अन्तर–सांस्कृतिक संवेदनशीलता कसरी विकास गर्ने ?

उठान
फरक ­फरक सांस्कृतिक विरासत (Cultural baggage) भएका मानिस एवं समाजहरू मुलुक, जिल्ला वा गाउँघरमा थिए, छन् र पछि पनि रहनेछन् । संसार, जीवन, समाज र चालचलनलाई हेर्ने दृष्टिकोण संस्कृति अनुसार भिन्न हुन्छन् र त्यसै अनुरूप आहार, विहार र प्रत्याहार पनि फरक फरक हुन्छन् । दृष्टिकोण फरक भएपछि समाजहरू फरक फरक अडानमा अड्छन्, जसले गर्दा द्वन्द्व हुने गर्छ । सभ्यताको इतिहासले यही भन्छ । अहिले अनेक समाजमा चलिरहेका द्वन्द्व र झ्डपहरूले पनि यही कुरा कहन्छन् । तर द्वन्द्व गर्दागर्दै पनि विगत तथा वर्तमानमा व्यक्ति र समाजहरू आपसमा मिलेर बसेका थिए र छन् । अर्थात् समय समयमा द्वन्द्व–मिलाप–द्वन्द्व भत्रे कुरा समाजको गतिशीलता (Dynamics) नै हो ।

‘द्वन्द्वको स्थितिबाट मिलेर बस्न सक्ने स्थिति’ कसरी सृजना हुन्छ ? द्वन्द्वको अवस्थाबाट कुन कुन चरणहरू पार गर्दै मानिस मिलेर बस्ने स्थितिमा पुग्छ ?’ यसबारेमा डा. मिल्टन जे. बेत्रेट (समाजशास्त्र र सामाजिक भाषाविज्ञान विज्ञ) ले अन्तर–सांस्कृतिक संवेदनशीलता सम्बन्धमा एक मोडल (Developmental Model of Intercultural Sensitivity) विकास गरेका छन् । यो मोडल एउटा त्यस्तो मापक (Measurement continuum) हो, जसले सांस्कृतिक विविधताबारे मानिसमा कसरी चेतना (Awareness) वृद्धि र सांस्कृतिक विविधताबारेको बुझइ (Understanding) घनीभूत हुँदै जान्छ र सांस्कृतिक भित्रता भएका (अमिल्दा जस्ता लाग्ने) मानिसले त्यस्तो हुँदाहुँदै कसरी मिलेर बस्ने सहमतीय अवस्था सृजना गर्छन् ? भत्रे कुराको लेखाजोखा, नापजोख गर्छ । अर्थात्, ‘म मात्र ठीक अरू सबै बेठीक’ (Ethno-centric stage) भत्रे रूढ धारणाको सट्टा ‘कुनै पनि ठीक बेठीक भत्रे कुरा सान्दर्भिक हुन्छ’ भत्रे उत्रत अवस्था (Ethno-relative stage) मा पुगेको कुराको नापजोख यो मोडलबाट गर्न सकिन्छ । यो मोडल, यसले गर्ने मापनका चरणगत कुरा र तिनका विशेषताबारे यहाँ छोटकरीमा चर्चा गरिन्छ :

(क) ‘म र मेरो मूल्यमान्यता मात्र ठीक अरू सबै बेठीक’ ठात्रे चरण (Ethno-centric stage) :

हरेक मानिस आफ्नै समुदाय या संस्कृतिले आँखामा हालिदिएको चस्माले यो दुनियाँ, जीवन र समाजलाई हेर्न बाध्य छ । किनभने उसले जन्मिने बित्तिकैदेखि उसकै परिवार र समाज मार्फत सांस्कृतिक तालीम पाउन थाल्छ र करीब नौ वर्षको उमेर पुग्दा–नपुग्दा उसले आफ्नो विश्व दृष्टिकोण निर्माण गरिसक्छ । अर्थात्, उसको सांस्कृतिक चस्माले हेर्दा “म र मेरो मूल्यमान्यता मात्र ठीक अरू सबै बेठीक” भत्रे देख्न थाल्छ । यसलाई समाजशास्त्रको भाषामा ‘इथ्नो–सेन्ट्रिक’ (Ethno-centric) चरण भनिन्छ । यो चरणका पनि तीन सूक्ष्म उप­चरणहरू हुन्छन् । जस्तै :


१. ‘निषेध’ को चरण (Denial): यस चरणमा मानिसले आफ्नो दृष्टिकोण नै संसार देख्ने­–चित्रे मुख्य दृष्टिकोण हो भनी ठान्छ । अर्थात्, ऊ आफ्नै एकल सांस्कृतिक समूह (Homogeneous group) मा बस्छ, सांस्कृतिक विभित्रतामा रुचि राख्तैन । ऊ जानी जानी वा सचेतनापूर्वक अन्य संस्कृतिको सङ्गतमा जानबाट आफूलाई रोकेर आफ्नो विश्व दृष्टिकोणको सुरक्षा गर्छ र ‘मानवहरूमा भित्रता नै छैन’; ‘भित्रता छ भत्रे कुरा म मान्दै मान्दिनँ’; ‘सबैको हात, खुट्टा, नाक, मुख, कान, पेट, भोक छ; खोइ कहाँ छ भित्रता ? भनेर अडान लिन्छ । मानिस­–मानिसमा, समुदायहरूमा, संस्कृतिहरूमा फरक छ भत्रे आधारभूत कुरालाई अस्वीकार (Deny) गर्छ । जस्तै ः कतिपय धार्मिक नेताहरू पछिसम्म पनि ‘मानिसमा स्त्री र पुरुष बाहेक केही फरक छैन । अरू त सबै एकै हुन्’ भनिरहेका हुन्छन् ।
२. प्रतिरक्षाको चरण (Defense): पढ्दै­ बुझदै गएर, देश­ दुनियाँ देखेर, छलफल­ तर्कवितर्क गरेर सिक्तै, संश्लेषण गर्दै अनुभव र ज्ञानको अर्को चरणमा पुगेका मानिसले ‘मानिस–मानिसमा’, ‘समाज, समुदाय र समूहहरूमा’ फरक रहेछ भत्रे महसुस त गर्छन् तर ‘तिनीहरू त्यस्ता’; ‘हामी भनेका तीभन्दा उत्कृष्ट’ भनी अन्य समाज वा समूहलाई हेय दृष्टिले हेर्ने गर्छन् । अरू संस्कृति वा समुदाय, जातका मानिसलाई हियाएर बोल्ने, हेला गर्ने, उडाउने, खिसी­ट्युरी गर्ने, अरू जातप्रति असहिष्णु हुने, अरू जातप्रति आदर–सम्मान नगर्ने तर आफूलाई र आफ्नो संस्कृतिलाई सबैले आदर गरुन् भनी सेवा­ढोग खोज्ने, आफू उच्च र अरूलाई सबै हीन प्राणी ठात्रे यो चरणमा रहेकोहरूको स्वभाव हो । यसै चरणका मानिस खाँट्टी यथास्थितिवादी हुन्छन् । परिवर्तन गरे ‘खाइपाइ आएको गुम्छ’ भनी ठान्छन् । तर अचम्म के छ भने यस चरणका मानिस विदेशी संस्कृति र भेषभुषा­ शैलीलाई ‘आधुनिक’ ९ःयमभचल० ठानेर पूजै गर्ने हुन्छन् ।
३. न्यूनीकरणको चरण (Minimization): अध्ययन, भनुभव, देखी­घुमी (Exposure) ले गर्दा जब मानिसले हरेक समाज­ समुदायका ‘संस्कार ­संस्कृतिहरू फरक रहेछन्, मानिसका बाँच्ने शैली, बोल्ने भाषा र व्याकरण समेत फरक रहेछन्, संसारलाई र जीवनलाई हेर्ने र बुझने दृष्टिकोण फरक रहेछन्’ आदि भनेर बुझछ; तब उसमा रहेको ‘मानिसमा फरक छैन’ भत्रे उग्र विचार क्रमशः घट्तै जान्छ । यसै बेला उसले ‘मैले आफूभित्र ठूलो परिवर्तन थालेँ’, ‘अब म आफू मात्र ठीक भत्रे जडसूत्रवादी (Ethno-centric) रहिनँ’ भनेर दंग पर्छ । तर यस किसिमका मानिसहरूमा अर्को सांस्कृतिक समुदायमा पसेर उनका निम्ति काम गरेको देखाएर दुवैतिरको लड्डु मुठ्याउने चरित्र भने बाँकी नै रहन्छ । अर्थात्, यो चरणका मानिस ‘दुईजिब्रे’ हुन्छन् । तथापि, ‘म मात्र ठीक’ भत्रे अडान भत्काएर यो अलि अघि बढेको स्थिति पक्कै हो ।

(ख) ‘ठीक र बेठीक भत्रे कुरा सापेक्ष हुन्छ’ भनेर स्वीकार गर्ने चरण (Ethno-relative stage) :

मानिसले बिस्तारै ‘म मात्र ठीक’ भत्रे अडानबाट ‘ठीक वा बेठीक भत्रे कुरा सापेक्ष हुन्छ’ भत्र थाल्छ । अर्थात्, ‘मेरो मूल्य र मान्यता मेरो सांस्कृतिक र सामाजिक सन्दर्भमा ठीक हुन्छ तर अर्को सांस्कृतिक र सामाजिक सन्दर्भमा बेठीक हुन सक्छ । अर्काको सांस्कृतिक मूल्य र मान्यता उनका सांस्कृतिक तथा सामाजिक सन्दर्भमा ठीक होलान् तर मेरो सांस्कृतिक र सामाजिक सन्दर्भमा ठीक नहुन सक्छन्’ भनी महसुस गर्ने अवस्था हो यो । यो सापेक्षिक (Ethno-relative) चरणमा पनि तीन सूक्ष्म उपचरण हुन्छन् । जस्तै :
१. विविधताको स्वीकार्यता (Acceptance): आफ्नै संस्कृति समेत अनेक सूक्ष्म दृष्टकोणहरू मिलेर बनेको कुरा मानिसले बिस्तारै बुझछ । विविध संस्कृतिहरूसँग निरन्तर उठ­बस, ­व्यवहार गर्दा उसले हरेक समाजले आआफ्नै किसिमले आफ्नो सभ्यताको व्यवस्थापन गर्दै, अस्तित्व जोगाउँदै, एक­अर्कासित सहमत नभए पनि सहअस्तित्वमा बाँचेको पाउन थाल्छ । त्यसबाट ‘मानिस­–मानिसमा भिन्नता छन्’, ‘संस्कृतिहरू फरक छन्’, ‘मानिसका सोचाइहरू फरक छन्’ भत्रे कुरा यो चरणमा प्रवेश गरेको व्यक्तिलाई स्वीकार्य हुँदै जान थाल्छ । यो चरणको प्रमुख विशेषताका रूपमा ‘एकअर्कालाई चित्रे सदासयता’ वा ‘एकअर्काबाट सिक्ने प्रयास’ जस्ता प्रक्रियाहरू घनीभूत रूपमा हुन थाल्छन् । बिस्तारै आपसमा सद्भाव विकास हुने आधार यही चरणमा तयार हुन थाल्छ ।
२. समायोजन (Adaptation): यो उपचरणमा प्रवेश गरेका मानिसले आफ्नो बाहेक स्थानीय अन्य भाषा आदरपूर्वक सिक्छन्­, बोल्छन् । आफ्नो बाहेक स्थानीय अन्य संस्कृति पनि अपनाउँछन्, एकअर्काको संस्कृतिप्रति सम्मान गर्छन् । जस्तो ः काठमाडौं, भक्तपुर उपत्यकामा पहिलेदेखि बस्तै आएका गैरनेवारहरू (राजवंशी, झ आदि) पनि नेवार भाषा बोल्छन्, नेवार संस्कृति मान्छन्, नेवारी गीत­भजनै गाएर रमाउँछन्, नेवारी साहित्य लेख्छन्­, पढ्छन् । सांस्कृतिक समायोजनको यो राम्रो उदाहरण हो ।
३. सम्मिलन (Integration): यो चरणमा मानिस शारीरिक संरचना र आफ्नो केही सांस्कृतिक ‘पन’ कायमै राखेर अर्को संस्कृतिका विशेषता अँगालेर विकसित (Improvised) रूपमा नयाँ संस्कृतिमा सम्मिलित हुन्छ । जस्तै ः अमेरिकी राष्ट्रपति बाराक ओबामा काला जातिको मुसलमान सांस्कृतिक पुर्खाका सन्तान हुन् । तर उनको वर्तमान रहनसहनमा शारीरिक संरचना र केही सांस्कृतिक आफ्नोपन कायम रहे पनि पूरै अमेरिकी संस्कृतिमा सम्मिलित भइसकेका छन् । अर्थात्, हरेक संस्कृतिले एकअर्कालाई प्रभावित गर्दै नयाँ स्तरमा भिन्न संस्कृतिहरूको विकास गर्न मद्दत गर्छन् ।

अर्को एक सूक्ष्म उदाहरण हेरौं । भनिन्छ, ‘६० नाघेपछि श्रीमान्÷श्रीमतीको अनुहार पनि उस्तै­ उस्तै हुन्छ ।’ अर्थात्, शुरू शुरूमा श्रीमान्÷श्रीमती भित्र परिवार, समुदाय र संस्कृतिमा फरक फरक दृष्टिकोणका साथ हुर्केका हुन सक्छन् । तर विवाहपछि दिनरात सँगै रहँदैबस्तै जाँदा एकले अर्कालाई प्रभावित गर्दै जान्छन् र धेरै दिनपछि स्वभाव, खानापीनको रुचि, बोल्ने तौरतरिका, संसारलाई हेर्ने र विश्लेषण गर्ने दृष्टिकोणमा धेरै हदसम्म समानता आउन थाल्छ । अनि उनीहरू कुनै पनि कुराबारे बोल्दा समान दृष्टिकोण पेश गर्ने, उस्तै उस्तै खाना खाने र दैनिक दिनचर्या उस्तै हुँदा ‘अनुहार’ पनि कता कता उस्तै हो कि झ्ैं लाग्न थाल्छ । यो सम्मिलनको बेजोड उदाहरण हो ।

(ग) सांस्कृतिक संवेदनशीलता विकास गर्ने रणनीति (Evolutionary Strategy) :
मानिसहरूले युगयुगदेखि विविधतामा पनि मिलेर बस्नका खातिर निम्न अनुसारका तौरतरिका अपनाउँदै आएको पाइन्छ :
१. निषेध (Denial) बाट प्रतिरक्षा (Defense) मा रूपान्तरण : मानिस शुरूमा निषेधको चरणमा हुन सक्छ । तर सांस्कृतिक विविधताबारे जानकारी पाउँदै गएपछि, विभित्र सांस्कृतिक समूह र समुदायसँग सङ्गत गर्दै गएपछि, देश­दुनियाँ घुमेर संसार देखेपछि उसले ‘मानिस र संस्कृतिहरूमा फरक रहेछ तर मेरो संस्कृति चाहिँ ठीक छ, अरूको ठीक छैन’ भनेर सोच्छ । यो भनेको सांस्कृतिक रूपमा मानिसहरूमा फरक छैन भत्रे अवस्थाबाट अघि बढे पनि ‘अरू बेठीक आफू ठीक’ भनेर आफ्नो संस्कृतिको प्रतिरक्षा गर्ने अवस्था हो । यस्तो अवस्थामा भएको व्यक्ति वा समुदायलाई सांस्कृतिक फरकपनबारे अनुशिक्षण दिन सके उनीहरूमा रूपान्तरणको प्रक्रिया तीव्र हुन सक्छ । जस्तै ः कुनै गाउँ विविध संस्कृतियुक्त छ भने स्कुलका विद्यार्थी वा युवा समूह वा सबै समुदायका मानिस र शिक्षकहरूले फरक फरक संस्कृतिका स्थानीय जानिफकारहरूसँग उनका संस्कृतिका विविध पक्षबारे प्रवचन र छलफल चलाएर आपसी सांस्कृतिक विशेषताहरूबारे सुत्रे­, जात्रे­, बुझने­, सिक्ने कामको थालनी गर्न सकिन्छ । यस्तो कार्यले धारणामा रूपान्तरको काम गर्न सघाउँछ ।
२. प्रतिरक्षा (Defense) बाट न्यूनीकरण (Minimization) मा रूपान्तरण : जब मानिस प्रतिरक्षाको अवस्थाबाट न्यूनीकरणतिर अग्रसर हुन्छ, त्यति बेला उसका नकारात्मक र ध्रुवीकृत अडानको विखण्डन (Depolarization) हुन थाल्छ । अन्ततः व्यक्तिले समाजमा सांस्कृतिक समानताहरू देख्न थाल्छ । ऊ अब आफ्नो मात्र सांस्कृतिक महानता (Cultural supremacy) बारे घमण्ड गर्दैन, बरु अरूका संस्कृतिको महŒवबारे पनि बोल्न थाल्छ, ‘सबै सांस्कृतिक सम्पदाहरू हाम्रा सम्पत्ति हुन्’ भत्र थाल्छ । यस्तो अवस्थामा पनि अनुशिक्षण भने जरुरी हुन्छ । जस्तै : मानिसको सृष्टि कसरी भयो ? मानिसहरूमा भित्र भिन्न नस्लहरू कसरी जन्मे ? हामी कसरी विभित्र जात र रंगमा परिणत भयौँ ? फरक फरक जातबीच के–के समानता र भिन्नताहरू छन् ? फरक ­फरक संस्कृति कसरी विकासित भए ? आदि ।


३. न्यूनीकरण (Minimization) बाट स्वीकार्यता (Acceptance) मा रूपान्तरण : मानिसले जब आफूलाई स्वीकार्यतातिर अग्रसर गराउन थाल्छ, त्यति बेला उसले अरूका सांस्कृतिक विशेषताहरूलाई पनि सजिलै स्वीकार गर्न थाल्छ । जस्तै ः अर्को समुदायका देवीदेवताको पूजा गर्ने आदि । मुम्बइमा सलमान खान (मुसलमान) ले गणेश (गणपति बाबा) को पूजा गरेको देखिन्छ । यस्तो बेलामा मानिसलाई अरू धेरै तालीम, अनुशिक्षण दिएर प्रोत्साहित गर्नुपर्छ । जस्तै : विभित्र जातका मानिसका के–के सांस्कृतिक विशेषताहरू समाज सञ्चालनका निम्ति उपयोगी छन् र सो कुरा कसरी सिक्न–सिकाउन सकिन्छ ? आदि ।
४. स्वीकार्यता (Acceptance) बाट समायोजन (Adaptation) मा रूपान्तरण : मानिसले क्रमशः आफू बाहेकको समाजका सांस्कृतिक गहिराइहरूको खोज­तलास गर्न र बुझन थाल्छ । यसरी खोज­तलास गरेपछि उसले ‘हरेक समुदायका संस्कृति आ­आफ्नो विकास चरण पार गरेर यहाँसम्म आइपुगेका रहेछन्, कुनै संस्कृति पछिपरेको वा कुनै संस्कृति सुसंस्कृत (Refined) हुने होइन रहेछ, कुनै समाज राम्रो÷असल वा कुनै समाज नराम्रो होइन रहेछ बरु फरक­ फरक किसिमको संस्कृति अपनाउनु भनेको फरक ­फरक भौगोलिक तथा वातावरणीय परिस्थितिमा बाँच्न अवलम्बन गरिएका तरीका (Survival strategies) रहेछन्’ भनेर बुझछ । यस किसिमको बुझइले आपसी सांस्कृतिक समझ्दारी बढ्छ । परिणामस्वरूप आपसमा सांस्कृतिक सद्भाव पनि बढ्छ । जसले गर्दा एकआपसका सांस्कृतिक तŒवहरूको लेनदेन शुरू हुन थाल्छ । जस्तै : ताप्लेजुङ फूलबारीका प्रसाई (कुमाईं) हरूले लिम्बू समाजको पूजनीय युमा (बोजु) देवीलाई ‘बूढी­बोजु’ भनी आफ्नो घरभित्र प्रतिस्थापित गरेर पूजा गरेको पाइएको छ । त्यस्तै, काठमाडौंका धेरै गैरनेवारहरूले नेवारी देवीदेवताको पूजा गरेको देखिन्छ । यो भनेको स्वीकार्यताबाट अघि बढेर समायोजनमा रूपान्तरण भएको अवस्था हो ।
५. समायोजन (Adaptation) बाट एकीकरण (Integration) मा रूपान्तरण : यो प्रक्रियामा मानिस आफ्नो बाहेकको संस्कृतिप्रति संवेदनशील हुन्छ, अर्काको संस्कृतिलाई आदर गर्छ तथा समानुभूति (Empathy) विकास गर्छ । यो रूपान्तरणको सर्वोच्च चरण हो । जस्तै : नेपालमा हिन्दू मन्दिरहरूमा बौद्ध र बौद्ध चैत्यहरूसँगै हिन्दू देवीका थान हामी देख्छौँ । हिन्दूले बौद्ध स्तूपमा मजाले ढोगेको र बौद्धले पनि हिन्दू देवीदेवतालाई ढुक्कै श्रद्धापूर्वक ढोगेको देखिन्छ । यसरी नेपालमा एक किसिमले हिन्दू र बौद्ध सांस्कृतिक एकीकरण हुन थालेको छ । यो किन र कसरी भयो भनेर हेर्ने हो भने आपसी लामो संसर्ग र अन्तत्र्रिmया, छलफल, विचार आदानप्रदानले आपसी बुझइ (Understanding) बढाएरै भएको हो । यसो हुनुमा शिक्षा, अर्थिक अवस्थामा सुधार, विभित्र दुनियाँ देख्नु­, घुम्नु (Exposure), शहरीकरण, नयाँ नयाँ प्रविधिको प्रयोग आदिले भूमिका खेलेको देखिन्छ ।

निचोड
मानिस कुनै न कुनै एक परिवार र समाजमा जन्मिन्छ । उक्त परिवार र नजिकको सामाजिक सांस्कृतिक मूल्यमान्यतामा उसलाई तालीम (Mental programming) गरिन्छ र त्यसै अनुरूप उसको विश्व दृष्टिकोण, जीवन दृष्टि बन्छ । उसका निम्ति त्यही दृष्टिकोण वास्तविकता ९च्भबष्तिथ० हुन्छ र त्यसैलाई अरूका सांस्कृतिक मूल्यमान्यताका तुलनामा उत्कृष्ट ठान्छ ।

यो अवस्थालाई ‘इथ्नो–सेन्ट्रिक स्टेज’ (Ethno-centric stage) भनिन्छ । तर जब मानिसले अन्य संस्कृतिका मानिसहरूसँग पनि उठबस, कारोबार गर्न थाल्छ, त्यस बखत उसले अन्य संस्कृतिका मूल्यमान्यताबाट सृजित व्यवहारहरू सामना गर्नुपर्छ । यस बेला दुवै पक्षले आआफ्नो संस्कृतिमा निहित मूल्यमान्यताहरूलाई आदर गरे मात्र दुवैले मिलेर काम गर्ने वातावरण बन्छ । यसरी शुरूमा मानिस ‘इथ्नो–सेन्ट्रिक स्टेज’ मा भए पनि ऊ बिस्तारै ‘इथ्नो–रिलेटिभ स्टेज’ तिर जान सक्नुपर्छ । यसो भए मात्र सहअस्तित्वको शान्तिपूर्ण समाज कायम हुन सक्छ । सहअस्तित्व र शान्तिपूर्ण समाजको चाहना पूरा गर्ने सबैले सचेतनतापूर्वक (तालीम, स्कुल–कलेज शिक्षा, राष्ट्रिय र स्थानीय स्तरमा सेमिनार, गोष्ठी, पत्रपत्रिकमा र पुस्तक लेखन आदि मार्फत) काम गर्नुपर्छ ।

(सुपरिचित कवि सुब्बा विकास–व्यवस्थापन विज्ञ हुन् ।)

commercial commercial commercial commercial