संस्कृत भाषा प्रशिक्षण श्रृङ्खला — १

संस्कृत भाषा सर्वप्राचीन र परिष्कृत भाषा हो । छोटकरीमा धेरै कुरा बताउन सक्ने विलक्षण क्षमता पनि यस भाषामा रहेको छ । संस्कृत वाङ्मयले मानव जीवनका सर्वाङ्गीण पक्षलाई अर्थात् धर्म, अर्थ, काम र मोक्ष चारै पुरुषार्थलाई सन्तुलित रूपमा प्रतिनिधित्व गर्द छ । यस भाषामा वेद, वेदाङ्ग, स्मृति, पुराण, आयुर्वेद, इतिहास, नीतिशास्त्र, दर्शन, ज्योतिष, योग, तन्त्र, प्रशासन, कृषि, पशुपालन, वाणिज्य, यन्त्र, स्थापत्य, मूर्तिकला, चित्रकला, सङ्गीत इत्यादिको विशाल भण्डार उपलब्ध छ । यसमा व्यवहारोपयोगी विविध ज्ञान–विज्ञानसमेत भएकाले विश्वभरिका मानव का लागि यो भाषा महत्वपूर्ण हुनुका साथै कौतूहलको विषय पनि बन्दै आएको छ । संसारका विभिन्न भाषाका व्याकरणहरूमध्ये संस्कृत भाषाको पाणिनीय व्याकरण अत्यन्त परिष्कृत र उत्कृष्ट मानिन्छ । त्यसैले यो भाषा सरल र वैज्ञानिक पद्धतिले सिक्न सकिन्छ ।

उहिल्यै नेपाल र भारतमा शिक्षा भन्नेबित्तिकै संस्कृतमूलक शिक्षा नै बुझन्थ्यिो । त्यसैले शिक्षित सबैजसो व्यक्तिले केही–न–केही संस्कृत जानेकै हुन्थे । तर २०२८ सालको नयाँ शिक्षा योजनाले नेपालमा शिक्षाको मूल धारबाट (प्रवेशिका परीक्षाबाट ) संस्कृतलाई हटाइदिएकाले यसमा रहेका लोकोपयोगी ज्ञानबाट समेत अधिकांश नेपाली वञ्चित हुने स्थिति आएको छ । अहिले त तल्ला कक्षाबाट समेत संस्कृत हटाइसकिएको छ र नयाँ पुस्ताले संस्कृतको नामै नसुन्ने वातावरण बनाइएको छ ।

संस्कृतविनाको शिक्षा अपूर्ण नै हुने देखि ए पनि नेपाली शिक्षाविद्हरूले संस्कृतलाई पाठ्यक्रममा पुनः समावेश गर्नु पर्छ भन्न मात्र पनि सकिरहेको देखि ंदैन । आज सबै लाई सुसंस्कार, सत्सङ्ग, सदाचार, सद्वाङ्मयको अध्ययन, स्वदेशप्रेम र सुशिक्षाको अत्यन्त खाँचो छ । त्यसैले नयाँ पुस्तालाई सही बाटो देखाउन पनि संस्कृत वाङ्मयको महत्वपूर्ण भूमिका हुन्छ । संस्क ृ तको महत्व, उपयोगिता र आकर्ष  ण शीर्षकको लेखमा (शिक्षक मासिक, भदौ २०७३) संस्कृतको के महत्व छ ? संस्कृत सिक्न किन आवश्यक छ ? यसबाट हामीलाई केके लाभ हुन्छ ? इत्यादि प्रश्नको समाधान गरिसकिएको छ । आजभोलि अनौपचारिक रूपमा भए पनि संस्कृत सिक्न चाहनेहरूको संख्या बढिरहेको अनुभव भएको छ । त्यसैले यो लेख श्रृङ्खलामा संस्कृत सिक्न चाहनेका निम्ति सहयोग पुरयाउने विषयवस्तु प्रस्तुत गर्न खोजिएको छ । पाठकहरूमा संस्कृत भाषा सिक्ने रुचि देखि एको खण्डमा यो स्तम्भलाई निरन्तरता दिइनेछ ।

औपचारिकरूपले संस्कृत पढ्न नपाएका युवा र प्रौढहरूका निम्ति सरल तरिकाले छोटो समयमा संस्कृत भाषा सिकाउने र वैदिक जीवनशैलीको महत्व बुझाउने कक्षाहरू स्वाद्ध्यायशालाको सक्रियतामा काठमाडौंमा विगत ८/९ वर्ष देखि चलाइराखिएका छन् । त्यसका निमित्त आवश्यक पाठ्यपुस्तकहरू व्यावहारिक ं संस्कृ तम् १–३ भाग र सनातन धर्म  संस्कृ तिशिक्षा प्रथम भाग पनि प्रकाशित गरिएका छन् । यसै सन्दर्भमा टाढाका र नियमित रूपमा कक्षामा उपस्थित भएर संस्कृत सिक्ने अवसर नपाएका बहुसङ्ख्यक जिज्ञासुका निम्ति लेखका माध्यमबाट पनि संस्कृत सिकाउन सकिन्छ कि भनेर यो प्रयास थालिएको हो । यस विषयमा आधुनिक शिक्षा दिन स्थापित भएका विद्यालयका विचार शील सञ्चालक र शिक्षकहरूले पनि गम्भीर भएर सोच्न र पाइला चाल्न आवश्यक भैसकेको छ ।

पूर्वप्राथमिक वा प्राथमिक कक्षा देखि आठ कक्षासम्मका विद्यार्थीका निम्ति सरकारी पाठ्यक्रममा नभए पनि अनौपचारिक रूपमा नेपाली विषयसितै मिलाएर सरल र उपयोगी रूपमा नेपाली विषयकै शिक्षकद्वारा पढाउन सकिने संस्कृतको पाठ्यक्रम र विस्तृत शिक्षक निर्देशिका विज्ञ व्यक्तिद्वारा बनाएर विद्यालयहरूले पढाउन पनि सक्छन् । एकोहोरोरूपले अङ्ग्रेजी भाषाको माध्यम भनी शिक्षा चलाउनाले उच्च माध्यमिक तह उत्तीर्ण गरेका आजभोलिका केटाकेटी नेपाली भाषामा मात्र हैन अङ्ग्रेजी भाषामा र अरू विषयहरूमा पनि कमजोर हुन पुगेका देखिन्छन् । यो देशकै निमित्त सोचनीय अवस्था हो । यसमा सुधार गर्न पनि संस्कृतलाई अपनाउनैपर्ने हुन्छ ।

बालबालिकालाई सानै उमेर देखि संस्कृतका केही श्लोक छानेर शुद्धसँग कण्ठस्थ पार्न लगाउने र तिनलाई भाका हालेर वाचन गर्न लगाउने हो भने उनीहरूमा जुनसुकै भाषाका शब्दको स्पष्ट र शुद्ध उच्चारण गर्न सक्ने क्षमता विकसित हुन्छ । त्यसका लागि केही स्तोत्र र नीतिश्लोक घोकाउन सकिन्छ । तसर्थ विद्यालयहरूमा कम्तीमा एक जना शिक्षक संस्कृतसमेत राम्ररी जानेको राख्नु उचित र आवश्यक देखिन्छ ।

कर्ता, कर्म, क्रियाः जता राखे पनि हुन्छ

संस्कृतका वाक्यमा शब्दहरूको क्रमभेदले अर्थभेद हुँदैन । जस्तै— बालक पाठ पढ्दछ भन्ने वाक्यलाई संस्कृतमा विभिन्न क्रममा शब्दहरू राखेर अनुवाद गर्न सकिन्छ— बालकः पाठ ं पठति, पाठ ं बालकः पठति, पठति बालकः पाठम् , पाठ ं पठति बालकः । उक्त सबै वाक्यको सामान्य अर्थ एउटै हुन्छ । अङ्ग्रेजी भाषामा चाहिं शब्दहरूको क्रमका भिन्नताले वाक्यका अर्थमा धेरै फरक पर्दछ । संस्कृतमा विभक्ति अनुसार शब्दकारूपहरू फरक हुने हुनाले वाक्यमा शब्दहरूको क्रम परिवर्तन गरे पनि अर्थमा फरक नपरेको हो ।

वाक्यमा नाम वा सर्वनाम कर्ता, कर्म, करण, सम्प्रदान, अपादान र अधिकरण कारकका रूपमा प्रयुक्त हुन्छन् । प्रथमा, द्वितीया तृतीया, चतुर्थी, पञ्चमी र सप्तमी विभक्तिले क्रमशः ती कारकलाई बुझउँदछन् । षष्ठी विभक्तिले केवल सम्बन्ध मात्र बुझउँदछ । सम्बन्धबोधक पद कारक मानिंदैन । यी सात विभक्तिबाहेक संस्कृतमा सम्बोधनकारूपहरू पनि फरक हुन्छन् । संस्कृतमा नाम, सर्वनाम र क्रियापदका पनि एकवचन, द्विवचन र बहुवचनका फरक–फरकरूपहरू हुन्छन् । नेपाली र अङ्ग्रेजीमा चाहिं एकवचन र बहुवचन मात्र हुन्छन् । द्विवचनचाहिं संस्कृतको विशेषता हो । एउटालाई बुझाउनेलाई एकवचन, दुइटालाई बुझाउनेलाई द्विवचन र तिनोटा वा त्योभन्दा धेरैलाई बुझाउनेलाई बहुवचन भन्दछन् । तल के ही शब्दका (प्रातिपदिकका) प्रथमा विभक्तिका एकवचन, द्विवचन र बहुवचनकारूप दिइएका छन्—

नेपाली वा अङ्ग्रेजीमा नामका विभिन्न विभक्तिमा अलग–अलगरूपहरू प्रयुक्त हुँदैनन्, तिनमा केवल विभक्तिका चिह्न वा नामयोगी लगाएर फरक–फरक विभक्तिको काम लिइन्छ । तर संस्कृतमा सबै विभक्ति र वचनका निम्ति अलग–अलगरूपहरू नै प्रयोग गरिन्छन् । कतिपय विभक्ति र वचनकारूपचाहिं उस्तै पनि हुन्छन् । यस्ता रूपहरूको अभ्यास न गरीकन संस्कृत भाषा सिक्न सकिंदैन ।

वाक्य बनाउने एउटा महत्वपूर्ण घटक क्रियापद हो । क्रियापद नभैकन वाक्य पूर्ण हुँदैन । क्रियापदका पनि विभिन्न काल र भाव व्यक्त गर्ने रूपहरू बेग्लाबेग्लै हुन्छन् । त्यस्तारूप धातुबाट प्रत्यय लगाएर बनाइन्छन् । क्रियापदका प्रथम पुरुष, मध्यम पुरुष र उत्तम पुरुषका एकवचन, द्विवचन र बहुवचनकारूपहरू फरक–फरक हुन्छन् । अङ्ग्रेजीको अनुकरण गरेर नेपालीमा पनि प्रथम पुरुष,  द्वितीय पुरुष र तृतीय पुरुष भन्ने गरिएको छ । नेपालीको प्रथम पुरुषलाई संस्कृतमा उत्तम पुरुष, द्वितीय पुरुषलाई मध्यम पुरुष र तृतीय पुरुषलाई प्रथम पुरुष भन्दछन् । संस्कृतमा नाम वा सर्वनाम बुझाउने शब्द पुलिङ्ग, स्त्रीलिङ्ग वा नपुंसकलिङ्गमा प्रयुक्त हुन्छन् । तिनका अलग–अलगरूप हुन्छन् । कुनै शब्द दुई वा तीनै लिङ्गमा प्रयोग हुने पनि हुन्छन् । तिङन्त (गच्छति पठति इत्यादि तिङ् प्रत्यय लागेका) क्रियापदमा चाहिं लिङ्गको भेद हुँदैन । जस्तै— बालकः पठति (बालक पढ्छ), बालिका पठति (बालिका पढ्छे), मित्रम् पठति (मित्र पढ्छ) । अङ्ग्रेजीमा पनि क्रियापदमा लिङ्गभेद हुँदैन । तर नेपालीमा चाहिं क्रियापदमा लिङ्ग अनुसार भेद हुन्छ ।

पठ व्यक्तायां वाचि (पढ्नु) धातुका वर्तमान कालका सबैरूप पनि हेरौं—

(प्रतिक्रिया र जिज्ञासा वा स्पष्टीकरणका निम्ति लेखकको इमेल बाट विटरमा सम्पर्क गर्न  सकिन्छ Email: amoda67@hotmail.com, Twitter: @amoda67)

(लेखक वाल्मीकि विद्यापीठमा श ु क्लयजु र्वेद विषयका पराध्यापक हुन्। उनले सा े ही विषयमा वाराणसीबाट विद्यावारिधि उपाधि पराप्त गरेका छन् । उनी आफ्ना पिताजीले स्थापना गरेको स्वाध्यायशालामा संस्कृ त वाङ्मय सम्बन्धी अध्ययन, अनु सन्धान ले खन र पर काशनमा पनि संलग्न छन् ।)

 

 

commercial commercial commercial commercial