विपत्कालीन शिक्षा : के गर्ने, कसरी गर्ने ?

विपत्कालमा दिइने शिक्षा सामान्यत: अस्थायी तर सुरक्षित स्थानमा, तालीम पाएका वा नपाएका स्वयंसेवी शिक्षकहरूबाट, अनौपचारिक तवरमा, नियमित पाठ्यक्रम र पाठ्यपुस्तकविना नै शुरू गरिन्छ । शिक्षाका नाउँमा सुरक्षित स्थानमा एकत्रित गरिने भएकाले थप घाइते वा अंगभंग हुने, मानसिक रूपमा आतंकित हुने, विभिन्न किसिमका शोषण तथा दुव्र्यवहार हुने सम्भावनाहरूबाट बालबालिका जोगिन सक्छन् ।

बाढी, पहिरो, भूकम्प, रोगव्याधीको महामारी जस्ता प्राकृतिक प्रकोप तथा हिंसात्मक द्वन्द्वबाट नेपाल समय समयमा आक्रान्त भइरहने गरेको छ । यस्ता प्रकोपले मानिसको जीवनमा अकस्मात् अवरोध सिर्जना गरिदिन्छ । यस्तो अवस्थामा व्यक्ति र समाजको दैनिक जीवन भताभुङ्ग हुन्छ । नाजुक आर्थिक स्थिति, जोखिमपूर्ण भौगोलिक बनावट र कमजोर राज्य संयन्त्र भएको स्थितिमा विपत्बाट अझ् बढी क्षति हुन्छ र मानिसलाई सामान्य अवस्थामा फर्कन धेरै समय लाग्छ । २०७२ वैशाख १२ मा गोरखालाई केन्दविन्दु वनाएर आएको भूकम्पले ८० लाखभन्दा बढी नेपालीलाई प्रत्यक्ष प्रभावित पारेको छ । यो विपत्को स्थितिमा मानिसलाई औषधि उपचार, खाना, पानी र आवासको तत्काल आवश्यकता पर्दछ । यसका साथै विपत्को सामना गर्नका लागि शिक्षाको आवश्यकता पर्दछ । धेरैले भन्ने गर्छन्, ‘विपत्मा त औषधि उपचार, खाना, पानी र आवास पो प्रमुख कुरा हो, शिक्षाको कुरा किन उठाउने ? !’ झ्ट्ट हेर्दा यो कुरा जायज जस्तो पनि लाग्न सक्छ । तर यो सत्य होइन । विपत्को अवस्थामा शिक्षाको महŒव सामान्य अवस्थामा भन्दा अझ् बढी हुन्छ ।

विपत्कालीन शिक्षाका लाभ

क) सुरक्षित स्थान प्रदान गर्छ : विपत्कालमा दिइने शिक्षाले सर्वप्रथम बालबालिकालाई सुरक्षित स्थान प्रदान गर्छ । यस्तो शिक्षा सामान्यत: अस्थायी तर सुरक्षित स्थानमा, तालीम पाएका वा नपाएका स्वयंसेवी शिक्षकहरूबाट, अनौपचारिक तवरमा, नियमित पाठ्यक्रम र पाठ्यपुस्तकविना नै शुरू गरिन्छ । प्रारम्भमा यस्तो शिक्षाको मूल विषयवस्तु विपत् र त्यसपछिको अवस्थामा कसरी सुरक्षित रहने भन्ने विषयमा खेलको माध्यमबाट दिन थालिन्छ । यस्तो शिक्षाको थालनी विपत् आइपरेको ७ दिन भित्रै प्रारम्भ गरिन्छ । त्यति बेला विद्यार्थीसँग शैक्षिक सामग्री केही पनि नहुन सक्छ । तैपनि शिक्षाका लागि सुरक्षित स्थानमा एकत्रित गरिने भएकाले थप घाइते वा अंगभंग हुने, मानसिक रूपमा आतंकित हुने, विभिन्न किसिमका शोषण तथा दुव्र्यवहार हुने सम्भावनाहरूबाट बालबालिका जोगिन सक्छन् । उनीहरूलाई विपत्कालपछि हुन सक्ने मानव बेचबिखन, बालविवाह, यौन हिंसा जस्ता कुराको बारेमा ज्ञान दिन सकिन्छ ।  

ख) बालबालिकाको संज्ञानात्मक आवश्यकताको परिपूर्ति गर्छ : जसरी मानिसलाई शारीरिक भोक हुन्छ, त्यसै गरी बालबालिकाको पनि संज्ञानात्मक आवश्यकता अर्थात् ज्ञानको भोक हुन्छ । बालबालिकालाई ‘अहिले विपत्को बेला छ; तिमीहरू सिक्न पाउँदैनौ’ भनेर भन्न सक्ने अवस्था रहँदैन । विपत्मा परेको बेला त उनीहरूलाई झ्नै धेरै कुरा जान्न र सिक्न मन लाग्छ । यो स्वाभाविक हो । जस्तै : उनीहरूले सोध्न सक्छन् कि भूकम्प किन जान्छ, अब हामी कहाँ बस्ने, हामी कहाँ पढ्ने आदि । यस्ता प्रश्नहरूको उत्तर पछि दिउँला भनेर पन्छिनु  उचित हुँदैन । यसले उनीहरूको सिक्ने भोक दबिएर जाने खतरा पैदा गराउँछ ।

ग) मनोसामाजिक सहयोग गर्छ : विपत्कालीन शिक्षाले विपत्मा परेका बालबालिकाहरूमा आउन सक्ने विभिन्न मनोसामाजिक समस्याबाट जोगाउँछ । विपत्का कारण बालबालिकाहरूमा विभिन्न खालका नकारात्मक मनोसामाजिक प्रभाव परेको हुन सक्छ । उनीहरूमा चिन्तित हुने, डराउने, झ्स्किने, निद्रा नलाग्ने, निराश हुने, रोइरहने, खान मन नलाग्ने, एउटै कुरा गरिरहने जस्ता लक्षणहरू देखिन सक्छन् । शिक्षा सुचारु गर्नाले बालबालिकाले आफ्ना साथीहरूसँग खेल्ने, घुलमिल हुने, आफ्ना दु:खपीडा साटासाट गर्ने अवसर प्राप्त गर्छन् । साथै, मनोसामाजिक कार्यकर्ताले  विद्यालयमा आएर उनीहरूलाई मनोसामाजिक सहयोग गर्न र जटिल समस्याको समयमै पहिचान गरेर उपचारका लागि दक्ष चिकित्सककोमा पठाउन सक्छन् ।

घ) जीवनउपयोगी शीप प्रदान गर्छ : बालबालिकालाई अस्थायी आवास बनाउने, हात धुने, फोहोर जथाभावी नफाल्ने ज्ञान तथा सरसफाई सम्बन्धी शीप, पानी शुद्ध बनाउने तरीका, जीवनजल बनाउने तरीका, बिरामी हुँदा कसलाई सम्पर्क गर्ने, कुनै सुरक्षा समस्या आयो भने कसलाई र कहाँ भेट्ने जस्ता जानकारी दिँदा उनीहरूलाई विपत्को सामना गर्न सहयोग पुग्छ ।

ङ) अन्य राहत तथा पुनस्र्थापन क्रियाकलापमा सहयोग गर्छ : विपत्कालीन शिक्षाका निम्ति बालबालिकाहरू एक स्थानमा हुन्छन्, कसैको रेखदेखमा हुन्छन् र उनीहरूले शिक्षा हासिल गरिरहेका हुन्छन्; त्यसले समाज सामान्य हुन थालेको आभास दिलाउँछ । साथै अभिभावकले आफ्नो अस्थायी घर निर्माण, राहत तथा अन्य अत्यावश्यक सामग्रीको संकलन तथा अरू पीडितहरूको सहयोगमा जुट्ने समय पाउँछन् । सरकारी तथा अन्य संस्थाहरूले बालबालिकाका लागि खाद्यान्न, उपचार, खाजा, मनोसामाजिक परामर्श, सूचना संकलन जस्ता धेरै क्रियाकलाप सहज ढंगले एकै ठाउँमा सञ्चालन गर्न पाउँछन् । यसले गर्दा राहत तथा पुनस्र्थापन कार्य धेरै हदसम्म सजिलो हुन्छ । सबै बालबालिका विपत्बाट प्रभावित वा पीडित मात्र हैनन्, उनीहरू विपत्को सामना गर्न सञ्चालन गरिने राहत, पुनस्र्थापना तथा पुनर्निर्माण क्रियाकलापका महŒवपूर्ण साझ्ेदार पनि हुन् । उनीहरूलाई सो क्रियामा सहभागी हुन र आफ्ना आवश्यकता तथा प्राथमिकताबारे आवाज उठाउन सहयोग गर्न समेत शिक्षाले महŒवपूर्ण भूमिका खेल्छ ।

च) शिक्षाको अधिकार सुनिश्चित गर्छ : जुनसुकै अवस्थामा पनि शिक्षा पाउनु बालबालिकाको अधिकार हो । ‘अहिले आपत् आइप¥यो, तिमीहरूको पढाई एक वर्ष विग्रिए पनि फरक पर्दैन’ भनेर बालबालिकालाई शिक्षा पाउने अधिकारबाट वञ्चित गर्नु उनीहरू अधिकारको हनन हो । यो कानून विपरीत पनि हो । शिक्षा पाउने बालबालिकाको संबैधानिक अधिकार, बालअधिकार महासन्धी र संयुक्त राष्ट्रसंघको साधारण सभाले सन् २०१० मा आपत्कालमा पनि शिक्षाको अधिकार कायम रहने घोषणाले यसको विश्वव्यापी मान्यता स्थापित गरेको छ ।

विगतको अनुभव
‘आपत्कालमा शिक्षा किन ?’ भन्ने प्रश्नको निरूपणसँगै अर्को बलियो प्रश्न उठ्छ, ‘त्यसो भए, आपत्कालमा कस्तो शिक्षा दिने त ?’ नेपालमा यो विषय तुलनात्मक रूपमा नयाँ छ । तर पनि नेपालका केही स्थानमा र विश्वका कैयन देशमा आपत्कालमा शिक्षाका अभ्यासहरू भएका छन् । ती अभ्यासले हालै नेपालमा आएको भूकम्पबाट सिर्जित विपत्को अवस्थामा बालबालिकाको शिक्षाको अधिकार सुनिश्चित गर्न तत्काल के गर्ने भन्ने कुराको अन्योल हटाउन हामीलाई सहयोग गर्न सक्छन् । यहाँ ती अनुभवको छोटो चर्चा गरिन्छ :

क) कपिलवस्तुको हिंसात्मक घटनामा प्रभावितलाई शिक्षा : २०६४ भदौ ३० गते कपिलवस्तुमा भएको हिंसात्मक घटनापछि विस्थापित भएका समुदायलाई, उनीहरू अस्थायी रूपमा बसेकै स्थानमा शिक्षा दिइएको थियो । त्यहाँ विस्थापित विद्यार्थीहरूका लागि बालमैत्री सुरक्षित स्थानमा एकत्रित गरी १२ वर्षभन्दा माथिका बालबालिकालाई एउटा र त्यसभन्दा कम उमेरका बालबालिकालाई अर्को गरी दुई समूह निर्माण गरिएका थिए । ती समूह मार्पmत नै उनीहरूको शिक्षा प्रारम्भ गरिएको थियो । केही समयपछि विद्यार्थीहरूलाई आवश्यक पाठ्यपुस्तक नेपाल सरकारले उपलब्ध गराएको थियो भने अन्य स्टेशनरी तथा पोशाक सहयोगी निकायले । जिल्ला शिक्षा कार्यालयले पछि गएर फरक फरक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई आफ्नो पायक पर्ने वा विस्थापित भएको समुदायको विद्यालयमा पढ्न पाउने स्थानान्तरणको अनुमति दिएको थियो । यसका साथै, विस्थापनका कारण विद्यार्थी चाप बढी भएका विद्यालयलाई शिक्षक, शैक्षिक सामग्री र कक्षाकोठा निर्माणमा समेत सहयोग प्रदान गरिएको थियो । प्रभावित गाविसका १० वटा विद्यालयमा कसरी आपसी सद्भाव कायम गर्ने भन्नेबारेमा एक वर्षसम्म शान्ति र सामुदायिक सद्भाव सम्बन्धी शिक्षा कार्यक्रम पनि सञ्चालन गरिएको थियो ।  

ख) कोशीको बाढीबाट प्रभावितलाई शिक्षा : २०६५ भदौ २ गते कोशी नदीको पूर्वी तटबन्ध फुटेर सुनसरी जिल्लाका ४२ हजारभन्दा बढी मानिसलाई प्रत्यक्ष प्रभावित पा¥यो । यसबाट धेरै मानिसहरू हताहत नभए तापनि सयौँ विद्यालय र हजारौँ घर डुबानमा परे । मानिसहरू राजमार्ग र नजिकमा रहेका केही उच्च स्थानमा विस्थापित हुन पुगे । यहाँ विपत्को चौथो दिनदेखि नै अस्थायी शिविरहरूमा शैक्षिक क्रियाकलापहरू प्रारम्भ गरियो । त्यहाँपनि आवश्यक पाठ्पुस्तक सरकारले उपलब्ध गरायो ।

बालमैत्री सुरक्षित स्थान निर्माण र सञ्चालनमा एकरूपता ल्याउन, अस्थायी रूपमा विस्थापित समुदायबाटै स्वयंसेवी शिक्षक छनोट, उनीहरूको सुविधा निर्धारण, उनीहरूलाई दिने आधारभूत तालीम जस्ता विषयमा शिक्षा कार्यालयको संयोजनले धेरै सहयोग पु¥यायो । त्रिपालमुनि सञ्चालित बालमैत्री शैक्षिक क्रियाकलापले विद्यार्थीहरूलाई सामान्य अवस्थामा फर्काउन धेरै ठूलो सहयोग ग¥यो । तर यस्ता कक्षालाई धेरै लामो समयसम्म त्रिपालमा निरन्तरता दिन सम्भव भएन । त्यसैले विस्थापित समुदाय बसेको स्थानबाट नजिकै अस्थायी विद्यालय स्थापना गरी त्रिपालमुनिका विद्यालय यस्ता स्थानमा सारिए । स्थानान्तरणको प्रक्रिया सहज बनाइयो, जसले गर्दा विद्यार्थीहरू नजिकै रहेका जुनसुकै विद्यालयमा वर्षभरि जुनसुकै समयमा पनि भर्ना हुन सक्ने प्रबन्ध ज्यादै महŒवपूर्ण देखियो ।

समन्वयका लागि जिल्ला स्तरीय शिक्षा समूहको गठन गरिएको र त्यसमा शिक्षामा संलग्न सबै सहयोगी निकायहरूलाई सहभागी गराइयो । जिल्ला शिक्षा कार्यालयका एक अधिकृतलाई यसको संयोजक तोकिएको थियो । कुनै पनि सहयोगमा दोहोरो नपर्ने गरी कुनकुन संस्थाले के, कुन, कसरी (जस्तै : शिक्षक तालीम, प्रारम्भिक बालविकास, मनोसामाजिक परामर्श, शैक्षिक सामग्रीको व्यवस्थापन, अस्थायी विद्यालय भवन निर्माण आदि) र कहाँ कार्य गर्ने भन्नेबारेमा समन्वय गरिएको थियो ।

बाढी पीडितहरूका लागि सञ्चालित विपत्कालीन शिक्षामा पनि शिक्षाको न्यूनतम गुणस्तर कायम गरिनुपर्छ भन्ने बहस चलेको थियो । त्यसका लागि विपत्कालीन शिक्षामा कार्यरत निकाय ९क्ष्लतभच ब्नभलअथ ल्भतधयचप ायच भ्मगअबतष्यल ष्ल भ्mभचनभलअष्भक० बाट निर्माण गरिएको ‘आपत्कालीन शिक्षाको न्यूनतम मापदण्ड’ पालना गर्ने प्रयत्न गरिएको थियो । यो मापदण्डमा समुदायको सहभागिता, स्थानीय स्रोतसाधनको प्रयोग, समन्वय, सिकाइ वातावरण, शिक्षण र सिकाइ, शिक्षक र अन्य कर्मचारी तथा शैक्षिक नीति सम्बन्धी १२ वटा महŒवपूर्ण बुँदा उल्लेख गरिएका छन् । सबै ठाउँमा सबै मापदण्ड पूरा गर्न सम्भव नभए पनि यसले आपत्कालीन अवस्था भनेर शिक्षाको गुणस्तरमा खेलबाड गर्न पाइँदैन भन्ने प्रष्ट सन्देश दिने प्रयास गरेको थियो ।

ग) पाकिस्तानका भूकम्प प्रभावितलाई शिक्षा : सन् २००५ को अक्टोबर ५ मा आएको ७.४ रिक्टर स्केलको भूकम्पले पाकिस्तानमा ७५००० भन्दा बढी मानिसको ज्यान लियो भने २८ लाख मानिसलाई घरबारविहीन बनायो । सो भूकम्पपछि त्यहाँ पुन: पठन–पाठन सुचारु गर्न शिक्षा क्षेत्रको समूह ९भ्मगअबतष्यल अगिकतभच० स्थापना गरियो । त्यहाँ अस्थायी विद्यालय स्थापनाका लागि आवश्यक त्रिपाल र शैक्षिक सामाग्री प्रदान गरी बालबालिकाहरूका लागि मनोसामाजिक परामर्श सेवाको व्यवस्था गरिएको थियो । यसै गरी, त्याहाँको शिक्षा मन्त्रालयले भत्केका विद्यालय पुनर्निर्माणको काम गरेको थियो । विद्यालय पुनर्निर्माण हुँदै गर्दा अस्थायी विद्यालयमा भएका विद्यार्थीका लागि विभिन्न शैक्षिक गतिविधि सञ्चालनमा गैरसरकारी निकायहरूले मद्दत गरेका थिए ।

यस कार्यमा, धेरै चुनौती पनि देखिए । जस्तै : भूकम्प गएको तीन वर्षपछिसम्म पनि कतिपय विद्यालयहरू पालमुनि नै सञ्चालन भइरहेका थिए; किनभने दातृनिकायबाट आउने सहायता रकम छोटो समयका लागि आउँथ्यो र तिनको प्राथमिकता विद्यालय पुनर्निर्माणभन्दा शिक्षाका तात्कालिक र छोटा परियोजनाहरू हुने गर्दथे । सामुदायिक विद्यालयको गुणस्तर सुधारमा समुदायको न्यून सहभागिताले पुनर्निर्माणमा झ्नै चुनौती थपेको थियो । युनेस्कोले गरेको अध्ययनमा पाकिस्तानमा सामान्य अवस्थामा शिक्षा दिने वातावरण बनाउन ३ देखि ५ वर्षको समय लागेको देखिन्छ ।    

सरोकारवालाहरूको भूमिका
विपत्मा शिक्षा दिन अपनाइएका उपर्युक्त अनुभवहरू सबै उत्कृष्ट अथवा कमी कमजोरीबाट मुक्त थिएनन् । तर पनि तिनले सिक्दै अगाडि बढ्न हामीलाई प्रेरित गर्छन् । यो पृष्ठभूमिमा, १२ वैशाखको भूकम्प आएको तीन साता बितिसकेको आजको घडीमा यो विपत्का बेलामा हाम्रा बालबालिकाको शिक्षाको अधिकार सुनिश्चित गर्न शिक्षा क्षेत्रसँग सम्बद्ध सरोकारवाला संस्थाहरूको भूमिका के हुन सक्छ त ? छोटो चर्चा गरौँ :

क) शिक्षा मन्त्रालय
पहिलो : विपत्कालमा शिक्षा सुचारु राख्नका लागि तत्काल शिक्षाका क्रियाकलापहरू प्रारम्भ गर्न र सोको अनुगमन गर्न विद्यालय र शिक्षा कार्यालयलाई परिपत्र गर्ने ।

दोस्रो : सहयोगी निकायहरूलाई समन्वयात्मक कार्यक्रम सञ्चालन गराउन आफ्नै कार्यालयको नेतृत्वमा शिक्षा समूह गठन गर्ने । यस्तो समूहमा इञ्जिनियर, शिक्षक प्रतिनिधि, मनोविज्ञ, विश्वविद्यालयका प्रतिनिधि तथा विपत्कालीनमा शिक्षा सम्बन्धी विज्ञहरूलाई राख्न सकिन्छ । यो समूह अथवा समितिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग नियमित अन्तरक्रिया गरी प्राविधिक रूपमा मन्त्रालयलाई नीतिगत सुझव दिन सक्छ ।

तेस्रो : विपत्बाट प्रभावित विद्यार्थी, शिक्षक तथा प्रारम्भिक बालविकास केन्द्रका सहजकर्ताका लागि कसरी सहयोग गर्ने भन्ने निर्णय तत्कालै लिने । यसका साथै विद्यालयलाई स्थानान्तरण, गाभ्ने, नयाँ विद्यालय खोल्ने, शिक्षक व्यवस्थापन, अस्थायी विद्यालय सञ्चालन, विपत्मा पठनपाठन गराउनुपर्ने पाठ्यक्रम र त्यसको लचकता, त्यस्ता प्रभावित विद्यार्थीहरूको मूल्याङ्कन आदि विषयहरू समावेश गरी विपत्मा विद्यालय सञ्चालन निर्देशिका तयार पारी जतिसक्यो छिटो जारी गर्ने । यस्तो निर्देशिकामा कस्ता भवनलाई तत्काल भत्काउने, जसले गर्दा भग्नावशेषमा कसैको दुर्घटना नहोस्; कस्ता भवन पूर्ण रूपमा भत्काएर नयाँ बनाउने, कस्ता भवनको मर्मत गर्ने र कति समयका लागि अस्थायी विद्यालय सञ्चालन गर्ने जस्ता नीतिगत विषयमा प्रष्ट पार्नुपर्छ । यस्तो निर्देशिकामा प्रत्येक प्रभावित विद्यालयमा एक जना मनोसामाजिक विमर्शकर्ताको व्यवस्था गर्नुपर्छ । दीर्घकालमा भने देशभरिका सबै विद्यालयमा एक जना मनोविमर्शकर्ताको दरबन्दी सिर्जना गरी पदपूर्ति गर्ने व्यवस्था गर्नुपर्छ । यसमा प्रारम्भिक बालविकास र अनौपचारिक शिक्षासम्बन्धी समेत ठोस नीतिगत व्यवस्था गरिनुपर्छ ।

चौथो : सबै विद्यालयमा राहत, पुनर्निर्माण तथा विपत्कालीन शिक्षा सम्बन्धी कार्य गर्न शिक्षा विभाग अन्तर्गत निर्देशकको नेतृत्वमा तत्काल एक छुट्टै महाशाखा गठन गर्ने ।

पाँचौँ : विपत्कालीन सहयोग गर्ने दातृ निकायको स्रोतसाधनलाई स्थानीय सरकारको कोषमा सशर्त अनुदानको रूपमा रकम हाल्न लगाउने र त्यसको कार्यान्वयन जिल्ला शिक्षा कार्यालय मार्फत गर्ने साथै आवश्यक प्राविधिक सहयोग सहयोगी निकायले गर्ने बन्दोबस्त मिलाउने । यसो गर्दा कार्यक्रम सीधै स्थानीय स्तरमा पुग्छ, स्थानीय निकाय जिम्मेवार र सशक्त हुन्छ र राष्ट्रिय स्तरमा हुने परामर्श तथा अन्य व्यवस्थापकीय खर्च र प्रशासनिक झ्न्झ्ट कम हुन्छ ।

छैटौँ : विपत्कालमा शिक्षक तथा प्रारम्भिक बालविकासका सहजकर्ताले ध्यान दिनुपर्ने कुराहरूबारे तत्काल शैक्षिक सामग्री तयार पारी शिक्षकहरूलाई छोटो (केही घण्टादेखि १ दिनसम्म) अभिमुखीकरण तालीम दिने व्यवस्था मिलाउने ।
सातौँ : विपत्काल भनेर शिक्षाको गुणस्तरमा वास्ता नगर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ । यस्तो बेलामा पनि शिक्षाको न्यूनतम मापदण्ड पूरा भएको छ वा छैन नियमन गर्ने व्यवस्था मिलाउने ।  

ख) प्रधानाध्यापक र शिक्षकको भूमिका
पहिलो : तत्काल विस्थापित समुदाय बसेको क्षेत्रमा अस्थायी तर सुरक्षित विद्यालय निर्माणको काम प्रारम्भ गर्ने जसले गर्दा एक महिनाभित्र उनीहरूलाई सो विद्यालयमा लैजान सकियोस् ।
दोस्रो : आपत्कालमा विद्यार्थीहरूलाई आवश्यक पर्ने पाठ्यपुस्तक तथा अन्य शैक्षिक सामग्रीको व्यवस्थापन तत्काल गर्ने । युनिफर्म अनिवार्य गरिनु हुँदैन । यदि विद्यालयले पोशाक, केहि शैक्षिक सामाग्री र पाठ्यपुस्तक दिन सक्ने अवस्था भएमा त्यसको व्यवस्था गर्नुपर्छ ।
तेस्रो : आपत्कालमा विद्यालयमा विद्यार्थी तथा शिक्षक, कर्मचारीलाई खाजाको व्यवस्था गर्ने । यसले विद्यालयमा विद्यार्थीको उपस्थिति र सिक्ने–सिकाउने वातावरणमा थप बल पुग्छ ।
चौथो : विद्यालयमा विद्यार्थी तथा शिक्षकका लागि आवश्यक मनोसामाजिक परामर्श सेवा लिने–दिने व्यवस्था गर्ने ।
पाँचौँ : स्थानीय व्यक्तिको परिचालन, स्थानीय सामग्रीको प्रयोगलाई उच्च प्राथमिकता दिने साथै स्थानीय परम्परा, धर्म, सांस्कृतिक पक्षप्रति संवेदनशील भई बालमैत्री तवरले शिक्षण क्रियाकलाप सञ्चालन गर्ने ।

ग) विद्यालय व्यवस्थापन समितिको भूमिका
पहिलो : विद्यालय व्यवस्थापन समितिको बैठक डाकी अस्थायी रूपमा सुरक्षित स्थानको खोजी गरी शिक्षा सम्बन्धी क्रियाकलाप नियमित गर्ने सम्बन्धी निर्णय गर्ने ।
दोस्रो : सबै शिक्षकको बैठक डाकी विद्यालय सञ्चालनका लागि स्थानको व्यवस्थापन गर्ने र अस्थायी रूपमा पठनपाठन क्रियाकलाप नियमित गर्न प्रारम्भ गर्ने । घाइते विद्यार्थी, शिक्षक र अन्य कर्मचारीलाई आवश्यक सहयोग गर्न निर्णय लिने ।
तेस्रो : विद्यालयलाई आवश्यक सहयोग जुटाउनका लागि जिल्ला शिक्षा कार्यालय, जिल्ला दैवी प्रकोप उद्धार समिति लगायत अन्य सहयोगी निकायहरूसँग अनुरोध गर्ने ।
चौथो : स्थानीय स्रोतसाधन संकलन गरी विद्यालयका लागि न्यूनतम आवश्यक सामग्रीहरूको जोहो गर्ने ।
पाँचौँ : अस्थायी विद्यालयमा हुने शैक्षिक क्रियाकलापको नियमित अनुगमन गरी सोमा आवश्यक सुधार गर्न शिक्षक तथा प्रधानाध्यापकलाई सुझव दिने ।

घ) शिक्षा साझ्ेदारहरूको भूमिका
पहिलो : आपत्कालमा विद्यालय लामो समय बन्द गर्नु कुनै पनि हालतमा ठीक होइन । त्यसैले तत्काल विद्यालय (विद्यालय भवन, पर्याप्त शिक्षक, सबै विद्यार्थी, पाठ्यपुस्तक र शैक्षिक सामग्री नभए पनि) सञ्चालन गर्नुपर्छ भन्ने व्यापक प्रचारप्रसार गरी विद्यालय खुलाउन वकालत गर्ने ।
दोस्रो : अस्थायी विद्यालय स्थापनाका लागि आवश्यक आर्थिक र प्राविधिक सहयोग तत्काल जुटाउने ।
तेस्रो : शिक्षा समूहमा राम्रोसँग समन्वय गरेर आफ्ना क्रियाकलापहरू पारदर्शी ढंगले सञ्चालन गर्ने ।
चौथो : कुनै पनि क्रियाकलापहरू सञ्चालन गर्दा त्यसबाट दीर्घकालमा हुन सक्ने नकारात्मक प्रभावबारे सचेत भई आफ्ना क्रियाकलापहरू गर्ने ।
अन्त्यमा : विपत्ले नयाँ अवसरहरू पनि सँगसँगै लिएर आउँछ । शिक्षाको गुणस्तरमा सुधार ल्याउने, विद्यालय तथा प्रारम्भिक बालविकास केन्द्रको भौतिक पूर्वाधारमा आमूल सुधार ल्याउने, नयाँनयाँ प्रविधिहरू भिœयाउने र आफ्नो समुदायमा भएका असल पक्षहरूलाई जगेर्ना गर्ने वा पुनर्जागृत गराउने यो सुनौलो अवसर हो । यसैले पुनर्निर्माण गर्दा पहिले जस्तो थियो त्यस्तै होइन, त्योभन्दा गुणस्तरीय, दिगो र अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका कुराहरू निर्माण गर्न हामी सबै जुट्नु र लागि पर्नु हाम्रो कर्तव्य हो ।

commercial commercial commercial commercial