शैक्षिक जागरणको चम्किलो तारा

शेरप्रसाद ढकाल

शिक्षक मासिक देशभर अझ्ै सर्वसुभल बनाउन सकिने उपायका बारेमा सोच्नु पनि जरूरी छ । शैक्षिक क्षेत्रका विषयवस्तुलाई अझ्ै सशक्त रूपमा उठाउन पाक्षिक बनाउँदा राम्रो हुने देखिन्छ ।

नयाँ–नयाँ पत्रिकाको दर्ता तथा प्रकाशन गर्ने क्रम हिजोआज बढ्दो छ । सूचना, ज्ञानविज्ञान र मनोरञ्जन आदि पत्रिकाका समग्र विषयवस्तु बन्ने गरेका छन् । पछिल्लो समयमा क्षेत्रगत विविधताभन्दा सीमित विषयको रौंचिरा प्रस्तुति पाठकको अपेक्षा बन्ने गरेका छन् । समाजमा विद्यमान जल्दाबल्दा सवाल प्रकाशित गर्ने पत्रिकाहरू बढी लोकप्रिय बनेका छन् । जुन पत्रिकाको विषयवस्तुले गहिराइ भेट्टाएको हुन्छ त्यसले पाठकको मन जित्न सफल हुन्छ । यस्तै शिक्षा क्षेत्रको विकास र समृद्धिका लागि फरक पहिचान बोकेको पत्रिका शिक्षक मासिक हो ।

भनिन्छ– शिक्षक; अभिभावकको आशा र भरोसाको केन्द्रबिन्दु, विद्यार्थीको पथप्रदर्शक र समाज परिवर्तनका संवाहक हुन् ।

यिनै कुरालाई आत्मसात् गरी शिक्षकहरूलाई उचित मार्गनिर्देश गर्ने काम शिक्षक मासिकले गरेको छ । विश्व बजारमा बिक्न सक्ने जनशक्ति उत्पादनको आधार तयार गर्न परम्परागत सोच र तरीकाबाट सम्भव छैन । बदलिंदो समयसँगै शिक्षकहरूमा पनि नयाँपन आउनु जरूरी हुन्छ । त्यसका लागि आवश्यक कदम शिक्षक मासिकले बढाएको छ । शिक्षा क्षेत्रका सवाल, विद्यमान समस्या र समाधानको खोजीनिती गर्नेे साझ चौतारी शिक्षक मासिक बनेको छ । शैक्षिक जागरणको चम्किलो ताराका रूपमा मैले शिक्षक मासिकलाई लिएको छु । म एउटा शिक्षक हुनुको नाताले शिक्षा क्षेत्रका विविध विषयवस्तुका साथै नवीनतम ज्ञानसँग परिचित हुन आवश्यक ठान्दछु । यिनै सन्दर्भको एकीकृत रूप शिक्षक मासिक भएका कारण शिक्षक मेरो पहिलो रोजाइ बन्न गएको हो ।

विषय–सन्दर्भ, हेराइ र बुझइ, शिक्षक समीक्षा, मनका कुरा, बोलीको–लोली, साभार, रिपोर्ट, विचार, जिज्ञासा र जवाफ, फुर्सद, आलोपालो आदि शिक्षक मासिकका नियमित स्तम्भ हुन् । एउटा पक्षको जोडले मात्र शिक्षामा समग्र उपलब्धि उच्च हुन सक्तैन । यही कुरा आत्मसात् गरी शिक्षक मासिकले पनि स्तम्भ विविधतालाई जोड दिएको हुनुपर्छ । एउटा कर्मठ, सकारात्मक सोच र चिन्तन बोकेका शिक्षकका लागि सबै विषयवस्तु उत्तिकै महŒवपूर्ण छन् । शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति, सरकारी तथा गैरसरकारी संघ–संस्थाको भूमिकासँग निकटता कायम राख्ने प्रयत्नले शिक्षक मासिक सबैको रोजाइ बनेको छ । शिक्षक मासिकका सबैै विषयवस्तु उत्तिकै महŒवपूर्ण भएता पनि यसमा रिपोर्ट मेरो पहिलो रोजाइमा पर्दछ ।

शिक्षामा देखापरेका जल्दाबल्दा समस्या, विकृति, विसंगति आदिलाई पर्दाफास गरी सरोकारवालाको गम्भीर ध्यानाकर्षण गराउँदा मलाई बढी ‘रिपोर्ट’ स्तम्भ मन पर्ने गरेको छ । स–प्रमाण सहित शिक्षाका सरोकारवाला पक्षलाई गतिलो प्रहार गर्दा गल्ती सच्याउन रिपोर्टले ठूलो भूमिका खेलेको छ । शैक्षिक, भौतिक र आर्थिक विकासका लागि सफलताका कथाहरू समेटिएका रिपोर्ट पनि शिक्षा क्षेत्रको विकासका लागि उपयोगी सिद्ध भएका छन् । धेरै विद्यालय र सरोकारवालाका लागि पनि प्रेरणादायी र अनुकरणीय बनेका छन् ।

शिक्षा क्षेत्रका विविध पक्षलाई समेट्नु शिक्षक मासिकको विशेषता भएकै कारण यो बहुउपयोगी छ । आवश्यकता अनुसार यसलाई विभिन्न प्रयोजनका लागि प्रयोग गर्न सकिन्छ । नवीनतम शिक्षण विधि, उचित ज्ञान र सुझ्बुझ् प्राप्तिका साथै शिक्षक सेवा आयोग आदिका लागि सफल सामग्री शिक्षक मासिक बनेको छ । शिक्षक मासिकले मलाई शिक्षक बन्नका लागि ठूलो सहयोग पु¥याएको छ । आयोग तयारी गर्ने तरीका, सफल हुनेहरूको अनुभव, उत्तर लेख्ने तरीका, अन्तर्वार्तामा ध्यान दिनुपर्ने कुरा मेरो जीवनमा उपयोगीसिद्ध हुन पुग्यो । शिक्षक मासिकमा प्रकाशित लेख रचनाहरूको अध्ययनबाट नै गत वर्ष प्राथमिक र यस वर्ष माध्यमिक तहको नेपाली विषयमा मध्यपश्मिाञ्चलबाट सफल हुने अवसर प्राप्त गर्नमा शिक्षक मासिकको पनि ठूलो भूमिका रहेको छ । विषयवस्तुको प्रस्तुतीकरण गर्ने शैलीमा दख्खल प्रदान गर्न शिक्षक मासिकले मलाई गुन पनि लगाएको छ ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न टेवा पु¥याउने सामग्री प्रकाशन गर्नु आवश्यक छ । सकारात्मक सोचका विषयवस्तु, विद्यार्थी वर्गका लागि स्तम्भ बनाउनुका साथै शैक्षिक समाचारको क्षेत्र पनि फराकिलो बनाउँदा अझ्ै सान्दर्भिक हुनेछ । राम्रा विद्यालयले गरेका अभ्यासहरूलाई उचित स्थान दिनु पनि उत्तिकै आवश्यक रहेको छ । विद्यालय शिक्षासँग सम्बन्धित कक्षाकोठा, शैक्षिक सामग्री निर्माण र प्रयोग, शिक्षण विधि तथा क्रियाकलाप जस्ता कुराहरू नियमित रूपमा प्रकाशन हुनुपर्छ । शिक्षक मासिक देशभर अझ्ै सर्वसुभल बनाउन सकिने उपायका बारेमा सोच्नु पनि जरूरी छ । शैक्षिक क्षेत्रका विषयवस्तुलाई अझ्ै सशक्त रूपमा उठाउन पाक्षिक बनाउँदा राम्रो हुने देखिन्छ । शिक्षा क्षेत्रका विविध गतिविधिलाई उठाउँदै अन्योल र भ्रमहरू चिर्न शिक्षक मासिक अग्रसर हुँदै आएको छ । नवीनतम शैक्षणिक प्रविधि, सूचना संचार प्रविधि, समावेशी शिक्षा आदि विषयवस्तुले पनि प्राथमिकता पाउने मेरो अपेक्षा छ । आशा छ शिक्षक मासिकले शिक्षाका आधुनिक चिन्तनसँग सम्बन्धित विषय प्रवेश गराएर नेपालको शैक्षिक विकासलाई नयाँ उँचाइमा पु¥याउनेछ ।

श्री निमावि
विजयश्वरी चौरजहारी, रूकुम

commercial commercial commercial commercial