शिक्षक समीक्षा

शिक्षा क्षेत्रको उन्नयनको सोपान

मलाई लाग्छ, शिक्षक मासिक किनेर पढेर पुनः कागजमा बिक्री भएको छैन होला । यो मन बहलाउने साधन नभएर ज्ञानको तलाउ हो । यो ज्ञान, सीप, पेशा, विकास, सिर्जना र निर्माणका लागि किन्ने र पढ्ने स्रोत पत्रिका भएको छ ।

पशुपालनको युगमा पशुधन, कृषिको युगमा जग्गा र खेतीबाली, औद्योगिक युगमा उद्योग हुने मानिस धनी कहलाउँथे । २१ औँ शताब्दी ज्ञानको युग हो । यस युगमा शिक्षा प्राप्त र सीपले युक्त व्यक्ति धनी कहलाउँछ । नेपाली साहित्यको इतिहासलाई हे¥यौँ भने गोरखापत्र को प्रकाशन (वि.स. १९५८) देखि नेपाली कथा, उपन्यास र निबन्धले आम सञ्चारको माध्यम पाउन थालेकाले यसको प्रकाशन नेपालको इतिहासमा कोसेढुङ्गा साबित भयो । नेपालको भाषा साहित्य, वर्गीय हित, पेशा, ज्ञाननिर्माण जस्ता कार्यहरूमा पत्रपत्रिकाको ठूलो महŒव र महिमा रहेको छ । मधुपर्क, गरिमा, समकालीन साहित्य जस्तै महŒवपूर्ण कार्यसँगै एउटा सहयात्री बन्न पुग्यो शिक्षक मासिक २०६४ माघदेखि ।

बजारबाट पहिलोपल्ट प्राप्त गरेको शिक्षक पत्रिका घरमा ल्याएर अध्ययन, मनन गरेँ । आफू पनि शिक्षक भएकाले आफ्नो वर्ग र पेशाको सम्बन्धमा लेखिएको पत्रिकाप्रति प्रेमको टुसो त्यति बेला नै अंकुरित भयो । यसको निरन्तरता, गुणस्तर र पहँुचका सम्बन्धमा संशययुक्त धारणा हँुदाहँुदै पनि यसले ८ वर्षे शिशिर यामको जाडोका अनेकौँ घुम्तीसँगै पूरा गरेछ । तर मलाई त्यो दिन हिजो जस्तो लाग्छ । यसले निरन्तरता र पहँुचको क्षेत्रमा गुणस्तर कायम राख्यो जस्तो लाग्छ ।

आजको मानिस आफ्नो पेशाप्रति प्रतिबद्ध, काममा रमाउने, आफ्नो क्षेत्रको विषयमा ज्ञान, सीप र धारणाको विकास गर्न सक्ने भएन भने उसले आफ्नो पेशामा उन्नति गर्न सक्तैन । पेशामा उन्नतिको लागि साधनको जरूरी पर्छ । मलाई लाग्छ, त्यो साधनको जूनकिरीले जस्तो आलोक छर्ने काम यस पत्रिका मार्फत भएको छ । यस पत्रिकाले प्रकाशित गरेका सामग्रीहरूले हामी शिक्षा क्षेत्रमा लागेका सिकाउने, सिक्ने र सिक्न पठाउनेहरूका कतिपय रुचि, चासो र सन्दर्भलाई समेटेको छ ।

आपूm शिक्षक भएकाले शिक्षक मासिकलाई मैले शिक्षण पेशाको स्रोत सामग्रीका रूपमा प्रयोग गर्ने गरेको छु । यसमा प्रकाशित समाचार सरसरती मात्र पढ्छु; किनकि समाचार सुनिसकेको वा पढेर सजिलै बुझन सकिने हुन्छन् । ‘जिज्ञासा र जवाफ’ स्तम्भ शिक्षासँग सम्बन्धित भएकाले हाम्रो मनमा रहेका समस्या अर्काे साथीमा पनि हुन सक्छ । त्यसैले त्यसको खोजी हुन्छ । ‘मानव जीवन अनुभवको शास्त्र हो ।’ विनोवा भावेले भनेझ्ैँ मनका कुरा स्तम्भ लामो समयसम्म शिक्षा क्षेत्रमा लागेका अनुभवी मस्तिष्कको मनले गुनेर निकालेको सार हो । त्यसपछि स्थलगत रिपोर्ट मार्पmत राम्रा नराम्रा विद्यालय, शिक्षक, भौतिक पूर्वाधार, नीति कार्यान्वयनका चुनौती, अवसर जस्ता पक्षको विश्लेषण हुने हुँदा यसको अलग्गै महŒव छ । हामी शिक्षक भएकाले शिक्षणविधि, कक्षाकोठा व्यवस्थापन, पाठ्यक्रम, प्रविधि; शैक्षिक सामग्री, प्रतियोगितात्मक परीक्षाका लागि प्रकाशित सामग्रीले हामीलाई नदी तार्ने नौकाका रूपमा काम गरेको छ ।

विषय–सन्दर्भ अन्तर्गत केदार शर्माद्वारा अभिव्यक्त विचार अनुरूप ‘लेख्नेहरू पढिन्छन्, पढेपछि टीकाटिप्पणी हुन्छ, तर्कवितर्कबाट मानिसमा निखारपन आउँछ’ भनिए जस्तै यसबाट हामी शिक्षक साथीहरूमा पढ्ने संस्कृतिको निर्माण भएको छ । पढाउनेहरूले नै नपढे कसरी पढाइ सप्रेला ? पढाउनेहरूमा ज्ञान सीप नभए कसरी विद्यार्थीहरू तिखा, चुस्त भएर तिखारिएलान् ?

मलाई लाग्छ, शिक्षक मासिक किनेर पढेर पुनः कागजमा बिक्री भएको छैन होला । यो मन बहलाउने साधन नभएर ज्ञानको तलाउ हो । यो ज्ञान, सीप, पेशा, विकास, सिर्जना र निर्माणका लागि किन्ने र पढ्ने स्रोत पत्रिका भएको छ । यसै सन्दर्भमा वि.सं. २०६९ सालमा मावि तहको द्वितीय श्रेणीको २५% आन्तरिक बढुवा लिखित परीक्षाका लागि खोलिएको स्याङ्जा जिल्लाको २ सिटको प्रतिस्पर्धामा मैले पहिलो नम्बरमा नाम निकालेँ । यसका निम्ति २०६४ देखि तत्कालीन समयमा प्रकाशित शिक्षक मासिक पत्रिकाबाट मैले धेरै सूचना, विश्लेषण, विधि, तरीका, ज्ञान र धारणाहरू सिकेँ । यसैले मेरो सफलताको ४०% हिस्सा यस पत्रिकालाई जान्छ । यसलाई पढेर संग्रह गर्ने र आवश्यक पर्दा पुनः पढ्न मिल्ने गरी व्यवस्थापन गर्नु जरूरी छ । कतिपय सन्दर्भमा उठाइएका विषयवस्तुले कक्षा प्रस्तुतिमा फरकपन, सिकाइको सहज हस्तान्तरण भएको मसँग यथेष्ट अनुभव छ ।

शिक्षक सेवा आयोगबाट सोधिने प्रश्नको सिर्जनात्मक र रचनात्मक ढंगबाट उत्तर दिनुपर्ने हुन्छ । अझ् कतिपय प्रश्नको अरूले भन्दा फरक शैलीशिल्प अपनाएर उत्तर दिनुपर्ने हुन्छ । यसका लागि धेरै विषयवस्तुको अध्ययन र ज्ञान भए मात्र उत्तरलाई नवीन पार्न सकिन्छ । लेख्ने तरीका र समय व्यवस्थापन सम्बन्धमा पनि शिक्षक का पुराना अंकमा धेरै सूचनाहरू उपलब्ध छन् । त्यसैले शिक्षक सेवा आयोगको प्रतिस्पर्धामा जाने सम्पूर्ण साथीहरूलाई यो पत्रिका एउटा आधार सामाग्री नै हो ।

शिक्षक मासिकलाई अझ् बढी उपयोगी बनाउन यसो गर्नुपर्ला—
१.    सामान्यज्ञान स्तम्भलाई ‘शैक्षिक सामान्यज्ञान’ मा परिणत गरी शिक्षक सेवा आयोगको पाठ्यक्रममा आधारित १० वटा वस्तुगत प्रश्नहरू प्रत्येक अंकमा सोध्ने ।
२.    शिक्षक र विद्यार्थीको सिर्जनात्मक स्तम्भ खडा गरी प्रत्येक अंकका लागि विधा निर्धारण गरी कथा, कविता, निबन्ध, लघुनाटक, संस्मरण, गजल र हाइकु जस्ता विधामा प्रत्येक अंकमा छानिएका १÷१ वटा रचना प्रकाशन गर्ने ।
३.    नेपालको शैक्षिक इतिहास, शिक्षासँग सम्बन्धित आन्दोलन, प्राप्ति र उपलब्धिसँगै सम्बन्धित खोजमूलक लेखहरू प्रकाशन गर्ने ।
४.    यसपूर्व सञ्चालित बहस तथा मन्थन कार्यक्रमलाई सान्दर्भिक शीर्षक दिई निरन्तरता दिने ।
५.    पुस्तक समीक्षा खण्डले कहिलेकाहीँ धेरै पेज (११÷१२ पेज) सम्म लिने भएकाले एउटा अंकमा १÷२ पुस्तकको मात्र समीक्षा÷मन्थन गर्ने ।
६.    एसएलसी तथा विश्वविद्यालयमा विभिन्न संकायमा सर्वोत्कृष्ट अंक ल्याउने छात्रछात्राहरू खोजी उनीहरूको अन्तर्वार्ता, विद्यालयका प्राचार्य आदिको उत्कृष्ट नतिजाका सम्बन्धमा विचार प्रस्तुत गर्ने ।
७.    सिकाइ उपलब्धि वृद्धिका लागि विषयगत समस्यामाथि शिक्षकहरूसँग लेखरचना मागी प्रकाशन गर्ने ।
८.    कतिपय अंकमा अंग्रेजीमा लेखिएका शब्द तथा पदावली कम्प्युटर टाइप गर्दा रूपान्तरण नगरी प्रकाशन भएको र वर्णविन्यासमा समेत त्रुटि देखिएकाले यसप्रति सचेत रहने ।
९.    शिक्षक ले विषयवस्तु शिक्षणका क्रममा आइपरेका समस्या समाधान गर्न विषयवस्तुस‘ग सम्बन्धित प्रश्न माग्ने र त्यसको जवाफ विज्ञद्वारा दिन लगाउने ।
१०.    संस्थागत विद्यालय शिक्षाका सम्बन्धमा विभिन्न दृष्टिकोण समस्या, सबल र दुर्बल पक्ष, संस्थागत विद्यालयबाट सामुदायिक विद्यालयले तथा सामुदायिक विद्यालयबाट संस्थागत विद्यालयले सिक्ने÷सिकिने विषयवस्तु प्रस्तुत गर्ने ।
११.    सफल व्यक्तित्वको खोजी गरी उनीहरूको जीवनमा प्रभाव पार्ने शिक्षक; प्रेरक प्रसंग तथा उनीहरूका दृष्टिमा कस्ता शिक्षक असल मानिन्छन् ? भन्ने खालका अन्तर्वार्ता वा विचार प्रस्तुत गर्ने ।
१२.    प्रत्येक जिल्लामा एक÷एक जना शिक्षकलाई अल्पकालीन पत्रकारिता तथा सिर्जनात्मक लेखन सम्बन्धी तालीम दिई प्रतिनिधि तोक्ने र जिल्लास्थित शिक्षासँग सम्बन्धित सूचना, रिपोर्ट, तथ्य, अनुकरणीय कार्य, सफलता–असफलता आदि विषयमा जिल्ला जिल्लाको पालोमा रिर्पोट प्रकाशन गर्ने ।

मेरो अनुभव के छ भने हालै प्रकाशित शिक्षक सेवा आयोगको विज्ञापन (२०७१÷०७२) अनुसार पोखरा र यस आसपासका क्षेत्रमा सञ्चालित शिक्षक सेवा आयोगका तयारी कक्षाहरूमा प्रशिक्षकको रूपमा कक्षा लिँदा अधिकांश सहभागीहरूमा शिक्षक मासिक पत्रिकाबाट शिक्षक सेवा आयोगका लागि सहयोग पुग्छ भन्ने बोध नै नभएको पाइयो । सहभागीमध्ये ९०% मा ‘यो त शिक्षक भइसकेकाका लागि मात्र उपयोगी हो’ भन्ने अभिमत रहेको थियो । यो पत्रिकालाई कुनै तहका स्थायी वा अस्थायी सेवा गरेकाले मात्र सहयोगी साधनको रूपमा प्रयोग गरेको पनि देखियो । यसबाट शिक्षाशास्त्र पढ्नेहरू अधिकांश शिक्षक मासिकबाट टाढा छन् । यो सिक्ने, सिकाउने, सिक्न पठाउने, शिक्षा क्षेत्रमा लागेका, लाग्न चाहने सबैको हो भन्ने भावनाको विकास गराउनु जरूरी छ । यसका लागि विज्ञापन, प्रचार–प्रसार र यसको उपयोगिताबारे चर्चापरिचर्चा र बहस चलाउनुपर्ने हुन्छ ।

अन्त्यमा पहिलो अनुच्छेदमा चर्चा गरिएको पत्रिकाको महŒव र स्थान जस्तै नेपालको शैक्षिक विकास र उन्नयनका लागि सिक्ने, सिकाउने, सिक्न पठाउने, शिक्षा क्षेत्रमा लागेका र लाग्न चाहेका सबैका निम्ति यो पत्रिका एउटा धरोहर र कोसेढुंगो प्रमाणित हुनेछ— शिक्षाको आलोक छर्ने काममा आफ्ना बाधा, हाँक, चुनौती र अवरोध हटाउँदै निरन्तर रूपमा शिक्षाको स्पन्दनलाई छोइरह्यो भने ।
श्री भगवती नमूना उमावि, मिर्मी ढाव, स्याङ्जा

शैक्षिक परामर्शको खाँचो
म शिक्षक मासिकको नियमित पाठक हुँ । देशका विभिन्न क्षेत्रका विद्यालयमा कार्यरत शिक्षकका अनुभव, राय, प्रतिक्रियादेखि शिक्षा मन्त्रालय र विभाग स्तरीय विभिन्न निकायका शिक्षा प्रशासकहरूसँग राखिएका जिज्ञासा र जवाफहरू पढ्न पाउँदा साँघुरो दृष्टिकोणलाई फराकिलो बनाउन मद्दत पुगेको छ ।

यति हुँदाहुँदै पनि, आज धेरै विद्यार्थीहरू एसएलसी उत्तीर्ण भएपछि के पढ्ने ? कहाँ पढ्ने ? के पढ्दा के भइन्छ ? आदि प्रश्नहरूको उत्तर खोज्न आतुर भेटिन्छन् । बुझइको कमजोरीले हो वा अन्य कारणबाट, एउटा फ्याकल्टीमा एक वर्ष भर्ना भएर बीचैमा पढाइ छोडेका र अर्को वर्ष अर्कै फ्याकल्टीमा गएका प्रशस्त उदाहरणहरू भेटिन्छन् । यसले अभिभावकको आर्थिक लगानी र विद्यार्थीको समय त्यसै खेर गएको छ । यसलाई रोक्न शिक्षक ले ‘शैक्षिक परामर्श’ शीर्षकको नियमित स्तम्भ थप्न सके सुनमा सुगन्ध हुने विश्वास राख्छु ।
भीमबहादुर कट्टेल
वागेश्वरी उमावि, खाँदबारी–१२, संखुवासभा

हाम्रो ढुकढुकी

नयाँ कुरा जान्ने उत्सुकता कसलाई नहोला ! लाखौँ शिक्षकको मुटुको ढुकढुकी नै शिक्षक मासिक हो । आज यही पहिचान बोकेको छ यसले । शिक्षण गर्दा बालबालिकालाई नयाँ कुरा सिकाउँदै आफू पनि बच्चा भएको थाहा हुँदैन, न त दिन बितेको पत्ता ! यसैमा शिक्षक मासिकको संगतले फेरि ओइलाएको मनमा ऊर्जा भर्ने काम गर्छ ।

धरैजसो शिक्षक अर्को महिनाको पर्खाइमा नै रहन्छन् । त्यस्तै व्यक्तिमध्ये म पनि हुँ । अझ्ै पनि यसलाई सुव्यवस्थित र सबैको रोजाइ बनाउन प्रत्येक अंकमा नमूना शिक्षण विधि, शिक्षामा उत्प्रेरणा दिन सक्ने राष्ट्रिय व्यक्तिको जीवनी, आयोग सम्बन्धी प्रत्येक अंकमा प्रश्नोत्तर, विद्यार्थीलाई सिकाइमा रुचि हुने खालका विषय राख्न सके सिङ्गो शिक्षा सम्बद्ध व्यक्तिलाई समेट्न सक्छ भन्ने अपेक्षा लिएको छु ।
रोशन समीप वली
गोकुल मा.वि., सिर्प–१, रोल्पा

नजिकको साथी

शिक्षक मासिक २०७१ असोजदेखि निरन्तर पढ्दै आएकी छु । म पेशागत रूपमा शिक्षक नभएर स्नातक तहको विद्यार्थी हुँ । शिक्षक मासिक मेरो एउटा नजिकको साथी बनेको छ । मैले पढेको आधारमा मलाई लाग्छ, यो पत्रिका शिक्षकहरूको पेशागत विकासका लागि शक्ति दिने साधन हो ।

यो पत्रिका जो आपूm शिक्षक पेशामा कार्यरत हुनुहुन्छ र जो भविष्यमा असल शिक्षक बन्न चाहनुहुन्छ, उहाँहरूका लागि अति महŒवपूर्ण छ । शिक्षक बन्नेहरूका लागि सकारात्मक सोचको विकासमा यस पत्रिकाको योगदान अतुलनीय छ । यो पत्रिका पुराना शिक्षक र असल शिक्षक बन्न चाहने अनि विद्यार्थी र तिनका अभिभावकले समेत पढ्नु लाभप्रद छ ।

संगीता बस्नेत, बोधे–५, धनकुटा

commercial commercial commercial commercial