चमेरो चर्चा !

देवना गरी वर्णमालाका अक्षर चिन्ने क्रममा हामी चरीचुच्चे ‘च’ भनेर चिन्दथ्यौं । त्यो उहिलेका कुरा भयो । अहिलेको पुस्तामा, च–चमेरो वा च–चरा भनेर पढाउने चलन छ । यहाँ ‘च’ ले चरा र चमेरोको भेदलाई छुट्याउँदैन । त्यसैले चमेरो कस्तो चरा हो भन्ने जिज्ञासा बालबालिकामा उठ्ने गरेको छ । तर चमेरो भने चरा नै होइन ।

चमेरोलाई अंग्रेजीमा ब्याट (Bat) भनिन्छ । आजभोलिका बालबालिका र विद्यार्थीमध्ये धेरैले ‘ब्याटम्यान’ (Batman) भन्ने एक काल्पनि क पात्रको बहादुरीका क्रियाकलाप विभिन्न चित्रकथा (Comics) एवं कार्टुन (Cartoon) र चलचित्रमा देखेका र हेरेका हुन्छन् । त्यसबाट उनीहरूमा चमेरोको बारेमा विशेष अवधारणा निर्माण भएको हुन्छ । यता, हराम्रो समाज मा ‘चमेरो’ को संज्ञा वा विशेषण पाएका व्यक्तिलाई हेयको दृष्टिले हेरिन्छ । कहिले वादी पक्ष र कहिले प्रतिवादी पक्षमा लाग्ने दोधारे व्यक्तिलाई ‘चमेरोजस्तो’ भन्ने चलन छ । हराम्रो धर्म, कर्म, कला, साहित्य र संस्कृतिमा पनि चमेरोको विशेष स्थान भेटिंदैन । चमेरोले लगाएका गुन पनि हामीलाई खासै थाहा छैन । यस्ता प्राणी–प्रजातिको लोप भएर जब प्रकृतिको कोप प्रकोपमा परिणत हुन्छ अनि मात्र भौतिक सुखसयलमा मग्न–मस्त हामी मानिसको ध्यान संरक्षणतिर मोडिन्छ ।

हालसालै, दि न्य ू यो र्क टाइम्स (२०१८ को अप्रिल १७) मा प्रकाशित एक लेखले चमेरो चर्चालाई चर्काउन चाहेको छ । चमेरोको स्वरूप र स्वभाव यसै पनि कौतूहलपूर्ण छ । तिनको पर्यावरणीय महत्व निकै गहिरो छ । नेपालका जीव वैज्ञानिकहरू चमेरो अनुसन्धानमा नलागेका पनि हैनन् । तर तिनलाई प्रोत्साहन र उचित कदरको खाँचो छ । यसै सन्दर्भमा, यहाँ चमेरो कौतूहललाई केही उजागर गर्ने जमर्को गरिंदैछ

चमेरो एक अचम्मको प्राणी हो । हावामा उड्छ तर चरा हैन । रातमा चहार्छ, लाटोकोसेरो हैन ।रूखमा लटरम्म झुण्डिएर बस्छ तर न त त्यो फल हो वा मृत चरा । चमेरो कानले देख्ने प्राणी हो । जसरी हामी अँध्यारोमा टर्च बालेर प्रकाश छरेपछि सबै छर्लङ्ग देख्छौं, त्यस्तै गरेर चमेरोले आफ्नो कण्ठको ध्वनि र प्रतिध्वनिको माध्यमबाट हरेक कुरा ठम्याउँछ, देख्छ । कस्तो अचम्म ! चमेरोको कण्ठ र चमेरोको कान मानिसमा जोड्न सक्ने हो भने नेत्रहीन मानिसको संसार बेग्लै हुन सक्छ । चमेरोबाट सिको गरेर ध्वनि र प्रतिध्वनिको सिद्धान्त अनुसार स्थान, वस्तु र तिनको दुरी पत्ता लगाउने  (Echolocation) प्रविधि विकास भएको मानिन्छ । समुद्र वा तालकोगहिराइ नाप्न यो प्रविधि प्रचलनमा छ । आकाशमा चम उडेका हवाईजहाज वा पानीमा चल्दै गरेका जहाज र पनडुब्बी (Submarine) यानहरू ठम्याउने राडर  (Radar) प्रविधिको आधार चमेरोकै ‘इकोलोकेशन’ प्रविधि हो भन्ने धेरैको मान्यता छ ।

चमेरो— मुसा, खरायो, स्याल, बाँदर वा मान्छे जस्तै स्तनधारी (Mammal) प्राणी हो । पोथी चमेरोले बच्चा जन्माउँछ, बच्चालाई दूध चुसाउँछ । यसको जीउमा भुत्ला हुन्छ, प्वाँख हुँदैन । बच्चालाई गुँडमा नै छोडेर पोथी चमेरो अथवा आमा एक्लै उडेर कतै जान पाउँदिन । उसले आफ्नो बच्चालाई जीउमै बोकेर उड्नुपर्ने हुन्छ । आमाका जीउमा टाँसिएर बस्नुपर्ने हुन्छ बच्चा चमेरोलाई ।

सामान्यतया चमेराहरू मुन्टो तल पारेर झुण्डिएर बस्दछन् । खुट्टाका नंग्रालेरूखका हाँगाबिंगा वागुफाका चट्टानलाई च्यापेर झुण्डिन्छन् । यसरी आराम गर्दा शरीरको ऊर्जाशक्ति थोरै मात्र खर्च हुन्छ । तर दिसापिसाब गर्दा, भाले लाग्दा वा बच्चा पाउँदा भने हातका नंग्राले च्यापेर बस्दछन् । त्यस अवस्थामा तिनको मुन्टो माथितिर नै फर्केको हुन्छ ।

चमेरो संसारका अधिकांश देशमा पाइन्छ । लगभग १२०० प्रजातिका चमेरोको विश्व अभिलेख छ । त्यो भनेको सम्पूर्ण स्तनधारी प्राणी प्रजातिको २० प्रतिशत हो । संसारका अरू स्तनधारी प्राणीहरूको शारीरिक अनुपात अनुरूप चमेरोको मुटु सबैको भन्दा ठूलो हुन्छ । फोक्सो पनि त्यसै गरी ठूलो नै हुन्छ । विशाल हृदयको यो प्राणी वर्गमा कुनै चमेरो भने भमरा जत्रो; मात्र दुईग्राम तौलको पनि हुन्छ भने कुनै चमेरो १.२ किलोग्राम वजन भएको र पखेटा फिंजाउँदा १.५ मिटर क्षेत्र ढाक्नेसम्मका ठूला पनि हुन्छन् । त्यो भनेको सामान्य मानिसले दुवै हात फैलाउँदाको अवस्था भन्दा थोरै मात्र कम हो । सबभन्दा सानो चमेरो— ‘बम्बल बी ब्याट’  (Bumble-bee bat) थाइल्याण्डमा र सबभन्दा ठूलो चमेरो ‘गोल्डेन क्राउन्ड फ्लाइङ फक्स’  (Golden-crowned fl ying fox) फिलिपिन्समा पाइएका छन् ।

ठूलो खाले चमेरोलाई फ्लाइङ फक्स (Flying fox) अर्थात् उड्ने स्याल वा फ्याउरो भन्ने चलन छ । यिनीहरू सामान्यतयारूखमा झुण्डिएर बस्छन् र यिनका आहारा फलफूल मात्र हुन् । यस्ता शाकाहारी चमेरो काठमाडौं उपत्यकामा पनि बसोबास गर्द छन् । केही वर्ष अघिसम्म पनि नारायणहिटी, केशरमहल तथा भक्तपुरको सल्लाघारीमा बथानका बथान यस्ता चमेरा थिए । बढ्दो शहरीकरणले निम्त्याएको धूलो, धुवाँ, बिजुलीका तार ररूखबिरुवाको विनाशले गर्दा काठमाडौं लगायत सबैतिर चमेरोको संख्या दिनदिनै घट्दो छ । नेपालका चरा एवं चमेरोका विशेष अध्येता ब्रायन हड्सन  (Brian Hodgson) ले चमेरोको खानी ठानिने काठमाडौंको नारायणहिटी, केशरमहल परिसरलाई १७४ वर्ष पहिले (सन् १८४४) छोडेर जाँदा त्यहाँ कति चमेरा थिए केही लेखाजोखा छैन; तर युवराज दीपेन्द्रको पास्नीको (२०२८ सालतिर ) हर्षबढाइँका बन्दूक पड्कँदा तीनधारा पाकशाला छेउछाउमा हजारौं चमेरोले आकाश ढाकेको सम्झना मेरो स्मृतिमा झल्कन्छ । काठमाडौंमा चमेरो संख्या घट्दै गएको तथ्यलाई विज्ञहरूका आँकाडाले पनि पुष्टि गर्छन् । चमेरो विशेषज्ञ डा. पुष्पराज आचार्यका अनुसार सन् २००६ मागणना गर्दा १३०० को संख्यामा रहेका चमेरो, त्यसको दश वर्ष नबित्दै, सन् २०१५ मा ७०० को संख्यामा झ्रिसकेका थिए । डा. आचार्य एवं डा. हरि अधिकारी द्वारा लिखित पुस्तक ब्याट् स अफ नेपाल  (Bats of Nepal) ले नेपालमा जम्मा ५८ प्रजातिका चमेरो पाइन्छ भन्ने स्थापित गरेको छ ।

चमेरोको चर्चामा पोखराको चमेरेगुफा, महेन्द्रगुफा,गुप्तेश्वरगुफा विशेष उल्लेखनीय छन् ।गुफामा बास बस्ने चमेरो साना खालका हुन्छन् र तिनको आहारा भनेको रातमा उड्ने कीटपतङ्ग, लामखुट्टे लगायत अनेकौं स–साना प्राणी हुन् । ओडार रगुफामा बस्ने चमेराहरूको स्थान पहिल्याउने (इकोलोकेशन) क्षमता विलक्षणको हुन्छ । चमेराको बथानले प्रत्येक रात हजारौं लाखौं मात्र हैन करोडौं संख्याका कीराफट्याङ्ग्रा खाइदिएर किसानको बालीनाली नष्ट हुनबाट जोगाइदिन्छन् । यस्ता कीटभक्षक चमेरोका १५ प्रजाति र फलफूल खाने प्रजातिका ३ गरेर १८ प्रजातिका चमेरा पोखरा क्षेत्रमा पाइने कुरा हरि अधिकारी को अध्ययनले बताउँछ । पत्याउने कि नपत्याउने; अमेरिकाको न्यू मेक्सिको राज्यमा चमेरोको एउटा यति ठूलो समूह छ, त्यसले एकै रातमा २५ वटा हात्तीको तौल बराबरका लामखुट्टे आदि कीटपतङ्ग भक्षण गर्द छ !

चमेरोका विशाल समूह भएका अमेरिकी राज्यहरूमा एक प्रकारको ढुसी रोगले हालका वर्षमा ६० लाख भन्दा बढी चमेरो मरेको खबरले नयाँ चिन्ता जन्माएको छ । नाक सेतो हुने  (WhiteNose Syndrom) सो रोगको प्रकोपको परिणामस्वरूप चमेरा मर्दा ती राज्यका किसानहरू एक अर्ब डलर मूल्य बराबरको कीटनाशक औषधि किन्न बाध्य भएको खबर अखबारमा आएको छ । चमेरोले पु¥याउँदै आएको त्यस्तो वातावरणीय सेवाको मूल्य र असर बल्ल बुझनि थालेको छ । चमेराहरूले परागसेचन गरेर किसानलाई थप फाइदा पुरयाउने गरेको कथा पुरानो हो । यस्तै प्रकारले विभिन्न बिरुवाका बीजलाई नयाँ–नयाँ ठाउँमा वितरण गर्ने काममा पनि चमेराहरूको योगदान रहँदै आएको छ ।

चमेरोले मलाई निजी तवरले पुर्याएको फाइदा पनि यहाँ जोड्न मन लाग्दैछ । मेरो साननेपा घरको बारीमा काँगियोको एउटारूख छ । त्यो झयाम्मिएकोरूखबाट प्रत्येक वर्षजसो पुस–माघको बिहान ४/५ वटा रुद्राक्षका दाना झर्ने गरेका छन् । केही वर्ष यता मात्रै लगभग एक पाथी रुद्राक्ष मैले बटुलिसकेको छु । कसले ल्यायो, कहाँबाट ल्यायो यकिन थाहा छैन । तर मलाई विश्वास छ, त्यो काम चमेरोले नै गरेको हुनुपर्छ । आसपासका रुद्राक्ष बोटबाट फल टिपेर मेरोमा सुविस्ता र सुरक्षाका साथ फल खान पल्केको चमेरोलाई मैले प्रत्यक्ष देख्न वा भेट्न भने सकेको छैन । बगैंचाका केही फलहरूमा चमेरोका दाँतले छोडेका दाग भने प्रष्ट देखि ंदै, अनुभव गरिंदै आएका छन् ।

चमेरो मान्छेको मित्र प्राणी हो । यिनीहरूबाट मान्छेलाई कुनै हानि वा नोक्सानी भएको दृष्टान्त प्राप्त छैन । यिनको संरक्षण र सुरक्षाबाट हराम्रो आफ्नै संरक्षण र सुरक्षा हुन्छ । तसर्थ चमेरोलाई बुझने र बुझाउने प्रयासमा लागेका अनुसन्धाता एवं आम जनमान सप्रति सहयोगको हात बढाऔं !    

commercial commercial commercial commercial