चाहँदा गर्न सकिने रहेछ

करीब २० वर्ष लामो शिक्षण अनुभवमा मैले के सिकेँ, के राम्रो गरेँ ? सम्झ्दै जाँदा अंग्रेजी राम्रो सिकाउन सकेँ भनेर आपैmलाई गौरव लाग्यो । जब म कक्षामा पस्थेँ, विद्यार्थीहरू नडराईकन मनमा लागेका कुरा नजिकिएर गर्थे । तर मैले अंग्रेजीमा पढाउन थालेपछि कक्षामा सुनसान हुन्थ्यो । अनि मैले नेपालीमा नबोली सुखै पाउदिनथेँ । उनीहरू खुशी हुँदा मलाई पनि आनन्द लाग्थ्यो ।

बिस्तारै शिक्षणमा नयाँ कुरा आउन थाले । आपूm अलि पुरानो भएकाले जानेको कुरा पनि बुझउन कठिन भयो । विभिन्न तालीम, गोष्ठीमा नयाँ नयाँ कुरा सिक्न थालेँ । तालीम–गोष्ठीहरू प्रायः सदरमुकाममै हुन्थे । त्यहाँ साथीहरूले गरेको प्रस्तुतीकरण प्रायः मेरै जस्तो हुन्थ्यो । जसमा अधिकांश ग्रामीण भेगका अंग्रेजी शिक्षकहरू सहभागी हुन्थे ।

मैले कक्षाकोठालाई बिस्तारै अंग्रेजी वातावरणमा परिवर्तन गर्ने अठोट गरेँ । शुरूमा धेरै गाह्रो भयो । साधारण कुराबाट पाठ शुरू गरेँ । मेरो योजना कक्षा ७ र ८ लाई विशेष जोड दिने थियो र सोही अनुरूप म लाग्दै गएँ । दिनमा मात्रै २–४ वटा अंग्रेजी वाक्य प्रयोग गरेँ जुन धेरै सजिला थिए । जसले गर्दा महीनादिनमै विद्यार्थीले धेरै कुरा सिके । करीब चार महीनापछि विद्यार्थीहरू मसँग अंग्रेजीबाट साधारण कुराकानी गर्न सक्ने भए । यसबाट मलाई ठूलै उपलब्धि हात परे जस्तो भयो । हिजोआज ८० प्रतिशत विद्यार्थीले मैले पढाएको कुरा बुझछन् । जब कि पहिले २० प्रतिशतले मात्र अंग्रेजी बुझथे । म भन्ने गर्थें, ‘यी केटाकेटी बुझदै बुझदैनन्, त्यसैले मैले अंग्रेजी पढाउँदा नेपालीमा बोल्न बाध्य हुनुप¥यो ।’ तर होइन रहेछ— चाहँदा गर्न नसकिने केही रहेनछ ।

श्री लक्ष्मी मावि, सल्ले, हात्तीखर्क, धनकुटा

commercial commercial commercial commercial