नेपालका भूकम्प छुकी हुन्छन् !

नब्बे सालको भैँचालाले नेपालमा नयाँ युग ल्यायो, मान्छेमा नयाँ चेतना फैलाइदियो । भन्दा अत्युक्ति नहोला, नेपालमा राजनीतिक सुधारको नौलो चाहनासमेत यो भैँचालोपछि पलाएको हो । अब बहत्तर सालको भूकम्पले पनि अवश्यै त्यस्तै केही जागरण नेपाली जनमानसमा ल्याउला । किनभने, छुकी हुन्छन् नेपालमा ठूला भूकम्पहरू !

हाम्रो नेपाली जातिमा वंशावली लेख्ने परम्परा महादेश चीनबाट आएको हुनुपर्छ । त्यहाँ हजारौँ वर्षदेखि ‘क्रोनिकल’ हरू लेखिँदै आएका थिए । हामीकहाँ भने चौधौँ शताब्दीमा मात्र सर्वप्रथम वंशावली लेखियो, गोपालराज वंशावली । त्यसपछि चाहिँ साना–ठूला वंशावली अरू पनि लेखिएका फेला पर्छन् । संस्कृतमा प्राचीन कालमै लेखिएका भागवत् र महाभारत तथा रामायणलाई एक प्रकारका वंशावली नै भनिदिए पनि फरक पर्दैन, किनभने तिनले पनि कुनै न कुनै निहुँले आर्य जातिको विजययात्राकै बखान गरेका छन् अलि अतिरञ्जित पाराले भए पनि ।

यस लेखोटको विषय वंशावली होइन, भूकम्प हो । २०७२ वैशाख १२ गतेको महाभूकम्पले नेपालीहरूलाई दिएको ‘हृत्कम्प’ सम्झैँ अनि नेपालमा आएका ठूलठूला भूकम्पहरूको लेखाजोखा गर्न खोजौँ । हामीले त्यसो गर्नलाई हाम्रा वंशावलीहरू अघि नसारी हुँदैन । गोपाल वंशावलीलगायत पछिका पनि सबै वंशावलीहरू काठमाडौँ उपत्यकाका कथा हाल्छन्— कुनै तथ्यगत होलान्, कुनै काल्पनिक र श्रुति परम्पराबाट चल्दै आएका । आफ्ना पुर्खाहरूलाई महान् बनाउन, देखाउन वंशावलीकारहरूले भएका÷नभएका फुँदा जोड्छन्, स्वाभाविकै हो । त्यसैले वंशावलीबाट इतिहास जोड्नु सधैँ विश्वासिलो हुँदैन । भए पनि, वंशावलीलाई नै सिँढी बनाएर हाम्रा इतिहासहरू लेखिन थालेका हुन् । त्यसो गर्ने पहिलो ‘बहादुर’ भने नेपाली नभएर विदेशी भैदिए, बेलाइती पुरातŒवविद् डानियल राइट ।

यो कुरा अहिले उठाउनुपरेको एउटा कारण छ । नेपाली वंशावलीहरूमा धेरै कथा जोडिएका हुन्छन् । त्यस्तै एउटा कथा सम्झ्ूँ पाटनका राजा सिद्धिनरसिंह मल्लको । करीव ३ सय ५० वर्षअघि पाटनलाई ‘ललित पुर’ अर्थात् राम्रो शहर बनाउने उनै हुन् । उनले पाटन शहरलाई चिटिक्क पारेर सिँगारे । दरबार बनाए मङ्गलबजारमा । मन्दिरहरू बनाए । पाटनको ‘शान’, सुन्दर कृष्णमन्दिर निर्माण गरे । वंशावलीहरू भन्छन् त्यसपछि सिद्धिनरसिंह मल्ल एक दिन अल्पिए । उनी कहाँ र कसरी दिवंगत भए भन्ने कुरा वैशावलीले गर्दैनन् । तर भनिन्छ, उनले बेपत्ता हुनुअघि भनेका थिए रे, “मेरो दरबार अगाडि राखिएको मेरो प्रार्थनारत मूर्तिमाथिको चरो उडेर नजाउन्जेल म यहीँ रहेको हुन्छु । त्यो चरो उडेपछि मात्र म मरेँ भत्रे जात्रू ।” त्यसैले भनिन्छ, अहिलेसम्म पनि त्यस दरबारको सिद्धिनरसिंहको ‘कोठा’ मा राति उनका लागि हुक्कामा तमाखु भरेर राख्ने गरिन्छ ।ज्ञ तर अब त्यो ‘चरो’ त्यहाँ छैन । १२ वैशाखको भैँचालोले उनको त्यो सुन्दर मूर्तिलाई भुइँमा बजारिदियो । बीस हात अग्लो पत्थरको खम्बामाथि जडिएको कमलासनमा विराजमान थियो सपत्निक प्रार्थनारत राजाको मूर्ति । भैँचालाले त्यो कमलको आसन नै झरिदिएपछि राजाको शिरमाथि सुशोभित नागछत्रमाथिको त्यो ऐतिहासिक ‘चरो’ पनि बेपत्ता भयो !

तेह्रौँ शताब्दीमा नेपालमा आएको एउटा शक्तिशाली भूकम्पले काठमाडौँका राजा अभय मल्ललाई नै लगेको थियो रे, वंशावलीहरूले बताएबमोजिम । तर त्यसपछि आएका अरू भूकम्पहरूले भने त्यति ठूलाबडा कसैलाई पनि लैजान सकेनछन् घर र मन्दिरहरूलाई मात्र भत्काएर र अरूलाई चाहिँ हल्लाएर मात्र गएछन् । यी शक्तिशाली भूकम्पहरू कसरी हो नेपालमा ‘नियमित पाहुनाहरू’ जस्तै करीव सयसय वर्षको अन्तरालमा एकचोटि आउने गर्दा रहेछन् ।

अरू ठूला भैँचालाहरूको त हामीलाई गणितीय महŒव मात्र हो तर १८९० सालमा आएको महाभूकम्पले भने अलि ऐतिहासिक चाख पनि पैदा गर्छ । किनभने भीमसेन थापाले नै बनाएको धरहरालाई त्यो भैँचालाले ‘खाएर गएछ’ । यहाँनिर फेरि ‘नै’ को प्रयोग किन गर्नुप¥यो भने हाम्रो पालाको धरहरालाई हामीले ‘भीमसेन स्तम्भ’ या भीमसेन थापाको धरहरा भने तापनि त्यो महारानी त्रिपुरसुन्दरी देवीले बनाएको धरहरा थियो । उनको अभिलेख नै छ त्यहाँ । वास्तवमा त्यसभन्दा अघि त्यहीँनिर, भीमसेन थापा आफैँले आफ्नो दरबारको ढोका अगाडि शिलापत्र नै राखी पहिलो धरहरा बनाएका रहेछन् । अंग्रेज इतिहासकारहरूले त्यसलाई ‘भीमसेन्स फली’ (भीमसेनको स्वाङ) भनिदिए । तर चाँडै नै त्यो धरहरा पाताल हुने गरी भत्काइदिएछ १८९० सालको भूकम्पले । त्यसपछि लाजगाल र महारानीलाई रिझउन उनकै नामबाट अर्को धरहरा निर्माण गराएका हुन् । इतिहासले त्यसै भन्छ ।

महारानी त्रिपुरसुन्दरीको नामको त्यो १८९२ सालमा निर्मित ११ तल्ले धरहरालाई फेरि १९९० सालको भैँचालाले तीन तला मात्र बाँकी राखेर भत्कायो । त्यो भाँचिएको धरहरालाई जीर्णोद्धार गरिदिए तत्कालीन महाराज जुद्धशमशेरले १९९२ सालमा ।

जीर्णोद्धार गर्दा ११ तलालाई घटाएर ९ तलामै सीमित पारे जुद्धशमशेरले सुरक्षाका लागि । तैपनि खोजेको सुरक्षा हुन सकेन र ८० वर्षको बूढो धरहरा जगैसम्म गयो यस पटक । १९९० सालको महाभूकम्पले धरहरालाई मात्र होइन, वीरशमशेरले बनाएको भव्य घण्टाघर पनि ढाल्यो । सँगसँगै वीरशमशेरले आफ्ना भाइभतिजाहरूलाई बनाइदिएका दर्जनौँ दरबारमा पनि व्यापक क्षति पु¥यायो । त्यसले जङ्गबहादुरको थापाथली दरबारको पनि दुर्दशा ग¥यो । त्यो मात्र होइन, नेपालभरि नै सयौँ मन्दिर र हजारौँ हजार घरहरूसमेत ध्वस्त भए । तर, हरेक पटकका ठूला भैँचालापछि झ्ैँ नब्बे सालको भैँचालाले पनि नेपालमा निर्माणको नयाँ युग ल्यायो, मान्छेमा नयाँ चेतनासमेत फैलाइदियो । भन्दा अत्युक्ति नहोला, नेपालमा राजनीतिक सुधारको नौलो चाहनासमेत यो भैँचालोपछि लगत्तै पलाएको हो । व्याख्या आवश्यक छैन । त्यसपछि जेजे भयो त्यो सबैका सामु प्रत्यक्ष छ ।

आभ्यन्तरिक रूपमा चाहिँ नयाँ जागरण ल्याइदियो । मान्छेका मनभित्र रहेको साहित्य, कला र संस्कृतिपट्टिको सुषुप्त भोक अकस्मात् जुर्मुराएर जाग्यो । गएको ८० वर्षयताको नयाँ नेपाल त्यसैको आडमा उदाएको हो । अब बहत्तर सालको शुरूमै आएको साढे सात रेक्टर स्केलको यस भूकम्पले पनि अवश्यै त्यस्तै केही जागरण नेपाली जनमानसमा ल्याउला । किनभने, छुकी हुन्छन् नेपालमा महाभूकम्पहरू !


इतिहासका कतिपय किताबमा : मूर्तिमाथिको चरो र हुक्कामा तमाखु भर्ने किंवदन्ती सिद्धिनरसिंह मल्ल होइन, पाटनकै अर्का राजा योगनरेन्द्र मल्लसँग जोडिएको पाइन्छ । – सम्पादक

commercial commercial commercial commercial