बहस ‘स्कूलिङ’ कि ‘एजुकेसन’

हुनुपर्ने त ‘एजुकेसन’ नै हो...

हामीले हाम्रा विद्यार्थीलाई अरब जाने सर्टिफिकेट दिइरहेका छौं । आफ्नो माटो, राष्ट्रियता, संस्कृति, आफन्तजन र देशको माटोको माया र महत्व तिनले त्यहाँ अनुभव गर्दैछन् । अर्थात् तिनले वास्तविक शिक्षा त्यहाँ पुगेर प्राप्त गर्दैछन्– विना स्कूल, विना शिक्षक, विना किताब, विना जाँच !

- रामप्रसाद पाण्डेय

पत्नी विद्योत्तमाबाट तिरस्कृत कालिदास कालीको शरणमा पुगी देश दर्शनबाट संसारकै उम्दा कृति प्रदान गरी घृणाबाट शिक्षा प्राप्त गरेका संस्कृत साहित्यका महाकवि हुन् । वेतनभोगी ड्राइभर आइन्स्टाइनको संगतबाट उनले जस्तै सापेक्षतावादको सिद्धान्तको व्याख्या गर्न सक्नु स्कूलिङ नभएर शिक्षा हो । शिक्षा जहाँतहीं हुन्छ । यो त छरिएर रहन्छ त्यसलाई टिप्न मात्र सक्नुपर्दछ । त्यसैले होला देवकोटाले प्रश्नोत्तर कवितामा यसो भनेकोः

खुल्दो गुलावबिच ज्ञान अनेक फुल्छन्
उद्यानमा बस गई तब तत्व खुल्छन् ।

रत्नाकर डाँकु वाल्मीकिमा परिणत भएको स्कूले शिक्षाले होइन । विश्वविद्यालय र महाविद्यालयका मुख नदेखेका कवि सिद्धिचरण श्रेष्ठ र कवि मोहन कोइरालाले नेपाली काव्य भण्डार भर्नु र श्यामप्रसाद शर्माले नेपाली आख्यान साहित्यको श्रीवृद्धि गर्नुको कारण शिक्षा हो । यस्तो शिक्षा जीवन र जगतबाट सिकिन्छ ।

स्कूलमा प्रविष्टिक्रमका आधारमा शब्दकोश हेर्न शिक्षकले सिकाएको शिक्षाभन्दा आफैं यो शब्द कहाँ छ भन्दै, खोज्दै, गोड्दै जाँदा अनेक अरू शब्द देखेर यसको अर्थ के होला भनी उत्साहपूर्वक अरू शब्द हेर्दै जाँदा अध्येताको शब्दभण्डार वृद्धि हुन्छ । त्यसैले शिक्षा आफैंले कार्य गरेर प्राप्त भयो भने त्यो दीर्घकालीन हुन्छ । रूखबाट झ्रेको स्याउको दानाले टाउकोमा लागेपछि न्यूटनले त्यसको कारण खोजी गरी गुरुत्वाकर्षण बलको पत्ता लगाउनु र जेम्सवाटले केट्लीमा पानीको बाफले बिर्को उचालेको देखेर वाष्प इन्जिन तयार गर्नु यी सबै शिक्षाका उदाहरण हुन् । त्यसैले इमर्सनले भने झ्ैं “विद्यालय, विश्वविद्यालयमा जे पढाइन्छ त्यो शिक्षा होइन, शिक्षाको माध्यम मात्र हो ।”

आजको संसारलाई प्रविधिले एक बनाएको छ । विगतमा पाइथागोरस, गणित र विज्ञानका सूत्र सिद्धान्त घोक्ने, अमरकोशमा पर्यायवाची शब्द र शब्दको व्युत्पत्ति खोज्ने हामी विद्यार्थी आज गुगल ओपेरा मिनी, युट्युव वेबसाइट र इन्टरनेटमा सर्च गर्छौं भने ६+९ को योगफल निकाल्न क्यालकुलेटर खोज्छौं । यो हाम्रो स्कूलिङको ज्वलन्त उदाहरण हो ।

स्कूलिङ र एजुकेसन बीचको भिन्नता
हुनत स्कूलिङ र एजुकेसन बीचको अन्तर संवाद जारी छ । कतिपय अवस्थामा यी दुई बीचको भिन्नता यही हो भनी किटान गर्नु पनि फलामको चिउरा चपाउनु जत्तिकै छ । स्कूलिङबाट कुनै प्रविधि, सीप आदि सिकाउने कार्य हुन्छ । यसमा बालकलाई सूचनाको मालिक बनाइन्छ । यस्तो सूचनाले बालकलाई जीवन जिउन सक्ने बनाउला तर त्यसले मानिसको मन र आत्मा भित्र भएको दानव पक्षलाई पखाली मानव बनाएर शान्ति, प्रेम, सद्भाव, अहिंसा, सदाचार, सहयोग, सहकार्य, सहिष्णुता, सहानभूति र मित्रता जस्ता मानवीय पक्षलाई मलजल गर्न सक्दैन । ‘स्कूलिङ’– दीर्घ चिन्तन गर्न नसक्ने सीप प्रदान गर्ने खालको शिक्षा हो । स्कूलिङमा पूर्व निर्धारित ज्ञान, सीप, सिद्धान्त, तथ्य, सूचना र सूचकहरूको विश्लेषण गरी त्यसमाथि छलफल गरी त्यसको बारेमा व्याख्या गरिन्छ । विगतका तथ्य तथा सूचना र सूचकद्वारा विश्लेषण नतीजाका आधारमा भावी योजना तयार गरिन्छ ।

शिक्षामा निर्णय वा कारणको खोजी गरिन्छ भने स्कूलिङमा ती निर्णय वा कारणबारे प्रशिक्षित मात्र गरिन्छ । स्कूलिङको दायरा र क्षेत्र छिडीभरिको मात्र हुन्छ । यस्तो शिक्षा विद्यार्थीलाई चार दिवार भित्र बन्द गरेर केबल उसले देखाउन खोजिएको मात्र देखोस्; अन्य तर्फ उसले विचार विमर्श गर्न नसकोस् भन्ने उद्देश्यमा केन्द्रित रहेर दिइन्छ । हामीले हाम्रा अहिलेका विद्यालय वा महाविद्यालयबाट जे ज्ञान, सीप सिक्यौं, त्यो स्कूलिङ हो, शिक्षा होइन । शिक्षा त जीवन र जगतबाट सिकिन्छ । अनुभव, घटना, समस्या र संघर्षबाट प्राप्त गरिन्छ । जो दीर्घकालीन हुन्छ । हामीले सिकेको स्कूलिङले शिक्षा प्राप्त गर्नलाई भने केही मद्दत पु¥याएको हुन सक्छ ।

हामीले बच्चालाई आगोले पोल्छ भनेर मात्र सिकाउँछौं । त्यसैले आगोले पोल्छ भन्दाभन्दै पनि बच्चाले आगोमा हात लैजान्छ । जब उसलाई आगोले पोल्छ तब उसले आगोको पोलाइ कस्तो हुन्छ भन्ने शिक्षा प्राप्त गर्दछ र अब उप्रान्त आगोमा हात लैजाने साहस गर्दैन । स्कूलिङका लागि विद्यालय वा संस्था चाहिन्छ । शिक्षक वा गुरु खट्नुपर्छ । घण्टी बज्नुपर्छ । शिक्षकले विद्यार्थीलाई घोकाउनुपर्दछ । विद्यार्थीले रट्नुपर्दछ, परीक्षा चल्नुपर्छ । पाएसम्म विद्यार्थीले चिट चोर्नुपर्छ । कापी परीक्षण हुनुपर्छ । नतीजा ढिलै भए पनि प्रकाशित हुनुपर्छ । यतिवेलासम्म धेरै अवधि पार गरिसक्नुपर्छ र विद्यार्थीले आफूले पढेको सिकेको लगभग धेरै प्रतिशत कुरा बिर्सेको हुनुपर्दछ । जबकि शिक्षामा त्यस्तो हुँदैन । जुन कुरा विद्यार्थी आपूmले गरेर, देखेर अनुभव गरेर सिक्छ त्यो जीवनपर्यन्त रहिरहन्छ र त्यसको बारेमा जहिले पनि भन्न, बुझउन र गर्न समेत सक्षम हुन्छ ।

हाम्रा संस्थागत विद्यालयहरूमा भन्दा सामुदायिक विद्यालयमा केही भिन्न र फरक शिक्षा छ । विद्यमान अवस्था अनुसार विद्यार्थीको अंकसँग शिक्षा सम्बद्ध छ । यदि विद्यार्थीहरू परीक्षामा राम्रो गर्छन् भने उनीहरूले राम्रो शिक्षा लिएको मानिन्छ तर यो धारणा त्रुटिपूर्ण छ । किनकि यो धारणा स्कूलिङसँग सम्बन्धित छ । राम्रो शिक्षित विद्यार्थी र उत्कृष्ट प्राप्ताङ्कबीच निकै भिन्नता छ । ज्ञान, सद्बुद्धि, नैतिकता जस्ता कुरा स्कूलिङबाट प्राप्त हुँदैन । यसका लागि त शिक्षा नै चाहिन्छ । आजका हाम्रा विद्यालयहरू दबाबग्रस्त क्षेत्रमा परिणत भएका छन् । संकुचित रूपले उत्पादनमूलक परिणाम केन्द्रित छन् । सिर्जनात्मक र रचनात्मक सोचले शिक्षण नगर्नाले गणित, विज्ञान र अंग्रेजी जस्ता विषयमा अनुत्तीर्ण विद्यार्थीको संख्या बढ्दो छ । हाम्रा विद्यार्थीहरूले विद्यालय तहदेखि शिक्षाको गहिराइ, उद्देश्य र महत्व बुझ्े भने मात्र शिक्षाको उद्देश्य नैतिकता हो भन्ने थाहा लाग्दछ । तर यसका लागि संस्कृति कला, इतिहास, मानव जीवन र सभ्यताको बारेमा फराकिलो अन्तरदृष्टि चाहिन्छ ।

स्कूलिङले नोकरी प्राप्तिमा जोड दिन्छ भने शिक्षाको उद्देश्य नोकरी प्राप्ति भन्दा भविष्यको लक्ष्य प्राप्त गर्नु हो । स्कूलिङले रोजगारी, नाफा, घाटाको व्यावसायिक संसार देखेको हुन्छ । नैतिक र अनुुशासित जीवन यापन शिक्षा प्राप्त व्यक्तिले मात्र गर्ने गर्दछ । हामी नै हाम्रा विद्यार्थीलाई यस्तो कुरा सिकाउँदछौं– तिमीहरू नक्कल गरेर भए पनि अगाडि बढ्नु पर्छ ! तर शिक्षित व्यक्तिका लागि नैतिकता र कानूनको उल्लङ्घन घातक हुन्छ र ऊ पश्चात्तापले पिरोलिन्छ ।

हाम्रा अभिभावकहरू पनि विद्यार्थीले स्कूलमा रामो पढून् भन्ने चाहन्छन् । तर एउटा राम्रो विद्यालयले कति हदसम्म सुयोग्य, अनुशासित र चारित्रिक विद्यार्थीहरू निर्माण गर्छ भन्ने पनि बुझनुपर्दछ न कि उच्च अंक प्राप्त गर्ने । उनीहरूमा सुविचार, कौशल र प्रतिभाको बढी रेखदेख हुनुपर्दछ । यदि हामीले स्कूलिङ र शिक्षाको आधारभूत भिन्नता खोज्यौं भने हामी चाहिं हाम्रा विद्यार्थीहरूमा अति उच्च अंक प्राप्त गर्ने खालको र पुरस्कृत हुने खालको मात्रै होइन, बुद्धिमान, सुखी भविष्यको कर्णधारको रूपमा लिनुपर्दछ । सिर्जनशीलता, कल्पना, हर्ष, प्रतिभा र आदर्श जस्ता कुरा आज हाम्रा विद्यालयबाट तिरस्कृत भएका छन् । तर यी सु–आदर्शका आधारहरू नै समृद्ध देश र सारा संसारका लागि आधार स्तम्भ हुन् ।

अनुभव र वर्तमान अवस्था
मैले देशकै सामुदायिक विद्यालयबाट माध्यमिक तहको शिक्षा आर्जन गरेको हुँ । हाम्रो शिक्षण परिपाटी नै स्कूलिङबाट प्रभावित थियो । गुरुले बोलेका गल्ती तथ्यमा पनि हामीमा प्रतिवाद गर्ने सामथ्र्य थिएन । लाग्थ्यो, ‘गुरु ज्ञानको गाग्री विद्यार्थी खाली लोहोटा ।’

अहिले म सामुदायिक विद्यालयमा अध्यापन गर्ने एक शिक्षक हुँ । मेरो विद्यालयमा पनि देशका अन्य विद्यालयमा जस्तै एउटा प्रतिनिधि संस्था हो । हामी पनि उपलब्ध भौतिक स्रोत, साधन आपूmमा भएको क्षमता दक्षता अनुरूप हामीले आफूले लिए जस्तै (समय सन्दर्भ अनुरूप केही भिन्न होला) विद्यार्थीलाई शिक्षा होइन स्कूलिङ दिइरहेका छौं । देशका अधिकांश विद्यालय यही अवस्थाबाट अगाडि बढेका छन् । शिक्षाका निम्ति विद्यार्थीहरूलाई, पर्याप्त खेल्ने ठाउँ; प्राकृतिक वातावरण, प्रयोगशाला, सन्दर्भ सामग्री, आफ्नो रूचि, इच्छा, उमेर अनुसार पढ्न पाउने अवसर, यथेष्ट सामग्री सहितको कक्षाकोठा, ममतामयी अभिभावक, प्रेरणाले भरिएका गुरुहरू प्राप्त हुनुपर्दछ । यो कसीमा घोट्दा हाम्रा विद्यालयको अवस्था ‘तस्वीर आफैं बोल्छ’ भन्ने अवस्थामा छन् ।

हामीले हाम्रा विद्यार्थीलाई अरब जाने सर्टिफिकेट दिइरहेका छौं । विश्वविद्यालयमा अध्ययन गरेको भन्दा गर्व लाग्ने तर गर्न नसक्ने प्रमाण–पत्र दिन्छौं । बरू अरबको खाडीमा पुगेर पसिनाले निथ्रुक्क भिजेका युवाले श्रमको मूल्य बुझदैछन् । आफ्नो माटो, राष्ट्रियता, संस्कृति, आफन्तजन र देशको माटोको माया र महत्व तिनले त्यहाँ अनुभव गर्दैछन् । अर्थात् तिनले वास्तविक शिक्षा त्यहाँ पुगेर प्राप्त गर्दैछन्– विना स्कूल, विना शिक्षक, विना किताब, विना जाँच ! मात्रै भोगाइबाट प्राप्त शिक्षा । यो अर्थमा हामीले पढाएका विद्यालयमा स्कूलिङ अत्यधिक र एजुकेसनको तत्व न्यून मात्रामा छ ।

निष्कर्ष र अवलम्बन गर्नुपर्ने बाटो
यो बहसमा आधारित लेख भएकाले यस पूर्वका प्रसङ्गलाई उकेरा दिएर हेर्नुपर्दछ । आफ्ना अवधारणामा डा. लवप्रसाद अवस्थीले स्कूलिङलाई रासायनिक मलको रूपमा, बजारका लागि आवश्यक जनशक्ति सप्लायर्स गर्ने र केवल धन आर्जन गर्ने माध्यमका रूपमा लिएको देखिन्छ । साथै हाम्रो शिक्षाको उद्देश्यले बालबालिकाको अन्तरनिहित प्रतिभालाई प्रस्फुटित गराउने कुरामा जोड दिइएको कुरा उल्लेख छ । हाम्रो शिक्षाको राष्ट्रिय उद्देश्यहरूको बुदा नं. ३ मा स्थानीय, राष्ट्रिय स्तरका व्यवसाय, पेशा एवम् रोजगारीका साथै आवश्यकता अनुसार अन्तर्राष्ट्रिय रोजगारीतर्फ उन्मुख उत्पादनमुखी र सीपयुक्त नागरिक तयार गर्न सहयोग गर्ने, साथै बुँदा नं. ९ मा आधुनिक सूचनाप्रविधिसँग परिचित भई त्यसको प्रयोग गर्न सक्ने विश्व परिवेश सुहाउँदो जनशक्ति तयार गर्ने भन्ने पनि उल्लेख छ ।

स्कूलिङका पक्षमा पनि शिक्षाका उद्देश्यहरू र राज्यका नीतिहरू नबनेका होइनन् । यसको मतलब मेरो विचार स्कूलिङका पक्षमा छ भन्ने होइन । एउटा स्वीकारिएको तथ्य के हो भने डा. अवस्थीले विदेशका केही विद्यालयमा देखेको शैक्षिक वातावरण र हाम्रो विद्यालयका वातावरण भने अवश्यै भिन्न छ । स्कूलिङको तुलनामा शिक्षा प्राप्त गर्ने बाटो निकै कठिन हुन्छ ।

सिर्जनात्मक र रचनात्मक ढंगले पाठहरू सिकाउनका लागि बढी समय लाग्ने र बढी ज्ञान, बुद्धि, तर्क, विश्लेषण र संश्लेषण क्षमता भएका शिक्षक आवश्यक पर्छन् । परिणाम स्वरूप हामी विद्यार्थीलाई छोटो प्रतिस्पर्धाको अभ्यासमा धेरै उपलब्धि हासिल गर्ने हल्का अभ्यास गराउँदछौं । तर के यस्ता हाम्रा स्कूले संरचनालाई हामी आजै बदल्न सक्छौं त ?

गहन अध्ययन र चरित्र निर्माण भनेको आफैंमा चरम आनन्दानुभूति हो । लामो समयको प्रतिबद्धता र अध्ययनप्रतिको उत्सुकताबाट प्राप्त हुने ज्ञान नै दीर्घकालीन र चिरस्थायी हुन्छ । शिक्षा प्राप्त गर्ने मार्ग कठिन र दुःसाध्य छ । यस्तो धैर्य आजका विद्यार्थीमा कतिसम्म होला ? विज्ञान प्रविधिको उच्चतम विकासले गर्दा अबको मानव सादा जीवन र उच्च विचारको आदर्शमा अडेर चल्न सक्ला नसक्ला ? बरू यसको अलावा उच्च जीवन र उच्च विचारको माग दिनानुदिन बढ्दैछ । आफ्नो रुचि, इच्छा, चाहना, अवस्था अनुसार वा धैर्य, साहस, चिन्तनशीलता तार्किकताको मूल्याङ्कन गरी स्कूलिङ वा शिक्षाको बाटो कुन रोज्ने हो– यो स्वतन्त्रता शिक्षार्थी स्वयंलाई दिनुपर्दछ । किनकि सबै मानिसमा सगरमाथा चढ्ने न त साहस हुन्छ न सामथ्र्य नै । साहस हुनेलाई सगरमाथा चढ्न प्रोत्साहन गर्नुपर्दछ र साहस नहुनेलाई विकल्पको सिर्जना राज्यले गरिदिनुपर्दछ । यसैमा सबै मानवको कल्याण हुनेछ ।

श्री भगवती नमुना उ.मा.वि., मिर्मी ढाव, स्याङ्जा

-----------------------------------------------------------------------------------------------------------------------------------------------------

चाहिएको छ ‘एजुकेसन’ सहितको ‘स्कूलिङ’

- केदारमान राई

सरल भाषामा भन्नु पर्दा, हरेक विद्यालयमा हुने शिक्षण सिकाइ क्रियाकलापहरू ‘स्कूलिङ’ का प्रक्रिया हुन् भने उक्त कार्यबाट विद्यार्थीले प्राप्त गर्ने सिकाइ उपलब्धि ‘स्कूलिङ’ हो । तर, ‘स्कूलिङ’ का लागि भएका वा हुने गरेका सबै सिकाइ क्रियाकलापहरू मानव जीवन र जगतका लागि उपयोगी सिद्ध छन् त ? यसमा प्रष्ट हुनु जरूरी छ । साथै, ‘स्कूलिङ’ को खास अवधारणा र उद्देश्यबारे छलफल गर्नु तथा बुझनु पनि आवश्यक छ । अर्काेतर्फ, कुनै पनि व्यक्तिमा अन्तर्निहित प्रतिभाको पहिचान गरी उक्त प्रतिभालाई हुर्काउन गरिने मनोवैज्ञानिक कार्यविधिलाई ‘एजुकेसन’ मान्न सकिन्छ । ‘एजुकेसन’ आफैंमा एउटा कला हो, सीप हो । त्यसैले ‘एजुकेसन’ ले बाँच्न सिकाउँछ साथै, बाँच्नुको महत्व पनि सिकाउँछ । जैविक अस्तित्व कायम राख्नको निम्ति पनि ‘एजुकेसन’ अपरिहार्य छ तसर्थ, ‘एजुकेसन’ जीवनको मूल मन्त्र हो ।  

अब, व्यावहारिक तथा सीपमूलक ‘एजुकेसन’ कहाँबाट सिक्ने ? भन्ने प्रश्न आउन सक्छ । ‘एजुकेसन प्राप्त गर्ने विभिन्न शैली तथा बाटाहरू छन्, जसमध्ये सुलभ तथा औपचारिक माध्यमको रूपमा ‘स्कूलिङ’ लाई लिन सकिन्छ । तथापि, ‘स्कूलिङ’ को वर्तमान कार्यविधिमा कायापलट हुनु भने जरूरी छ । अर्थात्, ‘स्कूलिङ’ मा ‘एजुकेसन’ को पूर्ण उपस्थिति एउटा अनिवार्य शर्त हो । वर्तमान परिप्रेक्ष्यमा ‘स्कूलिङ’ र ‘एजुकेसन’ को अवस्था हेर्दा, अधिकांश निजी तथा सामुदायिक विद्यालयले ‘स्कूलिङ’ को नाममा विद्यार्थीलाई पिंजडाका सुगा बनाए । विद्यार्थीलाई रट्ने र रटाउने काममा अग्रसर बनाएर अविकसित परीक्षाको तयारी गराए । यस्तो कार्यमा पनि सामुदायिक विद्यालय निजी विद्यालय भन्दा पछाडि छन् । विद्यार्थी उत्तीर्ण गराउने काममा निजी विद्यालय केही हदसम्म सफल भए पनि ‘एजुकेसन’ को मामलामा भने कमजोर नै मानिन्छन् । उता हाम्रा सामुदायिक विद्यालय भने दुवै कुरामा निरीह प्रायः देखिन्छन् । यसले देखाउँछ कि राज्यले शिक्षा (एजुकेसन) का लागि गरेको लगानी खेर गइरहेको छ । यसको प्रत्यक्ष प्रभाव विद्यार्थीको तथा राज्यको भविष्य माथि परेको छ ।  

मेरो बुझइमा, ‘स्कूलिङ’ को अवधारणा वा सिद्धान्त विद्यार्थीलाई घोकाउनु वा घोकाएर पढाउनु पक्कै हैन । यो कुरा शिक्षा (एजुकेसन) को राष्ट्रिय तथा तहगत उद्देश्यद्वारा पनि बुझन सकिन्छ । तर, कुनै पनि क्षेत्रमा उचित प्रतिफल हासिल गर्न उद्देश्य तर्जुमा गरेर मात्र पुग्दैन लक्ष्य अनुरूप काम हुनु महत्वपूर्ण कुरा हो । राज्यले शिक्षा सम्बन्धी प्रष्ट उद्देश्य बनाएको अवस्थामा पनि विद्यालयमा घोकन्ते प्रवृत्तिलाई बढावा दिइएको स्थितिलाई मूकदर्शक भएर हेरिनु दुर्भाग्यको विषय हो । परिणामतः यसले ‘स्कूलिङ’ को व्यावहारिक स्वरुपलाई नराम्ररी बिगा¥यो अर्थात्, ‘स्कूलिङ’ मा ‘एजुकेसन’ लाई उपेक्षा गरियो । जसरी एउटा धभिि–तचबष्लभम सुगाले हामीले जे बोल्न लगायौं त्यही बोल्छ तर उसलाई थाहा हुँदैन कि उसले के बोल्दैछ । ठीक त्यसरी नै हाम्रा विद्यार्थी प्रश्नको तयारी जवाफ त दिन सक्छन् तर उक्त जवाफको मतलब उनीहरू स्वयम्लाई थाहा हुदैन । यसको खास कारण हामीले विद्यार्थीहरूलाई धभिि–तचबष्लभम बनाउन चाह्यौं, धभिि भमगअबतभम बनाउन खोजेनौं । मुख्य रूपमा हामी यहीं चुकेका छौं ।

हाम्रो देशमा नैतिक व्यक्तित्वहरूको खाँचो छ, सच्चा देशभक्तहरूको अभाव छ, देशमा राजनीतिक स्थिरता कायम गर्ने राजनीतिक विचारक तथा चिन्तकहरूको कमी छ । यी र यस्ता साराका सारा व्यक्तित्वहरूको निर्माण तथा आपूर्ति गर्ने कार्यमा ‘स्कूलिङ’ र ‘एजुकेसन’ लाई एकजुट बनाउनु हामी सबैको साझ दायित्व हो । त्यसैले ‘स्कूलिङ’ कि ‘एजुकेसन’  हैन ‘स्कूलिङ’ मा उचित सुधार गरी दुवैको सही समायोजन मार्फत जीवन उपयोगी पूर्ण ‘एजुकेसन’ को निर्माण गरौं ।

भू.पू.सैनिक इङ्गलिस सेकेन्डरी स्कूल बेल्टार–१, उदयपुर

-----------------------------------------------------------------------------------------------------------------------------------------------------

व्यावहारिक ‘स्कूलिङ’ मार्फत ‘एजुकेसन’

विश्व समुदायसँग प्रतिस्पर्धा गर्न सक्ने स्वावलम्वी, सक्षम र समस्याको समाधान गर्न सक्ने ‘एजुकेसन’ प्रदान गर्नु अहिलेको ‘स्कूलिङ’ को चुनौती हो । त्यसका लागि ‘एजुकेसन’ कि ‘स्कूलिङ’ भन्दा पनि सकारात्मक र व्यावहारिक ‘स्कूलिङ’ मार्फत ‘एजुकेसन’ प्रदान गरिनु उचित हुन्छ ।

- अनिता भट्टराई

योबहसको सुरुआत डा. लवदेव अवस्थीको भनाइ “शिक्षा (‘एजुकेसन’) र ‘स्कूलिङ’ विल्कुल फरक कुरा रहेछन् । यिनको दिशा नै फरक रहेछ— पूर्व र पश्चिम जस्तो” (शिक्षक, असोज २०७०, पृ. ५७) बाट गर्न चाहन्छु । तर डा. अवस्थीले भने जस्तो ‘फरक दिशा’ बाट होइन । किनभने जहाँ पूर्व छ त्यहाँ पश्चिम अवश्य हुन्छ र जहाँ पश्चिम छ त्यहाँ पूर्व अवश्य हुन्छ । जसरी पूर्व नभई पश्चिमको र पश्चिम नभई पूर्वको अस्तित्व सम्भव हुँदैन त्यस्तै ‘एजुकेसन’ र ‘स्कूलिङ’ मा पनि अन्तरसम्बन्ध रहेको छ ।

अर्थात् हरिहर तिमिल्सिनाले भने जस्तो जहाँ ‘एजुकेसन’ हुन्छ त्यहाँ ‘स्कूलिङ’ हुन्छ । जहाँ ‘स्कूलिङ’ हुन्छ त्यहाँ ‘एजुकेसन’ हुन्छ (शिक्षक, मंसीर २०७०, पृ. ५०) र मेदिन लामिछानेले भने जस्तो ‘एजुकेसन’ र ‘स्कूलिङ’ एकअर्कामा आश्रित छन् (शिक्षक, पुस २०७०, पृ. ५८) । तर यसो भत्रुको तात्पर्य यो होइन कि ‘एजुकेसन’ र ‘स्कूलिङ’ एकै हो । ‘स्कूलिङ’ साधन हो भने ‘एजुकेसन’ भनेको साध्य । ‘स्कूलिङ’ ‘एजुकेसन’ को एउटा रूप हो । ‘स्कूलिङ’ र ‘एजुकेसन’ को सम्बन्ध Part-Whole
को हुन्छ जहाँ ‘स्कूलिङ’ Part हो भने ‘एजुकेसन’ Whole ।

‘एजुकेसन’ र ‘स्कूलिङ’ को अर्थ र परिभाषा समय अनुसार परिवर्तन हँुदै गइरहेको छ । यो सन्दर्भ, समय र स्थान अनुसार पनि फरक फरक हुन्छ । ‘एजुकेसन’ भनेको यस्तो प्रक्रिया हो जसले समय अनुकूल वैकल्पिक बाटोबाट सोच्न, प्रयोग गर्न र प्रस्तुत गर्न सिकाउँछ । यस्तो शिक्षित व्यक्ति निर्माण गर्नका लागि समग्र ‘स्कूलिङ’ (पारिवारिक ‘स्कूलिङ’, सामाजिक ‘स्कूलिङ’ आदि) ले सहयोग गरिरहेको हुन्छ ।

विद्यालय, घरपरिवार, समाज, रीतिरिवाज, चालचलन, धर्म, संस्कृति, नयाँ नयाँ प्रविधिले ल्याएका सूचनाका नयाँ नयाँ स्रोत, साधन जस्तै– रेडियो, टी.भी., पत्रपत्रिका, इ–मेल, इन्टरनेट आदि मार्फत प्राप्त गरेको ज्ञानको साथसाथै व्यक्ति स्वयंले आफ्नो जीवनमा भोगेका घटना, दुर्घटना र त्यस्ता समस्याको सामना गर्न प्रयोग गरिएका समाधानका उपायको समग्र रूप ‘एजुकेसन’ हो भने ‘स्कूलिङ’ ‘एजुकेसन’ प्राप्त गर्ने एउटा महत्वपूर्ण र अनिवार्य साधन हो जसले प्राप्त गरेको ‘एजुकेसन’ लाई मान्यता दिई व्यवहारमा उतार्न मार्गप्रशस्त गरिदिन्छ । त्यसकारण ‘एजुकेसन’ र ‘स्कूलिङ’ लाई फरक दिशाबाट हेरिनुहँुदैन ।

‘एजुकेसन’ लाई प्रजातान्त्रिक र ‘स्कूलिङ’ लाई अप्रजातान्त्रिक पद्धतिको रूपमा पनि हेरिनुहुँदैन । ‘स्कूलिङ’ आफैंमा अप्रजातान्त्रिक होइन । अप्रजातान्त्रिक त ‘स्कूलिङ’ भित्र प्रयोग गरिने पद्धति र प्रक्रिया हो । जसरी प्रजातान्त्रिक पद्धतिभित्र नीति, नियम हुन्छन् र ती नीति नियमको अनुसरण गर्नु जरूरी हुन्छ; त्यस्तै ‘स्कूलिङ’ भित्र पनि केही मूल्य मान्यता, विधि र पद्धतिहरू हुन्छन् तिनीहरूको अनुसरण गर्नु पनि जरूरी हुन्छ । हो ‘स्कूलिङ’ भित्र प्रयोग गरिएका मूल्य, मान्यता, विधि र प्रक्रियाहरू प्रजातान्त्रिक, व्यावहारिक, समयसापेक्ष र जीवनजगतसँग मेल खाने चाहिं हुनै पर्छ । यदि ती यस्ता छैनन् भने तिनलाई समय र समाजको चाहना अनुसार परिमार्जन गरिनुपर्छ ।

‘स्कूलिङ’ लाई निजी स्कूल अनि ‘एजुकेसन’ लाई सामुदायिक स्कूलसँग जोडेर पनि हेरिनुहँुदैन । सबै सामुदायिक विद्यालयले ‘एजुकेसन’ नै प्रदान गरिरहेका छन् भत्रे होइन र यो सम्भव पनि छैन । त्यस्तै निजी विद्यालयहरूले अव्यवहारिक ‘स्कूलिङ’ मात्रै दिइरहेका छन् भत्रे पनि होइन । एकाध बाहेक धेरै सामुदायिक विद्यालयले विद्यार्थीलाई दिएको स्वतन्त्रता भनेको शिक्षकहरूको हेलचेक्र्याइँको उपज मात्रै हो । त्यहाँ विद्यार्थीले स्वतन्त्र रूपमा सोच्न र आफ्नो अनुभवलाई जीवन जगतसँग जोडेर हेर्न पाएका छन् भने त्यो अर्कै कुरा हो ।

निजी विद्यालयहरूले पनि अतिरिक्त क्रियाकलाप (जस्तैः नृत्य, गायन, संगीत, चित्रकला, खेलकुद आदि) मार्फत विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्ने प्रयास गरिरहेका छन् । त्यस्तै शैक्षिक, सामाजिक र सांस्कृतिक भ्रमण मार्फत विद्यार्थीलाई आफ्नो समाज र संस्कृतिलाई बुझने वातावरण प्रदान गरिएको पाइन्छ । त्यसकारण कसमा कति कमजोरी भत्रु भन्दा पनि ती कमजोरीहरूलाई कसरी सुधार गर्ने भनेर सोच्नु जरूरी छ ।

हामीले जति नै आदर्शका कुरा गरे पनि पूँजीवाद र विश्वव्यापीकरणको चपेटामा परिसकेको हाम्रो समाजले विश्व समुदायसँग प्रतिस्पर्धा गर्नु परिरहेकै छ । तसर्थ विश्व समुदायसँग प्रतिस्पर्धा गर्न सक्ने स्वावलम्वी, सक्षम र समस्याको समाधान गर्न सक्ने ‘एजुकेसन’ प्रदान गर्नु अहिलेको ‘स्कूलिङ’ को चुनौती हो । त्यसका लागि ‘एजुकेसन’ कि ‘स्कूलिङ’ भन्दा पनि सकारात्मक र व्यावहारिक ‘स्कूलिङ’ मार्फत ‘एजुकेसन’ प्रदान गरिनु उचित हुन्छ ।

तर शैक्षिक सुधारका लागि यति मात्रै भने पर्याप्त छैन । यसका लागि स्थानीय स्तरदेखि केन्द्रीय स्तरसम्मका सबै सरोकारवाला पक्षबीच बहस गर्नुपर्छ । सरोकारवाला पक्षभित्र विद्यालय, शिक्षक र विद्यार्थी मात्र नभई अभिभावक, विद्यालय प्रशासक, नीतिनिर्माता, स्थानीय स्तरदेखि केन्द्रीय स्तरसम्मका राजनीतिक दलका कार्यकर्ताका साथसाथै सरकारी र गैरसरकारी संघसंस्थाहरू पनि पर्दछन् । यस किसिमको बहसबाट निस्किएको निष्कर्षलाई समय र स्थान अनुकूल प्रयोग गर्न सकियो भने सकारात्मक र व्यावहारिक ‘स्कूलिङ’ मार्फत ‘एजुकेसन’ प्रदान गर्न सकिन्छ ।

दि एक्सेल्सियर स्कूल, स्वयम्भू, काठमाडौं

-----------------------------------------------------------------------------------------------------------------------------------------------------

‘स्कूलिङ’ होइन, परिभाषा बदलौं !

आज घर नभए डेरा वा अन्य धेरै विकल्प छन् तर स्कूलको विकल्प के हो त ? यदि ‘स्कूल’ र ‘स्कूलिङ’ नै हाम्रो विकल्प हो भने यसको शाब्दिक अर्थतिर नलागौं, बरु यसको अर्थ नै बदलांै, स्कूलसँग आबद्ध सबै मिलेर यसभित्र हुने सबै शैक्षणिक गतिविधिमा गुणस्तर कायम गर्ने उपाय निकालौं ।

- सुमित्रा श्रेष्ठ

एकपटक एउटा मान्छे घुम्दै–घुम्दै नयाँ ठाउँमा बास बस्न पुग्छ । साँझ्को खाना खाएर सुत्ने तर्खर गर्दै गर्दा अचानक एउटा आवाज सुन्छ, “मुक्ति देऊ ! मुक्ति देऊ ।” बाहिर गएर हेर्छ, एउटा सुगा पिंजडाभित्रबाट कराउँदै रहेछ । त्यो मानिसले पिंजडा खोलेर सुगा उडाइदिन्छ । एउटा जीवलाई मुक्ति दिलाउन पाएकोमा खुशी भएर सन्तोषको लामो सास फेर्दै आनन्दले निदाउँछ ।

भोलिपल्ट नयाँ ठाउँ घुमफिर गरी सुगा सोही ठाउँमा बास बस्न फर्कन्छ । फेरि त्यही आवाज सुनिन्छ “मुक्ति देऊ ! मुक्ति देऊ ।” मानिस बाहिर गएर हेर्छ त त्यही सुगा त्यही पिंजडाभित्र, पिंजडाको डन्डी समाएर कराउँदै छ । तर पिंजडाको ढोका भने खुल्लै छ ।

त्यो सुगा त्यसरी किन कराउँथ्यो– मुक्ति शब्दको अर्थ बुझ्ेर र मुक्ति चाहेर, वा मुक्ति शब्द रटेर वा मुक्ति भन्ने बानी परेर वा अन्य कुनै कारणले ? अनि सुगा पिंजडामा नै फेरि किन फर्कियो होला ? बाहिर आफूले सोचे जस्तो ठाउँ नपाएर वा उड्न नसकेर वा बाहिरको जीवन पिंजडाको भन्दा अप्ठेरो भएर वा अन्य कुनै कारणले ?

त्यस्तै शिक्षासँग प्रत्यक्ष अप्रत्यक्ष सरोकार राख्ने हामी सबैबीच ‘शिक्षा’ लाई लिएर विभिन्न छलफल, तर्क–वितर्क भई नै रहन्छ । शिक्षा लिने–दिने विषयमा विभिन्न तालीम, गोष्ठी चली नै रहन्छन् । हामीहरूमा यसलाई बुझ्े जस्तो, बुझए जस्तो, बुझन खोजे जस्तो भई नै रहन्छ, किनकि शिक्षा यस्तो प्रक्रिया हो जुन कहाँ, कसरी, किन, कति, कहिले चल्छ यकिनसाथ शायदै भन्न सकिएला । यो व्यक्ति, परिवेश, समयपिच्छे फरक हुने कुरा हो । भनिन्छ, शिक्षा नजिकबाट शुरू हुँदै, छिमेक, गाउँ, राष्ट्रिय र अन्तर्राष्ट्रिय बन्दै जान्छ ।

यति संवेदनशील प्रक्रियामा कसले, कसलाई, कति, कहिले, किन, कसरी, कुन शिक्षा दिने प्रश्न उठ्नु स्वाभाविक हो र यो उठी नै रहन्छ ।

अब आयो स्कूलिङको कुरा । स्कूलको अवधारणा के कति कारणले कुन रूपमा शुरू भयो र के कस्ता परिवर्तनहरू पार गर्दै आजको रूपमा आइपुग्यो होला ? एकपटक सोचौं त मानिसको विकासको क्रममा गहुँ पिसेर रोटी खाने उपाय निकाल्नेले कुनै समयमा यो रोटीको रूप पिज्जा, पाउरोटी, नान, पराठा, केक आदिमा विकसित एवं परिवर्तित हुनेछ भन्ने सोचेका थिए होलान् त ? मानिसले स्वादिलो र आकर्षक बनाउनका लागि पीठोको ठाउँमा मैदा प्रयोग गर्न र खाद्य–अखाद्य रंग आदि मिसाउन थाले । आज आएर यी खाना कति स्वस्थकर छन्, खान हुन्छ कि हुन्न, के के खाने, के के नखाने भन्ने विषयमा अनुसन्धान भएका छन् र भई नै रहन्छन् । अस्वस्थकर छन् भन्ने अथवा मैदा भन्दा पीठो, बिस्कुट, चाउचाउ भन्दा गहुँ, चामल, मकै, फापर तथा कोदाको रोटी धेरै स्वस्थकर हुन् भन्ने बुझन बुझउन थालिएको छ । तैपनि हामीले यसलाई पूर्ण रूपमा त्याग्न सकिरहेका छैनौं जसका धेरै कारणहरू छन् । त्यसैले स्कूल र स्कूलिङ नै खराब हुन् वा होइनन् भन्नु भन्दा पनि यसलाई कसरी प्रभावकारी बनाउने भन्नेतिर लाग्ने हो कि ?

आजको समयमा घर नभए डेरा वा अन्य धेरै विकल्प छन् तर स्कूलको विकल्प के हो त ? यदि स्कूल र स्कूलिङ नै हाम्रो विकल्प हो भने यसको शाब्दिक अर्थतिर नलागौं, बरु यसको अर्थ नै बदलांै । स्कूलसँग आबद्ध सबै मिलेर यसभित्र हुने सबै शैक्षणिक गतिविधिमा गुणस्तर कायम गर्ने उपायहरू निकालौं । शिक्षा दिने नाममा पठनपाठन गर्ने गराउने वहानामा के कस्ता अपाच्य मिश्रणहरू भइरहेका छन् भन्ने सोचौं, छलफल गरौं र यस्तो किन हुँदैछ, यसका राम्रा–नराम्रा पक्षहरू के के छन्, यसका वैकल्पिक बाटाहरू छन् कि छैनन् पत्ता लगाऔं । जस्तैः एउटा हानिकारक शिक्षा हो ‘प्रतिस्पर्धा’ । विभिन्न सीप विकास गर्ने होडमा हामी विद्यार्थीलाई मिहिनेती भन्दा बढी प्रतिस्पर्धी बनाउँछौं । हामी यो कसरी बिर्सन सक्छौं कि एक जना प्रथम हुँदा धेरै जना हतोत्साही हुन्छन् । अर्कोतिर जित्ने व्यक्तिमा जित्नु नै अन्तिम लक्ष्य हो, यहाँ जितेपछि सबै ठाउँमा जित्नुपर्छ वा जितिन्छ भन्ने मानसिकताको विकास हुन सक्छ र जीवनका अन्य मोडमा कहीं कतै पछाडि परियो भने विचलित हुन पुग्दछन् । हुनत हरेक कुराका उज्याला र अँध्यारा पक्षहरू हुन्छन् तर प्रतिस्पर्धात्मक शिक्षाले राम्रा भन्दा नराम्रा पक्षकै बढी विकास गराउँछ ।

चाहे त्यो जित्नेमा होस् वा हार्नेमा । यस्तै अरू धेरै कुराहरू छन्, जुन शिक्षा दिने प्रक्रियामा स्कूल तथा अभिभावक मार्फत प्रयोग गरिन्छन्, जसले सकारात्मकभन्दा बढी नकारात्मक गुणहरूका विकास गर्ने सम्भावना बढी हुन्छ ।

अब एकछिन पाठ्यपुस्तकतर्फ जाऔं । पाठ्यपुस्तक हाम्रा लागि हाम्रा विद्यार्थीका लागि कसले, कहिले र किन बनाए ? यो प्रश्नभन्दा महत्वपूर्ण प्रश्न यी पाठ्यपुस्तकलाई हाम्रो आफ्नो परिवेशमा आजको समय सान्दर्भिक बनाएर हाम्रा विद्यार्थीहरूको आवश्यकता, जिज्ञासा र स्तरमा रहेर कसरी बढीभन्दा बढी प्रभावकारी ढंगबाट सदुपयोग गर्न सकिन्छ भन्ने हुनुपर्छ ।

पाठ्यपुस्तकको उद्देश्य पक्का पनि कण्ठ गराउनु मात्र होइन । कस्ता विद्यार्थीले कति उमेरका विद्यार्थीले के कति कण्ठ गर्न सक्छन् र के यो कण्ठ गर्न जरूरी छ ? यति कुराको हेक्का हामीले राख्नुपर्छ । घोक्नु अथवा कण्ठ गर्नु भनेको मानिसको सर्वाङ्गीण विकासभित्रको एउटा सानो पाटो मात्र हो । यो कसैले बढी गर्न सक्छन् कसैले कम, यो व्यक्तिपिच्छे फरक हुन्छ तर हामी परीक्षाको भूत देखाएर पाठ्यपुस्तक घोकाउँछौं । कण्ठ गर्ने पनि विभिन्न सरलीकृत उपाय छन् कि ? के कस्ता क्रियाकलापको माध्यमबाट कण्ठ गर्ने क्षमता बढाउन सकिन्छ ? कम पानी पिउने, बढी टीभी हेर्ने, मस्तिष्क विकासमा कमी ल्याउने खाना खाने, एकाग्र भएर बस्न नसक्ने आदि कारणले कण्ठ गर्ने क्षमतामा कमी ल्याउँछ कि भन्ने आदि विषयमा सोच्न बिर्सन्छौं वा सोच्न चाहन्नौं । यस्तै विद्यार्थीका अन्य विकासका पक्षहरूको पढाइमा कस्तो भूमिका रहन्छ र त्यसको विकासमा कसरी ध्यान दिन सकिन्छ भन्ने कुराको विषयमा सबै मिलेर सोचौं । घोक्नु, घोकाउनु र पाठ्यपुस्तक सकाउनु मात्र शिक्षकको काम होइन । विद्यार्थीले जान्न बुझन चाहेको ज्ञान दिनुपर्छ । मानौं हामी पढाउँदैछौं एउटा निबन्ध ‘सगरमाथा’ । सगरमाथाको उचाइ ८८४८ मि. छ भन्दा विद्यार्थीको मनमा प्रश्न उठ्न सक्छ “ओहो यति अग्लो हिमाल कसरी नापे होलान् ?” यस्तै अन्य जिज्ञासा उठ्दै जान्छन् । यदि हामीले त्यसको जवाफ कहाँ कसरी पाउन सकिन्छ भनिदिएनौं भने हामी पाना पल्टाउँदै निबन्ध पढाइसक्छौं ऊ त्यही प्रश्नमा रुमल्लिएर बसिरहन्छ ।

पाठ्यपुस्तकसँग जोडिएर आउँछ पाठ्यसामग्री । पाठ्यपुस्तकलाई जीवन्त बनाउनका लागि पाठ्यसामग्री अत्यावश्यक हुन्छन् । पाठ्यसामग्री भन्नेबित्तिकै कुरा उठ्छ विद्यालयका भौतिक सुविधा अर्थात् शहरका विद्यालय–गाउँका विद्यालय, भौतिक सुविधासम्पन्न विद्यालय– भौतिक सुविधाविहीन विद्यालय । तर म त भन्छु यो “नजिकका देउता हेला र टाढाका देउता मेला” भन्ने मानसिकता मात्र हो । पक्का पनि बढी सुविधासम्पन्न भएकोमा अलि बढी र सजिलै पठनपाठन गर्न सकिन्छ तर गाउँका विद्यार्थीले सोच्दै नसोची भन्दै नभनी जान्दै नजानी ग्रहण गरिरहेका ज्ञान र सीप सिकाउन शहरका विद्यालयले अतिरिक्त पैसा, समय र शक्ति खर्चिनुपर्छ । समय समयमा फिल्ड ट्रिप र स्कूलभित्रै विभिन्न प्रयोगशालाको व्यवस्था गरिनुपर्छ । तसर्थ विद्यालय विद्यालयबीच भौतिक सुविधाको तुलना नगरौं, सकेसम्म सबै पक्षबाट बढीभन्दा बढी सुविधासम्पन्न बनाउने कोशिश गरौं र भएका सुविधाबाट विद्यार्थीलाई अधिकतम लाभ दिन नचुकौं । होइन भने गाउँका विद्यालयले शहरका विद्यालय हेर्छन्, शहरका विद्यालयले आफूभन्दा सुविधासम्पन्न विद्यालय हेरेर आफूले दिनसक्ने शिक्षा पनि दिन बिर्सन्छौं । पाठ्यपुस्तक पठनपाठनका लागि राम्रो पाठ्यसामग्री भनेको स्थानीय सामग्री नै हुन्, जुन सान्दर्भिक र सुलभ हुन्छन् ।

पाठ्यपुस्तक सकाउनु, घोक्नु, घोकाउनु र त्यसैको आधारमा परीक्षामा अंक दिएर विद्यार्थीको प्रगति विवरण दिनु भन्दा विद्यार्थीको सर्वाङ्गीण विकासमा ध्यान दिएर काम गर्नुमा विभिन्न कठिनाइहरू छन् । तैपनि स्कूल र शिक्षकले यसमा आँखा चिम्लनुहुँदैन ।

एउटा ड्राइभिङ इन्ष्टिच्युटमा ड्राइभिङ सिक्न आएकाभध्ये पाँच जनाले साह्रै राम्रोसँग सिके । यदि सो इन्ष्टिच्युटले पाँचै जनालाई उत्तम ड्राइभर (Best Driver) को उपाधि र प्रमाणपत्र दियो । तीमध्येका एक जना ड्राइभर लिएर एउटा परिवार शहरको भीडभाडभन्दा टाढा घुम्न निस्के । पहाडको बाटो छिचोल्दै उचाइमा पुग्दा सो ड्राइभरलाई कहाली लागेछ । अर्को ड्राइभरलाई लिएर एउटा परिवारले बिहान चारै बजे उठेर नगरकोटबाट सूर्याेदय हेर्ने योजना बनाएको थियो । तर ‘उत्तम ड्राइभर’ को उपाधि पाएको खुशियालीमा ऊ आफैंले आयोजना गरेको बेलुकीको भोजमा भुलेर बिहान ६ बजेसम्म निदाएछ । तेस्रो ड्राइभरसँग एउटा समूहले लामै ‘कन्ट्याक्ट’ गर्न चाहेको थियो । तर आफू उत्तम ड्राइभर भएको भन्दै उसले दोब्बर तलब माग्यो । चौथो ड्राइभर लिएर एउटा समूह गएको बाटोमा के कति कारणले जाम भयो उसले कुर्न पनि सकेन; वैकल्पिक बाटोबारे उसलाई जानकारी पनि थिएन । परिणामतः गन्तव्य नपुग्दै फर्कनुप¥यो । पाँचौं ड्राइभर बल्लबल्ल उत्तम ड्राइभर बनेको । जसरी हुन्छ एउटा घडेरी जोड्ने धुनमा खाई नखाई सकी नसकी दौडेको दौड्यै गर्न थाल्यो । अन्ततः घडेरी जोर्नुअघि नै थला प¥यो ।

हामी अब शिक्षकको ठाउँमा बसेर सोचौं शिक्षा दिनु थियो ड्राइभिङ गर्ने, त्यो त राम्रैसँग दियौं । तर, तिनलाई के कस्ता शिक्षा दिन चुक्यौं र ती जानेको सीप सदुपयोग गर्नेबाट बन्चित भए ? सीप भन्दा महत्वपूर्ण मानवीय गुणहरू के के रहनेछन् त ? पाठ्यपुस्तक कण्ठ गर्दैमा, कुनै सीप सिक्दैमा, राम्रो अंक ल्याएर परीक्षा पास गर्दैमा पूर्ण शिक्षा पाएको ठहरिन्छ त ? जीवनको विशेष महत्वपूर्ण समय, जीवनको बढीभन्दा बढी कमाइ खर्चेर स्कूल–कलेजमा बिताइएका दिनहरूको प्रभावकारी ढंगमा सदुपयोग भइरहेका छन् त ? तसर्थ एजुकेसन कि स्कूलिङ होइन स्कूलिङ विथ एजुकेसन (Schooling
with Education) र एजुकेसन विथइन स्कूलिङ (Education within Schooling) को अवधारणाको विकास हुनुपर्छ ।

आजको पारिवारिक, सामाजिक, राष्ट्रिय, अन्तर्राष्ट्रिय, अवस्थिति बुझैं, त्यसका समस्या र अप्ठ्यारा पक्षको पहिचान गरौं । त्यसको जड चिनौं । शिक्षाको कुन कुन पक्षलाई ध्यान दिन नसक्दा यस्तो परिस्थितिको सृजना भयो र स्कूल र शिक्षकले यसको कति प्रतिशत उत्तरदायित्व वहन गर्नुपर्ने हो र गरिरहेका छौं ? यसमा बहस गरौं, गराऔं र उपाय निकालेर अवलम्बन गर्नेतिर लागौं ।

शिक्षकले नबोल्नेलाई बोल्न, धेरै बोल्नेलाई अरूको कुरा सुन्न, चुलबुलेलाई एकाग्र हुन, निष्क्रियलाई सक्रिय हुन सिकाऔं । आफूसँग भएका सकारात्मक गुणलाई निखार्न, आफूलाई आफैंसँग प्रतिस्पर्धा गर्न सिकाऔं । विद्यार्थीको आत्मबल बढाऔं, जिम्मेवार बनाऔं । सकारात्मक सोचाइ र गराइमा जोड दिऔं । सामाजिक–आध्यात्मिक मूल्यमान्यताको कदर गर्न र सबैप्रति आभारी हुन सिकाऔं । पाठ्यपुस्तकप्रेमी मात्र होइन पुस्तकप्रेमी बनाऔं । अभिभावक, साथीभाइ, समाज तथा अन्यलाई शिक्षा सम्बन्धी कुरामा जागरुक बनाऔं । सरकारको तर्फबाट अरू विकासभन्दा अगाडि शैक्षिक विकासका लागि छिटोभन्दा छिटो निःशुल्क शिक्षाका लागि पहल गराउनेतर्फ र यस क्षेत्रमा निस्वार्थ रूपमा उत्कृष्ट योगदान पु¥याइरहेका विद्यालय, शिक्षक तथा अन्य व्यक्तिहरूलाई सरकारले बढीभन्दा बढी सहयोग तथा हौसला दिलाउनेतर्फ लागौं । र, अन्त्यमा, शिक्षा भनेको अनवरत चलिरहने र कहिल्यै पूरा नहुने प्रक्रिया हो । त्यसैले सर्वप्रथम शिक्षक नै शिक्षाको प्यासी बनौं । पत्रपत्रिका, किताब सञ्चारका अन्य माध्यम, विज्ञहरू, अनुभवीहरू, पूर्वजहरू जहाँ जहाँबाट सिक्न सकिन्छ सिकौं र सिकाऔं ।

प्राथमिक तह को–अर्डिनेटर
सनलाइट इङ्गलिस स्कूल, गौरीघाट, काठमाडौं

-----------------------------------------------------------------------------------------------------------------------------------------------------

तल्ला कक्षामा ‘स्कूलिङ’, माथि ‘एजुकेसन’

विद्यालयमा कक्षा पाँचसम्म स्कूलिङ गरेर त्यसभन्दा माथिका कक्षाहरूमा एजुकेसनको लागि वातावरण तयार गर्दै लैजान सकेमा हालको शिक्षाले एक्काइसौं शताब्दीको लागि आवश्यक जीवनयापनको आधार प्रदान गर्नेमा दुईमत नहोला ।

- गोपाल राई

शिक्षाका उच्चस्थ पदाधिकारीबाट शिक्षा क्षेत्रमा चासो राखेर शिक्षाको आधार पहिल्याउने काम गर्नुभएकोमा शिक्षा विभागका महानिर्देशक शिक्षाविद् डा. लवदेव अवस्थीलाई धन्यवाद दिन्छु । स्कूलिङ विना सिधै एजुकेसन सम्भव नहुन सक्छ । एजुकेसन व्यक्तिको चौतर्फी विकास गराउने वातावरण हो जुन वातावरण प्राप्त गर्नको लागि उसमा निश्चित बुझइ वा आत्मज्ञानको विकास भएको हुनु आवश्यक छ । एजुकेसनमा व्यक्तिले स्वतन्त्र रूपमा अध्ययन अनुसन्धान गर्दै आफ्नो अन्तरनिहित ज्ञानलाई थप उजागर गर्दै जान्छ, बुझइको मात्रामा वृद्धि हुँदै जान्छ, यथार्थपनको अनुभव ग्रहण गर्दै जान्छ र ऊ हरेक विषय वा क्षेत्रमा तर्कसंगत तरीकाले सोच्न र कारण पत्ता लगाउन सक्षम हुन्छ । तर एउटा व्यक्तिले यी सबै कुरा पूर्वज्ञान र निश्चित आचरणको विकास विना आफैं गर्न सक्दैन । तसर्थ व्यक्तिलाई एजुकेसनमा प्रवेश गराउनुअघि उसलाई स्कूलिङ जरूरी हुन्छ । उसलाई निश्चित नियम र संस्कारमा हुर्काउनुपर्छ, सिकाउनुपर्छ, उसको सिर्जनशीलतालाई उजागर गर्नको लागि वातावरण बनाउनुपर्छ । अपवादलाई छाडेर हेर्ने हो भने स्कूलिङ विना एजुकेसन सम्भव हुन सक्दैन ।

विद्यालयमा कक्षा पाँचसम्म स्कूलिङ गरेर त्यसभन्दा क्रमशः माथिका कक्षाहरूमा एजुकेसनको लागि वातावरण तयार गर्दै लान सकेमा हालको शिक्षाले एक्काइसौं शताब्दीको लागि आवश्यक जीवनयापनको आधार प्रदान गर्नेमा दुईमत नहोला । बढीभन्दा बढी स्कूलिङ गरेर दिइएको ज्ञान, सीप क्षणिक हुने र कालान्तरमा बेकम्मा बन्ने हुन सक्छ । निजी विद्यालयहरूबाट एसएलसीमा डिस्टिङ्सन र प्रथम श्रेणीका विद्यार्थी हजारौं संख्यामा उत्तीर्ण भइरहेका छन् र लाग्छ यत्रो संख्यामा मेधावी विद्यार्थीले समाज र देशको लागि केही अद्भुत कार्य गर्नेछन् । तर ती मेधावी शक्ति केवल विद्यालय शिक्षामा मात्र केन्द्रित रहे, विश्वविद्यालयको उत्कृष्टतामा पर्न सफल हुँदैनन् । सार्वजनिक विद्यालय अध्ययन गरेका विद्यार्थी नै स्वर्णपदक विजेता बनेका देखिन्छन् । तसर्थ एकोहोरो लामो स्कूलिङ गर्दा पनि विद्यार्थीको सिर्जनशीलतामा कमी आउने हुनाले साना कक्षामा स्कूलिङ गरेर माथिल्ला कक्षाहरूमा एजुकेसनको वातावरण प्रदान गर्दै जानुपर्छ; जसले देश र आजको समयले मागेको र चाहेको जनशक्ति उत्पादन हुन सक्छ ।

शिक्षा नीतिलाई कसरी राम्रो बनाउने भन्ने सन्दर्भमा यसको सिधै सम्बन्ध शिक्षकसँग रहेको हुन्छ । कक्षामा सिकाउने शिक्षक हो, विद्यार्थीलाई ज्ञान दिने शिक्षक हो तसर्थ पहिले शिक्षकमा सुधार हुनु आवश्यक छ । अहिलेको शिक्षक व्यवस्थापनबाट शिक्षामा आमूल परिवर्तन ल्याउन सम्भव देखिंदैन । अध्ययन प्रतिवेदनबाट प्रष्ट भइसकेको छ कि तालीममा सिकेको कुरा कक्षाकोठामा पुग्दैन, तालीमप्राप्त र अप्राप्तले गरेको शिक्षणमा केही फरक छैन । यसबाट शिक्षामा के प्रष्ट हुन्छ भने नयाँ कार्यक्रमलाई सफल पार्नको लागि शिक्षक गतिलो र दक्ष हुनु आवश्यक छ । शिक्षकको न्यूनतम योग्यता स्नातक उत्तीर्ण हुनुपर्छ र तलबमान पनि सोही अनुसार कायम गरेको हुनुपर्छ । शिक्षक पूर्णरूपले पेशागत हुनुपर्छ र सक्दैन भने विकल्प दिनुपर्छ । अहिलेको एसएलसी, कक्षा बाह्र उत्तीर्ण शिक्षकले परिवर्तित समाज र समयको माग अनुसारको शिक्षा दिन गाह्रै पर्ला ।

एजुकेसनको आधारशिला नै स्कूलिङ हो । मानिसले कुनै पनि कुरा नयाँ देखेमा उसले आफूले सिकेको ज्ञान, धारणाको आधारमा बुझन वा जान्न खोज्दछ । उसले तर्क गर्छ, कारण पत्ता लगाउन खोज्छ । तर उसले साना कक्षाहरूमा राम्ररी धारणा लिन सकेको छैन भने कुनै पनि नयाँ तथा नौलोपनमा चासो राख्दैन, बुझन खोज्दैन । तसर्थ, एजुकेसन आजको आवश्यकता हो जसको सुरुआत स्कूलिङबाट हुन्छ ।

श्री गोकुण्डेश्वर बालमन्दिर उमावि, धनकुटा—५

-----------------------------------------------------------------------------------------------------------------------------------------------------

जताततै ‘स्कूलिङ’

व्यक्तिको प्रतिभा प्रस्फुटन गरी समाजमा घुलमिल हुनसक्ने तथा समाजको योग्य नागरिक बन्नमा एजुकेसनले मद्दत गर्छ भने बजारको माग अनुसारको दक्ष जनशक्ति उत्पादन गर्नमा स्कूलिङले मद्दत गर्छ ।

- लक्ष्मी लोचना वैद्य

शैक्षिक क्षेत्रमा ‘स्कूलिङ’ र ‘एजुकेसन’ शब्दको निकै महत्व रहन्छ । यस सन्दर्भमा म डा. अवस्थीसित सहमत छु । यी दुई अवधारणाले शैक्षिक क्षेत्रको वातावरणलाई परिभाषित गर्छन् । कतिपय शिक्षकले यी शब्दलाई एउटै मान्ने गरेको पनि पाइन्छ । डा. अवस्थीले भने जस्तै वास्तवमा नै ‘अरूको सोच, चिन्तनलाई ठाउँ दिएर जानेलाई एजुकेसन भनिन्छ भने मेटाएर जानेलाई स्कूलिङ ।’

एजुकेसन नेपाली ‘शिक्षा’ शब्दको अङ्ग्रेजी रूपान्तरण हो । शाब्दिक रूपमा भन्दा पनि अर्थका दृष्टिले यो शब्दको महत्व देखिन्छ । मेरो विचारमा बालबालिकामा ज्ञान वृद्धि गराउनुका साथै उनीहरूको प्रतिभालाई प्रस्फुटन गर्नमा सहयोग गर्नु तथा प्रेरणा दिएर भविष्यको योग्य नागरिक तयार गर्नु एजुकेसन हो भने ठीक भए पनि या नभए पनि परम्परागत मत अनुसरण गराउनु स्कूलिङ हो । अर्को शब्दमा भन्नुपर्दा विद्यार्थीमा जबर्जस्ती लाद्ने शिक्षाको नाम स्कूलिङ हो ।

डा. अवस्थीको यो लेख पढ्नुभन्दा अघिसम्म मैले यी दुई शब्दका बारेमा खासै सोचेकी थिइनँ । उहाँको लेख पढिसकेपछि मलाई पनि आफू स्कूलमा विद्यार्थी हुँदा र शिक्षक हुँदाको समयका क्रियाकलापहरू याद आए । साँच्चिकै अहिलेको विद्यालय शिक्षामा पहिलेभन्दा निकै परिवर्तन आएको देखिन्छ । यसबीचमा एजुकेसनभन्दा पनि स्कूलिङले बढी ठाउँ लिन थालेको पाइयो । हुन त स्कूलमा विद्यार्थी छँदा मैले पनि एजुकेसनको अनुभव गर्न पाइनँ । मैले स्कूल पढ्दा सिकाएको अथवा लेखाएको बुझ्एिन भने घोक्ने बानी गरेकी थिएँ । त्यो वेला आफूले नबुझ्ेको कुरा सोध्दा सजाय पाइन्छ कि भन्ने डर हुन्थ्यो । विद्यालयको वातावरण नै त्यस्तै थियो । प्रायजसो विद्यालयहरूमा नबुझ्ेको सोध्दा शिक्षकको जवाफभन्दा पनि गाली खानुपर्ने हुन्थ्यो । जो शिक्षकसँग विद्यार्थी बढी डराउँछन् उसैलाई राम्रो शिक्षकको रूपमा गनिन्थ्यो । यस्तो किन त भन्ने प्रश्नको जवाफ खोज्दै जाँदा धेरै वर्षपछि यसको उत्तर भेटाएँ । अधिकांश शिक्षकहरू विना योग्यता सोर्सफोर्सको भरमा जागीर खान आएको र जागीरकै लागि आफ्नो ज्ञानभन्दा ठीक विपरीतको विषय पढाउन बाध्य भएको भेटियो । यस्ता शिक्षक विद्यार्थीलाई सिकाउनेभन्दा पनि घोकाउनेमा बढी लाग्न थाले ।

चार वर्षअघि एउटा निजी विद्यालयको निमावि तहमा नेपाली विषय पढाउँदा मैले त्यहाँ एजुकेसनभन्दा पनि ‘स्कूलिङ’ को राम्रो नमूना देखें । स्कूल भवनका भित्ताहरूमा ‘इङ्गलिश जोन’ लेख्ने गरेको र सबैले अङ्ग्रेजीमै कुरा गर्नुपर्ने नियम राखिएको थियो । तर यी नियम सर्वस्वीकार्य नभएकाले पूर्ण कार्यान्वयन भने भएको थिएन । त्यस्तै अधिकांश शिक्षकहरू ज्ञान बाँड्नेभन्दा पनि शुरूमै जाँचमा आउने प्रश्नपत्रको नमूना अनुसार पाठ पढाउने र त्यसै अनुसार उत्तरहरू घोकाउने कार्यमा व्यस्त पाइन्थे ।

अनुभव र तालीम विना नै म त्यहाँ शिक्षक बन्न गएकी थिएँ । म आफ्नै हिसाबले पढाउँदै गएँ तर परीक्षाफल प्रकाशित हुँदा मैले पढाएको विषयमा अधिकांश विद्यार्थी फेल भए । यद्यपि यसभन्दा अघि तिनै विद्यार्थीको नम्बर निकै राम्रो आउने गरेको रहेछ । यसको कारण खोज्दै जाँदा उनीहरूलाई जाँचलाई लक्षित गरी घोकाउने कार्य मबाट नहुनु भेटियो । यस अनुसार विद्यार्थीले घोकेको प्रश्नलाई नै अर्को तरीकाले सोध्दा जवाफ दिन नसक्ने र दिए पनि उत्तरमा कुनै मौलिकता नहुने गरेको पाएँ । यसपछि मैले आफ्नै विधि अपनाउँदै सिर्जनात्मक तरीकाले विद्यार्थीलाई नै सहभागी गराएर पढाउँदै गएँ । हरेक अभ्यासमा रहेका प्रश्नको मौलिक उत्तर लेख्न विद्यार्थीलाई प्रोत्साहन दिन्थें । यसबाट विद्यार्थीमा स्पष्ट रूपमा पढ्ने, लेख्ने, प्रश्न–प्रतिप्रश्न गर्ने, बुझने, सुन्ने, सहयोग गर्ने तथा आफ्नै हिसाबले सोच्ने क्षमताको विकास भयो । यो पद्धति अपनाएको करीब ७÷८ महीनापछि मात्र मैले यसको प्रतिफल पाएँ । कक्षाकै अत्यन्त कमजोर विद्यार्थी बाहेक अधिकांश विद्यार्थीले प्रश्नहरूको मौलिक र सही जवाफ लेख्न थाले ।

वास्तवमा शिक्षा विषयको पाठ्यक्रममा यस्ता उत्प्रेरक तथा उत्कृष्ट विधि हुँदाहुँदै पनि नेपाली शिक्षामा अझ्ै पनि स्कूलिङकै धारणा बढी पाइन्छ । यसको लागि शिक्षकहरूले आफूले पढेको ज्ञानलाई व्यवहारमा नउतार्ने प्रवृत्तिले गर्दा पनि होला अधिकांश स्कूलहरूमा मैले एजुकेसनभन्दा पनि स्कूलिङको वातावरण बढी देखेकी छु । प्रायः स्कूलहरूमा विद्यार्थीलाई गाली गर्ने, होमवर्क नगरेको खण्डमा प्रेरणा दिनुको सट्टा बढी सजाय दिने गर्नाले विद्यार्थीहरू स्कूलको नाम लिनेबित्तिकै तर्सिन्छन् । साथै जान्नेबुझ्ने विद्यार्थीमा पनि ‘मै जान्ने, मै बुझने, अरूलाई सिकाए मेरो ज्ञानमा कमी आउँछ’ भन्ने भावना रहेको देखिन्छ ।

हरेक कुराका राम्रो र नराम्रो दुवै पक्ष हुन्छन् । यही परिधिभित्र एजुकेसन र स्कूलिङ पनि पर्छन् । यी दुईमध्ये कुनै एक धारणालाई मात्र अवलम्बन गरेर पनि नेपालको शिक्षामा सुधार आउने देखिंदैन । हालको परिस्थिति अनुसार नेपालमा यी दुवै अवधारणालाई आवश्यकता अनुसार अवलम्बन गरेर अगाडि बढे मात्र नेपालको शिक्षाले पनि योग्य जनशक्ति तयार गर्न सक्छ । व्यक्तिको प्रतिभा प्रस्फुटन गरी समाजमा घुलमिल हुनसक्ने तथा समाजको योग्य नागरिक बन्नमा एजुकेसनले मद्दत गर्छ भने बजारको माग अनुसारको दक्ष जनशक्ति उत्पादन गर्नमा स्कूलिङले मद्दत गर्छ । डा. अवस्थीका अनुसार भन्ने हो भने ‘एजुकेसनले मानिसलाई मानिस अर्थात् सामाजिक प्राणी बनाउँछ भने स्कूलिङले बजारले माग गरेको खास खालको ज्ञान समझ्दारी–सीपयुक्त मानिस उत्पादन गर्छ ।’

एजुकेसन र स्कूलिङको सवाल विद्यालय शिक्षाका निम्ति आवश्यक सवाल हो तर यसलाई नै निर्णायक सवालको रूपमा लिनु उचित हुँदैन; किनभने विद्यालय शिक्षा सुधारको लागि यसबाहेक पनि नीतिनिर्माण, आचारव्यवहार, शिक्षक–विद्यार्थी, शिक्षक–प्रशासनिक निकायबीचको समन्वय, उचित विद्यालय व्यवस्थापन जस्ता आदि कुराहरू पनि आवश्यक देखिन्छन् ।

भक्तपुर, नेपाल

-----------------------------------------------------------------------------------------------------------------------------------------------------

अभ्यासमा ‘स्कूलिङ’ र ‘एजुकेसन’

जसरी पोखरीको पानीमा विकारहरू जम्मा हुन्छन्, कुहिन्छन्, वाफिन्छन्, दुर्गन्धित र विषाक्त हुन्छन्, त्यसैगरी स्कूलिङमा व्यक्तिका मानवीय गुण, क्षमता, चाहना, रुचि आदि सबै कुरालाई सीमित र सङ्कुचित हुन पुग्छन् । त्यसैले यो पद्धति त्रुटिपूर्ण छ । कस्तूरीले आफ्नै नाभीमा रहेको वासना फेला पार्न अनन्तसम्म दौडेर अन्त्यमा मृत्युवरण गरे झ्ंै स्कूलिङले पनि व्यक्तिलाई आफूलाई चिन्ने अवसरबाट वञ्चित गरिदिने हुनाले ऊ आफूलाई खोज्दाखोज्दै मसानघाट पुग्दछ ।

- हेमलता उप्रेती

आजभन्दा करीब दुई दशक अगाडि; जतिवेला म विश्वविद्यालयकी एक छात्रा थिएँ, शिक्षामा एउटा भनाइ प्रचलित थियो “बालबालिका गिलो माटो हुन् । कारीगररूपी शिक्षकले उनीहरूलाई आफ्नो इच्छा अनुसार जे पनि बनाउन सक्छन् ।” यो भनाइलाई मैले धेरै वर्षसम्म निसन्देह विश्वास गरें । यसको मर्मलाई आत्मसात् गरेर यस्तै मान्यतालाई दृष्टान्त बनाउँदै अनेकौं परीक्षाहरू उत्तीर्ण गरेर अन्ततः शिक्षण पेशामा संलग्न भएँ । धेरै वर्षसम्म मैले बालबालिकालाई गिलोमाटो र आफूलाई कारीगर ठानेर उनीहरूलाई आफ्नो इच्छा अनुसारको आकारहरूमा ढाल्ने सततः प्रयत्न गरिरहें । मैले यो समेत सोच्न सकिनँ कि माटाको पनि गुणस्तर हुन्छ र गुणस्तरयुक्त माटोबाट मात्र स्तरीय सामग्री बनाउन सकिन्छ । तथापि जब म ती सबै प्रयासहरूमा असफलप्रायः भएँ तब मात्र मेरो मानसपटलमा सो भनाइको आशयप्रति पुनर्विचार गर्ने अन्तरदृष्टिको विकास भयो । आज स्कूलिङ र एजुकेसनका बारेमा बहस चलिरहँदा यो दृष्टान्त उल्लेख गर्न सान्दर्भिक ठानेकी छु । अब म प्रष्ट छु— त्यो भनाइ स्कूलिङको अवधारणाबाट निर्देशित रहेछ । स्कूलिङले त व्यक्तिलाई कुनै कुराप्रति अन्धभक्त बनाउँदो रहेछ । यसले व्यक्तिको सिर्जनशीलता, आफ्नोपन र विश्लेषण गर्ने क्षमता गुमाइदिंदोरहेछ । बालबालिका कारीगरको इच्छा अनुसारका वस्तुमा ढाल्न मिल्ने गिलोमाटो होइन रहेछन् भन्ने बुझन मलाई धेरै वर्षसम्म कुर्नु प¥यो ।

‘स्कूलिङ’
मेरो अनुभव र बुझइमा स्कूलिङ जबर्जस्तपनको परिचायक हो । यसमा व्यक्तिलाई जन्मेदेखि नै संस्कार, अनुशासन, परम्परा, रीतिरिवाज, चालचलन वा ठूलाबडाको इच्छा, चाहना, स्वार्थ आदि अनेक बहानाका कैयन् कुरामा अभ्यस्त गराई तदनुरूपको बानीको विकास गरी सिकाउने प्रयत्न गरिन्छ । जसले गर्दा व्यक्तिको विचार गर्ने, विश्लेषण गर्ने, सिर्जना गर्ने, आफ्नो विवेकको प्रयोग गर्ने जस्ता मानवीय नैसर्गिक गुणहरू विकास हुनुको सट्टा अवरुद्ध हुन पुग्छन् । यसमा व्यक्तिका नैसर्गिक अनगिन्ती क्षमता, प्रतिभा र सम्भावनाका बीजहरू कुण्ठित, अवहेलित, अपमानित र मूल्यहीन हुने हुनाले व्यक्ति रोबोट जस्तो यान्त्रिक र परनिर्देशित बन्ने खतरा रहन्छ ।

स्कूलिङमा सूचना वा जानकारीलाई ज्ञानका रूपमा लिइन्छ । बालकको दिमागलाई खाली कन्टेनर ठानिन्छ र ट्युबमा पम्प हाले जसरी नै ती सूचनालाई तिनका दिमागमा कोच्ने कार्यलाई शिक्षणको दर्जा दिइन्छ । जुन बेकम्मा, अस्थायी, अव्यावहारिक र अनुपयोगी हुन्छ । यसले प्रतिस्पर्धा गर्न प्रेरित गर्ने हुनाले व्यक्तिलाई स्वार्थी, असामाजिक, सहअस्तित्व स्वीकार नगर्ने र नकारात्मक सोचयुक्त बनाइदिन्छ । वास्तवमा स्कूलिङ एउटा निकास नभएको पोखरी जस्तो हो जहाँ पानीलाई प्रवाह हुनबाट वञ्चित गरिने हुनाले उसले आफ्नो नैसर्गिक गुण समेत देखाउन सक्तैन । जसरी पोखरीको पानीमा विकारहरू जम्मा हुन्छन्, कुहिन्छन्, वाफिन्छन्, दुर्गन्धित र विषाक्त हुन्छन् त्यसैगरी स्कूलिङमा व्यक्तिका मानवीय गुण, क्षमता, चाहना, रुचि आदि सबै कुरालाई सीमित र संकुचित गरी अप्राकृतिक तवरले बाँधेर राख्ने हुनाले यो आफैंमा त्रुटिपूर्ण छ । कस्तूरीले आफ्नै नाभीमा रहेको वासना फेला पार्न अनन्तसम्म दौडेर अन्त्यमा मृत्युवरण गरे झ्ंै स्कूलिङले पनि व्यक्तिलाई आफूलाई चिन्ने अवसरबाट वञ्चित गरिदिने हुनाले ऊ आफूलाई खोज्दाखोज्दै मसानघाट पुग्दछ । यसबाट व्यक्तिले आफ्नो जीवनका लागि अतिआवश्यक व्यावहारिक ज्ञानहरू सिक्न सक्दैन । अपेक्षित मानवीय विशिष्ट गुणहरू हासिल गर्न सक्दैन । आफ्नो नैसर्गिक क्षमता पहिचान गर्न र सशक्त बनाउन सक्दैन, ज्ञानको संसारमा चुर्लुम्म डुबी प्रफुल्लताका साथ रमाउन सक्दैन ।

‘एजुकेसन’
अर्कोतर्फ एजुकेसन प्रकृतिको खुल्ला किताब जस्तो व्यापक र उन्मुक्त छ । यसमा प्रत्येक व्यक्तिलाई विशेष र बहुगुणयुक्त व्यक्तिका रूपमा लिइन्छ । उसका नैसर्गिक क्षमता, स्वभाव, रुचि, गुण र विशेषतालाई पहिचान गरिन्छ । सम्मान गरिन्छ र तिनलाई अङ्कुरण हुने, बढ्ने, हुर्कने, रोगबाट बच्ने, फुल्ने, फल्ने र अन्त्यमा आफूमा निहित गुण प्रबल रूपमा देखाउन सक्ने वातावरण प्रदान गरिन्छ । बालबालिकाको सिक्ने तरिका र प्रकृति अनुसारका विधिको अवलम्बन गरिने, ऊ जे काम राम्ररी गर्न सक्छ, त्यही कार्य गर्न प्रेरित गरिने, जे बन्न सक्छ, त्यही बनाउन प्रयास गरिने र उसभित्र नजलेको दीपलाई जलाइदिने कार्य गरिने हुनाले यो विशुद्ध प्रजातान्त्रिक, न्यायोचित, प्राकृतिक र अनुकरणीय पद्घति हो । यसमा सिंगो वातावरणले पाठ्यक्रमको मात्र नभई स्वयं शिक्षकको कार्य गर्ने हुनाले सिकाइलाई वातावरण अनुकूल बनाउनु नै शिक्षाका हस्तीहरूको दायित्व हो । व्यक्तिले हरेक कुरा प्रयोग, अनुभव र प्रतिबिम्बन जस्ता प्राकृतिक प्रक्रियाबाट सिक्ने हुनाले यसमा सिकाइ व्यावहारिक, चिरस्थायी र जीवनोपयोगी हुन्छ ।

‘एजुकेसन’ को प्रसंगमा बाहिरबाट प्राप्त सूचनालाई ज्ञान निर्माण र प्रस्फुटनको आधारशिला बनाइन्छ । साथै, प्रतिस्पर्धालाई निरुत्साहित गर्दै सहअस्तित्व र सहभावको मर्मलाई आत्मसात् गरी हरेक व्यक्तिलाई उच्च सम्मान गर्ने, उसभित्रको विशेष गुण खोज्ने र आफूमा प्रतिबिम्बित गर्ने गरिन्छ । जसले गर्दा व्यक्तिभित्र सुषुप्त अवस्थामा रहेका क्षमता, गुण र विशेषताहरू समेत प्रस्फुटित हुने र मौलाउने अवसर प्राप्त हुन्छ । व्यक्तिमा भएको व्यवहार परिवर्तनलाई सिकाइको मापदण्ड मानिन्छ ।

स्वविवेक, स्वनिर्णय र स्वस्फूर्तता यसका आधारस्तम्भ हुन् भने मौलिकता, उत्कृष्टता, सिर्जनशीलता, विवेचना र विश्लेषण गर्ने क्षमता तथा सकारात्मकता— एजुकेसनका विशेषता हुन् । यसले व्यक्तिका हरेक पलको अनुभव र सूचना प्राप्त गरी त्यसैका आधारमा नैसर्गिक गुण र क्षमता उजागर गर्ने, ज्ञानको निर्माण गर्ने, नयाँ ज्ञानलाई पूर्व ज्ञान र अनुभवसँग एकीकृत गर्ने, समायोजन र सुदृढीकरण गरी परिष्कृत रूपमा आफ्नो व्यवहारमा प्रतिबिम्बित गराउँछ । यो सर्वोच्च किसिमको सिकाइ हो । व्यक्तिले आफूलाई चिन्न, प्राप्त अवसरको अधिकतम उपयोग गर्न हरेक परिस्थितिको सहजरूपले सामना गर्न र सबै किसिमका जीवनोपयोगी सीपको अभ्यास गर्न सक्ने हुनाले एजुकेसनले व्यक्तिलाई जिन्दगीका सबै सुख अनुभव गर्न योग्य र ज्ञानको सागरमा डुबी त्यसको रसस्वादन गर्न सक्षम बनाउँछ ।

हामी विद्यालय तहका विद्यार्थी छँदा बालमैत्री—शिक्षणको अवधारणा शायद विकास नै भएको थिएन वा नेपालमा प्रचलित थिएन । बालबालिकाको सम्पूर्ण क्षमता उसले पढाइमा प्राप्त गरेको स्तरले निर्धारण गर्ने प्रचलन थियो । खेलकुद, अन्य अतिरिक्त क्रियाकलाप वा बाल प्रतिभा पहिचान र प्रोत्साहन गर्ने अन्य कुनै तर्किव खासै अभ्यासमा थिएनन् । अपितु यी र यस्ता स्कूलिङबाट नजिक अनेक पक्षहरूको बाबजूद पनि त्यहाँ एउटा सशक्त एजुकेसनको अभ्यास थियो र त्यो थियो प्रेम । सर र गुरुआमाहरूले हामी विद्यार्थीलाई गर्ने गरेको प्रेम साँच्चै आत्मीय थियो, लोभलाग्दो र प्रेरणादायी थियो । उहाँहरूले नामबाट बोलाउँदा मात्र पनि हामी आत्मीयता अनुभूति गथ्र्यौं ।

त्यो वेला प्रत्यक्ष रूपमा भएको स्कूलिङले सिकाएको कुराभन्दा परोक्ष रूपमा भएको एजुकेसनको प्रभाव अधिक र स्थायी भएको प्रमाणित हुन्छ । त्यस्तै यसले पुष्टि गर्दछ कि स्कूलिङभित्र पनि एजुकेसन निषेध हुँदोरहेनछ । त्यसैले त प्रत्यक्ष रूपले स्कूलिङकै प्रतिफल भए पनि आज पनि सिंगो बौद्धिक जगत सिर्जना, कल्पना, तार्किकता र विश्लेषण गर्ने क्षमतायुक्त छ । सवाल कुन प्रबल छ भन्ने मात्र हो । जति बढी एजुकेसनको अभ्यास हुन्छ, त्यति नै बढी व्यक्ति सिर्जनशील, सकारात्मक, सामाजिक, तार्किक र विविध क्षमता र गुणयुक्त हुन्छ । जसले आफ्नो जीवन मात्र होइन सिंगो राज्य र समाजलाई सकारात्मक दिशातर्फ डो¥याउँछ ।

वर्तमान अवस्था
हाम्रो समाजमा आज दुई किसिमका विद्यालयहरू दुई ध्रुव जस्तै गरी दुई अलग अस्तित्वमा रहेको पाइन्छ । एकातर्फ धनीमानी व्यक्तिका छोराछोरीले पढ्ने निजी विद्यालय छन्, जुन प्रचलनमा रहेको मूल्याङ्कन प्रणालीको आधारमा उत्तम ठहरिएका छन् । घोकाइ, रटाइ, परीक्षामुखी पढाइ, भौतिक दण्ड सजाय आदिमा नामूद भएकाले देखाउँछ त्यस्ता विद्यालयहरू स्कूलिङको नजिक छन् । नेपाल बन्द वा अन्य कुनै कारणले विद्यालय जानु नपरे खुशी हुने, विदालाई उत्सवको रूपमा मनाउने, शिक्षकसँग सदा डराउने वा घनिष्टता कायम नहुने, पढाइलाई बोझ्को रूपमा लिने, अति प्रतिस्पर्धाको भावना बोक्ने र मशीन जस्तो एकोहोरो स्वभाव देखाउनेबाट त्यहाँ स्कूलिङको प्रभाव बढी भएको प्रष्ट हुन्छ । हुनत यदाकदा त्यहाँ पनि एजुकेसनका अभ्यासहरू, जस्तै स्थलगत भ्रमण, परियोजना कार्य, खेलकुद, सांस्कृतिक एवम् सह तथा अतिरिक्त क्रियाकलाप आदिको अभ्यास भएको पाइन्छ । आर्थिक, बौद्धिक, भौतिक आदि हरेक कुरामा सक्षम र सचेत अभिभावकको साथ, सहयोग र सरोकार प्राप्त गर्ने हुनाले उनीहरू चाहेको हरेक योजना लागू गर्न र शैक्षिक नतीजा राम्रो ल्याउन सफल भएको पाइन्छ ।
अर्कोतर्फ उच्च योग्यता, क्षमता, तालिम र अनुभवप्राप्त शिक्षकहरू रहेको सामुदायिक विद्यालयको भागमा भने आर्थिक, सामाजिक, सांस्कृतिक वा अन्य कुनै कारणले प्रताडित, निरीह र सही अभिभावकत्वबाट वञ्चित बालबालिका पर्ने गरेका छन् ।

शिक्षक, अभिभावक र विद्यार्थी शैक्षिक क्रियाकलापका त्रि–हस्ती हुन् । तर विद्यार्थी र अभिभावक पक्ष ज्यादै कमजोर हुने हुनाले त्यहाँ पनि एजुकेसनका अभ्यासहरू प्रभावकारी हुनसकेको पाइँदैन । अर्कोतर्फ देशको राजनीतिक, आर्थिक आदि अवस्थाको समेत प्रत्यक्ष प्रभाव त्यहाँ परेको देखिन्छ । राजनीतिक पक्षपोषणका आडमा घुसेका र कतिपय अयोग्य र गैह्र जिम्मेवार शिक्षकहरूले पेशागत मर्यादा कायम राख्न नसक्दा त्यसको असर जिम्मेवार, कर्तव्यनिष्ठ र पेशाकर्मी शिक्षकले समेत खप्नु परेको छ । आफ्ना विद्यार्थीलाई हरदम प्रोत्साहन गर्ने, हौसला प्रदान गर्ने, प्रेरणा दिने, तिनका नैसर्गिक क्षमता पत्ता लगाई प्रस्फुटन गराउन प्रयत्न गर्ने यी शिक्षकहरू आफैं निरुत्साहित, अमर्यादित र अपमानित हुनथालेको वर्तमान स्थितिमा सुधार गर्न शिक्षा क्षेत्रका सबै सरोकारवालाहरू अग्रसर हुन ढिलो भइसकेको प्रतीत हुन थालेको छ ।

समाजले लिनुपर्ने बाटो
नेपाली समाजमा आर्थिक, राजनीतिक, सामाजिक आदि पक्षमा अति विपन्न, मध्यम, सम्पन्न जस्ता विविध वर्गका व्यक्तिहरू मिश्रित रूपमा बस्ने गर्दछन् । एजुकेसनले व्यक्तिभित्रका सबै सम्भावनाहरूलाई मार्गप्रशस्त गर्ने हुनाले अब नेपाली समाजले स्कूलिङको सट्टा एजुकेसनलाई नै रोज्नुपर्दछ, अभ्यास र अवलम्बन गर्नुपर्दछ ।

एजुकेसन र स्कूलिङको बहस हाम्रा विद्यालय शिक्षामा सुधारको निम्ति महत्वपूर्ण सवाल हो । यो सवालले स्कूलिङको धारणाबाट ग्रसित विद्यालय परिवेश र शिक्षण सिकाइ क्रियाकलापलाई निरुत्साहित गर्दै एजुकेसनतर्फ उन्मुख हुन प्रेरित गर्दछ । त्यस्तै यसले स्कूलिङको अभ्यास भइरहेको घरपरिवार वा समाजको वातावरणप्रति पनि प्रश्नचिह्न खडा गर्दै आत्मसमीक्षाको आह्वान गर्दछ । यसले सिङ्गो शिक्षा प्रणालीको पुनर्मूल्याङ्कन गर्न संकेत गरेको पाइन्छ । यो अवश्य हो कि यसलाई पूर्ण रूपमा व्यवहारमा लागू गर्न कठिन छ । सरोकारवाला पक्षहरू सबैको सहकार्य जरूरी छ । तथापि विद्यमान अवस्थाबाट एजुकेसनको मात्रा क्रमशः वृद्धि गर्दै लैजान सके वर्तमान शैक्षिक अवस्थामा सुधार भई आशाका अनेकांै किरणहरू प्रज्वलित हुने र हरेक व्यक्तिले आफूलाई एक विशेष व्यक्तिका रूपमा पाउने कुरामा विश्वास गर्न सकिन्छ । त्यसैले, यो निर्णायक र अभ्यासमा ल्याउन ढिलो भइसकेको सवाल हो ।
आदर्श उमावि, इलाम

commercial commercial commercial commercial