडी कोटामा २०÷२० पर्ने गरी पेशागत, विज्ञान र सामाजिक विषयको तालीम संचालन भयो । पा“चदिने आमनेसामने कार्यशालाको अन्तिम सेसनमा नै स्वाध्ययन अभ्यास खण्डमा २० देखि ३० दिनमा सम्पन्न गरिने तीन ओटा परियोजना कार्यहरू समेटी हरेक शिक्षकलाई कार्ययोजना तयार गर्न लगाइयो र उक्त कार्ययोजनामा नै शैक्षणिक परामर्श हुने मिति उल्लेख गर्न लगाइएको थियो । शैक्षणिक परामर्श कर्ताको सूची भने सम्बन्धित शिक्षक विद्यालय फर्केपछि दिइएको थियो । विगतमा एक जना शिक्षकको लागि एक जना परामर्शकर्ताको व्यवस्था गर्ने गरिएको थियो । तालीम संचालन निर्देशिकामा पनि त्यस्तै व्यवस्था रहेको छ । तर भइरहेको व्यवस्था भन्दा अझ् राम्रो किन नगर्ने भन्ने हेतुले यस वर्ष यस शैक्षिक तालीम केन्द्रबाट सामूहिक शैक्षणिक परामर्श गर्ने कार्य भयो ।

सामूहिक शैक्षणिक परामर्श
तालीम केन्द्रका प्रशिक्षकहरू विद्यालयमा जानुपूर्व सम्बन्धित शिक्षक र उक्त विद्यालयका प्रधानाध्यापकलाई समेत जानकारी दिई विद्यालयसँग सम्बन्धित सरोकारवालाहरूः (प्रअ लगायत विद्यालयका सम्पूर्ण शिक्षक स्टाफ, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी, अभिभावक, विद्यार्थी प्रतिनिधिहरू) लाई शैक्षणिक परामर्शको औपचारिक बैठकमा अनिवार्य उपस्थित हुनुपर्ने सूचना सम्पे्रषण गरिएको थियो । अघिल्लो आवमा सामूहिक शैक्षणिक परामर्श गरिएका सुर्खेतका विद्यालयहरूमा नेपाल राष्ट्रिय सामुदायिक उच्च माध्यमिक विद्यालय करेखोला, आनन्द उमावि गुमी, श्रीकृष्ण साधारण तथा संस्कृत उमावि इत्राम, जनसेवा उमावि घुस्रा, कोपिला मावि पर्सेनी र सरस्वती मावि सिमदमार थिए ।

सामूहिक शैक्षणिक परामर्श गर्ने समूहका सहभागीहरू विद्यालयमा प्रवेश गरेपछि पा“चदिने आमनेसामने कार्यशाला पूरा गरेका सम्बन्धित शिक्षक तथा अन्य शिक्षकका कक्षा अवलोकन, पुस्तकालय, विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब, खेलमैदान, सरसफाइ, शौचालय, खेलकुद सामग्री, विद्यार्थीको सिकाइ उपलब्धि आदि अवलोकन गर्ने काम भयो । अवलोकन क्रममा समग्र शैक्षिक पक्षको सुधारका पक्षहरू पनि नोट गर्ने कार्य गरियो । तत् पश्चात शैक्षणिक परामर्शको औपचारिक बैठक विद्यालय व्यवस्थापन समितिका अध्यक्षको अध्यक्षतामा बस्यो । परिचयात्मक कार्यक्रमपछि टीपीडी तालीम लिएका शिक्षकलाई तीन ओटा परियोजना कार्यहरूको प्रतिवेदन प्रस्तुत गर्न लगाइयो । प्रस्तुतीकरण गर्दा परियोजना कार्य के के थिए, परियोजना कार्यको उद्देश्य के के राखिएको थियो, कार्ययोजनामा के के कुराहरू राखिएको थियो, सुधार के के भयो, परियोजना कार्य कार्यान्वयन गर्दा के के समस्या आए र समाधान गर्न के के पहलकदमी अपनाइयो, भविष्यमा सुधारको लागि के योजना बनाइयो र उक्त योजनामा राखिएका कुराहरू पूरा गर्न विद्यालयले, शैताके र अन्य निकायले गर्नुपर्ने सहयोग के के छन् जस्ता पक्षहरूमा ध्यान पु¥याएर तोकिएका कार्यहरू प्रस्तुत गर्न लगाइयो । यस्तो किसिमको प्रस्तुतीकरणको प्रक्रियाले कुन शिक्षकले कस्तो किसिमको उपलब्धि गरे भनेर सबैलाई मूल्यांकन गर्ने अवसर दिएको र दक्ष, सक्षम, कुशल र विज्ञ शिक्षक बन्न र आफ्नो पेशाप्रतिको अपनत्व, जवाफदेहिता र उत्तरदायित्वको बोध गराउनमा पनि शिक्षकलाई सहयोग मिल्ने देखियो ।

शिक्षकले टीपीडी तालीममा पूरा गर्नुपर्ने परियोजना कार्यहरूको प्रतिवेदन प्रस्तुत गरे पश्चात विद्यार्थीलाई मन्तव्य राख्न लगाइयो । आफ्ना भनाइ राख्दा तालीम लिनुपूर्व र तालीम लिइसके पश्चात शिक्षकले गरेका शिक्षण सिकाइ क्रियाकलापहरू के के थिए सो कुरा भन्न लगाइयो । यसै क्रममा शैक्षणिक परामर्श भएका विद्यालयमध्ये जनसेवा उमाविका एक छात्रले भने “तालीम नलिएको शिक्षक भन्दा तालीम लिएको शिक्षकले प्रश्नहरू सोधी जिज्ञासु बनाउने, विषयवस्तुहरूमा छलफल र अन्तरक्रिया गराउने, शैक्षिक सामग्रीहरूको प्रयोग गर्ने, मिजासिलो तवरले पढाउने गरेको देखेका छौं हामीले ।” अध्यक्ष, प्रअ, अभिभावक र टीपीडी तालीम नलिएका शिक्षकहरूमध्येबाट पनि क्रमशः आफ्ना भनाइहरू राख्न लगाइयो । त्यसपछि वरिष्ठ प्रशिक्षक लगायत प्रशिक्षकहरूले विद्यालयको शैक्षिक, मानवीय, भौतिक तथा कक्षा अवलोकनको क्रममा देखिएका राम्रा र सुधार गर्नुपर्ने पक्षहरूको साथै टीपीडी तालीमप्राप्त शिक्षकहरूले गरेका कार्य, समस्या र समाधानका उपायहरूका बारे बताउने काम भयो ।

अन्त्यमा विव्यसका अध्यक्षहरूमध्ये आनन्द उमावि गुमीका अध्यक्षले यस्तो प्रतिक्रिया दिएका थिए, “म यस विद्यालयको अध्यक्ष भएदेखि यस किसिमले विद्यालयका सबै सरोकारवालाहरूको बीचमा बैठक भएको देखेको थिइनँ । मलाई कसैले बोलाएको पनि थिएन । शैक्षिक तालीम केन्द्रका वरिष्ठ प्रशिक्षक लगायत सबै प्रशिक्षकहरू यस विद्यालयमा आएर शिक्षकको कक्षा अवलोकन लगायत शैक्षिक, भौतिक, मानवीय सबै पक्षको सघन रूपमा अवलोकन गरी सुधारको लागि सम्बन्धित व्यक्ति तथा निकायले गर्नुपर्ने र निभाउनुपर्ने भूमिकाको बारेमा प्रष्ट रूपमा पृष्ठपोषण प्रदान गरेकोले साँच्चिकै यस्तो किसिमको बैठक पटक पटक गर्दा सबै पक्षलाई सुधार गर्ने मौका मिल्ने थियो कि !” यसरी शैताकेबाट सामूहिक शैक्षणिक परामर्श भएको पहिलो पटक भएको साथै यस्तो किसिमको अनुगमन, सुपरीवेक्षण अहिलेसम्म कुनै निकायबाट नभएको प्रतिक्रिया बैठकका सहभागीहरूले दिएका थिए ।

वास्तवमा विद्यालय सुपरीवेक्षण र अनुगमनका विभिन्न संयन्त्रहरूमध्येको सबैभन्दा प्रभावकारी मानिएको संयन्त्र नै सामूहिक सुपरीवेक्षण र अनुगमन भएको देखिएकोले यसलाई मूर्तरूप दिन शिक्षक पेशागत विकास तालीम कार्यान्वयन पुस्तिकामा यस्तो किसिमको व्यवस्था नभएको भए तापनि यस वर्ष विभिन्न विद्यालयमा सामूहिक परामर्श गरिएकोले शिक्षक तथा विद्यालयका सरोकारवालाहरू शिक्षकको पेशागत विकास तालीमप्रति सकारात्मक देखिएका छन् ।  यस किसिमको सामूहिक परामर्श सबै विद्यालयमा लागू गर्न सके विद्यालयलाई सिकाइ केन्द्रको रूपमा स्थापना गराउनमा मदत मिल्नेछ । यस्तो सामूहिक परामर्शमा क्षेशिनि, जिशिका, शैताके र स्रोतकेन्द्रका प्रतिनिधिहरूको संलग्नता भयो भने निश्चय नै गुणस्तरीय शिक्षा दिने विद्यालयलको रूपमा परिणत भएको हामी देख्न पाउने छौं ।

प्रशिक्षक, शैक्षिक तालीम केन्द्र, सुर्खेत

commercial commercial commercial commercial