शिक्षक साथीहरू, ढिलो पो भयौं कि ?

उल्टिएका ज्ञान बत्ती मुनि अँध्यारो । ठड्यौरोमा बत्ती बल्दाको ज्ञान हो । बत्ती मुनि उज्यालो । बिजुली बत्ती बाल्दाको ज्ञान हो । योग गरे मोक्ष हुन्छ । हिजोको ज्ञान हो । योगगर शरीर स्वस्थ रहन्छ । अहिलेको ज्ञान हो । विकासे खेतीगर । हिजोको ज्ञान हो । प्रांगारिक खेतीगर । अहिलेको ज्ञान हो । बालबालिकालाई पिटेर तह लगाऊ । हिजोको ज्ञान हो । तिनलाई नपिटी माया गरेर पढाऊ । अहिलेको ज्ञान हो । जसरीतसरी धन कमाऊ । अहिलेको ज्ञान हो । विद्या कमाऊ धन तेस्रो प्राथमिकता हो । हिजोको ज्ञान हो । गुरु जस्ता चेलाचेली बनाऊँ । हिजोको ज्ञान हो । चेलाचेलीकै क्षमता खोज, त्यसै अनुसार बनाऊ । आजको ज्ञान हो । यसरी हेर्दा ज्ञानहरू फरक परेको थाहा हुन्छ । प्रविधिले पनि मान्यताहरू उल्टिए । ए मुवा ! ए बा ! ए आप्पा ! भनेर बोलाउने दिन गए । एस.एम.एस. लेखिदिए भयो । निम्ता गर्न घरलौरी जान्थे । अहिले रेडियोले निम्ता गर्छ । इमेलमा, भाइवरमा, एस.एम.एसमा निम्ता हुन्छ । यस्ता अनेकन् मान्यता उल्टिइसके । उल्टिने क्रममा छन् । हिजो शिक्षक नै ज्ञानका खानी थिए । अहिलेका शिक्षक ज्ञानहरूको बीचमा छौं । हिजो भन्नुपथ्र्यो । आज जोडे हुन्छ ।

ज्ञानहरूको खोजी प्रविधिले विद्यार्थीलाई ज्ञानको स्रोतमा लग्यो ।गुगलमा । अनेकन् वेबसाइटमा । जे विषयमा पनि प्लेटू ९उबितभबग० प्रविधि बन्न पुग्यो । प्रविधिमा दक्ष हुने युवापुस्ता पुग्यो । त्यो दौडमा शिक्षक पछि प¥यौं । एकाध अपवाद हौं । अर्थात् हराम्रो फूर्ति अनुभवमा सीमित रह्यो । हिजो ज्ञान र अनुभव दुवै थिए हामीमा । आज अनुभवमै किनारित ९ः बचनष्लबष्किभम० हुन पुग्यौं । हिजो हामीसँग मात्रै किताब थिए । अहिले हजारौं किताब नेटमा रहे । जिज्ञासा र लगन भए पुग्ने भयो । यसको अर्थ हो— शिक्षकहरू अझै अनुभवीय ज्ञानमा धनी छौं । बुद्धको विश्वासमा छौं । ज्ञानहरू अनुभवको कसीमा घोट्नुपर्छ । त्यो सोचले हामीलाई ज्ञानहरूको सिंढीमा पुर्याउँछ । शरीर ज्ञान । मान सिक ज्ञान । शून्यताको ज्ञान । निर्वाहको ज्ञान । त्यसमा पनि युवापुस्ताले पहुँच लिइसक्यो । अनेकन् वेबसाइटले ती ज्ञान घरदैलामा पुर्याइदिए । यसरी हेर्दा शिक्षकले ज्ञानको दाबी गर्ने दिन पनि गए ।

बदलिंदो भूमिका मेरो जिकिर हो— शिक्षकको भूमिका बदलियो । यो बदलिंदो भूमिकाले शिक्षकलाई ज्ञानवेत्ताबाट खसाल्यो । अर्थात् ज्ञानवेत्ताको शिक्षक साथीहरू, ढिलो पो भयौं कि ? दर्जा प्रविधिमा पहुँच भएका विद्यार्थीले थिए । यहाँ हराम्रो दाबी छोड्नुपर्ने भयो । अब दाबी गर्ने ठाउँ दुइटा रहे— द्रष्टाभावी बन्ने । त्यही भावमा आएका परिवर्तित कुरा हरूमा दाबी गर्ने । महँगी बढ्यो । विषय होला । के भएर ? प्रश्न होला । पैसा सस्तिएकै हो ? वस्तु महँगिएकै हो ? बिचौलियाले बदमासी गरे कै हो ? नीतिगत अप्ठेरोले हो ? वस्तु उत्पादकहरू कम भएकाले हो ? उपभोक्ताहरू बढेर हो ? यी र यस्ता संवादमा अल्झ्एिमा शिक्षकहरू नव ज्ञानवेत्ता बन्न सक्छौं । अबको भूमिका त्यही हो । यो भूमिकाले हामीलाई अनुसन्धाता बनाउँछ ।

गर्न सकिने काम परिवेश बदलियो । भूमिका बदल्न बाध्य भयौं । यसस्थितिमा हामी शिक्षकहरू बदलिन शुरू गर्नु पर्छ । बदलिने पहिलो ठाउँ हो— पाठ्यपुस्तकलाई विषयवस्तु ९त्जझभ० मा बदल्नु । यसका लागि खोटाङको सुगम स्कूलको उपाय नमूना हुन सक्छ । त्यो स्कूलले आधारभूत तथा माध्यमिक विद्यालयको पुस्तकलाई १२ विधामा बाँडेको छ— खाना विद्या । नाना विद्या । कमाउने विद्या । स्वास्थ्य विद्या । मनोरञ्जन विद्या । यौन विद्या । निर्माण विद्या आदि । खाना विद्या हुँदा कहाँ र कसरी खाना कमाउने भन्ने कुरा जानिन्छ । विद्यार्थीले खाना उत्पादन गर्छ । त्यसको तयारी ९एचयअभककष्लन० गर्छ । बजारमा लाने कुरा पनि थाहा पाउँछ । कुन तहले कति थाहा पाउने भन्ने कुरा शिक्षकको निर्णय हुन्छ । माध्यमिक विद्यालय पूरा गर्दा एउटा विद्यार्थीले जिउने कला थाहा पाउँछ । पढाइकोगहिराइ बुझछ । यसरी पाठ्यक्रम र पाठ्यपुस्तकलाई आफ्नो परिवेश अनुकूल विषयवस्तुमा बदल्न हामी शिक्षकहरू उद्यत छौं त ? यदि छौं वा हुन्छौं भने हामीले पाठ्यक्रम तथा पाठ्यपुस्तकलाई दोष्याउन छोड्छौं । परिवेश कसरी जोड्ने भन्ने कुरा जान्दछौं । हर पाठ व्यावहारिक बनाउन सक्छौं । यो काम शिक्षकको हो । शिक्षकले नै गर्न सक्छौं । घाँस काट्ने बालबालिका स्कूल आए । आरन चलाउनेहरू आए । भाइबहिनीका घरालाहरू आए । त्यसले अर्को परिवेश दियो । अहिले पढ्न आउने बालबालिकाहरू बहु अनुभवका रहे । तिनको अनुभव दुहुने कसरी ? शिक्षकको काम हो— अनुभवको दोहन गर्ने । प्रत्येकको अनुभवलाई उत्तिकै मान्यता दिने । त्यही अनुभवमा आफूले पढाउन चाहेको विषयवस्तु जोड्ने । यसो गर्ने हो भने शिक्षक सधैं चलायमान हुन्छ । आजीवन शिक्षाग्रहण गरिरहन्छ । त्यसो हुनुमागर्व गर्न

थाल्छ । उसका संवादका विषयहरू हर दिन नयाँ हुन्छन् । हर वर्ष नयाँ हुन्छन् । यो काम पनि शिक्षकले गर्न सक्छौं । दिमागमा कुरा राख्ने हराम्रो संस्कार हो । प्रविधि प्रयोगकर्ताले दिमाग रित्याउन थाल्यो । प्रविधिमा विश्वास गर्न थाल्यो । त्यसैले फोटो खिचेर नोट उता¥यो । भिडियो र अडियो खोलेर शिक्षकका हाउभाउ र शब्द उता¥यो । यो स्थितिले शिक्षकलाई नोट लेख्नुपर्छ भन्नेमा पु¥यायो । अडियो नोट । भिडियो नोट । लिखत नोट । यी नोटहरूको विश्लेषण गर्ने काम शिक्षककै हो । यसो गर्ने शिक्षकगतिलो बन्ने भयो । त्यसका लागि शिक्षक तयार हुनुपर्छ । त्यो काम पनि हामी गर्न सक्छौं । चौतारोमा बस्ने । पीपलको हावा खाने । पोखरीमा भैंसी आहाल बसाउने । आफूहरू एकअर्कासँग गफिएर बस्ने । यो हराम्रो सामाजिक जिन्दगी हो । यो जिन्दगीले वातावरण सन्तुलन सिकाएको छ । पानीबाट चिस्यान ।रूखबाट अक्सिजन । चौतारोबाट भू ऊर्जासँग को सम्बन्ध ।गफबाट तनाव मुुक्ति । भैंसीको आहालबाट ताप सन्तुलन विधि । विज्ञान । यस्ता धेरै कुरा छन् हराम्रो जीवन भोगाइमा । हर भोगाइहरू पढ्ने विषयवस्तु छन् । त्यस्ता पढ्ने वस्तुहरू खोज्ने काम शिक्षकको हो । विद्यार्थी चिनेका शिक्षकलाई यो काम गाह्रो छैन । त्यसैले शिक्षकको काम हो— प्रत्येक विद्यार्थीसँग तिनका हजुरबा हजुरआमा, बाबुआमा तथा उनीहरूले के–के देखे भनी खोज्न लगाउने । बाबुआमाले पानी नभएको पोखरी देखे । बाजे बज्यैले पोखरीमा भैंसी आहाल राखे । नातिनातिनीले त्यही भुकण्डो, ब्याडमिण्टन खेल्ने मैदान बनाए । चौतारो भत्कियो ।रूख बूढो भयो । पोखरी मासियो । खेलमैदान भयो । यो परिवर्तनले निम्त्यायो के ? वातावरणमा के निम्त्यायो ? खानपानमा के निम्त्यायो ? रहनसहनमा के ल्यायो ? तनाव घटबढ गर्नमा के योगदान गरयो ? अर्थतन्त्रमा के निम्त्यायो ? यस्ता प्रश्नको उत्तर खोज्न सक्छ शिक्षक । अनि भन्न सक्छ— पुख्र्यौली ज्ञान सन्तुलनको रहेछ । अहिलेको ज्ञान कमाउ र बेचाउको रहेछ । यसरी विद्यार्थीले सहजै पुस्तान्तरित ज्ञानमा आएको परिवर्तन भेट्छ । त्यो ज्ञानले सिर्जेको मान्यता चिन्छ । मान्यताहरूबीचको विरोधाभास बुझछ । त्यही विरोधाभासबाट बाहिरिने कुरा बुझछ । यो कुरा बुझने बुझाउने काम शिक्षकको हो । पेट भर्ने शिक्षा अहिलेको उपरी माग हो । सतही । पेट भरेर मात्रै पुग्छ र ? यो अर्को प्रश्न हो । विन्दास भएर चौतारीमा सुत्ने व्यक्तिलाई सोधौं– के भन्छ ? घाममा काम गर्ने ज्यामीलाई सोधौं– के भन्छ ? एकछिन पनि सुस्ताउन नसक्ने व्यस्त उद्यमीलाई सोधौं– के भन्छ ? त्यो ठाउँलाई कमाउ क्षेत्र बनाउन मिल्छ कि भन्ने स्रष्टालाई सोधौं– के भन्छ ? यसरी सोध्ने र सोध्न लगाउने काम शिक्षककै हो । विद्यार्थीले त्यति सोध्न जान्यो भने ऊ स्वतः असल शिक्षार्थी बन्छ । त्यो काम शिक्षकले नै गर्न सक्छौं । बुद्धले चक्रको चिन्तन दिए । स्वाभाविकगतिमा वस्तुलाई पढ्ने सोच दिए । विज्ञानले स्थिरतामा पढ्ने, स्वाभाविकगतिमा पढ्ने र अपेक्षितगतिमा पढ्ने एनिमेसनको प्रविधि दियो । वस्तु बुझन एकमुखी, दुईमुखी र तीनमुखी उपायहरू बने । अब सोह्रमुखी उपायले मात्र वस्तु बुझन्छि भन्ने चिन्तन बन्दैछ । हाम्रा पुर्खाले भने राम आठ कलाका छन् । कृष्ण सोह्र कलाका । यौन चौसठ्ठी कलाको । चौरासी कलाको । यसको अर्थ हो— वस्तु बुझने कलाहरू फेरिंदै छन् । बहुकला र बहुमुखी बन्दैछन् । त्यसो हो भने शिक्षकले हर कुरा लाई सोच, प्रविधि, विज्ञान र सन्दर्भसँग जोड्नुपर्छ ।

जोडेर हेर्न जान्नुपर्छ । हेराउन जान्नुपर्छ । खेलाडीको धिमागतिको तस्वीर ९क्यिध mयतष्यल उष्अतगचभ० ले धेरै कुरा भन्छ । यो तर्किव शिक्षकसँग छ । उसले जानेको छ । नभए जान्नुपर्छ । अनि भन्नुपर्छ— हामी शिक्षकले पढाउँदा धिमागतिको तर्किव अपनाउँछौं । द्रुतगतिको उपाय अपनाउँछौं । स्वाभाविकगतिको कुरा बताउँछौं । यसको अर्थ हो— हामीले वस्तु चिन्नगतिको सहारा लिन्छौं । ‘मुखी’ (एकल, पञ्चमुखी, बहुमुखी) कुरा को आड लिन्छौं । आड लिने यो तरिका विद्यार्थीलाई सिकाउन सक्छौं । लक्ष्मणरेखाभित्र रावण गएनन् । जान सकेनन् । त्यही रेखामा भित्र–बाहिर गर्ने तागत सीतामा रह्यो । लक्ष्मणले के विधि प्रयोग गरे ? विज्ञानले खोज्ने त्यो हो । किरण हो कि ? वेभ हो कि ? त्यसलाई चिन्न सके पुलिस सिपाहीको खर्च बच्थ्यो कि ? विश्वासीले खोज्ने हो– जय भगवान । यसको अर्थ हो विश्वासीलाई सन्देही बनाउने हराम्रो काम हो । सन्देहीले खोज्छ । विश्वासीको अन्त्य हुन्छ । यो कुरा बुझेर शिक्षा दिने काम शिक्षकको हो । उसले यो काम गर्न सक्छ ।

भूमिकाको टुंग्याउनी शास्त्रहरूमा विवाद रहे वेद पल्टाउनु । पुर्खाको निर्णय त्यही हो । हराम्रो अलमलको पनि त्यस्तै उत्तर हुन्छ । शिक्षक अल्मलिए विद्यार्थीलाई क्रियाशील बनाउनुपर्छ । यसो गर्नाले उसको ज्ञानमा पुग्न सकिन्छ । आफ्नो अनुभव मिसाउने हो भने त्यो ज्ञानको पूर्णता प्राप्त हुन्छ । किनकि, हामी भोगी जान्ने हौं । पढी जान्ने विद्यार्थी हुन् । अनुसन्धानकर्ता हामी हौं । अनुसन्धानयोग्य विषयवस्तु दिने अनुभव हो । यति कुरा बुझने हो भने हामी उम्दा शिक्षक हुन्छौं । ज्ञान उल्टिए पनि सच्याउन जान्ने । बहु ज्ञान आए पनि तिनको एकीकरण गर्न जान्ने । जस्तो समय आए पनि भिड्न जान्ने । पश्चिमी शब्दावलीमा वाह् ! शिक्षक । पूर्वीय शब्दावलीमागन्तव्यसम्म पुर्याउन सक्ने ज्ञान गुरु । बुद्धको शब्दावलीमा चक्रमा ज्ञान चिन्ने शिक्षक ।

संवैधानिक शब्दावलीमा शिक्षाका मौलिक हक सुनिश्चित गर्ने शिक्षक । त्यस्तो शिक्षकले मात्रै गरिखान सक्ने दिनहरू आए । यसको अर्थ हो– हामी शिक्षकले प्रविधि जान्नै परयो । समाज लाई मिहीन ढंगले हेर्नै परयो । अनुभव र अनुसन्धानले सुसज्जित बन्नै परयो । अन्यथा विश्राम लिनै परयो । किनकि वर्षेनि बदलिने विद्यार्थीलाई पढाउन त सकिन्न नै । सिक्ने संस्कृतिमा राख्न पनि नसकिने भयो । यो स्वीकारोक्तिले शिक्षक खारिन्छौं । समयसापेक्ष बन्छौं । कतै प्रत्याभूति गर्न थाल्ने कि ? आफैंले आफूलाई बदल्ने कि ? अन्त्यमा आफैंलाई प्रश्नगरौं ढिलो पो भयौं कि ? दौडमा पछि प¥यौं कि

commercial commercial commercial commercial