मधेशका दुई राम्रा स्कूल

जनता प्रावि कृष्णपुर, सिरहा

दुई वर्षअगि कृष्णपुर, रडियाहाका ओमबाबु यावद रोजगारीका लागि कतार गएका थिए । उनकी श्रीमतीले जनता प्राविको बालकक्षामा अध्ययनरत छोरा सन्देशलाई गाउँकै एक निजी विद्यालयमा सारिन् । त्यहाँ मासिक ५२० रुपैयाँ शुल्क तिरेर दुई वर्षसम्म पढाए पनि अहिले ओमबाबुले आफ्नो छोरालाई फेरि पुरानै स्कूल जनता प्रावि कृष्णपुर फर्काएका छन् । बिदामा घर आएका ओमबाबु यावदले भने— “निजी स्कूलको भन्दा जनता प्राविको पढाइ राम्रो लाग्यो । त्यसैले फेरि यतै ल्याएँ । निजी स्कूलमा गरेको सबै लगानी बालुवामा पानी हाले जस्तो भएको छ ।”

जनता प्रावि लहानदेखि करीव ४० किलोमीटर दूरीमा छ । ‘देहात’ मा रहेको उक्त स्कूलमा पठनपाठनको रौनक बेग्लै छ ।

कक्षामा पस्नुअगि कोठाबाहिर विद्यार्थीका जुत्ता, चप्पल लहरै मिलाएर राखिएको हुन्छ । कक्षा १ र २ मा विद्यार्थीहरू गोलो घेरामा बसेर पढिरहेका हुन्छन् । शिक्षले कक्षामा शिक्षण सामग्री प्रयोग गर्ने गरेका छन् । कक्षाकोठाका भित्तामा ज्ञानगुनका कुरा लेखिएका छन् । यो विद्यालयमा कसैलाई पनि शारीरिक दण्ड दिइँदैन ।

जनता प्रावि सिरहाकै राम्रो स्कूलमा गनिएकाले जिल्लाका अरू विद्यालयका लागि प्रेरणाको स्रोत बनेको छ । सिरहाका विद्यालय निरीक्षक दीपकुमार यावद भन्छन्— “यो विद्यालय जिल्लाकै नमूना विद्यालयको रूपमा स्थापित छ । यसको श्रेय विद्यालयका प्रअ, शिक्षक, अभिभावकहरूलाई जान्छ ।” मधेशका अधिकांश विद्यालयका शिक्षकहरू स्थानीय भएका कारण राजनीति हुन्छ । हेडमास्टरलाई कसैले नटेर्ने गुनासो सुनिन्छ । तर उक्त प्राविका सबै शिक्षक स्थानीय भए पनि उनीहरू प्रअ जस्तै स्कूलको हितप्रति चिन्तित छन् । त्यसकै प्रतिफल हो विद्यालयले हासिल गरेको प्रगति ।

१५ वर्षअगि विद्यार्थीको कपाल काटिदिँदा र तिनलाई खेलकुदमा दौडन लगाउँदा अभिभावकहरूले गाली गरेको प्रअ देवकुमार महतोले बिर्सेका छैनन् । अभिभावकको गालीलाई आशीर्वाद सम्झ्ेर निरन्तर आफ्नो लक्ष्य प्राप्तिका लागि स्कूलको टीम अगि बढेकाले अहिले स्थिति फेरिएको छ । प्रअ महतो भन्छन्— “१० वर्षअगि गाउँमा बिहेबारीको कुरा चलेपछि ‘तपाईंकी छोरीले कति पढेकी छ ?’ भन्दा अभिभावकहरू शिर निहुराउँथे । तर, अहिले उनीहरू मेरी छोरी कक्षा १० मा पढ्छे भन्न सक्ने भएका छन् ।” महतो थप्छन्— “म विद्यालय हाताभित्र कागज फ्याँकिएको छ भने त्यसलाई टिपेर राख्छु । त्यसले दुइटा फाइदा हुन्छ— पहिलो, विद्यालय सफा हुन्छ । दोस्रो, फ्याँकिएका कागजमा  ५ वटा प्रश्न लेखेर कुनै विद्यार्थीको परीक्षा लिन सकिन्छ ।” उनलाई आफ्नो स्कूलप्रति विश्वास पनि छ । त्यसैले नाति कौशल महतोलाई आझ्नै स्कूलमा पढाएका छन् । स्कूलको औसत सिकाइ उपलब्धि ७५ प्रतिशतभन्दा बढी छ । शिक्षकहरूको उपस्थिति दर ९० प्रतिशत छ । गत शैक्षिक सत्रमा २३८ दिन विद्यालय खुलेको थियो । जसमा २२० दिन पढाइ भएको थियो । विद्यालयको वार्षिक कार्ययोजना छ ।

विद्यार्थीहरू पहिले अभिभावक र आफन्तबाट पाएको पैसाबाट बजारमा चना चटपटे खाएर सक्थे । प्रअ महतोले भन्छन्— “हामीले विद्यार्थीको बानी परिर्वतन ग¥यौँ । अहिले उनीहरूलाई कसैले २–४ रुपैयाँ दियो भने उनीहरू पसलमा गएर अनावश्यक खानेकुरा खाँदैनन्, बालबैंकमा जम्मा गर्छन् ।” स्कूलले बालबालिकामा बचत संस्कृति विकास गराउन बालबैंकको अवधारणा लागू गरेको छ । कसैले माटोको फुची त कतिले सानो बट्टामा पैसा जोगाएर राख्छन् । उनीहरूलाई कापी, कलम किन्नुप¥यो भने त्यो पैसा खर्च गर्छन् । आफ्नो बैंकमा पैसा हुनसाथ फिर्ता गर्छन् । यसले अभिभावकलाई पनि सजिलो भएको छ । बालबैंक मार्फत बच्चाहरू आफ्नो आवश्यकता पूरा गर्छन् । बजार मूल्यभन्दा सस्तोमा कपी, कलम लगायत शैक्षिक सामग्री विद्यार्थीहरू विद्यालयबाटै पाउँछन् ।

धेरै विद्यालय लथालिङ्ग हुनुको प्रमुख कारणमध्ये आर्थिक अपारदर्शिता पनि एक हो । कृष्णपुर प्राविको व्यवस्थापन समितिका अध्यक्ष महिन्द्र यावद भन्छन्— “हाम्रो विद्यालयका प्रअ कुनै पनि आर्थिक कारोबारमा प्रत्यक्ष संलग्न रहनु हुन्न । जिम्मेवारी बाँडफाँड गर्नुहुन्छ र आपूm अनुगमनकर्ताको भूमिकामा रहेर कार्य गर्नुहुन्छ ।”

देशका प्रायः सबै सरकारी विद्यालयका शिक्षकले तालीम पाएका छन् । तर त्यसलाई धेरैले कक्षाकोठामा प्रयोग गर्दैनन् । कृष्ण प्राविका सबै शिक्षकले तालीममा सिकेका कुराहरू कक्षामा उतार्ने गरेका छन् । यहाँका हरेक शिक्षकले कक्षामा जानुअगि पाठयोजना बनाएकै हुन्छन् । शिक्षक विन्देश्वर यावद भन्छन्— “हामी कक्षा १ देखि विद्यार्थीको मूल्यांकन गर्छौं । पाठयोजना अनुसार कुनै विद्यार्थीको सिकाइ उपलब्धि कम भएको महसुस भयो भने त्यसलाई तत्काल पृष्ठपोषण दिन्छौँ ।”

प्रअ, विद्यालय व्यवस्थापन समिति र अभिावकले गाउँका निजी विद्यालयलाई आफ्नो विद्यालयका विद्यार्थीसँग प्रतिस्पर्धा गराउन चुनौती दिएका छन् । “हामीले निजी विद्यालयलाई खुला चुनौती दिएका छौँ”, प्रअ महतो भन्छन्— “यही चुनौतीका आधारमा कतिपय शिक्षक र अभिभावक हाम्रो विद्यालयमा आएर कक्षा अवलोकन गरेर निजीबाट विद्यार्थीहरू फिर्ता ल्याउँछन् ।”

कृष्ण प्राविमा छुवाछूत निषेध छ । प्रअ महतो भन्छन्— “२०५६ सालमा एक जना चमार विद्यार्थीको हातबाट पानी मगाएर सबै शिक्षक र विद्यार्थीलाई खुवाउँदा म अभिभावकबाट झ्ण्डै वहिष्कृत भइसकेको थिएँ । तर त्यसलाई मैले उही बेला कार्यान्वयन गरें ।” तीन जना स्थायी दरबन्दी रहेको यस स्कूलमा १ जना शिक्षक १४ वर्षदेखि काजमा छन् । प्रअ गुनासो गर्छन्— “हामीले शिक्षा विभागदेखि जिशिकासँग पटक पटक गुहार ग¥यौं ‘थप शिक्षक पठाउन सक्नु हुन्न भने हाम्रो शिक्षकको काज फिर्ता गरिदिनुस्” भनेर तर अहिलेसम्म सुनुवाइ भएको छैन ।”

विद्यालयको सफलता र असफलता त्यस विद्यालयको प्रअले विद्यालयलाई अगि बढाउन कस्तो लक्ष्य लिइएको छ भन्ने कुराले तय गर्छ । विद्यालयलाई अगि बढाउन प्रअले लिएको लक्ष्य पूरा गर्न इमानदार शिक्षकको उत्तिकै महŒवपूर्ण जिम्मेवारी हुन्छ ।

प्रअ महतो भन्छन्— “त्यत्तिले पनि हुँदैन, त्यस विद्यालयका अभिभावक उत्तिकै सक्रिय हुनुपर्छ । र, सबभन्दा महŒवपूर्ण पक्ष, विद्यालयमा पढ्न आउने विद्यार्थी स्मार्ट हुनुपर्छ । उनीहरूसँग किताब कापी हुनुपर्छ । सफा लुगा हुनुपर्छ । ब्याग हुनुपर्छ । पेटमा भात हुनुपर्छ ।”

जनता राष्ट्रिय प्रावि, सप्तरी

सप्तरीको फुलबडिया–५ स्थित जनता राष्ट्रिय प्राथमिक विद्यालय, डंगराहीको कक्षाकोठा शैक्षिक सामग्रीले सजिसजाउ छ । प्रत्येक कोठाका भित्तामा आदर्श वाक्य लेखिएका छन् । सबै कक्षामा कार्पेट ओछ्याइएको छ । विद्यार्थीको शैक्षिक अवस्था र जातिगत स्थितिको रेकर्ड, अभिभावकको नाम र सम्पर्क नम्बर कक्षापिच्छे राखिएको छ ।

डंगराही प्राविको प्राङ्गणमा प्रवेश गर्नासाथ जोकोहीलाई आपूm वास्तविक विद्यालयमा भएको महसुस हुन्छ । यो प्राविबारे तीन महीनाअगि सप्तरी आएका जिशिअ लक्ष्मीप्रसाद भट्टराईले भन्छन्— “मैले सप्तरीका करीव १ सय ६० वटा विद्यालय अनुगमन गरेँ । तीमध्ये डंगराही प्राविलाई जिल्लाकै नमूना स्कूलको रूपमा पाएँ ।” यो विद्यालय राम्रो बन्नुमा यहाँका प्रअ तथा शिक्षकको सक्रियताले मुख्य भूमिका खेलेको छ ।

डंगराही प्राविमा मासिक परीक्षा सञ्चालन गर्ने गरिएको छ । त्यसले विद्यार्थीको नियमिततामा बढेको छ भने विद्यार्थीमा प्रतिस्पर्धाको भावना पनि जागृत भएको छ । प्रअ कुलानन्दप्रसाद साहले भन्छन्— “मासिक जाँचले विद्यार्थीको सिकाइ उपलब्धि जाँच्न समेत मद्दत गरेको छ ।” यो विद्यालयको शैक्षिक सूचकाङ्क पनि अन्य सरकारी विद्यालयभन्दा धेरै राम्रो छ । शैक्षिक सत्र २०७० मा विद्यालय खुला रहेका २१० दिनमध्ये १९३ दिन पठनपाठन भएको थियो । ३१६ जना विद्यार्थीमध्ये ७९ प्रतिशत विद्यार्थी पास गरेका थिए । यहाँ भर्ना भएका विद्यार्थीको प्राथमिक चक्र पूरा गर्ने दर ७१ प्रतिशत छ भने शिक्षक उपस्थिति दर पनि ९५ प्रतिशत छ ।

हरेक शैक्षिक सत्रमा, कार्ययोजना अनुसार तोकिएको समयमा विद्यार्थी भर्ना अभियान, अभिभावक अन्तत्र्रिmया, आमा तथा अभिभावक भेला र सामाजिक परीक्षण जस्ता काम सम्पन्न गर्ने गरिएको छ । सप्तरी क्षेत्र–६ बाट निर्वाचित सभासद् सुरेन्द्र यावदले १५ माघ, २०७१ मा विद्यालयको निरीक्षण पुस्तिकामा लेखेका छन्— “यो विद्यालयको भौतिक पूर्वाधार एवं शैक्षिक गतिविधि उदाहरणीय पाएँ । शिक्षाको उद्देश्य पूर्तिका लागि अविभावक र शिक्षकको लगनशीलता प्रशंसनीय छ ।”

सप्तरीमा राम्रो विद्यालय खोज्दा डंगराही प्राविकै नाम आउँछ । विगत तीन वर्षमा स्कूल भ्रमणमा आउने आगन्तुकका टिप्पणी र शुभकामनाले स्कूलका छ वटा निरीक्षण पुस्तिका भरिएका छन् । त्यसमा सबैले स्कूलमा भएका राम्रा कामको सराहना गरेका छन् । शिक्षकको तलबको केही अंश कट्टा गरी त्यसमा अभिभावकबाट संकलन गरेको चन्दा थपेर कम्प्युटर ल्याबका लागि भवन निर्माण गरिएको छ । विद्यार्थी, शिक्षक र अभिभावकका लागि स्कूलमा आचारसंहिता लागू गरिएको छ ।

चालु शैक्षिक सत्रमा निजी विद्यालयबाट ४२ जना विद्यार्थी डंगराही प्राविमा भर्ना भएका छन् । गाउँकै प्राविमा गुणस्तरीय पढाइ हुन थालेपछि निजी छोडेर आउने नानीहरूको संख्या बढेको छ । एक वर्ष निजी विद्यालयमा पढाएर छोरीलाई डंगराही प्राविमा भर्ना गरेकी सरिता चौधरीले भनिन्— “मेरी छोरी चाँदनीलाई गाउँकै निजी स्कूलमा भर्ना गरेकी थिएँ । तर त्यहाँको पढाइ चित्त नबुझ्ेर फेरि डंगराही प्राविमा भर्ना गरेकी छु ।”

विद्यालय राम्रो हुनका लागि प्रअ र शिक्षकहरूका साथै विद्यार्थी र अभिभावकको पनि सक्रिय भूमिका जरूरी हुन्छ । तर डंगराहीका विव्यस अध्यक्ष राजेन्द्र साह आफ्नो विद्यालय राम्रो हुनाको मुख्य श्रेय प्रअ कुलानन्द साहलाई दिन्छन् । उनी भन्छन्— “अन्य कुनै पनि विद्यालयका प्रअले शौचालय सफा गरेको मैले देखेको छैन । तर हाम्रा कुलानन्द सर आफै स्कूलको शौचालय सफा गर्नुहुन्छ । मधेशमा यस्तो मान्छे पाइनु सामान्य कुरा होइन ।”

commercial commercial commercial commercial