शिक्षा पुरस्कार

काठमाडौं विश्वविद्यालय अन्तर्गको त्रैलोक्यनाथ उप्रेती शिक्षा विकास केन्द्रले २०७७ सालको ‘त्रैलोक्यनाथ उप्रेती शिक्षा पुरस्कार’ शिक्षक मासिकलाई दिने घोषण गरेको छ ।
स्वर्गीय त्रैलोक्यनाथ उप्रेती २०१० सालमा गठित पहिलो शिक्षा आयोगमा सदस्य सचिवका रूपमा नेपालको शैक्षिक योजना र विकासको जग निर्माणमा क्रियाशील हुनुहुन्थ्यो । त्यसपछिका वर्षमा उहाँ त्रिभुवन विश्वविद्यालयको उपकुलपति, युनेस्कोका निम्ति स्थायी प्रतिनिधि र फ्रान्सका लागि नेपाली राजदूत पदमा नियुक्त हुनुभएको थियो । स्वर्गीय उप्रेतीले नेपालको शिक्षामा पु¥याएको योगदानको कदरस्वरूप काठमाडौं विश्वविद्यालयले ‘त्रैलोक्यनाथ उप्रेती शिक्षा केन्द्र’ स्थापना गरी संचालन गरिरहेको छ ।

सो शिक्षा केन्द्रका अध्यक्ष एवं काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति डा.सुरेशराज शर्माका अनुसार नेपालको सार्वजनिक शिक्षाको स्तरवृद्धिका निम्ति शिक्षक मासिकले पु¥याएको योगदानको उच्च मूल्याङ्कन गरी यस वर्षको पुरस्कार दिने निर्णय गरिएको हो । रु.१ लाख नगद र सम्मानपत्र सहितको यो पुरस्कार हरेक दुई–दुई वर्षमा दिने गरिन्छ ।

शिक्षकहरूको मनोबल र दक्षता वृद्धि एवं शिक्षा सम्बन्धी पछिल्ला सीप, प्रविधि र चिन्तनहरूमा शिक्षकहरूको पहुँच बढाई सार्वजनिक विद्यालयको शिक्षण–सिकाइमा योगदान गर्ने उद्देश्यले १३ वर्ष देखि नियमित रूपमा प्रकाशित हुँदै आएको शिक्षक मासिक देशभरकै शिक्षाकर्मीहरू माझ लोकप्रिय रहेको छ । शिक्षक मासिकले शुरूका वर्ष देखि नै पाठक–ग्राहकले तिरको शुल्कबाट आफ्नो मुख्य खर्च जुटाउँदै आएको छ ।
 

 

commercial commercial commercial commercial