अनि बन्नुहुन्छ असल शिक्षक !

कक्षामा पढाउँदा आफ्नो तलबमान, भत्ता, खाइपाइ आएको रकमसँग दिइने शिक्षालाई तुलना नगर्नुहोस् । विद्यार्थीको सामु अन्य शिक्षक तथा सरोकारवाला कसैको पनि आलोचना नगर्नुहोस् । कुरा नकाट्नुहोस् । समिति, शिक्षक, प्रधानाध्यापक र अभिभावकसँगका मनमुटाव र तिक्तता विद्यार्थीलाई नसुनाउनुहोस् ।

विद्यार्थीमा चेतनाको बीज छरेर समुज्वल भविष्यका निम्ति निष्ठावान् देखिने समाजको अब्बल नागरिक नै शिक्षक हो । वर्तमान नेपालका सन्दर्भमा शिक्षकलाई मर्यादित व्यक्तिको रूपमा सम्मान गरेको पाइँदैन । तर सबैभन्दा बढी जिम्मेवारी बोक्ने र देशको आर्थिक, सामाजिक र वैज्ञानिक क्षेत्रलाई नै परिवर्तन गरी चेतना प्रदान गर्ने शिक्षक सबैभन्दा माथि हुने गर्छ । हात समाएर रेखाद्वारा अक्षर कोर्न सिकाउने, मानसपटलमा धारणा भर्न सदा तल्लीन रही कार्य गर्ने शिक्षक मैन हो, जो आपूm जलेर अरूलाई उज्यालो प्रदान गर्दछ । माझ्ी बनेर डुङ्गा तार्ने शिक्षक, ठूलो रूखको छहारी बनी पानी, झ्री, घाम र तापबाट जोगाउँदै शीतलता लिने शिक्षक आज तिरस्कृत र लाञ्छनाको शिकार बनेका छन् ।

एकातर्फ राज्यको शिक्षाप्रतिको नीति र अर्कोतर्फ भौतिकमुखी बन्दै गइरहेको वर्तमान सन्दर्भले गर्दा शिक्षकले आफ्नो पहिचान गुमाउन पुगेको छ । शिक्षा दिने शिक्षकभित्र मर्यादा, अनुशासन, नैतिकता, आदर्श, स्वावलम्बीपन, सच्चरित्रता हुनैपर्छ । केही शिक्षकका गलत क्रियाकलापले गर्दा सिंगो शिक्षक जमात कलङ्कित बन्न पुगेको छ । यो पेशाप्रति किन चित्त बुझउन सक्दैन एउटा शिक्षकले ? किन वितृष्णा सिर्जना भएको छ शिक्षकमा ? आफ्नो कर्तव्य बिर्सेर व्यापार, राजनीति र अनेकौं कार्यमा संलग्न भएर विद्यालय र विद्यार्थीप्रति बेवास्तापूर्ण व्यवहार गरेकाले पनि शिक्षकले आफ्नो पेशालाई मर्यादित बनाउन सकिरहेका छैनन् ।

शिक्षकले आफ्नो कार्यक्षेत्रलाई दरिलो र सम्मानित तुल्याउन स्वयं उसभित्र ‘मेरा सम्पत्ति विद्यार्थी हुन्, त्यसैले यसलाई मैले जोगाउनु पर्छ’ भन्ने धारणाको विकास हुनुपर्दछ । असल, सम्माननीय; सबैको प्यारो र समाजको शिक्षित, सबल, सक्षम, योग्य नागरिकको हैसियत पाउन एउटा शिक्षकले निम्न कुराहरूको पालना गर्नुपर्दछ—    

–    शिक्षकको परिभाषा बुझनुहोस् र त्यही किसिमको आचरणमा सदा अडिग रहनुहोस् ।
–    कक्षामा नियमित हुनुहोस् । मर्यादित बन्नुहोस् । अनुशासन पालना गर्नुहोस् । पेशाप्रति निष्ठावान् र दत्तचित्त रहनुहोस् ।
–    सबैभन्दा पहिले विद्यार्थी पढ्नुहोस् । तपाईंका विद्यार्थी कुन समाज, कस्तो पारिवारिक अवस्था, शैक्षिक समुदाय, पेशा, धर्म, लिङ्ग, स्थिति, वर्गीयता आदि पृष्ठभूमि बोकेर आएका छन् भन्ने जान्नुहोस् ।
–    गल्ली तथा चोकमा बसी विद्यार्थीले देखुन्जेल अनावश्यक गफ नचुट्नुहोस् ।
–    विद्यार्थीसँग धेरै नजिकिने प्रयास पनि नगर्नुहोस् र उनीहरूले देखुन्जेल चुरोट, सुर्ती तथा अन्य लागूपदार्थहरू सेवन नगर्नुहोस् ।
–    अनावश्यक रूपमा कक्षामा विद्यार्थीको कुनै सामग्र्री लिने नगर्नुहोस् ।
–    कक्षामा सबैलाई समान व्यवहार गर्नुहोस् । नैतिकता मिचेर कहिल्यै कुनै पनि कार्य नगर्नुहोस्; जसले गर्दा कक्षाभित्र तपाइँ आलोचनाको पात्र बन्नु परोस् ।
–    अनावश्यक घर–घरायसी आफ्ना कुराहरू ल्याएर विद्यार्थीका सामु प्रस्तुत गरी आफैं फिक्का नबन्नुहोस् ।
–    आफू कुन राजनीतिमा संलग्न छु भन्ने बारे स्पष्ट बुझ्निे व्यवहार नगर्नुहोस् र सकेसम्म विद्यालयमा राजनीति पनि नगर्नुहोस् ।
–    तालिममा सिकेका कुरा प्रयोगात्मक रूपमा विद्यार्थीका सामु प्रस्तुत गर्नुहोस् ।
–    प्रश्नोत्तर, खेल, अभिनय जस्ता विधिहरूको प्रयोग गरी विद्यार्थीका माध्यमबाट नै समस्या समाधान गर्नुहोस् ।
–    बदलिंदो परिवेशसँगै राष्ट्रिय–अन्तर्राष्ट्रिय ज्ञानगुनका कुराहरू पनि सुनाउनुहोस र बुझउनुहोस् ।
–    विद्यार्थीको मनोभावना बुझ्ी शिक्षण प्रक्रिया अपनाउनुहोस् । आफ्नो विषयमा पूर्ण दक्ष बन्नुहोस् । जान्नु हुन्न भने अध्ययन गर्नुहोस् । पहिले आफूले पढ्नुहोस् र अनि मात्र स्पष्ट पढाउनुहोस् ।
–    विषय भुलेर पनि गल्ती नपढाउनुहोस् । आफूलाई दोधार लागेका विषयमा त्यसको उत्तर भोलि दिन्छु भन्नुहोस् र खोजेर उत्तर दिनुहोस् ।
–    कक्षामा जहिले पनि हँसिलो अनुहार लिएर प्रवेश गर्नुहोस् । विद्यालयमा यस्तो वातावरण सिर्जना गर्नुहोस् कि कुनै दिन तपाईंको अनुपस्थितिमा अभावको महसूस विद्यार्थीलाई भइरहोस् ।
–    लठ्ठी देखाउँदै कक्षाकोठामा नजानुहोस् । डर र त्रासको वातावरण सिर्जना नगरी गल्ती कमजोरीलाई मानसिक रूपमा शब्दद्वारा प्रभाव पार्ने किसिमले सचेत बनाउनुहोस् ।
–    कक्षामा पढाउँदा विद्यार्थीलाई अनावश्यक; विषय विपरीतका प्रश्न सोधेर नजान्ने बनाई उसलाई लज्जित तुल्याउँदै हीनताबोध नजगाउनुहोस् ।
–    विद्यार्थीले सिर्जना गरेका चित्र, नक्शा, तालिका र अन्य निर्मित सिर्जनात्मक सामग्री कक्षामा सबैका सामु प्रस्तुत गरी उसलाई हौसला बढाउनुहोस् ।
–    झरा टार्ने व्यवहार नगरी पूरा समय स्कूलमा बस्नुहोस् र पूरा घन्टी पढाउनुहोस् ।
–    आफ्नो विषयका साथै अन्य विषयमा पनि पर्याप्त जानकारी बटुल्नुहोस् । निरन्तर अध्ययन गर्नुहोस् जसले गर्दा विद्यार्थीले फलानो शिक्षकसँग सोधेपछि पक्कै समस्या समाधान हुन्छ भन्ने मनोभावनाको विकास तपाइँबाट गर्न सकून् ।
–    कक्षामा पढाउँदा आफ्नो तलबमान, भत्ता, खाइपाई आएको रकमसँग दिइने शिक्षालाई तुलना नगर्नुहोस् । खुलेर रमाइलोसँग बुझ्निे स्पष्ट प्रभावकारी शिक्षण गर्नुहोस् ।
–    आफ्नो विषयसँग सम्बन्धित पर्याप्त शैक्षिक सामग्रीको प्रयोग आफैंले निर्माण गर्नुहोस् । सामग्री निर्माणमा विद्यार्थीलाई पनि उत्प्रेरित गर्नुहोस् ।
–    विद्यार्थीले बुझने गरी अन्य शिक्षक तथा सरोकारवाला कसैको पनि आलोचना नगर्नुहोस् । कुरा नकाट्नुहोस् । पूर्ण जिम्मेवार बनेर इमानदारीलाई सधैं पछ्याउनुहोस् ।
–    बाटोमा विद्यार्थीलाई भेट्दा अनावश्यक गफ, अव्यावहारिक कुराकानी नगर्नुहोस् ।

–    समिति, शिक्षक, प्रधानाध्यापक र अभिभावकसँगका मनमुटाव र तिक्तता विद्यार्थीलाई नसुनाउनुहोस् ।

–    आफ्नो अडान कायम राख्नुहोस् । विद्यालय, व्यवस्थापन पक्ष र समाजले के भन्छ भन्ने कुरामा चासो नराख्नुहोस् । आफू ढुक्क भई लिएको निर्णय सही छ भन्ने कुरामा निडर र आत्मविश्वासी बन्नुहोस् ।

–    अहम्, रीस, द्वेष त्याग्नुहोस् । हँसिलो र खुशी देखिनुहोस् । अभिभावकसँग राम्रो व्यवहार गर्नुहोस् । पढाइमा कहिल्यै सम्झैता नगर्नुहोस् । भ्रष्टाचार नगर्नुहोस् । विद्यालयमा रहुन्जेलसम्म आफ्नो छवि धमिलिने कुनै कार्य नगर्नुहोस् ।

–    थोरै पढाउनुहोस्, बुझ्निे पढाउनुहोस्, पेशाप्रति निष्ठावान् रहनुहोस्, आफ्नो सम्पूर्ण भौतिक सम्पत्ति विद्यार्थी ठान्नुहोस् । जायज कुरामा अनावश्यक तर्क नगर्नुहोस् । दलीय राजनीतिबाट टाढै रहनुहोस् । सरस्वतीको मन्दिरमा बसेर पूजा गर्ने पुजारी बनी ज्ञानको अपेक्षामा आएका विद्यार्थीलाई बरदान दिएर पूर्ण सन्तुष्ट बनाई पठाउनुहोस् ।

अनि सहजै बन्न सक्नुहुन्छ तपाईं एउटा असल शिक्षक ।

जनता उच्च मावि, बिर्घा, स्याङ्जा

commercial commercial commercial commercial