अग्रसरताः हाम्रो दायित्व

तालीम भनेको नवप्रवर्तन र खोजको अस्त्र हो । तर नेपालको सन्दर्भमा शिक्षकहरूलाई दिइने तालीम औपचारिकतामा सीमित छ । जहिलेदेखि तालीमलाई अग्रसरता विकास गर्ने अस्त्रको रूपमा बुझन र स्वीकार्न छोडियो; शिक्षाको गुणस्तर पनि त्यसै दिनदेखि छोडियो एवम् समग्र शिक्षा र शिक्षकहरूको अस्तित्व संकटमा पर्न थाल्यो । विकल्पको खोजी पनि त्यसपछि नै हुन थालेको हो । यस्तो हुनुमा समयलाई सित्तैंमा पाएको उपहार सम्झ्निु र लक्ष्यमा पुग्ने साधनको रूपमा उपयोग गर्न नसक्नु हो ।

तालीमले अग्रसरताको र अग्रसरताको भावनाले शिक्षकहरूमा नवप्रवर्तन या खोजको सीप, क्षमता र अवधारणाको विकास गर्छ । विद्यालयमा सिकाइलाई सर्वाङ्गीण बनाइराख्नको लागि संस्थाभित्रको मानव पूँजीलाई उत्पादन र कार्यप्रेरित बनाइराख्नु आवश्यक हुन्छ । त्यसैले उच्च उपलब्धि प्राप्त गर्न मानव पूँजी माथि लगानी गर्नु अपरिहार्य हुन्छ । हामीले के बुझनु जरूरी छ भने अग्रसरता घटेर जानु भनेको हामीले आफ्नै अस्तित्वलाई संकटमा पार्दै लैजानु हो भने अग्रसरतालाई बढाउँदै लैजानु प्रतिस्पर्धात्मक क्षमता उँचो पार्दै लैजानु हो । वर्तमान समयको माग र शिक्षकहरूको आवश्यकता पनि त्यही हो ।

परिवर्तन जुनसुकै समयमा भइरहने शाश्वत चिज हो र यसको चाहना सबैलाई सधैं हुन्छ । किनभने परिवर्तन मात्र सधैं अस्तित्वमा रहिरहने चिज हो । अग्रसरता भनेको परिवर्तनलाई स्वीकार्दै हाम्रो विद्यमान कार्यप्रणाली, स्वभाव र शैलीमाथि प्रश्न उठाई नयाँ कार्यसंस्कृतिको विकास गर्ने सकारात्मक मनोभावना हो । यसले विद्यार्थी, अभिभावकका नयाँ नयाँ चाहना पूरा गरी सन्तुष्टि बढाउन सक्छ । हामी सामुदायिक विद्यालयका शिक्षकहरूको कल्याण र अस्तित्व पनि त्यसमै रहनेछ । आम शिक्षकहरूले बुझनै पर्ने अर्को कुरा, ‘अग्रसरता’ हाम्रो कर्तव्य हो भने अज्ञानता चाहिं अपराध हो । तालीम, अग्रसरता र परिवर्तनप्रति यथोचित ध्यान नपुग्नु र समायोजन हुन नसक्नु नै हामी आम शिक्षकहरू प्रतिरक्षात्मक पंक्तिमा उभिनु पर्नाको एउटा कारण हो ।

यति भन्दैमा एउटा संस्थामा संलग्न मानिसहरू त्यसै काममा अग्रसर हुँदैनन् । सरकारी नीति र औपचारिक व्यवस्थापनले मात्रै पनि उसमा भएको सम्भावना, सिर्जनशीलता उजागर हुन सक्तैन । अग्रसरताको अवस्था भनेको व्यक्तिको आफ्नो क्षमता, सिर्जनशीलता र संभावनाको अधिक उपयोग र विकास गर्न पाउने आदर्श अवस्था हो । त्यसको लागि नीति तथा सरकारी व्यवस्थापनको अलावा सांगठनिक नेतृत्व, नेतृत्व–कर्मचारी सम्बन्ध, आन्तरिक विश्वासको अवस्था र वातावरण, सामूहिक रूपमा सम्पादित कार्यले उच्च मान्यता पाउने आदि अवस्थाहरू पनि आवश्यक हुन्छन् । अर्थात् हरेक शिक्षकले तालीमसँगै आफ्नो विकासमा अगाडि बढ्ने सरल वातावरण पाउनुपर्छ ।

हामीले तालीममा सिकेका सीप र तालीम उपलब्धिहरूमध्ये शतप्रतिशत सम्भव नभए ८० प्रतिशतसम्म भए पनि कक्षाकोठामा पु¥याउने प्रयत्न गर्नै पर्छ । त्यसैले तालीमलाई अवमूल्यन नगरौं, कार्य सम्पादनमा गल्तीको मात्रा घटाऊँ, काम दोहो¥याएर गर्नुपर्ने अवस्था आउन नदिऊँ, विद्यार्थी सन्तुष्ट पार्न हाम्रो विद्यमान शिक्षण सिकाइ क्रियाकलाप (हाम्रो कार्यविधि, कार्यशैली, कार्यसंस्कृति) लाई पुनर्मूल्यांकन र पुनर्विचार गर्दै नवप्रवर्तनको खोजीमा लागी खोजमूलक शिक्षक, विद्यार्थी र शिक्षण सिकाइ क्रियाकलापको विकास गरौं । छोटो समयमा नै सामुदायिक विद्यालयको शिक्षा, शिक्षकको अस्तित्व र देशको आवश्यकता पूरा गर्न सकिने छ, मात्र समयमा कार्य गर्ने र कार्य सम्पन्न गर्ने कार्यशैलीको विकास गरौं ।

प्राचार्य, उच्च माध्यमिक विद्यालय
हायुटार, सिन्धुली

commercial commercial commercial commercial