बुझेर पढ्न कसरी सिकाउने ?

बुझेर  पढ्नु महत्वपूर्ण कौशल हो, जसले विद्यार्थीलाई लिखित सामग्रीसँग जोडिन सहयोग पुर्याउँछ र पठन प्रक्रियालाई सोच–विचार ले भरिएको जीवन्त अनुभवमारूपान्तरित गर्छ । यो कौशल विभिन्न तरीका र रणनीति मार्फत सबैखाले विद्यार्थीलाई सिकाउन सकिन्छ ।

स्कूलका सन्दर्भमा पढ्नुको अर्थ हो— सिक्नु । तर अध्ययनहरूले बताउँछन्— स्कूलका अधिकांश केटाकेटीले केही सिक्न सकेका हुँदैनन् । उनीहरू किताबका कुरा रटेर पास हुन्छन् र कक्षा चढ्दै जान्छन् । तिनले लेख्ने, पढ्ने र अंक गणितका प्रारम्भिक क्षमता पनि हासिल गर्न सकेका हुँदैनन् । लेखिएको कुरा बुझेर  पढ्ने र मनमा लागेको कुरा लेख्ने क्षमताको त कुरै छोडौं ।

त्यसो त केटाकेटीहरू प्राकृतिकरूपमै कुरा बुझन सक्षम हुन्छन् । तर, घर र स्कूलको भाषा एवं संस्कृतिका बीच रहेको फरकले स्कूल उनीहरूका निम्ति असहज ठाउँ बन्न पुग्छ । स्कूलको अनुभव तिनलाई पराई लाग्छ र त्यससँग सार्थक सम्बन्ध महसूस गर्न सक्तैनन् । स्कूलको शिक्षालाई केटाकेटीको जीवन र अनुभवसँग जोड्न सुविचार ित एवं अर्थपूर्ण प्रयास गर्न सकिएन भने असंख्य बालबालिकाले कक्षा कोठामा पढ्ने– लेख्ने आफ्नो कार्यलाई कक्षा र स्कूलको अंग मात्र मानिरहनेछन् र त्यस्तो कार्यसँग निरर्थक एवं यान्त्रिक ढंगले सिंगौरी खेलिरहने छन् ।

दुनियाँका बारेमा आफ्नो बोध र ज्ञान केटाकेटीले स्वयं निर्माण गर्छन् । यो निर्माण कसैले सिकाएर होइन, उनीहरूको आफ्नै अनुभव र सक्रिय खोजबाट हुन्छ । कतिसम्म भने, उनीहरू भाषिक ध्वनि–संरचनाका जटिल नियमहरू समेत कसैले नसिकाई स्वयं सिक्छन् । प्रारम्भिक बाल्यावस्थामै आफ्नो सामाजिक परिवेशबाट अर्थ निर्माण गर्ने तरीका सिकिसक्छन् र त्यसलाई आफ्नो जीवनका दैनिक अनुभवमा लागू गरेर आफू वरिपरिको दुनियाँलाई बुझने प्रयास गर्छन् । मौखिक भाषा उनीहरूको जिज्ञासा, विचार , अभिव्यक्ति, कल्पना र प्रश्न प्रकट गर्ने माध्यम बन्छ । यसै भाषालाई प्रयोग गरेर उनीहरू आफ्नो भाषिक क्षमता सुदृढ गर्दै जान्छन् ।

प्रारम्भिक बाल्यावस्थामा केटाकेटीले आफ्नो परिवारका सदस्य र सामाजिक परिवेशसँग आदान–प्रदान गरेर स्वयं बोल्न सिके झैं, के पनि देखि एको छ भने जसले आफ्नो घरमा लिखित परिवेश पाएका हुन्छन्, तिनले स्कूल प्रवेश गर्नु अघि नै स्वयं केही हदसम्म पढ्न– लेख्न सिकिसकेका हुन्छन् । पढ्नु– लेख्नु एउटा अर्थपूर्ण प्रक्रिया हो भन्ने तिनले बुझेका  हुन्छन् अनि जे कुरा बोलेर भनिन्छ त्यो लेखेर पनि भन्न सकिन्छ भन्ने तिनलाई थाहा भइसकेको हुन्छ । साथै, उनीहरू लिखित शब्दहरूको प्रयोग समेत आफ्नो स्वाभाविक तरीकाबाट गर्छन्; चाहे त्यो अखबार अथवा पुस्तक पढेको अनुकरण होस्, चिठी लेख्ने नाटक होस् अथवा आफ्नो औंलालाई देबे्रबाट दाहिनेतिर लैजाँदै कथा पढ्ने प्रयास होस् । उच्चारित शब्दको लिखित शब्दसँग तालमेल होस्–नहोस्, यी ससाना बच्चाहरूका लागि आफ्नो बांगोटिंगो, बेढंगे लेखाइ र त्यसको पढाइ— सबै कुरा वास्ताविक पढाइ–लेखाइका अनुभव बन्न पुग्छन् । जुन केटाकेटीलाई बाल्यकालको प्रारम्भिक अवस्थामै घरमा यस्तो लिखित परिवेश प्राप्त भएको हुँदैन, उनीहरू यी अनुभवबाट वञ्चित हुन्छन् । तिनका निम्ति स्कूलको पूर्णतः अपरिचित वातावरणसँग जोडिनु प्रायः चुनौती बन्न पुग्छ ।

रचनात्मक प्रक्रिया

पढ्नु स्वयंमा रचनात्मक प्रक्रिया हो । यस अन्तर्गत पाठकले लिखित शब्दहरूको सक्रिय आदानप्रदान गरेर अर्थको निर्माण गर्छ । अर्थ र बोध निर्माण गर्न केटाकेटीहरू आफ्नो अनुभव र पूर्वज्ञानको उपयोग गर्छन् । फलतः एउटै पाठ (लिखित सामग्री) को पढाइबाट तिनले फरक–फरक अर्थ–निर्माण गरिरहेका हुन्छन् । पढाइ सम्बन्धी अनुसन्धानबाट निरन्तर के स्पष्ट हुँदै आएको छ भने, कुनै पनि केटाकेटीले अर्कोसँग ठ्याक्कै मिल्ने गरी पढ्दैन । पढाइको हरेक प्रयास यी तीन कुरा मा आधारित हुन्छ, जसले यस्तो प्रयासलाई सार्थक वा निरर्थक अनुभवमा परिणत गर्न सक्छन्ः

क. पढ्ने व्यक्तिको स्तर , र विषयवस्तुका दृष्टिले पाठको उपयुक्तता; . पाठकको कौशल र पढाइप्रति उसको रुचि र इच्छा— जो ऊ किन पढ्दैछ भन्ने कुरा बाट निर्धारित हुन्छ; रग. पढाइको सन्दर्भ अथवा गतिविधि । यसको अर्थ हो— पढ्ने क्रियामा हाम्रा बौद्धिक, भाषिक, सामाजिक तथा भावनात्मक आयामहरूको सोझे असर पर्छ । कक्षाकोठाको सन्दर्भमा शिक्षकको अपेक्षा र विद्यार्थीले सहज महसूस गर्नु –न गर्नु जस्ता कुरा ले समेत पढाइ र अर्थनिर्माणमा असर परेको हुन्छ ।

ऐच्छिक तथा सक्रिय प्रक्रिया

बुझेर पढ्नुलाई ऐच्छिक तथा सक्रिय प्रक्रिया मानिन्छ, जो पढ्नु अघि, पढ्ने क्रममा र पढिसकेपछि सम्म फैलिएको हुन्छ । यस प्रक्रियाका मूलतः दुई अंग हुन्छन— शब्दावलीको ज्ञान र लिखित पाठको बुझइ । कुनै पनि पाठ (लिखित सामग्री) को अर्थ बुझन सर्वप्रथम केटाकेटीमा लिखित शब्द पढ्न र तिनको अर्थ बुझन सक्ने क्षमता हुनुपर्छ । शब्द नै पढ्न र तिनको अर्थ बुझन असजिलो भएपछि उसले समग्र पाठ वा कथाको पूरा खाका बुझन सक्तैन । अलग–अलग शब्द र वाक्यहरूको बुझइलाई आंगिक वा स्थानीय बोध (लोकल कम्प्रिहेन्सन) भनिन्छ भने समग्र पाठ वा कथाको बुझइलाई समग्र वा वैश्विक बोध (ग्लोबल कम्प्रिहेन्सन) भनिन्छ । यो समग्र प्रक्रियामा पाठकले शब्द र वाक्यहरूको बोधका साथसाथै आफ्नो पूर्वज्ञान र अनुभवलाई पनि यथोचित समावेश गर्दै जान्छ, र दुवैको सक्रिय तालमेलबाट अर्थ निर्माण गर्छ ।

चार दशक अघि, सन् १९७८–७९ मा शिक्षाविद् डलरेस डर्किन्सले बडो धैर्यसाथ सयौंसय घण्टा कक्षाहरूको अवलोकन– अध्ययन गरेर के निष्कर्ष निकालेका थिए भने, शिक्षकहरू आफ्ना विद्यार्थीको पठन–क्षमताको आकलन त राम्रै गरी गर्दा रहेछन् तर तिनलाई बुझेर  पढ्ने तरीका फिटिक्कै सिकाउँदा रहेनछन्; त्यतातिर तिनको ध्यान नै जाँदो रहेनछ । उता, प्रारम्भिक पठन क्षमताका क्षेत्रमा गरिएका हजारौं अनुसन्धानको मूल्यांकनका लागि अमेरिकी संसद्ले केही वर्ष अघिगठन गरेको ‘नेशनल प्यानल फर रीडिङ’ (एनपीआर) ले चाहिं केटाकेटीहरूमा शब्द चिन्ने कौशल बढाइयो र शब्दावली तथा वाक्यको अर्थ बुझने तरीकामा ध्यान दिइयो भने तिनले बढी रराम्रोसँग , बुझेर  पढ्न सक्छन् भन्ने निष्कर्ष निकालेको छ । यस पृष्ठभूमिमा, शिक्षाविद्हरू के कुरा मा सहमत छन् भने, लिखित सामग्री बुझेर  पढ्ने तरीका सिकाउन सकिन्छ र सिकाउनु पर्छ । फोन्टास र पिनेल यसमा सहमति जनाउँदै थप्छन्— यसका साथै, हामी यसो किन गर्न चाहन्छौं भन्ने बारे पनि हामीले ख्याल राख्न बिर्सनुहुँदैन । मूलतः हामी उत्साही एवं लगनशील पाठक तयार गर्न चाहन्छौं । यस्ता विद्यार्थी, जो बुझेर  पढ्न सक्ने मात्र नहुन्, उनीहरूमा पढाइप्रति विश्वास र उत्साह होस्— जसबाट तिनका सामु साहित्य र ज्ञानका नयाँ-नयाँ ढोका खुल्दै जाउन् र उनीहरू आख्यान र गैर आख्यान अर्थात् समग्र वाङ्मयको विपुल भण्डारको साक्षात्कार गर्दै जाउन् ।

बुझेर पढ्ने तरीका अथवा रणनीति सिकाउनु को मुख्य उद्देश्य हो— पाठकलाई लिखित सामग्रीसँग जोडिन सहयोग पुगोस् र पठन प्रक्रिया उसका निम्ति सोच–विचार ले भरिएको जीवन्त अनुभव बन्न पुगोस् । शिक्षाविद्हरू स्टेफनी हार्वे र एनेगुडविसले ‘स्ट्राटेजीज द्याट वर्क’ (प्रभावकारी रणनीतिहरू) नामक आफ्नो किताबमा यस कुरा लाई बडो सटीक ढंगले बुझएका छन्ः

“बुझेर  पढ्नुको अर्थ केटाकेटीले कुनै पाठांश, कथा अथवा अध्यायको अन्त्यमा दिइएका प्रश्नहरूको उत्तर दिने क्षमता हासिलगरुन् भन्ने मात्र होइन । यसको अर्थ हो— उनीहरूमा सोच–विचार गर्ने निरन्तरगतिमान प्रक्रिया सञ्चालित होस् । जब तिनले कुनै लिखित सामग्री पढ्छन् अथवा कसैले वाचन गरेको सुन्छन्, त्यसवेला उनीहरू मनमनै त्यससँग संवाद पनि गरिरहेका हुन्छन् । कहीं खुशी हुन्छन्, कहीं छक्क पर्छन् त कहीं क्रुद्ध हुन्छन् । मनमनै त्यस माथि प्रश्न उठाउँछन्, लेखकसँग तर्क र बहस गर्छन् र बीचबीचमा सहमति जनाउन आफ्नो टाउको हल्लाउँछन् । त्यससँग आफ्नो सम्बन्धगाँस्छन् । यसरी, तिनलाई जे पढ्न लगाइँदै, पढाइँदै वा सुनाइँदैछ, त्यसलाई अझ् राम्ररी र अझ् गहिरो गरी बुझन केही निष्कर्ष निकाल्दै जान्छन् ।”

हार्वे रगुडविस अगाडि भन्छन्ः “हामी चाहन्छौं, पढिरहँदा आफ्नो सोच कति महत्वपूर्ण  हुन्छ र त्यसले बुझइलाई कति जीवन्त बनाउँछ भन्ने कुरा हाम्रा विद्यार्थीले बुझन थालुन् । शिक्षकका नाताले हराम्रो कर्तव्य आफ्ना विद्यार्थीलाई उनीहरूको सोच, उनीहरूको विचार र उनीहरूका व्याख्याको पनि महत्व छ भन्ने कुरा को विश्वास दिलाउनु हो । कुनै पाठ वा कथा पढ्दा जब उनीहरू त्योसँग जोडिन्छन् र त्यसक्रममा आफूभित्र हुने संवादलाई ध्यानपूर्वक सुन्छन्, त्यसवेला उनीहरूको बुझइ गहिरो हुन्छ, उनीहरूको ज्ञान पुष्ट हुन्छ र उनीहरूमा एउटा अन्तर्दृष्टि विकसित हुन्छ ।”

यो प्रक्रिया पूर्व–प्राथमिक तहका केटाकेटीका निम्ति पनि उपयोगी हुन सक्छ । भलै उनीहरू कुनै सामग्री राम्ररी पढ्न सक्ने भइसकेका हुँदैनन्, तर पढेर सुनाइएको कुरो ध्यानपूर्वक सुन्ने, त्यसलाई आफ्नो जीवनसँग जोड्ने र त्यसको व्याख्या गर्ने प्रक्रियामा समाहित गरेर उनीहरूलाई ‘पाठ’ सँग जोडिने, अर्थ निर्माण गर्ने र बुझेर  सुन्ने अवसर उपलब्ध गराउन सकिन्छ । यसबाट उनीहरूमा बुझेर  पढ्ने प्रवृत्ति र क्षमताको जग बस्छ ।

बुझेर पढ्ने–पढाउने प्रक्रिया

क. अवधारणात्मक ज्ञान

जे पढ्न लागिएको हो त्यो विषय/शीर्षकसँग केटाकेटीको पहिल्यै सामान्य परिचय हुनुपर्छ । पढिने सामग्रीमा रहेका मुख्य अवधारणाहरूबारे केही आधारभूत ज्ञान वा समझ्दारी पनि आवश्यक हुन्छ । उदाहरणका लागि पहिले कतै सुनेको, देखेको, थाहा पाएको अथवा चित्रकथामा पढेको कुरा सँग प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्धित विषयवस्तु रहेको लिखित सामग्री छ भने त्यसलाई पढ्न र बुझन केटाकेटीलाई सजिलो हुन्छ । उनीहरूलाई अलिकति पनि आधारभूत ज्ञान हुँदै नभएको कुनै विषय वा अवधारणा छ भने पढ्न शुरू गर्नु अघि तिनलाई त्यो ज्ञान दिइनु रराम्रो हुन्छ । यसले उनीहरूका निम्ति पढाइ सार्थक गतिविधि बन्नेछ, पढेको कुरा तिनले राम्ररी बुझन सक्नेछन् ।

अवधारणात्मक ज्ञानलाई दुनियाँको ज्ञान पनि भनिन्छ । अनुसन्धानहरूबाट के थाहा पाइएको छ भने, जुन केटाकेटीसँग दुनियाँको ज्ञान कम हुन्छ, उनीहरू पढ्ने क्षमतामा पनि अपेक्षाकृत कमजोर हुन्छन् ।

ख. भाषा कौशल

केटाकेटीको मौखिक भाषा कौशल— जस अन्तर्गत आफ्ना कुरा व्यक्त गर्ने र अरूले व्यक्त गरेको कुरा सुनेर बुझने क्षमता शामेल छ— ले उनीहरूको पढ्ने क्षमतामा प्रभाव पारेको देखिन्छ । जुन केटाकेटीसँग बढी शब्द भण्डार हुन्छ; जो आफ्ना विचार , सोच र भावनालाई व्यक्त गर्न— लेख्न र बोल्न– प्रशस्त शब्द प्रयोग गर्छन्; र जो लिखित सामग्रीमा पनि निकै धेरै शब्दहरू बुझन सक्षम हुन्छन्, तिनीहरूसँग बुझेर  पढ्न सक्ने क्षमता बढी हुन्छ ।

ग. शब्द चिन्ने कौशल

सिंगासिंगै शब्दलाई तत्काल चिनेर फटाफट पढ्न सक्ने व्यक्तिले नै लिखित सामग्री बुझन सक्छ । कुशलतापूर्वक पढ्नुको एउटा महत्वपूर्ण  विशेषता भनेकै शब्दहरूलाई प्रवाहका साथ पढ्न सक्नु हो— स्वतः स्फूर्त प्रक्रियाका रूपमा; ‘अतिरिक्त’ प्रयास न गरिकनै । यो ज्यादै महत्वपूर्ण  कुरा हो, किन भने पढ्नु अर्थात् शब्दको अर्थ बोध गर्नु र पाठ (लिखित सामग्री) लाई समग्रतामा बुझनु दुवै हराम्रो अल्पकालिक स्मृतिमा निर्भर हुन्छन् । र, यो ‘अल्पकालिक स्मृति’ भन्ने जिनिस एकदम सानो, छोटो, सीमित हुन्छ । एउटा सामान्य पाठकले एक पटकमा लगभग सात वटा जानकारी मात्र दिमागमा राख्न सक्छ ।

यस अवस्थामा, यदि विद्यार्थीले शब्दलाई तत्काल चिन्न सक्तैन अथवा अझै पनि शब्दहरूलाई एक–एक अक्षर खुट्याएर पढ्नु–उच्चारण गर्नु पर्ने अवस्थामै छ भने उसको अल्पकालिक स्मृतिको ठूलो हिस्सा शब्दहरू खुट्याएर तिनको अर्थ बुझनमै खर्च हुन पुग्छ । ऊ शब्दमा रहेका एक–एक अक्षर र तिनको मेलले बन्ने शब्द–ध्वनिमै अलमलिइरहन्छ । यसो भएपछि ऊसँग न अलग–अलग शब्दलाई फटाफट चिन्न; न त वाक्यहरू, अनुच्छेद र पूरै पाठ बुझने धेरै क्षमता नै बाँकी रहन्छ । यसको विपरीत, सिंगासिंगै शब्द प्रवाहपूर्वक पढ्न सक्ने पाठकले शब्द चिन्न अत्यन्त कम ऊर्जा खर्च गर्नु पर्छ, जसका कारण समग्र पाठलाई बुझन ऊसँग अधिकतर ऊर्जा र क्षमता बचेको हुन्छ ।

घ. पाठका विशेषता थाहा पाउनु

भर्खर भर्खर पढ्न थालेका अर्थात् प्रारम्भिक पाठकहरूले कुनै पनि लिखित सामग्री पढ्न थाल्नु अघि त्यसको शीर्षक, त्यसमा दिइएका चित्र, तिनको क्याप्शन, उपशीर्षक आदिको त्यस पाठको समग्र अर्थसँग के सम्बन्ध छ भन्ने थाहा पाउनु आवश्यक हुन्छ । यसले पाठबाट अर्थ निर्माण गर्न सहयोग पुर्याउँछ । कथा–कहानी जस्ता विवरणात्मक पाठका सन्दर्भमा पनि , कथाका संरचनाबारे शुरूमै बताइदिने हो भने राम्ररी, बुझेर  पढ्न र यसरी पढेको कथा आफ्नो भाषामा सुनाउन उसलाई प्रशस्त मदत पुग्छ ।

बुझेर  पढ्ने रणनीति

सक्रिय, उद्देश्यमूलक र सार्थक ढंगले पढ्नका निम्ति पढ्नु अघि, पढ्ने वेलामा र पढिसकेपछि कैयौं यस्ता काम गर्न सकिन्छ, जसलाई ‘बुझेर पढ्ने रणनीति’ (कम्प्रिहेन्सन स्ट्राटेजीज) भनिन्छ । यस्ता रणनीति अपनाउँदा पाठकलाई कुनै पाठसँग बढी गहिरो किसिमले र जानेर–बुझेर  जोडिन पर्याप्त मदत पुग्छ । यस क्रममा शिक्षकहरू स्वयंले पनि त्यस्तो विधि वा तरीका खोज्न सक्छन् जसले विद्यार्थीमा शब्द र पाठको तहमा समेत बुझेर  पढ्ने क्षमता विकसित गर्न सघाउ पु¥याओस् ।

पढ्नु अघि

क. उद्देश्य निर्धारित गर्नु कुनै पाठ अथवा कथा पढ्न थाल्नु अघि त्यो किन पढ्ने भन्ने स्पष्ट हुनुपर्छ । यस्तो उद्देश्य तय गर्न केटाकेटीलाई शिक्षकले मदत गर्नु पर्छ । शुरूशुरूमा आफैंले उद्देश्य तय गरेर बताइदिने र क्रमशः उनीहरूलाई आफ्नो ‘पढाइ’को उद्देश्य स्वयं तय गर्न लगाउने; त्यसको बानी बसाइदिने । उद्देश्य स्पष्ट भएपछि ‘पाठ’ बढी रुचिपूर्वक र ध्यानपूर्वक पढ्न सघाउ पुग्छ । ‘पढाइ’ को उद्देश्य तय गर्न केटाकेटीलाई यस प्रकारका प्रश्न गर्न सकिन्छः

  • तिमी यस कथामा के–के हुन्छ भन्ने जान्नका लागि पढ्न चाहन्छौ ?  तिमी यो कथा तिम्रा अनुभव र भावनासँग जोडिएको छ कि छैन भनेर हेर्नका लागि पढ्न चाहन्छौ ?
  • तिमी यो पाठ खास जानकारी हासिल गर्नका लागि पढ्न चाहन्छौ ?
  • तिमी यो सामग्री लेखकले प्रस्तुत गरेका विवरणको आनन्द लिनका लागि पढ्न चाहन्छौ ?
  • तिमी यो सामग्री पढिसकेपछि कुनै अभ्यास अथवा काम (‘टास्क’) पूरा गर्नका लागि पढ्न चाहन्छौ ?

यी बाहेक पनि पढ्नुका अरू धेरै उद्देश्य, धेरै कारण हुन सक्छन् ।

ख. संरचनाको अवलोकन गर्नु

पढ्न थाल्नु अघि सामग्रीको शीर्षक, तस्वीर, रेखाचित्र, क्याप्शन, उपशीर्षक, अधोरेखांकित वागाढा अक्षरमा रहेका शब्द तथा वाक्यांश र अन्य चित्रात्मक कुरा हरूको राम्ररी अवलोकन गर्नु पर्छ । खास गरी कुनै जानकारीयुक्त पाठ पढ्ने वेला केटाकेटीलाई यसबाट ठूलो मदत पुग्छ । पाठको विषयवस्तु बुझन अवलोकनबाट पुग्ने फाइदा उनीहरूले छिट्टै थाहा पाउँछन् र यसको बानी बसाल्छन् । कथा–कहानी पढ्न लाग्दा पनि त्यसको बनावट वा त्यसमा रहेका चित्रहरूको अवलोकन गर्नाले कथा बुझन र पछि अरूलाई सुनाउन सजिलो हुन्छ ।

ग. पूर्वज्ञानलाई सक्रिय पार्नु

पाठकहरू लिखित शब्दलाई आफ्नो अनुभव र ज्ञानसँग जोडेर नै त्यसको अर्थ निर्माण गर्छन् । तसर्थ केटाकेटीलाई पनि सर्वप्रथम के बुझाउनु उपयुक्त हुन्छ भने, पढ्न लागेको सामग्रीलाई आफ्नो पूर्वज्ञान र अनुभवसँग जोड्नुपर्छ । जे कुरा पढ्न लागिएको छ त्योसँग जोडिएका वा मिल्दाजुल्दा कुरा बारे आफूलाई के–के थाहा छ र त्यस विषयसँग सम्बन्धित के–कस्ता शब्द र तिनको अर्थ बारे जानकारी छ भन्ने सोच्न केटाकेटीलाई प्रोत्साहित गर्नोस् । पूर्वज्ञानलाई सक्रिय पार्न शिक्षकले केटाकेटीलाई यस्ता प्रश्न सोध्दा पनि हुन्छः   फलानो कुरा का बारेमा तिमीलाई के थाहा छ ? यो शब्द तिमीले पहिले सुनेका अथवा पढेका छौ ? यसले तिमीलाई के कुरा को संझना दिलाउँछ ? तिम्रो विचार मा यस शब्दको अर्थ के हो ? आदि । पढ्न थाल्नु अघि कक्षाकोठामा यस्तो चर्चा गर्नु को अर्को फाइदा के छ भने, त्यस विषयमा फिटिक्कै केही थाहा नपाएका अन्य केटाकेटीलाई समेत त्यस विषयबारे थाहा पाउन मदत पुग्छ । तिनले नयाँ ज्ञान प्राप्त गर्छन् ।

घ. अनुमान गर्नु

पढ्न थाल्नु अघि केटाकेटीलाई यस्ता खालका अनुमान गर्न लगाउनु रराम्रो हुन्छः यो कथामा के हुन्छ होला ? कस्ता खालका शब्द प्रयोग हुन सक्छन् ? अन्त्यमा के होला ? शीर्षक हेर्दा यस सामग्रीमा के विषयमा कस्ता कुरा लेखेको होला भन्ने बुझिन्छ  ? पछि , पढ्न थालेपछि , उनीहरूलाई आफ्नो अनुमान कत्तिको मिल्यो भनेर ख्याल गर्न लगाउनुपर्छ । केटाकेटीलाई ध्यानपूर्वक पढ्ने बानी बसाल्न यो अत्यन्त उपयोगी रणनीति हो ।

ङ प्रश्न गर्नु

केटाकेटीलाई कुनै पनि पुस्तक वा लिखित सामग्रीको शीर्षक, आवरण पृष्ठ र त्यसमा रहेका चित्रहरू ध्यानपूर्वक हेर्न र त्यसपछि मनमा उठेका प्रश्न गर्न प्रोत्साहित गर्नु पर्छ । ती प्रश्न छोटकरीमा लेखेर राख्ने र पछि (सामग्री पढ्दा) तिनको उत्तर प्राप्त भयो कि भएन वा कस्तो उत्तर प्राप्त भयो भन्ने ख्याल गर्न सिकाउनु रराम्रो हुन्छ ।

पढ्ने वेला

क. शब्दको अर्थ–अन्वेषण

पढ्ने क्रममा अपरिचित अथवा कठिन शब्दहरू ख्याल गर्न केटाकेटीलाई प्रोत्साहित गर्नु पर्छ । त्यस्ता शब्दमुनि पेन्सिलले तेर्सो धर्को (अन्डरलाइन) तान्न, अर्को दिन ती शब्द फेरि ध्यान दिएर पढ्न र अर्थ पत्ता लगाउन पनि उनीहरूलाई प्रेरित गर्नु रराम्रो हुन्छ । वाक्यमा रहेका अन्य शब्दहरूको, (प्रसंग–सन्दर्भको समेत) आधारमा त्यस्ता शब्दको अर्थ अन्वेषण गर्ने प्रयास उनीहरूले गर्न सक्छन् ।

यस प्रक्रियामा मदत पुर्याउन शिक्षकले यस्ता प्रश्न गर्न सक्छन्ः यो शब्द यहाँ राखेको ठीक जस्तो लाग्छ ? यसले वाक्यको अर्थ स्पष्ट हुन्छ ? यसको अर्थ यो त होइन ? आदि । महत्वपूर्ण  कुरा के हो भने अपरिचित/कठिन शब्दको अर्थ जान्ने अर्थात् समस्या–समाधान गर्ने प्रक्रियामा केटाकेटी सक्रिय सहभागी बनुन् । ख्याल गर्नु पर्ने कुरा के मात्र हो भने, यस्तो अभ्यास साँच्चै आवश्यक पर्दा मात्रगराइयोस्; जहिले र जहाँ पनि गराउन थाल्दा यो नीरस, निर्जीव, यान्त्रिक प्रक्रिया बन्न सक्छ ।

ख. अनुमान र पुष्टि

पढ्दा बीचबीचमा रोकिएर आफूले आफैंसँग यस्ता प्रश्न गर्न केटाकेटीलाई प्रोत्साहित गर्नु पर्छः अब यसपछि के हुन्छ ? के पढ्न पाइन्छ ? यस्तो किन भयो ? अथवा, मेरा प्रश्नहरूको जवाफ भेटिइरहेको छ त ? बीचबीचमा अनुमान गर्दै पढ्ने र आफ्ना अनुमान कति सही र कतिगलत भए भनेर ख्याल गर्दै पढ्ने गर्दा लिखित सामग्रीमा उनीहरूको रुचि र उत्सुकता बढ्छ । यो प्रक्रिया उनीहरू पढ

एकअर्काका बीचमा पनि चलाउन सक्छन् । जस्तै, अर्काको अनुमान के थियो र कति मिल्यो, कति मिलेन ? यसले एउटै सामग्रीबारे एकअर्काका पृथक् सोचाइबारे उनीहरू परिचित हुन्छन्, तिनको सोचाइको परिधि विस्तृत हुन्छ, साथै बढी ध्यान दिएर पढ्न थाल्छन् ।

ग. कल्पना

केटाकेटीले कुनै कथा पढिरहँदा (वा तिनलाई कुनै कथा सुनाइरहँदा) बीचमा कुनै रोचक ठाउँमा रोकेर शिक्षकले सोध्न सक्छ— तिम्रो दिमागमा यस घटना-सन्दर्भको कस्तो चित्र बनिरहेको छ ? कस्तो रंग, आकार, वेशभूषा, मुखमुद्रा, पृष्ठभूमि आदि । अनि कस्तोगन्ध र स्पर्श (तातो, चीसो आदि) को अनुभूति हुँदैछ ? कस्तो भावना जागेको छ ? एउटाले यिनको वर्णन गरे पछि अरूको दिमागमा बनेको चित्र इन्द्रिय–अनुभूति र भावनाको वर्णन गर्न लगाउने र एकअर्कासँग तुलना गर्न लगाउने अभ्यास ले उनीहरूको कल्पनाशक्ति तिखारिन्छ र पढिने सामग्री बढी गहिरोसँग बुझने क्षमता विकसित हुँदै जान्छ । फेरि एकचोटि भनौं, यहाँ उल्लिखित यो वा अरू कुनै पनि रणनीति श्राद्धमा बिरालो बाँध्ने पाराले जहिले पनि , जहाँ पनि प्रयोग गर्नु चाहिं हुँदैन, अन्यथा यो निष्प्रभावी, उराठलाग्दो, विकर्षणकारी यान्त्रिक प्रक्रिया बन्न पुग्नेछ ।

घ. रोकिने, दोहोर्याउने

बुझेर  पढ्ने क्षमता बढाउन, केटाकेटीलाई बीचबीचमा रोकिएर आफूले आफैंलाई सोध्न सिकाउनु पर्छः मैले पढिरहेको कुरा बाट कुनै अर्थ निस्किरहेको छ कि छैन ? पढेको कुरा मैले बुझरिहेको छु कि छैन ? उसले कुनै शब्द राम्ररी पढ्न सकिरहेको छैन भने दुई–तीन पटक ठूलो स्वरमा पढेर हेर्ने, पूरै वाक्य दोहोरयाएर पढ्ने प्रयास गर्नु पर्छ । अर्थ बुझन सकेन भने त्यो शब्द छोडेर अघि बढ्न सक्छ र अनुच्छेदको अन्त्यसम्म पढ्दै जान सक्छ— त्यहाँ त्यस शब्दको अर्थ के हुन सक्छ भनेर सोच्दै । त्यसपछि त्यो अनुच्छेद फेरि एकपल्ट शुरू देखि पढेर त्यस शब्दको अर्थ पहिल्याउने प्रयास गर्न सक्छ । यसबाट शब्दको अर्थ खुल्न सक्छ । नखुलेमा साथी वा शिक्षकसँग सोध्ने विकल्प त खुला छँदैछ ।

ङ. पूर्वज्ञानसँग जोड्नु

पढिरहेको विषयवस्तुलाई आफ्नो अनुभव र पूर्वज्ञानसँग जोड्नु जरूरी हुन्छ । यसका लागि शिक्षकले विद्यार्थीलाई विभिन्न प्रश्न सोधेर सघाउ पुर्याउन सक्छ (यसबारे भर्खरै भनिसकिएको पनि छ) । बिस्तारै बिस्तारै विद्यार्थीले पठन–सामग्रीसँग आफ्नो पूर्वज्ञानलाई स्वयं जोड्न थाल्छ र त्यसमा बानी पर्छ ।

च. लुकेका कुरा

पढ्ने क्रममा, केटाकेटीलाई के पनि सोच्न प्रेरित गर्न सकिन्छ भने, उसले पढिरहेको सामग्रीमा कुन कुन जानकारी प्रत्यक्ष रूपमा दिइएको छ र के कति कुरा त्यसरी सोझै  भनिएको छैन तर बुझिन्छ  । उदाहरणका लागि दुई छोटा वाक्यः त्यहाँ एकदमै  हिलो थियो ।  मानिसहरू छाता ओढेर  हिंडिरहेका  थिए । यहाँ सोझै नभनिए पनि , त्यो ठाउँमा पानी परिरहेको थियो भन्ने स्पष्टतः बुझिन्छ  । यस्तै कुनै पात्रको गतिविधि, बोली अथवा भावभंगिमाको वर्णनबाट ऊ खुशी भएको , रिसाएको अथवा दुः खी भएको बुझनि सक्छ । यसप्रकार, भनिएका शब्द र वाक्यबाट नभनिएको वा लुकेको कुरा बुझन र बताउन केटाकेटीलाई प्रोत्साहित गर्नु पर्छ । यसले उनीहरूलाई शब्दभित्र पसेर निहितार्थ खोज्ने वा कुरा बुझेर  लुकेको निष्कर्ष निकाल्न सक्ने बनाउँदै लैजान्छ । यसबाट तिनले लिखित सामग्रीको अर्थ बढी व्यापक र गहिरो तवरमा बुझन थाल्छन् ।

पढिसकेपछि

क. आफ्ना शब्दमा प्रस्तुत गर्नु

पढिसकेपछि , केटाकेटीलाई कक्षामा भएको कुरा साथीहरूलाई सुनाउन अथवा आफ्ना शब्दमा लेखेर हेर्न लगाउन सकिन्छ । त्यो मूल कथाभन्दा छोटो हुनुपर्छ र त्यसमा महत्वपूर्ण  पात्रहरू, मुख्य घटनाहरू र कथाको मूल विषयवस्तु आउनुपर्छ । उसले अरू किसिमको सामग्री पढेको छ भने त्यसमा मुख्य के–के जानकारी प्रस्तुत गरिएको छ भनेर वर्णन गर्न वा समीक्षा गर्न लगाउनु उपयोगी हुन्छ ।

ख. सार संकलन गर्नु

पाठमा रहेका मुख्य घटना अथवा दिइएका मुख्य विचार वा जानकारी पहिचान गरेर आफ्ना शब्दमा व्यक्त गर्ने कला विद्यार्थीलाई सिकाउनु आवश्यक छ । यसले कम उपयोगी वा अनावश्यक कुरा छोडेर मुख्य र अत्यावश्यक कुरा संग्रह गर्ने क्षमता उनीहरूमा विकसित हुन्छ जसले बुझेर  पढ्ने प्रक्रियालाई थप अर्थपूर्ण बनाउँछ ।

ग. चित्र संयोजक

लिखित सामग्री पढिसकेपछि केटाकेटीलाई कथा–मान चित्र (स्टोरी म्याप), जीवनी–चक्र (बायोग्राफी ह्वील), शब्दार्थ चित्र (सीमेन्टिक म्याप), फ्लो चार्ट अथवा अरू कुनै त्यस्तो डायग्राम दिन सकिन्छ जसमा उनीहरूले त्यस सामग्रीमा रहेका मुख्य कुरा सिलसिलाबद्ध रूपमा देखाउन सकुन् । यस प्रकारको चित्र संयोजक (ग्राफिक अर्गनाइजर) को प्रयोगले पढेको कुरा को सार दिमागमा व्यवस्थित गर्न सघाउँछ ।

घ. निष्कर्ष

निकाल्नु यसै क्रममा केटाकेटीलाई समग्र पाठ वा पढाइको निष्कर्ष निकाल्न प्रेरित गर्न सकिन्छ । जस्तैः पढ्नु अघि र पढिरहँदा उक्त सामग्रीबारे के–के अनुमान गरिएको थियो र तीमध्ये कति मिले, कति मिलेनन् ? प्रश्नहरूको जवाफ पाइयो, पाइएन ? पढिसकेपछि कुनै प्रश्न उब्जिएको छ कि ? तिनले पाएको पाठ–निष्कर्ष के हो ?

ङ दोहोरयाएर पढ्नु

कुनै पनि लिखित सामग्री (चाहे त्यो कथा होस् वा जानकारीमूलक लेख) लाई अझ् राम्ररी बुझन त्यसलाई दोहोरयाएर पढ भनी केटाकेटीलाई मार्गदर्शन गर्नु रराम्रो हुन्छ । अथवा, जुन अंश राम्ररी बुझएिको छैन, त्यसलाई मात्र दोहोरयाएर पढे पनि भयो ।

च. छलफल

केटाकेटीलाई आफूले पढेको कुरा बारे घरमा वा स्कूलमा साथीहरूसँग कुरा गर्न प्रेरित गर्नु पर्छ । त्यस क्रममा छलफल गर्न, अरूले सोधेका कुरा को जवाफ दिन र आफ्नो विचार प्रस्तुत गर्न, साथै आफ्नो उत्तर वा विचार का पक्षमा पुस्तकबाट सहयोग लिन प्रोत्साहित गर्नु उचित हुन्छ ।

छ. सोच–विचार

कुनै कुरा पढिसकेपछि केटाकेटीलाई त्यसबारे सोच–विचार गर्न र प्रतिक्रिया व्यक्त गर्न लगाउनुपर्छ । जस्तैः त्यो पढ्दा उसको दिमागमा कस्तो विचार आयो ? पढिसकेपछि कस्तो महसूस भयो ? कुन अंश रराम्रो लाग्यो र कुन अंश मन परेन ? कुन कुरा आफ्नो जिन्दगी वा सोचाइसँग मिलेजस्तो लाग्यो ? प्रतिक्रिया जस्तो दिए पनि हुन्छ, अरूले के सोच्लान् भनेर हिचकिचाउनु पर्दैन भनेर आश्वस्त गराउनु पर्छ । सूचनामूलक सामग्री छ भने उनीहरूले त्यसबाट नयाँ कुरा के जानियो भनेर बताउन सक्छन् । चित्र बनाएर पनि प्रतिक्रिया व्यक्त गर्न सक्छन् । पढेको सामग्रीलाई आफ्नो अनुभव, सोचाइ र भावनासँग जोडेर व्यक्त गर्न प्रोत्साहित गर्नु को अभिप्राय हो— त्यो कुरा तिनको दिमागमा, तिनको सोचमा प्रविष्ट हुन सकोस् ।

केही महत्वपूर्ण  रणनीति

माथि उल्लेख गरिएको एनपीआरको प्रतिवेदनमा अर्थ–ग्रहणका विभिन्न रणनीतिहरू सिफारिश गरिएको छ । तीमध्ये केही महत्वपूर्ण  रणनीति हुन्ः

  • अनुमान गर्नु -पूर्वज्ञानलाई सक्रिय पार्नु-सामग्रीसँग जोडिनु,
  •  निर्धक्क भएर सोच्नु र आफ्नो सोचाइ-प्रतिक्रिया व्यक्त गर्नु ,
  • पाठ–संरचनाको प्रयोग-उपयोग गर्नु ,
  •  मनमा छवि–निर्माण गर्नु ,
  • चित्र संयोजकहरूको प्रयोग गर्नु ,
  •  सार–संकलन गर्नु ,
  • प्रश्न गर्नु ।

बिर्सन नहुने कुरा के हो भने यीमध्ये कुनै पनि रणनीति एक्लाएक्लै चल्दैनन् । दुई अथवा तीनवटा रणनीतिले एकैचोटि काम गर्छन् । अर्थात् पढ्नु अघि, पढ्ने वेला र पढिसकेपछि का अवस्थाहरूमा एकसाथ विभिन्न रणनीतिहरूको प्रयोग गर्न केटाकेटीलाई प्रोत्साहित गर्नु पर्छ । कारण उही होः यसले पढेको कुरा राम्ररी बुझन मदत पुग्छ ।

विकसित क्षमताहरू बुझेर  पढ्ने र त्यसबाट अर्थग्रहण गर्ने रणनीति सिकाउँदा यसले पाठकमा कुशल र स्वनियमित पठन क्षमता विकसित गर्न सघाउ पुर्याउँछ । अर्थात् उसले आफ्नो अर्थ–ग्रहण प्रक्रियाको सावधानीपूर्ण निरीक्षण गर्न सक्छ । फलस्वरूप, पढिरहेको कुरा कतिवेला बुझिंदैन   र कतिवेला बुझिरहेको  छैन भन्ने उसलाई थाहा हुन्छ । यस्तो पाठकले बुझाइमा समस्या उत्पन्न हुनासाथ त्यसको समाधानका उपाय वा रणनीति खोज्न सक्छ ।

यस्ता केटाकेटीमा यी क्षमता विकसित हुन्छन्ः
 जे बुझिदै छैन, त्यो थाहा पाउनु,
 कठिन वाक्य वा पाठलाई आफ्ना शब्दमा भन्न सक्नु,
 पाठमा अगाडि गएर यस्ता जानकारी खोज्नु, जसले पहिलेको अस्पष्टता समाप्त गर्न मदत गर्न सक्छन्,
 बुझेर  पढ्ने क्रममा आइपरेका समस्या समाधान गर्न उपयुक्त रणनीतिहरूको प्रयोग गर्नु । अर्थ–ग्रहण रणनीति सिकाएपछि पाठकले आफू कसरी पढ्छु र आफ्नो पढ्ने प्रक्रियालाई कसरी व्यवस्थित गर्न सक्छु भन्ने सोच्न थाल्छ । पढ्ने प्रक्रियाबारे सोच्नु, पढ्ने क्रममा (पढ्दापढ्दै) सोच्नुभन्दा बेग्लै क्रिया हो । पढ्ने प्रक्रियाबारे सोच्दा पाठक पढिंदै गरेको सामग्रीसँग आफ्नो सम्बन्धबारे सचेत हुन्छ । उसले प्रश्न गर्ने र उत्तर खोज्ने तथा त्यस पाठलाई अरू गहिरोसँग बुझने तरीकाहरू खोज्ने सचेत चेष्टा गर्छ । यसबाट उसलाई आफ्नो पढ्ने क्रिया माथि नियन्त्रण प्राप्त हुन्छ । ‘सोच्नुका बारेमा सोच्ने’ यस्तो क्रियालाई ‘मेटाकग्निशन’ अथवा परासंज्ञात्मक क्रिया भनिन्छ ।

अन्त्यमा प्रत्येक केटाकेटीमा सिकेर विकसित हुने सम्भावना लुकेको हुन्छ । उनीहरूका निम्ति पढाइ–लेखाइ त्यसवेला मात्र सार्थक हुन्छ जब यो काम तिनका लागि रोचक, उद्देश्यपरक र अर्थपूर्ण हुन्छ । साथै, पढ्ने– लेख्ने गतिविधिहरूलाई आफूले बोल्ने भाषा र आफ्नो पारिवारिक जीवनका कुरा हरूसँग जोड्ने विभिन्न प्रकारका ‘सक्रिय’ मौका उनीहरूले पाउनुपर्छ । यसो भए केटाकेटीले मन लगाएर र बुझेर र पढ्ने– लेख्नेछन् ।

यस्तो अभ्यास जति बढी हुन्छ, उनीहरूको पढाइ–लेखाइको जग उति बलियो हुन्छ । जसरी प्रारम्भिक बाल्यावस्थामा केटाकेटीहरू परिवारका सदस्य र स्वयं आफूसँग बढीभन्दा बढी आदानप्रदान गरेर बोल्न सिक्छन् त्यसै गरी रोचक उद्देश्य र गतिविधिहरूसँग जोडिएका पढ्ने– लेख्ने मौका जति बढी पाउँछन् उति नै बढी उनीहरू यस प्रक्रियासँग जोडिन पुग्छन् । जुन केटाकेटीलाई प्रारम्भिक बाल्यावस्थामा घरमा लिखित परिवेश प्राप्त हुँदैन, उनीहरू यो लाभबाट वञ्चित हुन्छन् । घर र स्कूलको परिवेश तथा भाषाको अन्तर उनीहरूका निम्ति ठूलो खाल्डो हुन्छ, जसलाई पुर्न निकै मुश्किल हुन्छ । त्यसैले कक्षाकोठामा शिक्षकले उनीहरूलाई विशेष ध्यान दिनु जरूरी हुन्छ ।

कुरा को चुरो चाहिं के भने, हरेक प्रकार र परिस्थितिका केटाकेटीलाई बुझेर  पढ्न सिकाउन सकिन्छ, जसले उनीहरूको ‘विकास ’ मा महत्वपूर्ण  योगदान गर्छ ।

 प्राथमिक शिक्षा र प्रारम्भिक साक्षरताका क्षेत्रमा शिक्षक र प्रशिक्षकका रूपमा लामो अनुभव संगालेकी लेखिका भारतमा उक्त क्षेत्रसँग सम्बन्धित दुई राष्ट्रिय उपक्रममा सचिव-निर्देशकका रूपमा कार्यरत छिन् । 
साभारः शैक्षणिक सन्दर्भ, पूर्णाङ्क ९३–९४ 

भाषान्तर तथा सम्पादनः शरच्च­­न्द्र वस्ती

शिक्षक  मासिक
२०७५ वैशाख अंकमा प्रकाशित । 

commercial commercial commercial commercial