शिक्षकले नै गर्न सक्ने केही कुरा

धेरै मानिसलाई नेपालका सामुदायिक विद्यालयहरूको शिक्षा कुन हदसम्म बिग्रेको छ वा कुन हदसम्म सप्रनुपथ्र्यो भन्ने अनुमानसमेत छैन । अझ् ती मानिसलाई त छँदै छैन, जो आफ्ना छोराछोरीलाई विदेशमा वा नेपालकै निजी विद्यालयमा पढाउँछन् । स्वयं शिक्षा मन्त्रालय अन्तर्गतका विभिन्न निकायमा जागिर खानेहरूलाई १० कक्षाका विद्यार्थीले सामान्य भागसमेत गर्न जान्दैनन् भन्ने कुराले आश्चर्य चकित बनाउँछ ।

यहाँ विद्यालय सुधारका विभिन्न पाटाको चर्चा गर्न लागिएको होइन । ‘सुधार’ शब्दसँग शिक्षा मन्त्रालयको नेटवर्क डराउँछ ।

सामुदायिक विद्यालय सुधार्न धेरै मेहनत गर्नुपर्छ । योग्य र अयोग्य शिक्षक चिन्न सक्नुपर्छ । कुन विद्यालयलाई भौतिक पूर्वाधारको आवश्यकता छ र कुनलाई छैन, छुट्याउन सक्नुपर्छ । कुन ठाउँमा विद्यालय आवश्यक छ र कुन ठाउँमा छैन नक्सासहितको सामान्य ज्ञान हुनुपर्छ । कुन शिक्षकले किताब पढाउँछ र कुन शिक्षकले पाठ्यक्रममा आधारित भएर शैक्षिक सामग्री निर्माण गरेर पढाउँछ, चेकजाँच गर्र्नुपर्छ । कुन ठाउँमा शिक्षकको भीड छ र कुन ठाउँमा शिक्षकको संख्या न्यून छ, त्यसको जानकारी राख्नुपर्छ । कुन विद्यालयको शैक्षिक अवस्था कस्तो छ र त्यो सुधार्न कसरी योग्य शिक्षक पठाउने वा कुन उपाय गर्ने छटपटी हुनुपर्छ । कर्तव्यनिष्ठ र योग्य शिक्षकलाई कसरी पुरस्कृत गर्ने तथा अयोग्य र गैरजिम्मेवारलाई कसरी कारबाही गर्ने, त्यसका लागि इमानदारी र साहस चाहिन्छ । समाजका प्रभावशाली व्यक्ति, राजनीतिक दलका प्रतिनिधि र शिक्षकका प्रतिनिधिसँग निरन्तर संवाद र उनीहरूलाई यथार्थको बोध गराउन सक्नुपर्छ ।

मन्त्रालयदेखि हुने सुधारले लामो समय लिने भएकाले यहाँ ती मानिससँग सम्बन्धित प्रसंग मात्रै उठाउन चाहन्छु, जसले चाहेमा तत्काल सकारात्मक परिणाम आउन थाल्छ । हो; यहाँ शिक्षकको सन्दर्भमा चर्चा गर्न थालिएको छ । शिक्षकले चाहेमा सामुदायिक विद्यालयमा तत्कालै सुधारका संकेत देखा पर्न थाल्छन् ।

बेथितिको फेहरिस्त
घण्टी बजेपछि प्रार्थनासभाको नाममा विद्यार्थीलाई चौरमा जम्मा पारेर केही छिन जिउ मर्काउन लगाइन्छ । दुई गाँस च्यापेर कुद्दै आएका विद्यार्थी नियमित रूपमा यही कार्य दोहो¥याउँछन् तर उनीहरूलाई यसो गर्नुको अर्थ र औचित्य के भन्ने थाहा हुँदैन ।

राष्ट्रिय गान गाएर उनीहरू कक्षाकोठामा छिर्छन् । हिजोआज केही विद्यालयले प्रार्थनासभामै प्रश्न सोध्ने कार्य पनि थालेका छन् ।

विद्यार्थी कक्षाकोठामा प्रवेश गरेपछि सबै शिक्षक हाजिर कापी लिन प्रशासन कक्षमा पुग्छन् । कक्षा अनुसारको शिक्षक संख्या छ भने सबै कक्षामा हाजिरी लिइन्छ । नत्र कतै हाजिरी हुन्छ त कतै विद्यार्थी सामान्य हल्लाखल्ला गरेर बस्छन् । त्यसपछि पढाइ शुरू हुन्छ । शिक्षकले कसरी पढाउँछन् भन्ने कुरा हामी सबैलाई थाहा छ ।

अपवादलाई छाडेर, प्रायः सबै शिक्षकले विद्यार्थीलाई पुस्तक निकालेर सम्बन्धित पाठमा जान भन्छन् । अगाडिका मध्ये एक जना विद्यार्थीको किताब टिपेर शिक्षक पाठ पढाउन शुरू गर्छन् । किन त्यो पाठ पढाइँदै छ, त्यसको लक्ष्य के हो, त्यति पढेपछि के जानिन्छ, त्यस पाठको सम्बन्ध केकेसँग छ ? व्यक्ति, परिवार, समाज, राष्ट्र वा विश्वसँग पाठलाई कसरी जोड्ने ? धेरै शिक्षककै दिमागमा पनि यस्तो ख्याल आउँदैन ।

विद्यार्थी पढ्न थाल्छन् । धेरैजसो विद्यालयमा विद्यार्थीले वाक्य पढ्दैनन्, शब्दशब्द उच्चारण गर्छन् । लयात्मक रूपमा वाक्य पढ्ने कुरा उनीहरूको मस्तिष्कमा पारिएकै हुँदैन । विद्यार्थीसँग एकछिन भलाकुसारी गरेर उनीहरूलाई प्रश्न गर्नेबित्तिकै थाहा हुन्छ ‘शिक्षकले के पढाइरहेका छन्, कसरी पढाइरहेका छन्’ भन्ने कुरा ।

गणित, अंग्रेजी, विज्ञान र नेपाली पढाउने शिक्षक कालोपाटी (हिजोआज ठाउँठाउँमा सेतोपाटी पनि प्रचलनमा आइरहेका छन्) मा लेख्छन् । विद्यार्थी सार्छन् । साना कक्षामा एकले पढेको अर्कोले सुन्दैन । माथिल्लो कक्षामा अगिल्लो बेञ्चमा बस्ने, सक्षम विद्यार्थीलाई बढी प्रोत्साहित गरिन्छ ।

उद्देश्यविहीन भएर विद्यार्थीले पाठ सक्छन् । उनीहरूले के बुझ्े, के बुझ्ेनन्, शिक्षकलाई खासै मतलव हुँदैन । विद्यार्थीहरू जेल पनि भन्न नसुहाउने कक्षाकोठामा आफ्नो उर्वर दिन बिताई अनुहार निन्याउरो बनाएर घर फर्कन्छन् । यसरी नै शिक्षकको तलब पाक्छ । विद्यार्थीको शिक्षाप्रति विश्वास जन्मनै नपाई मर्छ ।

हिजोआज बालकक्षाहरूमा केही सुधार हुँदै आएको छ । त्यहाँ शिक्षण सामग्री झ्ुण्ड्याइएका वा थन्क्याइएका देखिन्छन् तर सही रूपमा त्यसको प्रयोग हुन भने बाँकी नै छ । माथिल्ला, खास गरी ८ भन्दा कक्षाभन्दा माथिका कक्षा सञ्चालन हुने विद्यालयमा जिल्ला स्तरीय परीक्षा र एसएलसीका कारण विद्यार्थीमाथि शिक्षकको थोरै भए पनि चासो हुन्छ । प्रयोगशाला भएका विद्यालयमा विज्ञान पढाउने केही शिक्षकले राम्रो गर्ने प्रयास गर्छन् । गणितका केही शिक्षकले पनि प्रयोगात्मक अभ्यास गरेको भेटिन्छ । कतैकतै अंग्रेजीका शिक्षकले पनि शब्दार्थ, वाक्य गठन र व्याकरण सम्बन्धी कार्यका लागि प्रयोगात्मक सीप देखाएका छन् । तर, केही राम्रा शिक्षकलाई छाड्ने हो भने अधिकांश शिक्षकको शिक्षण कार्य उत्साहजनक पाइँदैन । त्यसैले जिल्ला शिक्षा कार्यालयहरूमा पुगेर ‘तपाईंको जिल्लाका राम्रा विद्यालय कुनकुन होलान् ?’ भनेर प्रश्न राख्ता प्रायः अधिकारीहरूको पसिना छुट्छ ।

हुन त यसरी नराम्रो पक्षको चर्चा गर्दा राम्रो काम गरिरहेका शिक्षकलाई चोट पर्छ । राम्रा विद्यालयमा पनि अयोग्य र गैरजिम्मेवार शिक्षक छन् र नराम्रा विद्यालयमा पनि जिम्मेवार र योग्य शिक्षक छन् । नराम्राको बहुमत भएको ठाउँमा राम्रा हतोत्साहित छन् र राम्रा बहुमतमा भएको ठाउँमा नराम्रा लज्जित छन् । सम्बन्धित निकायबाट हुने दण्ड र पुरस्कारको ‘महादेव’ न्यायले ‘राम्रो गरौं’ भन्नेहरूलाई निराश बनाएको छ । यस्तो परिस्थितिमा पनि यदि शिक्षकहरूले निम्न कार्य गर्दै जाने हो भने विद्यालयहरू फेरि पनि सिकाइ केन्द्र बन्न सक्छन् ।

भौतिक वातावरण
ठाउँठाउँका विद्यालयमा भवनको सुरक्षा छैन । विद्यालय हाता र कक्षाकोठा फोहोर छन् । शिक्षकहरूले चाहने हो भने पनि यसलाई सफा, सुन्दर र सुरक्षित बनाउन सकिन्छ । विद्यालयको हाता खुला छ भने पर्खाल, तारबार वा काठ, बाँसबाट विद्यालय परिसर घेर्न सकिन्छ । विद्यार्थीलाई समेत परिचालन गरेर फोहोर, कागजका टुक्रा सफा गर्न सकिन्छ । फोहोर निश्चित ठाउँमा राखेर व्यवस्थापन गर्ने अनुशासन कायम गराउन सकिन्छ । यस्ता कामका लागि विद्यार्थी, शिक्षक मात्र होइन, विद्यालय आसपासका अभिभावकबाट पनि मद्दत लिन सकिन्छ । सुफासुग्घर र सुविधा सम्पन्न विद्यालयहरू कसरी राम्रा भएछन् भनी खोजी पस्ने हो भने त्यहाँ यस्तै क्रियाकलापहरू भएको फेला पर्छ ।

यदि भवनको रङ खुइलिएको छ भने आफै र विद्यार्थीसँग पनि थोरैथोरै रकम सहयोग उठाएर चुना लगाउन सकिन्छ । सफा र व्यवस्थित भौतिक वातावरणले शिक्षक, विद्यार्थी र अभिभावक सबैको मनमा उत्साह ल्याउँछ । हराभरा विद्यालय, झ्लििमिली र आकर्षक कक्षाकोठा र सिर्जनशील सिकाइ नै विद्यालयको मुटु हो । यस्तै ठाउँमा नै सरस्वतीको वास हुन्छ । विद्यार्थीलाई विद्यालय आउँआउँ लाग्छ ।

शिक्षण सिकाइ
प्रायःजसो शिक्षक हतारिँदै विद्यालय पुग्छन् । कक्षामा प्रवेश गरेपछि के पढाउने, किन पढाउने र कसरी पढाउने भन्ने तयारी गरेको पाइँदैन । तयारीविनै कक्षामा प्रवेश गर्ने शिक्षकले विद्यार्थीको सहभागिता खोज्दैनन् । उनीहरू पाठ्यपुस्तकमा आधारित भएर शिक्षण गर्छन् । पाठ्यपुस्तकमा जे छ, त्यही पढेर सुनाउँछन् र विद्यार्थीलाई गृहकार्य दिएर उनीहरू आफ्नो समय सक्छन् । तल्लो कक्षा वा माथिल्लै कक्षामा पनि, धेरै शिक्षकले त विद्यार्थीलाई नै अगाडि आएर पढ्न लगाउँछन् र आफू आराम गर्छन् ।

शिक्षक केही छिटो पुग्ने र पढाउनुपर्ने पाठको तयारी गर्ने हो भने कुरै बेग्लै हुन्छ । यसका लागि सम्बन्धित पाठलाई पाठ्यक्रममा आधारित भएर तयार गरे पुग्छ । अलिअलि आवश्यक चित्र वा अन्य सन्दर्भ सामग्री जुटाए हुन्छ र त्यो पाठ पढिसकेपछि विद्यार्थीले के कुरा सिक्छन्, उनीहरूको दिमागमा त्यो पाठको कस्तो सन्देश जान्छ भन्ने कुरामा ध्यान दिए पुग्छ ।

कक्षाकोठामा प्रवेश गरिसकेपछि विद्यार्थीलाई अभिवादन गर्न सकिन्छ । सधैं विद्यार्थीले मात्रै आदर गर्नुपर्छ भन्ने छैन, शिक्षकले पनि विद्यार्थीप्रति उत्तिकै आदरभाव र स्नेह देखाउन सक्छन् । सम्बन्धित पाठका सन्दर्भमा विद्यार्थीको बुझइ के छ भनेर जानकारी लिने, कसले कसरी आफ्ना कुरा राख्छन् बुझने, आफूले उनीहरूको बुझइलाई अझ् बल दिँदै विद्यार्थीको हौसला बढाउने जस्ता शिक्षकले धेरै प्रयास नगरी गर्न सक्ने काम धेरै छन् । एउटै विषयमा पनि फरक फरक पारिवारिक र सामाजिक पृष्ठभूमिका बालबालिकाको फरक फरक बुझइ हुन्छ । त्यसको कदर गर्दै उनीहरूलाई शिक्षकले प्रस्ट रूपले कुरा बुझउन सक्छन् ।

कक्षामा कोही छिटो कुरा बुझने, राम्ररी सम्झ्ने र प्रष्ट रूपमा उत्तर दिने हुन्छन् । कोही बुझ्ेर पनि व्यक्त गर्न सक्तैनन् । कोही विद्यार्थीले कुरै बुझन सक्तैनन् । यस्तो अवस्थामा शिक्षकले विद्यार्थीको सिक्ने क्षमता र तरिका सम्बन्धमा मनोवैज्ञानिक अध्ययन गर्नुपर्छ । उनीहरूको पारिवारिक र मानसिक अवस्थाको थोरै भए पनि जानकारी राख्नुपर्छ । जान्ने विद्यार्थीलाई अलि जटिल विषयमा व्यस्त गराएर कमजोरहरूलाई कसरी प्रोत्साहित गर्ने र उनीहरूको सिकाइ क्षमता बढाउने कुरामा शिक्षकहरू चिन्तनशील हुनुपर्छ । प्रत्येक विद्यार्थीलाई शिक्षकले चिन्नुपर्छ । उनीहरूका सीप, क्षमता, इच्छा, आकांक्षा यावत् पक्षको अध्ययन गरेर शिक्षकले विद्यार्थीलाई गहिरो रूपमा चिन्न सक्छन् । जब शिक्षकले विद्यार्थीलाई राम्ररी चिन्छन्, तब मात्र उनीहरूको सिकाइमा सुधार आउँछ ।

शिक्षकले कक्षामा मूलतः सहजकर्ताको भूमिका निर्वाह गर्ने हो । सबै कार्य त विद्यार्थी आफैले गर्न सक्छन्; गर्छन् । शिक्षकको प्रस्तुतिमा विद्यार्थीप्रति आस्था र विश्वास भने हुनै पर्छ । विद्यार्थीलाई कसरी नयाँ कुरा सिकाउने र उनीहरूको दिमागलाई सिर्जनाले भर्ने, जिज्ञासाले भर्ने भन्ने चिन्तनमा डुब्ने शिक्षकप्रति विद्यार्थीमा स्वाभाविक रूपले आदरभाव पलाउँछ र बढ्दै जान्छ ।

विद्यार्थीप्रति स्नेह नदर्शाउने र राम्रो शिक्षण नगर्ने शिक्षकप्रति विद्यार्थीमा हेयभाव बढ्दै जान्छ ।

विद्यार्थीका अगाडि चुनौती प्रस्तुति नगर्दा, उचित तरिकाले सही कुरा नसिकाउँदा र उनीहरूमा सिर्जनशीलता बढाउन प्रयास नगर्दा नै विद्यार्थीले सामान्य समस्याको पनि समाधान पहिल्याउन नसक्ने हुन् ।

अनुशासन
यताका दिनमा, विद्यालयमा विद्यार्थीको होहल्ला र एकले अर्कालाई नटेर्ने प्रवृत्ति बढ्दै गइरहेको गुनासो बढी सुनिने गरेको छ ।

धेरैजसो शिक्षकले यसलाई विद्यार्थी बिग्रँदै गएको संकेतका रूपमा लिएका छन् । त्यसैले सजायमुक्त विद्यालयको कुरा गर्नेमाथि उनीहरू खनिन्छन् । विद्यार्थीले कुटाइ नपाएर बिग्रेको बताउँछन् । कतिपय निजी विद्यालयमा त विद्यार्थीलाई अनुशासनमा राख्न डीआई (डिसिप्लिन इन्चार्ज) भन्ने विद्यार्थीका निम्ति ‘खतरनाक’ मानिस नै नियुक्त गरिएको हुन्छ । सामुदायिक विद्यालयमा पनि शिक्षकले विद्यार्थीलाई अनुशासनमा राख्नका लागि यातना दिने, हकार्ने र सजायका अनेकन त्रास देखाउने गर्छन् ।

तर, गहिरिएर सोच्ने हो भने विद्यार्थी विद्यालयमा विद्या आर्जनका लागि आएका हुन्छन् । जीवनोपयोगी शिक्षा लिन आएका हुन्छन् । शिक्षकप्रति उनीहरूमा स्वाभाविक रूपमै ठूलो आदरभाव हुन्छ । तर ती विद्यार्थीलाई साँघुरा र अन्धकार कोठामा कठ्यांग्य्राएर राखिएको छ । शिक्षकले झ्ुक्न जानेका छैनन् । विद्यार्थीको चञ्चलता मन पराउने शिक्षक पाउन निकै मुस्किल पर्छ । सकेसम्म विद्यार्थीमा जिज्ञासा नै नजागे हुन्थ्यो भन्ने वातावरण विद्यालयले निर्माण गरेका छन् । विद्यार्थीका जिज्ञासाको सही जबाफ दिने वा ‘यो कुरा मलाई पनि थाहा भएन ? म यसको जवाफ खोज्ने कोशिश गर्छु’ भनेर सहज हुने कोशिश शिक्षकबाट कमै भएको पाइन्छ, अपवादलाई छाडेर । म अयोग्य भएर पो विद्यार्थीले नटेरेका हुन् कि ? मेरो शिक्षण सीप बोधो भएर पो मलाई विद्यार्थीले नगनेका हुन् कि ? भन्ने प्रश्न शिक्षक आफैले आफूलाई कमै सोध्ने गर्छन् ।

कुन विद्यार्थी किन हल्ला गर्छ ? कुन विद्यार्थी किन नियमित हुँदैन ? कुन विद्यार्थीलाई किन चकचक गर्न मन लागिरहन्छ ? कुन विद्यार्थीलाई किन पढ्नमा रुचि छैन ? किन उसले सजिलै पाठ सम्झ्न वा बुझन सक्तैन शिक्षकहरू जान्ने कोशिश नै गर्दैनन् । पिटेर, हप्काएर वा अरू विद्यार्थीका सामु उनीहरूको बेइज्जत गरेर हतोत्साहित बनाउने कार्य हुन्छ । यस्ता शिक्षकसँग विद्यार्थी नजिकिनै चाहँदैनन् । त्रास र घृणाले उनीहरूको सिकाइ अवरुद्ध हुन्छ । उनीहरूलाई योग्य बनाउने नाममा पिट्न र थप घृणा वा बेइज्जत गर्नेबाहेक अन्य उपाय अयोग्य शिक्षकसँग बाँकी रहँदैन ।

जहाँ पुगे पनि विद्यार्थीलाई नै केन्द्रमा राख्ने, हरेक दिन कुनै न कुनै नयाँ कुरा सिकाउँछु भन्ने प्रण गर्ने, विद्यार्थीलाई प्रेम र आदर गर्ने, उनीहरू भुइँमा बसे आफू पनि भुइँमा बस्ने र उनीहरूसँगै नाच्ने, गाउने, रमाउने शिक्षक नै विद्यार्थीका प्रिय हुन्छन् । त्यस्तै शिक्षकले विद्यार्थीलाई असल शिक्षा दिन्छन् । विद्यार्थीका रोलमोडल हुन्छन् । विद्यार्थीलाई जिम्मेवारी दिएर, आफू पनि उनीहरूसँग सहकार्य गर्दै एउटै परिवार हौं भन्ने भावना भएका शिक्षकले नै गुणस्तरीय शिक्षा दिन्छन् । तिनै व्यक्ति गुणस्तरीय शिक्षक हुन् । असल शिक्षक हुन् । विद्यार्थी उनीहरूप्रति अनुशासित हुन्छन् । कृतज्ञ हुन्छन् ।

आफ्ना विविध कठिनाइका बाबजुद पनि विद्यार्थीलाई आदर गर्ने, आफ्नो दिनलाई ऊर्जाशील बनाएर विद्यार्थीको सिकाइलाई सहजीकरण गर्ने शिक्षक नै विद्यार्थीका लागि प्रेरणाका स्रोत बनिरहन्छन् । असल र उत्तरदायित्वले भरिएका शिक्षकले राम्रो काम गर्ने विद्यार्थीलाई सार्वजनिक रूपमा तारिफ गर्छन् । उनीहरूबाट हुने कमजोरीलाई एकान्तमा ल्याएर, व्यक्तिगत रूपमा सम्झएर न्यूनीकरण गर्छन् । यस्ता शिक्षकले नै विद्यार्थी शिक्षकबीच एकता निर्माण गर्छन् । विद्यार्थी विद्यार्थीबीच सहकार्यको संस्कृति बसाउँछन् । यसो भएपछि सबै विद्यार्थीले आफूलाई कक्षाकोठाको अभिन्न अंगको रूपमा लिन्छन् । विद्यार्थीले कक्षामा शिक्षक माथि मात्रै होइन, विद्यार्थी विद्यार्थीबीच भरोसा गर्न थाल्छन् ।

अब तपाईं नै भन्नोस्, आफू अयोग्य शिक्षक हो कि योग्य ? तपाईं जागिरका लागि शिक्षक भएको कि शिक्षण तपाईंको रोजाइ हो ? तपाईंमा विद्यार्थीप्रति पे्रम छ कि घृणा ? तपाईं आफूलाई पढाउन योग्य ठान्नु हुन्छ कि अयोग्य ? तपाईंलाई शिक्षणभन्दा अरू पेशा व्यवसायमा रुचि छ कि ?

अझ्ै पनि तपाईंसँग आफूलाई योग्य शिक्षक बनाउने अवसर छ । योग्य शिक्षकको माग र प्रतिष्ठा बढेकै छ । जताततै योग्य शिक्षककै खोजी भइरहेको छ । यदि पढाउने सीप तिखार्न मन छैन । अरू नै पेशातिर बढी झ्ुकाव छ । तलब पुगेन वा वातावरण भएन भन्ने लाग्ने व्यक्तिले यो पेशा छाडेर आफू र विद्यार्थीको भविष्य सुन्दर बनाउन पहल गर्नुपर्छ ।

(शिक्षा पत्रकार समूहका पूर्वअध्यक्ष थापा हाल ‘सामुदायिक विद्यालय सुधार ः शिक्षकले चाहेमा गर्न सक्छन्’ अभियान सञ्चालन गर्छन् ।)

commercial commercial commercial commercial