कुरो बुझनुमा छ ..

.कुनै पनि कुरा मा चाख राख्नु र त्यसका विविध आयाम बुझन खोज्नु मानव जातिको एउटा विशिष्ट स्वभाव हो । यही स्वभावका कारण मान्छे अरू प्राणीहरूभन्दा विकसित भएको हो ।

त्यसो त सबै प्राणीले आफ्नो प्राणरक्षा र विस्तारका लागि चाहिने कुरा बुझेका हुन्छन् । एउटा जुकालाई पेट भर्नलाई रगत कहाँ पाइन्छ भन्ने कुरा थाहा हुन्छ । चराचुरुङ्गीलेगुँड बनाउने, चारो खोज्ने, बच्चा कोरल्ने, तिनलाई उड्न सिकाउने र ज्यान जोगाउने धेरै कुरा जानेका हुन्छन् । मौरीलाई त फूल कहाँ पाइन्छ, कस्तो फूलमा कति र कस्तोगुणको रस पाइन्छ र त्यो कुरा आफ्ना साथीहरूलाई सुनाउने भन्ने मात्र होइन, कहाँ, कस्तो र कत्रो घार बनाउने र कसरी बनाउने भन्ने पनि थाहा हुन्छ । आफ्नो घारको रानी बूढी भएको , घारलाई अर्को रानी चाहिन लागेको पनि थाहा हुन्छ र कुन लार्भालाई कुन खानेकुरा खुवाएर रानी बनाउने भन्ने पनि थाहा हुन्छ । आफ्नो अस्तित्वका लागि आवश्यक यस्ता कुरा सबै प्राणीले बुझेका हुन्छन् ।

मान्छे यस्तो प्राणी हो— जसलाई उसको मतलबको जस्तो लाग्दै नलाग्ने कुरा मा पनि चाख हुन्छ । उसलाई आफू कहिल्यै नपुग्ने संसारको कुनै कुनो, आफूले कहिल्यै नदेखेका र जम्काभेट नहुने जीवजन्तुका बारेमा पनि चासो हुन्छ । जमीनभन्दा किलोमिटरौं तलको भूगर्भ र कहिल्यै नपुगिने अन्तरिक्षकाग्रहतारामा पनि उसलाई चाख हुन्छ । यस्ता अनेक कुरा मा चाख राखेर, तिनका बारेमा जानेर, जानेको कुरा अरूलाई बताएर, जानकारी बढाएर र पछि का लागि अभिलेख राखेर मान्छेले आफ्नो जीवनलाई सरल, सहज र कतिपय अर्थमा जटिल पनि बनाएको छ ।

हजारौं वर्ष अघि, मानव सभ्यताको झ्सिमिसे बिहानीमा हामीलाई आगोका बारेमा चाख लाग्यो । अनि हामीले ध्यान दिएर आगो हे¥र्यौं । हामीले बुझयौं, आगोले न्यानोपन दिन्छ र पोल्छ पनि । आगोमा पोलेका खानेकुरा स्वादिला र सजिलोसित पच्ने हुन्छन्, आगो सुकेको वनस्पतिमा रराम्रोसित सल्किन्छ, आगोलाई जोगाएर राख्न सकिन्छ र आवश्यकता अनुसार बढाएर लैजान वा निभाउन सकिन्छ भन्ने बुझेपछि आगो हराम्रो अधीनमा आयो । जानिफकारहरू भन्छन्, पृथ्वीको सृष्टि देखि नै यहाँ आगो थियो, तर मान्छेले आगो चलाउन जानेपछि मात्र मानव सभ्यताको जग बसेको हो ।

वास्तवमा मान्छेले प्रकृतिलाई बुझने प्रयास मात्र गरेको छ । सभ्यता वा विकास का नाममा पृथ्वीमा जेजति कुरा छन् सबै नै प्रकृतिलाई बुझेर र प्रकृतिमा भएका कुरा लाई भेला पारेर, प्रशोधन गरेर, मिसमास गरेर मान्छेको हित र रुचिका लागि बनाइएका हुन् । ज्ञान, विज्ञान, दर्शन, कला आदि सबै विभिन्न आयामबाट भएको प्रकृतिको बुझइका अभिव्यक्ति मात्र हुन्

‘मान्छेले प्रकृतिलाई बुझने प्रयास मात्र गरेको छ’ भनेको पढेपछि पाठकलाई लाग्न सक्छ, ‘अनि आधुनिक विकास नि ?’ त्यसबेला पाठकका मनमा बिजुलीबत्ती, मोटरकार, हवाईजहाज, कम्प्युटर, चिकित्साशास्त्र, आणविक विज्ञान, प्लास्टिक जस्ता हजारौं कुरा आइरहेका हुन्छन् ।

हो, ती सबै कुरा पनि मूलतः प्रकृति र प्रकृतिका नियमहरूलाई बुझेर नै आविष्कार गरिएका हुन् । बिजुलीबत्तीको इतिहास पढ्दा थाहा हुन्छ, त्यसको आविष्कार आकाशमा चम्किने बिजुलीका बारेमा जानकारी हासिल गरेर नै भएको हो । संक्षेपमा बुझनुपर्ने कुरा हो, प्राकृतिक तŒवहरू तिनका नियमहरूको गम्भीर अध्ययन विना संसारमा न त कुनै कुरा बनेको छ, न त बन्न सक्छ ।

अर्थात्, संसारमा भएका सबै शास्त्र र विज्ञानको आधार पनि सम्बन्धित कुरा को अध्ययन, अवलोकन, विश्लेषण, तुलना, मापन र अभिलेख नै हो । उदाहरणका लागि जीवहरूको चरित्र स्वभाव, आनीबानीका बारेमा सैद्धान्तिक र व्यावहारिक कुरा बुझने र अरूलाई बुझाउन सक्ने व्यक्तिलाई जीवशास्त्री वा जीव–वैज्ञानिक भनिन्छ । त्यसभित्र पनि विशेषज्ञताका हजारौं ठाउँहरू हुन्छन् । भौतिक शास्त्र, रसायन शास्त्र, निर्माण शास्त्र, चिकित्सा शास्त्र— सबै शास्त्र र विज्ञानका पनि आधार यिनै हुन् । मान्छेको मान सिकता र स्वभावका कुरा को अध्ययनबाट मनोविज्ञानको विकास भएको हो । यो सूचीलाई लम्ब्याइरहनु पर्दैन । प्रकृतिका विभिन्न तŒव र पक्षमा भएको चाख र अध्ययन अनुसन्धानबाट आर्जन भएको बुझइ नै मानव सभ्यताको आधार हो

हामीले बालबालिकालाई यो कुरा बुझयौं भने उनीहरूले बेलैमा विज्ञानको आधारभूत सिद्धान्त बुझन थाल्छन् । अनि उनीहरूले हेलिकप्टर बनाउनका लागि हावाको चाप रगतिको विज्ञान बुझनुपर्ने रहेछ भन्ने बुझछन् । उनीहरूले कुनै जटिल रोगको औषधि बनाएर नाम र दाम कमाउने अव्यावहारिक सपना देख्नु अघि मानव शरीरका बारेमा र रोग व्याधका बारेमा जान्नुपर्ने रहेछ भन्ने बुझछन् । ‘राजनीति गर्नु ’ अघि राजनीतिशास्त्र, समाज र अर्थतन्त्रका कुरा बुझन चाख राख्नेछन् । यसरी हामी बुज्झ्की नागरिकहरूको पुस्ता नै तयार गर्न सक्छौं ।

एउटा शिक्षक वा अभिभावकले बालबालिकालाई सिकाउने कुरा को सीमा साँघुरो हुन्छ । तर हामी उनीहरूलाई संसारको सबभन्दा फराकिलो ज्ञानको बाटो भने सजिलै देखाइदिन सक्छौं । त्यो ज्ञानको फराकिलो बाटो हो उत्सुकताको बाटो; जिज्ञासाको बाटो, खोजीको बाटो र अध्ययन अनुसन्धानको बाटो । उनीहरूलाई भनौं, संसार चाखलाग्दो छ, यसलाई विभिन्न आयाममा बुझन सकिन्छ ।

थालनी सानै कुरा बाट , सधैं जानेका कुरा बाट गर्न सकिन्छ । महाकवि देवकोटाको कविताले हामीलाई यसैका लागि प्रेरणा दिन्छः फु ल्दोगुलाब बीच ज्ञान अने क फु ल्छन् , उद्यानमा बसगई   सब तŒव खुल्छन्

 

commercial commercial commercial commercial