अब त ब्लगर पो बत्रुपर्छ !

यदि तपाईंलाई रुचि छ तर अहिलेसम्म ब्लग खोल्नुभएको छैन भने सर्वप्रथम सित्तैमा पाइने गुगल (चलनचल्तीको जीमेल) एकाउन्ट खोल्नुहोस् । त्यहाँ नयाँ ब्लग बनाउने भत्रे विकल्पमा गएर शुरू गरिहाल्नुहोस् ।  क्रमशः तपाईं यसमा सिपालु हुनुहुन्छ । फेरि हामी शिक्षक प्रयोगकर्ता हौं, विशेषज्ञ हैनौं, सबै नजाने पनि लाज मात्रुपर्दैन । समस्या केही परेमाTeachers’ Discussion.... छँदैछ, प्रश्न पोष्ट गर्नुहोस्, कोही न कोही सेवामा हाजिर हुनेछ ।

शिक्षक मासिकको २०७० मंसीर अंकमा ‘शिक्षकद्वारा फेसबुकको प्रयोग’ सम्बन्धमा यो पंक्तिकारले लेखेको लेखले राम्रै चर्चा बटुलिदियो । त्यसकै परिणामस्वरूप त्भबअजभच’क म्ष्कअगककष्यल यल Teacher’s Discussion on Educational Issues नामक फेसबुक ग्रुपको सदस्य संख्या दुई हजारबाट बढेर ६ हजार पुग्यो । भौतिक रूपमा नचिनेका धेरै मित्रहरूबाट पनि अनुरोध आइरहेको छ । उहाँहरूको प्रोफाइलबाट बुझदा धेरैजसो शिक्षक नै हुनुहुन्छ । यसको कारण पनि त्यही लेख हुनुपर्छ ।

‘फेसबुक’ ले बिगा¥यो, खत्तम पा¥यो भत्रे शिक्षक र अन्य शिक्षाकर्मीहरूलाई फेसबुकलाई यसरी काम लाग्ने साझ फोरम पनि बनाउन सकिन्छ भत्रे दर्शाउन उदाहरणको रूपमा मात्र यहाँ उल्लेख गरेको हुँ । त्यसलाई मूल उद्देश्यबाट बरालिन नदिई कसरी जोगाउने भत्रे चुनौती चाहिं सधैं रहनेछ । त्यो फोरम पहाडतिरको चौतारो वा काठमाडौं उपत्यकाको ‘फाल्चा’ जस्तै हो । कोही न कोहीले रखवारी गरिरहन सके उपयोगी हुने रहेछ । उपभोग चाहिं जसले पनि गर्ने, मर्मतसम्भार चाहिं कसैले नगर्ने हो भने काम नलाग्ने हुन धेरै दिन लाग्दैन ।

त्यही लेखको चर्चासँगै फेसबुक जस्तो सामाजिक संजालबाट आमरूपमा इन्टरनेट प्रयोगकर्ता शिक्षक र अन्य सम्बन्धितहरूका बीचमा नेटवर्किङ गर्न सकिने रहेछ भन्ने सन्देश प्रवाहित भएको छ । तर प्रश्न उठ्छ— अब हामी विषय शिक्षकहरूले आ–आफ्नो कक्षा शिक्षणको प्रभावकारिता वृद्धि गर्न इन्टरनेटको प्रयोग कसरी गर्न सकिन्छ त ? फेसबुकले मात्र त पुग्दैन ।

फेरि फेसबुकमा स्कूले विद्यार्थीसँग नेटवर्किङ गर्नु राम्रो कुरा होइन भत्रे मत पनि दह्रै छ । हाम्रै देशमा पनि नाबालकको माझ्मा सामाजिक संजाल बनाउने कार्य कानूनी रूपमा पनि बन्देज छ । मेरो अनुभवमा नेपालमा धेरैजसो शिक्षक र विद्यार्थी स्वयं पनि कक्षामा आफ्नो निजी मामिला खोल्न वा छलफल गर्न चाहँदैनन् । सार्वजनिक फेसबुकले त खोलिदिन्छ । त्यसकारण पनि शिक्षक र विद्यार्थीबीच शैक्षिक संचार संवाद आदानप्रदान गर्न त्यो काम लाग्दैन ।

मेरो ज्ञान र सीपले भ्याएसम्म अहिले ‘ब्लग’ नै हामी नेपाली शिक्षकहरूको आफ्नो पेशागत कामहरूको लागि सबैभन्दा उपयुक्त माध्यम हो । डिजाइनको हिसाबले प्रेजी, ग्लोग्स्टर (Glogster)  पनि काइदाको सामग्री हुन् । तर हाम्रो इन्टरनेटको ढिलो गतिमा मलाई तिनीहरू मन परेनन् । ‘ब्लग’ लाई सित्तैंमा पाइने साधारण प्रकारको वेबसाइट नै बनाउन सकिन्छ । नेपाली युवा पत्रकारहरूले ‘ब्लग’ व्यापक रूपमा नै प्रयोग गर्ने गर्दछन् । यसमा हामी शिक्षकहरूले पनि कक्षा शिक्षणको पाठयोजना, शिक्षण सामग्री, सन्दर्भ स्रोत सहित तिनको स्रोत ठेगाना खुलाउन सक्छौं । लेख्य, चित्रात्मक, श्रवणीय, श्रव्यदृश्य, एनिमेटेड वा कार्टून, पत्रपत्रिकाका टुक्रा, वेबसाइट आदि अन्य शिक्षक र विद्यार्थीको कम्प्युटर टेबलमा पु¥याउन सकिन्छ । जुनसुकै वेला कक्षाकोठामा प्रयोग, प्रदर्शन गर्न तथा पेनड्राइभ वा अन्य हार्डड्राइभमा डाउनलोड गरेर इन्टरनेट नभएको वेला या ठाउँमा पनि प्रयोग गर्न सकिन्छ । प्रिन्ट गरेर पढ्न वा ‘ह्याण्ड्स आउट’ बाँड्न पनि मिल्छ । कुनै पाठ वा विषयवस्तुको बारेमा आफैंले वा कुनै महŒवपूर्ण व्यक्तिले भनेका कुराहरू भिडियोको रूपमा जहाँ पनि प्रस्तुत गर्न सकिन्छ ।

अनि हामी शिक्षकले विषयवस्तुहरू पढाउँदा प्रयोग गरिएका विधि, सामग्री, संवाद, निर्देशन, क्रियाकलाप र सिकारूहरूको प्रतिक्रियाको आधारमा आफ्नो परावर्तन सहित लेखेर ‘ब्लग’ मा अपलोड गरी छोड्न सकिन्छ । यो अन्य विद्यार्थी वा शिक्षकले प्रयोग गर्न पाउँछन् । अर्को पटक वा अर्को वर्ष आफैंलाई अरू बढी काम लाग्छ । तपाईंको सो सामग्री गुगल वा अन्य त्यस्तै सर्च इञ्जिनले संसारको कुनै कुनामा भएका तपाईंका विद्यार्थी वा शिक्षक साथीलाई पनि केही सेकेन्डमा नै जुटाइदिन सक्छ ।

त्यसमा कसैले सुझव वा कमेन्ट दिन पनि सक्छ । फेरि माथि भनिएको जस्तो शिक्षकको फेसबुकको फोरममा तपाईंको ‘ब्लग’ मा भएको नयाँ पोष्टको बारेमा साथीहरूसँग सुझव मागेर लिंक राखिदिनुभयो भने हजारौं नेपालीभाषी शिक्षाकर्मीको एउटै फोरममा तपाईंको सामग्रीको बारेमा बहस हुन सक्छ । तपाईंले केही न केही सुझव, सामग्रीको स्रोत अथवा आलोचना पाउनुहुन्छ, जसले तपाईंको पाठयोजना अरू सुदृढ हुन्छ । अनि एक वर्षभरि बनाइएका पाठयोजना, सो अनुसारका सामग्री र क्रियाकलाप, मूल्यांकन सामग्री तथा गृहकार्यहरूको नमूना भएको ‘ब्लग’ तयार भयो भने अर्को वर्षदेखि सुधार मात्र गर्दा पुग्यो । यसै गरी विद्यालयको एउटा कक्षाको सबै विषयको ‘ब्लग’ भयो भने ग्रुपिङ गर्दा कक्षा तयार हुन्छ, सबै कक्षाको ग्रुपिङ गर्दा भच्र्यूअल विद्यालय नै तयार हुन्छ । अनि सबैलाई फाइदा मात्र ! विषय शिक्षकबीच पनि नेटवर्किङ हुनसक्ने भयो । यसलाई कुनै खाले सामाजिक, सांस्कृतिक वा भौतिक विविधताले खासै बाधा पार्दैन ।

मैले तीन वटा जानेर नै र एउटा नजानेर समेत गरी चार वटा ब्लग बनाएको छु । पहिलो ब्लग स्नातकोत्तर तहमा पढ्दा गरेका असाइनमेन्टहरू पछि काम लाग्ला भनेर अपलोड गर्न कोही साथीले बनाऊँ न त भनेर बनाएको थिएँ । दोस्रो चाहिं पहिलोमा सामग्रीहरू अपलोड गर्न नजानेर आफैं बनेछ । तेस्रो मैले काम गर्ने विद्यालयको बारेमा बनाएको थिएँ । एक वर्षअघि बनाएको चौथो ब्लगमा चाहिं आजभोलिका पेशागत र सांगठनिक कामहरूलाई संगठित गर्दैछु । नयाँ ब्लगमा नेपालको पर्वतारोहण र अन्तर्राष्ट्रिय समझ्दारीको लागि शिक्षाको बारेमा जानकारी गराउने युट्युबका चलचित्रहरूका लिंक पनि छन् । तिनको अगाडिको ‘थम्बनेल’ चित्र आफैं फेरिंदै जान्छ । त्यसको अगलबगलमा तीन वटा फोटोको अटोमेटिक स्लाइड शो छ । अर्को लिंकमा १० वर्षे छोरोले चिडियाखाना घुमेर आएपछि लेखेको रिपोर्ट र उसका फोटोको स्लाइड शो छ । फोटो र फिल्म बाहेक विभित्र रिपोर्ट आदि गरेर १५ वटा जति लेख्य सामग्री छन् । तीसँग सम्बन्धित फोटो पनि सँगै छापिएका छन् । कहिलेकाहीं कसैले केही सोधेमा ‘मेरो ब्लगमा छ, हेर्नुहोला है’ भत्र सक्ने भएको छु । तपाईंलाई पनि हेर्न मन भए Laxman Sharma, Blogger, Nepal, Teacher आदि शब्दहरू हालेर गुगल्नुहोस्, वा www.bowlingtea2013.blogspot.com मा हेर्नुहोस्, भेट्नुहुन्छ ।

पक्कै पनि निःशुल्क ब्लग बनाउने सुविधा अन्य कम्पनीहरूले पनि दिएका छन् । तर मलाई चाहिं गुगलको नै मन पर्छ । यसको कारण के हो भने गुगल खाता भएपछि, निःशुल्क भिडियो शेयर गर्ने युट्युब लगायत विश्वविख्यात सूचना र शैक्षिक सामग्रीहरूको भण्डारमा पुग्न सकिन्छ । फेरि अस्ति भर्खरबाट नेपाली भाषालाई संसारका ८८ भाषामा उल्था गराउने (गुगल ट्रान्सलेटर) सुविधा पनि यसैले ल्याएको छ । गुगलमा नै कक्षाकोठामा काम लाग्ने अनगिन्ती सामग्री पाइन्छ । तपाईंसँग भएका फोटो, भिडियो, पावरप्वाइन्ट सित्तैंमा भण्डारण गर्न र चाहिएको वेलामा खोज्दा पाउनुहुन्छ ।

यदि तपाईंलाई रुचि छ तर अहिलेसम्म ब्लग खोल्नुभएको छैन भने सर्वप्रथम सित्तैंमा पाइने गुगल (चलनचल्तीको जीमेल) एकाउण्ट खोल्नुहोस् । त्यसको साइटमा ब्लगर भत्रे उत्पादन खोज्नुहोस् । त्यहाँ नयाँ ब्लग बनाउने भत्रे विकल्पमा गएर शुरू गरिहाल्नुहोस् । डिजिटल फोटो भिडियोहरू पिकासामा राख्ने गर्नुभएको छ भने त स्लाइड शो पनि भैहाल्छ । रंग, लिंक, स्लाइड शो, युट्युब लिंक, लेबल आदि फेरिरहन सकिने कुरा हुन् । क्रमशः तपाईं यसमा सिपालु हुनुहुन्छ । फेरि हामी शिक्षक प्रयोगकर्ता हौं, विशेषज्ञ हैनौं, सबै नजाने पनि लाज मात्रु पर्दैन । समस्या केही परेमा Teachers’ Discussion... छँदैछ, प्रश्न पोष्ट गर्नुहोस्, कोही न कोही सेवामा हाजिर हुनेछ ।

महासचिव, नेपाल राष्ट्रिय शिक्षक संगठन

commercial commercial commercial commercial