शैक्षिक मझ्ेरीको दस्तावेज

विषयविज्ञ, प्रतिष्ठित र राज्यले उपल्लो ओहोदामा पु¥याएका व्यक्तिका सैद्धान्तिक धारणाभन्दा शिक्षाको ज्योति छर्ने ग्रामीण बस्तीका विकट परिवेशमा रहने शिक्षकले देखेभोगेका र अनुभूत गरेका धारणा तथा विचारले पत्रिकामा बढी स्थान पाउनुपर्छ ।

२०६४ सालमा शिक्षण पेशामा प्रवेश गरेदेखि नै मैले शिक्षक मासिक नियमित अध्ययन गरिरहेको छु । यसले मेरो शिक्षणमा व्यावहारिकता ल्याउन सहयोग पु¥याएको छ । शिक्षण सिकाइमा प्रभावकारी धारणा उपयोग गरी कक्षा रोचक र आकर्षक बनाउन यो पूर्णतः सहयोग सामग्री साबित भएको छ ।

समयको सहयात्रासँगै अगाडि बढ्दा शिक्षक का पछिल्ला संस्करण बढी व्यावहारिक, उपयोगी, खोजमूलक, ज्ञानबद्र्धक र प्रभावकारी छन् । शिक्षा क्षेत्रका कमी–कमजोरीलाई चिरफार गर्न सफल भएको यो पत्रिका गाउँबस्ती, कुनाकन्दरामा बसेर शिक्षाको उज्यालो छर्न अग्रसर रहने शिक्षकको मनको ढुकढुकी बन्न सफल छ । तथापि गाउँबस्तीका खोंचहरूमा रहेर ज्ञानको दियो बाल्ने शिक्षकका सामग्रीलाई समयानुकूल प्राथमिकता दिन नसक्ता दुःख लागेको छ । ठूला विषयविज्ञ, प्रतिष्ठित र राज्यले उपल्लो ओहोदामा पु¥याएका व्यक्तिका सैद्धान्तिक धारणा र विचारले भन्दा शिक्षाको ज्योति छर्ने ग्रामीण बस्तीका विकट परिवेशमा रहने शिक्षकले देखेभोगेका र अनुभूत गरेका धारणा तथा विचारले पत्रिकामा पर्याप्त स्थान पाउनुपर्छ भन्ने मेरो आग्रह छ ।

पुस्तक र पत्रपत्रिका पढ्ने क्रम घट्तै गइरहेको परिप्रेक्ष्यमा शिक्षक पत्रिका पढ्ने पाठकको संख्या निरन्तर बढ्दै जानु पक्कै पनि यसको विषयगत गहनता हो । रोचक र प्रेरक प्रसंगका रूपमा समेटिने सामग्रीले निरन्तरता पाउनु उपयुक्त हुन्छ । ‘यस्तो पनि’ शीर्षक अन्तर्गत समेटिने छोटा, रमाइला, ज्ञानबद्र्धक सामग्री हराउन थालेको देख्ता दुःख लागेको छ । शिक्षा मन्त्रालयदेखि लिएर शिक्षा विभागका आगामी योजना तथा कार्यक्रमलाई जानकारीमूलक स्तम्भका रूपमा समेटेर शिक्षा जगत्मा तय गरिने उद्देश्य, योजना, कार्यनीतिलाई स्थान दिनु उपयुक्त हुन्छ ।

कुनै विषयप्रति मनमा उब्जेका धारणा व्यक्त गर्ने स्तम्भ ‘मनका कुरा’ लाई बढी फराकिलो बनाउनुपर्ला, जिज्ञासा र जवाफलाई अझ्ै केही विस्तृत बनाउन पनि ध्यान पु¥याउनुपर्ला । शिक्षक सेवा आयोगका गतिविधि समेटेर सरकारले निर्णय गरेका सूचनाहरू प्रवाह गर्ने÷गराउने कार्य गर्नु उपयुक्त हुन्छ । साथै शिक्षक सेवा आयोगको तयारीमा रहने जिज्ञासु अध्येताका निम्ति उपयुक्त हुने लेख–रचना, विधि, सिद्धान्त, प्रविधि र योजना समेट्तै शैक्षिक सामान्य ज्ञान र नमूना प्रश्नपत्रहरूलाई पनि समावेश गर्न सकेमा सुनमा सुगन्ध हुन्छ नै । त्यसै गरी विद्यालय तहमा अध्ययनरत जिज्ञासु विद्यार्थीका निम्ति छुट्टै विद्यार्थी स्तम्भमा समेटेर आपूmले अनुभव गरेका, देखेका र भोगेका विषयमा संस्मरण, धारणा, चिन्तनलाई समेट्तै कथा, कविता आदि रोचक विधालाई प्रतिस्पर्धात्मक लेखनद्वारा स्थान दिइनुपर्छ ।

ज्ञानोदय मा.वि.
कचल, पाल्पा

commercial commercial commercial commercial