ग्रेडिङ र लेटर ग्रेडिङ परिचय र प्रयोग

अरू ग्रेडिङको दाँजोमा लेटर ग्रेडिङ बुझन सरल छ । यो अरूभन्दा व्यवस्थित पनि हुन्छ । अंक ग्रेडिङभन्दा लेटर ग्रेडिङले केही हदसम्म भए पनि सिकाइमा अभिप्रेरित गर्छ । विद्यार्थीले आफू आफ्नो सहपाठीको तुलनामा कहाँ छु भन्ने कुरा पनि प्रष्ट रूपमा देख्न सक्छ । धेरै विद्यार्थीहरू एकै समूहमा पर्ने भएकाले प्रष्ट रूपमा देखिने विभाजन हटाउन पनि मद्दत गर्छ ।

ग्रेडिङको परिचय
‘ग्रेडिङ’ को उद्देश्य विद्यार्थीले उसको कक्षा वा विषयमा निर्धारित सिकाइको लक्ष्य कुन हदसम्म हासिल ग¥यो अथवा उसको सिकाइ कुन स्तरको छ भनी निक्र्योल गर्नु हो । ग्रेडिङले विद्यार्थीको बौद्धिक स्तर मापन गर्ने हुनाले रोजगारी दिने संस्था, विद्यालय, अभिभावक र नीति निर्मातालार्ई समेत यसले विद्यार्थीको बारेमा थाहा पाउन मद्दत गर्छ । सँगै यसले शिक्षा प्रणालीकै बारेमा निर्णय लिन पनि सघाउन सक्छ । हुन त आवधिक परीक्षा र ग्रेडिङको विश्वसनीयता एवं वैधताबारे पनि प्रश्न नउठेका होइनन् । विद्यार्थीले वर्षभरिमा प्राप्त गरेको ज्ञान, सिकेको सीप तथा कौशल, बुझ्ेको अवधारणा र उसको रचनात्मक चिन्तन तथा सोचलाई केही घण्टाको परीक्षाबाट परीक्षण गर्न सकिँदैन भन्ने बलियो मान्यता पनि छ । तीन घण्टाको लिखित परीक्षाले विद्यार्थीको समग्र मूल्याङ्कन गर्न सकिँदैन भन्ने मतलाई मान्यता दिएर अचेल ‘निरन्तर विद्यार्थी मूल्याङ्कन पद्धति’ (क्यास) अपनाउने गरिएको छ ।

प्रारम्भमा ग्रेडिङको उपयोग कुन विद्यार्थीलार्ई माथिल्लो कक्षामा चढाउने र कसलार्ई उही कक्षा दोहो¥याउन लगाउने भन्ने कुरा छुट्याउने प्रयोजनका लागि गरिएको थियो । कालान्तरमा यसलाई कक्षामा विद्यार्थीको दर्जा छुट्याउन र तह स्थापना गर्ने कडीका रूपमा प्रयोग गर्न थालियो । अन्ततः यो विद्यार्थीलार्ई पुरस्कार र दण्ड दिने साधनको रूपमा पनि प्रयोग हुँदै आएको पाइन्छ ।

ग्रेडिङ गर्नुपूर्व विद्यार्थीको विषयवस्तु माथिको बुझइ, उसले निर्माण गरेको ज्ञानको व्यावहारिक प्रयोग, उसले सिकेको सीप प्रयोग गरी समस्या समाधान गर्न सक्यो कि सकेन भन्ने हेर्नु आवश्यक हुन्छ । विद्यार्थीले थाहा पाएको सूचना र तथ्यको प्रयोग ठीकसँग ग¥यो कि गरेन, जानेको कुराको प्रस्तुति र सञ्चार कौशल कस्तो छ ? विद्यार्थीले पाएको सूचना, ज्ञान, सीपको गुणस्तर र उसको सोचाइमा आत्मनिर्भरता तथा स्वतन्त्रता छ कि छैन भन्ने कुरामा ध्यान दिएर ग्रेडिङ गर्नुपर्छ ।

ग्रेडिङ विद्यार्थीले गरेका कामको आधारमा, तिनले सिक्ने प्रक्रियाको आधारमा अनि निश्चित समयावधिमा हासिल गरेको उपलब्धिका आधारमा गर्ने गरेको पाइन्छ । विद्यार्थीले गरेका कामको आधारमा गरिने ग्रेडिङमा निश्चित समयभित्र विद्यार्थीले के जानेको छ, के गर्न सक्छ भनी परीक्षण गरी निर्णयात्मक मूल्याङ्कन गर्ने गरिन्छ । यो सबै प्रक्रियामा सम्बन्धित व्यक्ति पहिल्यै सूचित हुन्छ । यस विधिमा अन्तिम परीक्षा र अन्तिम प्रतिवेदन आदिको आधारमा गरिने ग्रेडिङ नै विद्यार्थीले गरेका कामको प्रतिफल हो । विद्यार्थीले सिक्ने प्रक्रियाको आधारमा गरिने ग्रेडिङले अन्तिम परीक्षाको आधारमा मात्र नभई ऊ सो ग्रेड हासिल गर्न कसरी सफल भयो भनी देखाउँछ । शिक्षकले विद्यार्थीको प्रयास, काम गर्ने बानी अनि उसले वहन गर्ने जिम्मेवारीलार्ई पनि ध्यानमा राख्नुपर्ने हुन्छ ।

शिक्षाशास्त्रीहरूमा ग्रेडिङलार्ई हेर्ने दृष्टिकोणमा एकरूपता छैन । केही शिक्षाशास्त्रीहरूले यसलार्ई पूर्ण समर्थन गरेका छन् भने कसैले आलोचनात्मक समर्थन गरेका छन् । पछिल्ला दिनमा ग्रेडिङबारे आलोचना गर्ने शिक्षाशास्त्रीहरूको सङ्ख्या बढ्दो छ । तिनको भनाइमा ‘ग्रेडिङ प्रणाली शिक्षामा औद्योगिक दृष्टिकोेणको एउटा पाटो मात्र हो, जहाँ कुनै चिजको उत्पादन गरिन्छ र त्यसको गुणस्तर जाँची त्यसलाई नामाङ्कन गरिन्छ ।’

तथापि ग्रेडिङ र रिपोर्टिङ शिक्षाका नयाँ आयाम हुन् । सन् १८५० भन्दा अघि यी विषय त्यति प्रयोग र जानकारीमा थिएनन् । त्यति वेला विद्यार्थीलाई विभिन्न उमेर, पृष्ठभूमि र अनुभवका आधारमा एउटै कोठामा संकलन गरी एउटै शिक्षकद्वारा पढाइन्थ्यो । पश्चिममा यस्तो स्थिति थियो भने हामीले अभ्यास गरेको गुरुकुलको प्रकृति पनि झ्ण्डै उस्तैउस्तै थियो । जहाँ एक जना शिक्षकद्वारा भिन्नभिन्न उमेर, भिन्नभिन्न अनुभव र पृष्ठभूमि भएका विद्यार्थीलार्ई एकै ठाउँमा राखेर पढाइन्थ्यो । उति वेला अमेरिकामा विद्यार्थीको उपलब्धि सामान्यतः मौखिक रूपमा अभिभावकलाई बताइन्थ्यो । जब विद्यालयमा विद्यार्थी सङ्ख्या बढ्दै गयो, तब एउटै उमेर समूहका विद्यार्थीलार्ई एउटा कक्षामा राखी पाठ्यक्रम र शिक्षण विधि तयार पारी कक्षा लिने अभ्यास शुरू गरियो । समय क्रममा शिक्षकले लिखित रूपमै विद्यार्थीले सिकेका सीप र कौशल तथा विकास गरेका अवधारणाहरूको परीक्षण गरी अभिलेख राख्न थालियो । यस्तो अभिलेखको सञ्चार शिक्षक र विद्यार्थीबीच मात्र सीमित राखिन्थ्यो । विद्यार्थीले एउटा सीप नसिकेसम्म अर्को सीप सिक्न पाउँदैनथ्यो । यो नै सबैभन्दा पहिला प्रयोगमा आएको रिपोर्टिङ वा ग्रेडिङ प्रणाली हो ।

ग्रेडिङको प्रयोग
मूल्याङ्कन पश्चात् विद्यार्थीको प्राप्त उपलब्धिलार्ई विभिन्न समूह वा वर्गमा राखिन्छ । र प्रत्येक समूह वा वर्गलाई एउटा लेटर वा अंक व संकेतको माध्यमले व्यक्त गरिन्छ । त्यस्तो ग्रेड अंक, अक्षर वा संकेत जे पनि हुन सक्छ तर सामान्यतः अंक र अक्षर नै बढी प्रचलित छन् । अंग्रेजी अक्षरमा ग्रेडिङ गर्दा ब् देखि ँ सम्म र अंकमा ग्रेडिङ गर्दा १ देखि ४ सम्म वा १ देखि ६ सम्म वा १ देखि ३० सम्म वा १ देखि १०० सम्म गरेको पाइन्छ । ग्रेडिङ प्रणाली संसारभर एकै खाले छैनन् । कसैले अंक र अक्षर दुवैमा, कसैले अंकमा मात्र, कसैले अक्षरमा मात्र, कसैले शब्दमा भने कसैले दुई वा दुईभन्दा बढी आधारमा ग्रेडिङ गरिरहेका छन् ।

विभिन्न देशले भिन्नभिन्न तरीकाले यसको प्रयोग गर्दै आएका छन् । १०० पूर्णाङ्कमा आधारित रहेर ग्रेडिङ गर्दा विद्यार्थीले तोकिएभन्दा बढी अंक ल्याउनै पर्छ । नत्र उसलार्ई उत्तीर्ण गरिँदैन । त्यस्तो उत्तीर्णाङ्क पनि देश अनुसार फरक फरक हुन्छ । जस्तो ः श्रीलङ्कामा ३० अंक ल्याउने विद्यार्थीलार्ई उत्तीर्ण घोषित गरिन्छ भने कोस्टारिकामा न्यूनतम ७० अंक नल्याए उत्तीर्ण मानिँदैन । नेपालमा विद्यालय स्तरमा न्यूनतम ३२ अंक ल्याए उत्तीर्ण मानिन्छ ।

केही देशले अंकमा आधारित प्रणालीमा न्यूनतम १–४ देखि अधिकतम १–३० सम्मको स्केल प्रयोग गरी ग्रेडिङ गरेको पाइन्छ । यसमा विद्यार्थीले हासिल गरेको उपलब्धि अनुसार उनीहरूको ग्रेडिङ अंक निर्धारण गरिन्छ । उत्तीर्ण हुने र नहुने कुरामा पनि देश अनुसार विविधता पाइन्छ । यस प्रणालीमा इटालीको अनुभव अरूको भन्दा भिन्न छ, जहाँ ० देखि ३० भित्रको स्केलमा ग्रेडिङ गरिन्छ ।

केही मुलुकले अंक तथा अक्षरमा होइन, शब्दमा ग्रेडिङ गर्ने प्रणाली पनि प्रयोग गरेका छन् । जस्तै ः अष्ट्रेलियामा अपर्याप्त (Insufficient), पर्याप्त (Sufficient), सन्तोषजनक (Satisfactory) र धेरै राम्रो (Very Good) ग्रेड दिइन्छ । यस सन्र्दभमा मलावीको अनुभव फरक छ । मलावीमा उत्तीर्ण (Pass), तेस्रो श्रेणी अनर्स (III Class Honors), दोस्रो श्रेणी अनर्स (II Class Honors), दोस्रो श्रेणी उपल्लो दर्जा (II Class Upper Division) र प्रथम श्रेणी (First Class) का आधारमा ग्रेडिङ गरिन्छ ।

‘इन्टरनेशनल ब्याकलरेट अर्गनाइजेशन’ (आईबीओ) ले डिप्लोमा कार्यक्रमका विद्यार्थीको १ देखि ७ सम्म अंक प्रयोग गरी ग्रेडिङ  गर्ने गर्छ । अरू ग्रेडिङभन्दा आईबीओको ग्रेडिङ अलि वैज्ञानिक र वस्तुगत देखिन्छ । यस अनुसार डिप्लोमा कार्यक्रममा सात प्वाइन्ट स्केलमा गरेको एउटा विषयको मूल्याङ्कनलार्ई उसले १० भिन्न क्षेत्रमा (ज्ञान तथा अवधारणाको निर्माण र बोध, ज्ञान र सीपको प्रयोग, तथ्याङ्कको विश्लेषण तथा मूल्याङ्कन कौशल, घटनाहरूको व्याख्या र निष्कर्ष, समस्या समाधान कौशल, सञ्चार कौशल, रचनात्मकता र सिकाइमा सहकार्य, समूहकार्य र पर्यावरणीय प्रभावप्रतिको सजगता, स्वतन्त्र, स्वावलम्बी, सुरक्षा सजगता र क्षमताको प्रदर्शन) राखेर मूल्याङ्कन गरी समग्र ग्रेड दिएको पाइन्छ ।

संसारका केही विद्यालयले ग्रेडिङ नगर्ने प्रणाली पनि अपनाएको पाइन्छ । अंक, अक्षर, शब्द, संकेतको आधारमा ग्रेडिङ नगरी विद्यार्थीको उपलब्धिलार्ई कथाको रूपमा लेखेर प्रस्तुत गरिने यस्तो प्रणालीलार्ई ‘न्यारेटिभ रिपोर्टिङ’ भनिन्छ । यसले विद्यार्थीको उपलब्धि केलाएर उसका सबल पक्ष, सुधारोन्मुख पक्ष, सुधार गर्नुपर्ने पक्ष आदिबारे विस्तृत जानकारी प्रदान गर्छ । यसबाट विद्यार्थीको उपस्थिति, कक्षा सहभागिता, काम गर्ने बानी, सिकाइमा देखाउने सहकार्य आदिबारे पनि जानकारी पाइन्छ ।

विद्यार्थीको समग्र सिकाइको विश्लेषण गर्ने ‘न्यारेटिभ रिपोर्टिङ’ ले आउने दिनमा विद्यार्थीले लिनुपर्ने कदमको पनि व्याख्या गर्छ । विद्यालय र शिक्षक विद्यार्थीप्रति कति प्रतिबद्ध छन् भन्ने जानकारी पनि यसले दिन्छ । यसरी ‘न्यारेटिभ रिपोर्ट’ दिँदा विद्यार्थीको ग्रेडप्रतिको चिन्ता र सिकाइप्रतिको नकारात्मक धारणा हटाउन मद्दत पुग्छ । प्राथमिक कक्षामा अरूभन्दा यस्तो रिपोर्टिङ प्रभावकारी देखिन्छ ।

अक्षराङ्कन प्रणाली ः परिचय र प्रयोग
‘लेटर ग्रेडिङ’ प्रणाली वा अक्षराङ्कन प्रणाली अंकमा आधारित ग्रेडिङका कमी कमजोरी हटाउने उद्देश्यले आएको हो । यसमा विद्यार्थीले सिकेको कुरा र हासिल गरेको उपलब्धि ० देखि १०० अंकको सीमामा राखी त्यसलाई विभित्र समूहमा विभाजन गरी ग्रेडिङ गरिन्छ र प्रत्येक समूहलाई एउटा अक्षर (लेटर) द्वारा प्रतिनिधित्व गरिन्छ । ‘लेटर ग्रेडिङ’ भनेको विद्यार्थीले परीक्षामा हासिल गरेको उपलब्धिको ‘रेन्ज’ (यतिदेखि यतिसम्म) को प्रतिनिधित्व गर्ने संकेत हो । उदाहरणका लागि हामीले कसैलाई ‘ए’ ग्रेड दियौँ भने त्यो विद्यार्थीको उपलब्धि ८० देखि ९० प्रतिशतको बीचमा छ भत्रे बुझिन्छ । यसको प्रयोगमा अहिले व्यापकता आइरहेको छ र धेरै मुलुकहरू समयक्रमसँगै यही मूल्याङ्कन प्रणालीतर्फ आकर्षित भइरहेका छन् । विद्यार्थीले हासिल गरेको उपलब्धिलार्ई अक्षरमा आधारित ग्रेडिङ गरी उनीहरूको मूल्याङ्कन गरिने प्रक्रिया नै लेटर ग्रेडिङ प्रणाली हो । ग्रेडिङ र लेटर ग्रेडिङ प्रणाली शिक्षाको आधारभूत पक्ष हो, यसको अनुपस्थितिमा औपचारिक शिक्षाको कल्पना समेत गर्न सकिँदैन । त्यसैले पनि यसको स्वीकार्यता विश्वव्यापी छ ।

केही शिक्षाशास्त्रीहरूले अक्षर र अंक ग्रेडमा फरक छुट्याए तापनि अधिकांश शिक्षाशास्त्रीहरू यी दुईमा ताŒिवक भिन्नता पाउँदैनन् । किनभने दुवैमा विद्यार्थीको उपलब्धिको स्तर मापन गर्न संकेत, शब्द, अंक आदिको प्रयोग गरिन्छ । लेटर ग्रेडमा A, B, C, D, E, F संकेतमा + र —, अति राम्रो, राम्रो, सन्तोषजनक, कमजोर र अति कमजोर जस्ता शब्द अनि अंक, संकेत, अक्षर वा शब्द जे प्रयोग गरे पनि यसले विद्यालय, विद्यार्थी, अभिभावक र अन्य निकायलार्ई विद्यार्थीको उपलब्धिबारे सूचना दिन्छन् । चाहे त्यो अंकमा होस् वा अक्षरमा अथवा संकेतमै किन नहोस् ।

केही अमेरिकी शिक्षाशास्त्रीले प्रतिशत ग्रेडिङ माथि गम्भीर प्रश्न उठाए । डेनिएल स्टार्च (Daniel Starch) र ई.सी. एलिअट (Edeard Charles Elliott) जस्ता शिक्षाशास्त्रीले एउटै उत्तर पुस्तिका भिन्न भिन्न शिक्षकद्वारा परीक्षण गराउँदा एउटाले अधिकतम ९८ प्रतिशत र न्यूनतम ६४ प्रतिशत अंक दिए भने अर्कोले अधिकतम ९७ प्रतिशत र न्यूनतम ५० प्रतिशत अंक दिए । यसरी एउटै उत्तर पुस्तिकामा भिन्न भिन्न शिक्षकद्वारा परीक्षण गर्दा ३४ र ४७ अंक फरक आउनु राम्रो होइन । विद्यार्थीको उपलब्धिको मापन गर्दा वा कपडा नापेर किने जस्तो ठ्याक्कै भन्न र बताउन  सकिँदैन तर उसको खास उपलब्धिको नजिकै भने पुग्नुपर्छ ।

यसरी एउटा शिक्षकले उही उत्तरलाई ९७ प्रतिशत अंक दिनु र अर्कोले ५० अंक दिनु खोज वा अनुसन्धानको विषय बन्यो । यहाँ शिक्षकको परीक्षण गर्ने शैली र दृष्टिकोण नै फरक प¥यो । कसैले लेखाइको आधारभूत तŒवलाई ध्यान दिए भने कसैले भाषालार्ई । त्यस्तै खालको अध्ययन गणितको ज्यमिति विषयको परीक्षणमा झ्न् अचम्मको परिणाम आयो— अधिकतम ९५ प्रतिशत र न्यूनतम २८ प्रतिशत अंक । यसले गर्दा बिस्तारै प्रतिशत ग्रेडिङ (०–१००) को विकल्प खोजियो, जहाँ थोरै स्केलमा विद्यार्थीलाई वर्गीकरण गर्न सकियोस् । यसै क्रममा लेटर ग्रेडिङको प्रयोग थालियो ।

अक्षराङ्कनका फाइदा  
अक्षराङ्कन या लेटर ग्रेडिङले विद्यार्थीहरूलाई थप ज्ञान निर्माण गर्न र अझ् बढी सीप सिक्न प्रेरित गर्छ । सबै विद्यार्थीले ‘ए’ ग्रेड ल्याउने उद्देश्य राख्ने र ‘एफ’ ग्रेडलार्ई हटाउन खोज्ने भएकाले लेटर ग्रेडिङले सिकाइमा प्रेरकको काम गर्छ । विद्यालय तह भनेको विद्यार्थीको भविष्यको तयारी पनि हो । विद्यालय तहदेखि नै लेटर ग्रेडिङको अभ्यास गर्दा महाविद्यालय र विश्वविद्यालय तहको सिकाइमा पनि यसले सकारात्मक प्रभाव पार्छ । विद्यालय तह भनेको महाविद्यालय र विश्वविद्यालय तहको आधार भएकाले माथिल्लो तहमा गरिने मूल्याङ्कन तलैदेखि लागू गर्दा विद्यार्थीहरू ग्रेडिङको बारेमा परिचित हुन्छन् र सिकाइमा सबलता आउँछ । अरू ग्रेडिङको दाँजोमा लेटर ग्रेडिङ बुझन पनि सरल छ । आफ्ना बाबुनानीहरूको रिपोर्ट (प्रगति विवरण) अभिभावकले एकै पटक हेर्दा नै तिनीहरूको ज्ञान निर्माणको स्थिति सहजै अनुमान लगाउन सक्छन् । यो अरूभन्दा व्यवस्थित पनि हुन्छ । अंक ग्रेडिङले भन्दा अक्षर ग्रेडिङले केही हदसम्म भए पनि सिकाइमा अभिप्रेरित गर्छ । विद्यार्थीले आफू आफ्नो सहपाठीको तुलनामा कहाँ छु भन्ने कुरा पनि प्रष्ट रूपमा देख्न सक्छ । धेरै विद्यार्थीहरू एकै समूहमा पर्ने भएकाले प्रष्ट रूपमा देखिने विभाजन हटाउन पनि मद्दत गर्छ ।

शिक्षकको काम ग्रेडिङ गर्ने र विद्यार्थीको उपलब्धिलार्ई ग्रेड दिनेभन्दा माथि र विद्यार्थीको काम पनि राम्रो ग्रेड ल्याउनेभन्दा माथि उठ्नुपर्छ । विद्यार्थीको काम खालि राम्रो अंक ल्याउने कुरामा भन्दा रचनात्मक चिन्तन, तार्किक विचार, समस्या समाधान सीप तथा कौशल आदि विकास गर्ने कुरामा हुनुपर्छ । शिक्षकको काम पनि खालि ग्रेडिङमै सीमित हुनु हुँदैन ।

अक्षराङ्कनका बेफाइदा
अक्षराङ्कन अर्थात् लेटर ग्रेडिङको शुद्धतामा धेरै कोणबाट प्रश्न उठाउने गरिन्छ । यसमा विद्यार्थीको ज्ञानको भन्दा अरू पक्षको मूल्याङ्कन हावी हुन सक्ने सम्भावना पनि रहन्छ । लेटर ग्रेडिङले विद्यार्थीको खास उपलब्धि बताउँदैन किनभने यसले विद्यार्थीको प्रगतिको चित्र प्रस्तुत गर्दैन । विद्यार्थी कुन तहमा थियो र अहिले कुन तहमा आइपुग्यो भन्ने कुरा जानकारी नगराउने हुनाले यसलार्ई प्रतिबन्धक पनि मान्ने गरिन्छ । यसबाट विद्यार्थीको पृष्ठभूमि र विगत थाहा पाउन सकित्र । अंक ग्रेडिङ जस्तै अक्षर ग्रेडिङ पनि विद्यार्थीको उपलब्धि सञ्चार गर्ने कमजोर माध्यम हो । त्यसैले हामीले विद्यार्थीलाई उनीहरूको उपलब्धिको सञ्चार गर्दा सबल र कमजोर पक्ष समेत जानाकारी गराउनुपर्छ । लेटर गे्रडिङबाट छात्रछात्राले सुधार गनुपर्ने कुरा अवगत नहुँदा यसले द्विविधा उत्पत्र गराइदिन्छ र कक्षामा वर्ग सिर्जना गर्छ— जात्रे र नजान्ने वर्ग, ‘ए’ ग्रेड ल्याउने र ‘ए’ भन्दा कम ग्रेड ल्याउने वर्ग आदि । कुनै दुई जना विद्यार्थी एकै हुँदैनन् । उनीहरूको शारीरिक, मानसिक, संवेगात्मक विकास पनि एकै हुँदैन । उनीहरूको सिकाइको गति समान हुँदैन तर ग्रेडिङ चाहिँ किन एकै हुने ?

विद्यार्थीले गरेको मेहनतभन्दा उसले प्राप्त गरेको ग्रेडको महŒव बढी देखिने हुनाले जसरी हुन्छ उच्च ग्रेड ल्याउने काममा विद्यार्थीको ध्यान जान सक्छ । यसले परीक्षामा अमर्यादित काम हुन सक्ने वातावरण सिर्जना गर्छ । नकारात्मक विशेषण रहेको ‘डेस्क्रिप्टर’ प्रयोग गर्दा विद्यार्थीमा नकारात्मक भावना बढ्न गई उनीहरूको संवेगात्मक विकासमा बाधा पुग्न सक्छ र विद्यमान शिक्षा प्रणालीतर्फ नै वितृष्णा उत्पत्र गराउन सक्छ । शिक्षकले विद्यार्थीलार्ई र विद्यार्थीले आफैलार्ई ग्रेडको आधारमा वर्गको बिल्ला भिराउने सम्भावना रहेकाले शैक्षिक वातावरण खलबलिन जान्छ ।

हामी हाम्रा विद्यार्थी प्रतिस्पर्धी होउन् भन्ने चाहन्छौँ कि सहकार्य गरुन् भन्ने ? ग्रेडिङले प्रतिस्पर्धालार्ई बढावा दिन्छ र सहकार्यलार्ई निरुत्साहित बनाउँछ । हामीले प्रयोग गर्ने शिक्षण विधि र मूल्याङ्कनले हामी कस्ता विद्यार्थी उत्पादन गर्ने भन्ने कुराको पनि निक्र्योल गर्छ । त्यसैले ग्रेडिङ र रिपोर्टिङ गर्नुभन्दा छात्रछात्राको उपलब्धि मापन विचार–विमर्श र छलफल गरेर निर्णय गर्नु उचित र बुद्धिमानी हुन्छ । विद्यार्थीको ग्रेडिङ गर्दा जतिसुकै निष्पक्ष र इमानदार भए तापनि हरेक शिक्षकको ग्रेडिङ फरक पर्छ भन्ने कुराका धेरै प्रमाण छन् । यस्तो फरकपन एउटै विद्यालय, एउटै कक्षा र एउटै विषय पढाउने शिक्षकबीच पनि हुन्छ ।

विद्यार्थी भनेको उद्योगबाट उत्पादित वस्तु होइन, जसलाई त्यसको गुणस्तरको आधारमा ग्रेडिङ गर्न सकियोस् । विद्यार्थीहरू त गम्भीर विचारक हुन्, चिन्तक । विद्यार्थीको विचारलाई, उसको सोचलाई, उसको चिन्तनलाई A, B, C, D, E र F जस्ता ग्रेडमा संकुचित गर्नु न्यायसंगत काम होइन र यस्तो हुनु पनि हुँदैन । बरु त्यसको विस्तृत व्याख्या र विश्लेषण गर्न सकियो भने मात्र विद्यार्थीको सही मूल्याङ्कन हुन्छ । त्यस्तो रिपोर्टले मात्र विद्यार्थीलाई अघि बढ्न मद्दत गर्छ । हुन त त्यस्तो रिपोर्ट लेख्न र पढ्न समय लाग्ने खालको हुन्छ तर त्यसले दिने सूचना र तथ्यले विद्यार्थीको जीवनमा निकै महŒवपूर्ण प्रभाव पार्छ ।

गे्रड भनेको कुनै तरकारी अथवा उद्योगबाट उत्पादित वस्तुलाई त्यसको गुण र दोषको आधारमा वर्गीकरण गरी बजारमा पठाउनका लागि हो । तरकारी वा औद्योगिक उत्पादनका वस्तु जस्तै विद्यार्थीलाई पनि ग्रेडिङ गर्नु र उसको उपलब्धि, सोच र चिन्तनलाई ग्रेड दिनु ठीक हो वा होइन; यो आफैमा सोचनीय विषय हो । यति हुँदाहुँदै पनि लेटर ग्रेडिङलाई सकारात्मक ‘ड्रेस्क्रिप्टर’ भनी व्याख्या सहित प्रयोग गर्न सकियो भने यो प्रभावकारी माध्यम बत्र सक्छ भत्रे कुरामा कसैको दुई मत नहोला ।

विद्यार्थीको मूल्याङ्कन जटिल र चुनौतीपूर्ण प्रक्रिया हो, जसमा एउटा मात्र कोणबाट हेरेर उनीहरूको मूल्याङ्कन गरियो भने त्यो अपूर्ण हुन्छ र त्यसले विद्यार्थीको वास्तविक स्थिति देखाउँदैन ।

हाम्रो सन्दर्भ
वि.सं. १९९० देखि नेपालमा एसएलसी परीक्षाको थालनी भयो । विगतदेखि अहिलेसम्म यसप्रतिको चासो उस्तै छ । हामीले यसप्रतिको चासोलाई सम्बोधन नगरेर हो वा गर्न नचाहेर; यति लामो समयसम्म यसलाई सञ्चालन गर्ने तरीकामा खासै परिवर्तन गर्न सकेनौँ । नेपालमा साक्षरता प्रतिशत न्यून हुदाँ एसएलसी परीक्षाको मान र मर्यादा बेग्लै थियो । त्यसैले ‘जसरी पनि उत्तीर्ण गर्नुपर्ने’ परीक्षाका रूपमा ग्रहण गरियो यसलाई । अमूर्त रूपमा यसलाई फलामे ढोका नै पनि भनियो र विद्यार्थीहरू फेल हुँदा आत्महत्या समेत गर्न पछि परेनन् । महाविद्यालय र विश्वविद्यालयमा अनुत्तीर्ण हुँदा आत्महत्या गरेको शायदै सुनिन्छ । तर, एसएलसी परीक्षाको परीक्षाफल प्रकाशित हुनेबित्तिकै आत्महत्या गर्ने कोही न कोही त हुन्छ नै र आज यो बिस्तारै तल्ला कक्षाहरूमा समेत पैmलँदै छ । हामीले यही प्रणाली अपनाइरहने हो भने भोलिका दिनमा यो रोग विद्यालय शिक्षाको तल्लो तहमा समेत नपुग्ला भन्न सकिन्न । विद्यालयमा शिक्षकले र घर, समाजमा अभिभावकले एसएलसी परीक्षालाई हाउगुजीकै रूपमा प्रस्तुत गरेको पाइन्छ । एसएलसी परीक्षामा ३२ अंक ल्याउँदैमा दक्षता हासिल गरेको र ३१ अंक ल्याउँदैमा केही पनि नसिकेको वा नजानेको भन्न मिल्दैन । विद्यालय विद्यालयबीचको अस्वस्थ प्रतिस्पर्धा र अंकमापन विधिले लाभभन्दा हानि नै बढी गरेको छ । यसलाई समयमै सम्बोधन नगरे यो स्थिति आगामी दिनमा झ्न् भयावह र विकराल बन्ने निश्चित छ । संसारमा अंक ग्रेडिङ प्रणाली जन्माउने अमेरिका लगायत अधिकांश मुलुक अक्षराङ्कन प्रणालीमा गइसके । धेरै मुलुकहरूले ग्रेडिङलाई परित्याग गरिसके र केहीले त्याग्ने क्रममा छन् । हामी भने त्यही पुरानो असामयिक र अप्रचलित ग्रेडिङ प्रणालीकै चक्करमा रहिरहनुको औचित्य अब नहोला ।

हुन त नेपालमा विगतमा अंकमा आधारित ग्रेडिङ प्रणालीको विकल्प नखोजिएको होइन । इच्छा शक्तिको अभावले हो वा नबुझ्ेर, त्यसले साकार रूप लिन भने सकेन । सन् १९९४ मा माध्यमिक तहको शिक्षा सुधारका लागि तयार पारिएको सेकेन्डरी एजुकेशन प्रोस्पेक्टिभले अंकमा आधारित ग्रेडिङको सट्टा अक्षरमा आधारित ग्रेडिङ प्रणालीमा जाने कुरा अघि सारेको थियो । तर, त्यो विषय र मुद्दा ओझ्ेलमा परिरह्यो । यदि सेकेन्डरी एजुकेशन प्रस्पेक्टिभ योजनाले मूर्त रूप लिएको भए आज हामीले अक्षरमा आधारित ग्रेडिङ प्रणाली प्रयोग गरेको दुई दशकको अनुभव हासिल गरिसकेका हुन्थ्यौँ । तर, त्यस्तो हुन सकेन ।

२०६२ सालमा कक्षा १ मा १६ लाख ५९ हजार ३८८ विद्यार्थी भर्ना भएकामा २०७१ सालमा एसएलसी परीक्षा दिन ४ लाख २७ हजार मात्र आइपुगे । अर्थात् झ्ण्डै ७५ प्रतिशत विद्यार्थीहरू बीचैमा हराए । जम्माजम्मी एसएलसी परीक्षा दिन आइपुगेका २५ प्रतिशत विद्यार्थीलाई पास र फेल गरी विद्यालय स्तरमै रोक्नु कति बुद्धिमानी हुन्छ ? भर्ना भएका एकचौथाई विद्यार्थी मात्र माध्यामिक तह उत्तीर्ण गराउँदा पनि शिक्षामा हामी कहाँ छौँ भनेर सोच्ने गरिएको छैन । अर्कोतर्पm हामीले १० वर्षसम्म पढाएर एउटा विषयमा ३२ प्रतिशत अंक पनि ल्याउन नसक्ने झ्ण्डै ६५ प्रतिशत विद्यार्थी तयार गरेर त्यसको उपयोग कसरी गर्ने ? त्यसैले समस्या विद्यार्थीमा होइन; शिक्षक, परीक्षा प्रणाली र समग्र शिक्षा प्रणालीमा छ । यसलाई समयमै संशोधन गरिएन भने खण्डे परिवर्तनले शिक्षामा खासै सुधार ल्याउँदैन । आज हाम्रा पाइलाहरू सारमा भन्दा रूप परिवर्तनतिर अघि बढिरहेका छन् । यसले केही लाज त ढाकछोप गर्ला तर परिवर्तन महसूस भने गर्न सकिँदैन । हाम्रा छिमेकी देशहरू समेत परिवर्तित भइसकेको अवस्थामा हामी उही स्थितिमा रहन समेत सक्दैनौँ । त्यही भएर लेटर ग्रेडिङ अग्रगामी दिशातिर बढ्ने एउटा प्रगतिशील कदम हो । यस्ता दूरगामी कदमहरू एकपछि अर्को गर्दै हरेक क्षेत्रमा चाल्नु जरूरी छ ।

२०७१ असार ३० गते शिक्षामन्त्री चित्रलेखा यादवको अध्यक्षतामा बसेको राष्ट्रिय पाठ्यक्रम परिषद्को बैठकले एसएलसी परीक्षामा विगत ८० वर्षदेखि चलिआएको अंकको सट्टा अक्षराङ्कन प्रणाली ९ीभततभच न्चबमष्लन क्थकतझ० मा जाने निर्णय ग¥यो । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को २०७१÷८÷२४ को निर्णय अनुसार प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन भएका ९९ विद्यालयमा शैक्षिक सत्र (२०७१) मा लागू गर्ने तथा शैक्षिक सत्र २०७२ देखि साधारण तथा प्राविधिकतर्फका सबै माध्यमिक तहको परीक्षामा यो पद्धति कार्यान्वयनमा ल्याउने निर्णय भएको छ । सरकारको योजना बमोजिम सबै काम समयमा भयो भने २०७२ सालमा कक्षा १० मा भर्ना भएका विद्यार्थीहरूको एसएलसीको लब्धाङ्क पत्रमा अंकको सट्टा अक्षरको प्रयोग गरिनेछ । सरकारले परीक्षणको रूपमा यसै वर्ष २०७१ सालदेखि नै व्यावसायिक धारका ९९ विद्यालयबाट एसएलसी दिएका विद्यार्थीको लब्धाङ्क पत्रमा अक्षराङ्कन प्रणाली शुरू गर्दै छ ।

सरकारले सार्वजनिक गरेको ग्रेडिङ सम्बन्धी नीति अनुसार एसएलसीको उत्तर पुस्तिका परीक्षण अंकमा हुनेछ र परीक्षा नियन्त्रण कार्यालयले सो अंकलाई अक्षर ग्रेडमा रूपान्तरण गरी उपयुक्त ग्रेड दिनेछ । प्रमाण पत्रमा उत्तीर्ण र अनुत्तीर्णको सट्टा समग्र ग्रेड दिइनेछ । परीक्षा नियन्त्रण कार्यालयको समन्वयमा पाठ्यक्रम विकास केन्द्रले समग्र ग्रेड निर्धारण गर्ने उपयुक्त आधार निर्माण गरी कार्यान्वयन गर्नेछ । प्राप्त ग्रेडको व्याख्या (Descriptor) प्रमाण पत्रमै उल्लेख गरिनेछ । विद्यार्थीले आफूले प्राप्त गरेको C, D र E श्रेणीभन्दा माथिल्लो श्रेणी प्राप्तिका लागि कुनै पनि विषयमा पुनः मूल्याङ्कित हुन चाहेमा परीक्षाफल प्रकाशन भएको एक वर्षभित्र हुने मूल वा पूरक परीक्षामा सामेल हुन पाउनेछन् । यसरी मूल्याङ्कन गराउँदा माथिल्लो ग्रेड प्राप्त भएमा निजलाई सोही व्यहोरा खोली थप प्रमाण पत्र दिइनेछ । पाठ्यक्रम विकास केन्द्रले अक्षराङ्कन पद्धति अनुसार उपयुक्त हुने गरी पाठ्यक्रमको मूल्याङ्कन खण्ड मिलान र विशिष्टीकरण तालिका परिमार्जन गर्नेछ । यसका लागि परीक्षकलाई आवश्यक निर्देशन, प्रमाण पत्रको डिजाइन र सफ्टवेर निर्माण परीक्षा नियन्त्रण कार्यालयले गर्नेछ ।

 

उपसंहार
हामीले हाम्रा विद्याथीहरूको उपलब्धिको लेखाजोखा वा त्यसको मूल्य निर्धारण चाहे अंकमा गरौँ वा अक्षरमा; चाहे संकेतमा गरौँ या प्रतिशतमा; त्यसले आफैमा केही अर्थ राख्दैन । हामीले दिएको ग्रेडिङले विद्यार्थीको विषयवस्तुको गहिरो अध्ययन, उसको रचनात्मक चिन्तन र तार्किक विचार, उसको समस्या समाधान गर्ने सीप तथा कौशल  कस्तो छ, बताउन सक्नुपर्छ ।

ग्रेडले मात्र विद्यार्थीको विषयवस्तुको गहिरो अध्ययन छ कि छैन ? उसको रचनात्मक चिन्तन र सोच कस्तो छ ? उसको समस्या समाधान सीप तथा कौशल कस्तो छ ? उसको सञ्चार कौशल कस्तो छ ? भन्ने कुरा बताउन कठिन हुन्छ । यसले विद्यार्थीलाई घोक्ने, कण्ठ गर्ने र उच्च ग्रेड ल्याउने काममा बढी केन्द्रित गराउँछ । यसबाट भने हामी सजक बन्नै पर्छ ।   

हामीले प्रश्नको स्तरीकरण गर्ने, ग्रेडिङलाई परिभाषित गर्ने, पाठ्यक्रममा आधारित परीक्षा प्रणाली अवलम्बन गर्ने, पाठ्यक्रमलाई विद्यार्थीको उमेर र रुचि अनुसार परिमार्जन गर्दै लैजाने जस्ता काम गर्नु आवश्यक छ । यसका साथमा लेटर ग्रेडिङको बारेमा जनचेतना फैलाउने, मानव संसाधनको विकास र तालीमलाई अझ् सुदृढ र सशक्त बनाउने, अध्ययन–अनुसान्धान कार्यलाई तीव्रता दिने र शिक्षकहरूलाई लेटर ग्रेडिङको मर्म र भावनाबारे निरन्तर तालीम र कार्यशाला गोष्ठी आयोजना गर्ने तथा विश्वविद्यालयको पाठ्यक्रममा लेटर ग्रेडिङ सम्बन्धी विषय समावेश गर्ने काम तीव्रतासाथ गर्नु पनि उत्तिकै अत्यावश्यक छ ।

(लेखक यूलेन्स स्कूल प्रिन्सिपल हुन्)

commercial commercial commercial commercial