एसएलसीका लागि हाम्रा विद्यार्थीले के सिक्छन् ?

यही चैतको १८ गतेदेखि नेपालको ८३औं एसएलसी परीक्षा शुरू हुँदैछ । स्कूले शिक्षाको ‘फलामे ढोका’ को उपमा पाउँदै आएको एसएलसीले विद्यार्थीको थप शैक्षिक आकांक्षाको गोरेटो त निर्धारण गर्छ नै, साथै यो परीक्षा विद्यालय शिक्षाको गुणस्तरको महŒवपूर्ण मापक पनि रहँदै आएको छ । त्यसो त; कुनै पनि परीक्षाको मूल उद्देश्य पाठ्यक्रममा तोकिएका सिकाइ उपलब्धि विद्यार्थीले कति हासिल गरे (वा गरेनन्) भन्ने नै हो । संसारका अन्य धेरै मुलुकमा झ्ैं नेपालको माध्यमिक तहको पाठ्यक्रमले पनि ‘दैनिक जीवनमा आइपर्ने विविध चुनौतीको सामना गर्न चाहिने सिर्जनात्मक, आलोचनात्मक र विश्लेषणात्मक क्षमतासहितका प्रतिस्पर्धी नागरिकको विकास गर्ने’ उद्देश्य राखेको छ । यसका लागि विद्यार्थीले पाठ्यपुस्तकमार्पmत हासिल गरेका विविध सिकाइको परीक्षण हुनुपर्ने र यसो गर्दा विभिन्न तहका संज्ञानात्मक क्षमता ९ऋयनलष्तष्खभ क्पष्ििक० को परीक्षण गरिनुपर्नेमा पाठ्यक्रमले जोड दिएको छ । साथै विभिन्न अध्ययन–अनुसन्धानले परीक्षा र शिक्षण–सिकाइको दैनिकीबीच गहिरो अन्तरसम्बन्ध रहेको पनि देखाएका छन् । अर्को शब्दमा भन्नुपर्दा, परीक्षामा जे सोधिन्छ, कक्षाकोठामा त्यही सिकाइन्छ । एसएलसीको रिजल्टले विद्यार्थी तथा विद्यालय दुवैको सफलता (वा असफलता) निर्धारण गर्ने सन्दर्भमा यो परीक्षाले कस्ता संज्ञानात्मक क्षमताकोे परीक्षण गर्छ त ?

यस आलेखमा विगत सात वर्ष (२०६५ देखि २०७१) मा अनिवार्य विषय — नेपाली, अंग्रेजी, सामाजिक, विज्ञान, गणित र स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण (एचपीई) — मा सोधिएका प्रश्नलाई उच्च र निम्न संज्ञानात्मक तहमा विभाजित गरेर एसएलसी परीक्षाले विद्यार्थीको विभिन्न संज्ञानात्मक क्षमताकोे कसरी मापन गर्दोरहेछ भन्ने विषयमा चर्चा गरिएको छ । यसो गर्दा बेन्जामिन ब्लूमको चर्चित वर्गीकरण ‘ब्लूम्स ट्याक्सानोमी अफ एजुकेसनल अब्जेक्टिभ्स’ लाई आधार मानिएको छ ।

जसअन्तर्गत विद्यार्थीलाई सोधिने प्रश्नलाई सरलताबाट जटिलतातर्फ चरणबद्ध रूपमा मुख्यतः ६ ओटा संज्ञानात्मक तह — ज्ञान, बोध, प्रयोग, विश्लेषण, मूल्यांकन र संश्लेषण — मा विभाजन गर्न सकिन्छ । यीमध्ये सबैभन्दा तलका तीन ओटा (क्रमशः ज्ञान, बोध र प्रयोग) निम्न संज्ञानात्मक क्षमता र त्यसभन्दा माथिका तीनओटा (क्रमशः विश्लेषण, मूल्यांकन र संश्लेषण) उच्च संज्ञानात्मक क्षमतासँग सम्बन्धित छन् । यसरी तहगत रूपमा हेर्दा ‘ज्ञान’ सबैभन्दा पींधमा र ‘संश्लेषण’ सबैभन्दा शीर्षमा पर्दछन् । विद्यार्थीको रचनात्मक र सिर्जनात्मक क्षमता अभिवृद्धिका लागि उपल्ला संज्ञानहरू बढी महŒवपूर्ण हुन्छन् किनकि यीसँग सम्बन्धित प्रश्नले विद्यार्थीलाई कुनै पनि कुराको विश्लेषण गर्न, मूल्यांकन गर्न, सोच विचार गर्न र संश्लेषण गर्न सिकाउँछन् । तर, निम्न संज्ञानात्मक क्षमतासँग सम्बन्धित प्रश्नले भने विद्यार्थीमा यी सबै गुण विकास गर्ने हैसियत राख्दैनन् ।

यसबाहेक एसएलसीमा सोधिएका प्रश्नलाई पाठ्यपुस्तकसँग दाँजेर प्रश्नको संज्ञानात्मक तहलाई पुनः वर्गीकरण गर्ने प्रयास पनि गरिएको छ । यो किन आवश्यक भयो भने पाठ र अभ्यासबाट हुबहु सोधिएका प्रश्न सतही रूपमा उच्च संज्ञानात्मक प्रकृतिका झ्ैं लागे पनि यस्ता प्रश्नले विद्यार्थीको सम्झ्ना र स्मरण (मेमोरी एन्ड रिकल) शक्तिको मात्र परीक्षण गरेका हुन सक्छन् । अन्त्यमा, पुराना प्रश्नहरूको दोहोरिने अनुपात तथा यसैका आधारमा सम्भावित प्रश्नबारे गर्न सकिने पूर्वानुमानको विश्लेषण पनि गरिएको छ ।  

एसएलसीमा विभिन्न संज्ञानात्मक क्षमताको मापन
विगत सात वर्षका एसएलसीमा सोधिएका अनिवार्य विषयका प्रश्नलाई ब्लूमको वर्गीकरण अनुसार विश्लेषण गर्दा प्रायः सबै विषयमा विद्यार्थीको सम्झ्ना र स्मरण क्षमता मात्र मापन गर्ने ‘निम्न संज्ञानात्मक’ तहका प्रश्नको बाहुल्य देखिन्छ । विज्ञान, गणित, एचपीई र अंग्रेजी विषयमा ६५ प्रतिशतभन्दा बढी अंकभार निम्न संज्ञानात्मक क्षमता मापनसँग सम्बन्धित प्रश्नहरूले ओगटेका छन् भने सामाजिकमा यो अंकभार ६० प्रतिशत र नेपालीमा ५२ प्रतिशत छ (हे. तालिका १) । सबै विषयमा सोधिएका प्रश्नहरूमध्ये ‘निम्न संज्ञानात्मक तह’ भित्र पनि सबैभन्दा तलका क्रमशः ‘ज्ञान’ र ‘बोध’ सम्बन्धी प्रश्नले ७५ प्रतिशतभन्दा बढी अंकभार ओगटेका छन् । अरू विषयभन्दा नेपालीले निम्न र उच्च संज्ञान, दुवै तहलाई उस्तै प्राथमिकतामा राखेको भए पनि यो अनुपात पर्याप्त छैन ।

‘उच्च संज्ञानात्मक तह’ का प्रश्नहरूको सन्दर्भमा पनि प्रायः सबै विषयले ‘विश्लेषण’ (उच्च संज्ञानात्मक तहभित्रको सबैभन्दा तल) लाई नै बढी प्राथमिकता दिएका छन् । विद्यार्थीको रचनात्मक र सिर्जनात्मक क्षमताको विकासका लागि योभन्दा माथिल्ला तह (मूल्याङ्कन र संश्लेषण) अझ् महŒवपूर्ण हुन्छन् । तर, कुनै पनि विषयले यी माथिल्ला दुईओटा तहलाई प्राथमिकतामा राखेका छैनन् । यी दुईओटामध्ये कुनै विषयले मूल्याङ्कनलाई अलि बढी समेटेका छन् भने कुनैले संश्लेषणलाई । उदाहरणका लागि सामाजिक, गणित र नेपालीले मूल्याङ्कनभन्दा संश्लेषणलाई बढी प्राथमिकतामा राखेका छन् । यी विषयहरूमा कुल सोधिएका उच्च संज्ञानात्मक प्रश्नहरूमध्ये ६० प्रतिशतभन्दा बढी अंकभार विश्लेषण तहले, ३० प्रतिशतभन्दा बढी मूल्याङ्कनले र बाँकी नगन्य भाग मात्रै संश्लेषणात्मक प्रश्नहरूले ओगटेका छन् । एचपीई र विज्ञानले मूल्याङ्कन र संश्लेषणलाई उस्तै प्राथमिकतामा राखेका छन् भने अंग्रेजीले संश्लेषणलाई कुनै प्राथमिकता दिएको छैन ।

संज्ञानात्मक क्षमता मापनको
सन्दर्भमा विशिष्टीकरण तालिका के भन्छ ?

सबै अनिवार्य विषयले विद्यार्थीको सिकाइ मूल्यांकनका लागि पाठ्यक्रममा आधारित विषयगत विशिष्टीकरण तालिका निर्माण गरेका छन् जसले कुनै न कुनै रूपमा सबै किसिमका संज्ञानात्मक क्षमता मापनबारे उल्लेख गरेका छन् । यसो गर्दा सबै विषयले सिद्धान्ततः ब्लूमको वर्गीकरणलाई नै प्रारम्भिक आधार मानेका छन् । यद्यपि, व्यावहारिकरूपमा यी विषयले ब्लूमलाई न पूरै ग्रहण गर्न सकेका छन् न त पूरै त्याग्न । अर्को शब्दमा भन्नुपर्दा, धेरैजसो विषयका विशिष्टीकरण तालिकाहरू विभिन्न संज्ञानात्मक क्षमता मापनका सवालमा अस्पष्ट छन् । त्यसमाथि, सबै विषयका विशिष्टीकरण तालिका स्वतन्त्र रूपमा तयार गरेको देखिन्छ जसले गर्दा विषयबीच सामञ्जस्यताको कमी छ ।

तुलनात्मकरूपमा हेर्दा नेपाली र विज्ञान विषयका विशिष्टीकरण तालिका विभिन्न किसिमका संज्ञानात्मक क्षमता मापनको सन्दर्भमा स्पष्ट छन् । यी विषयले उच्च र निम्न संज्ञानात्मक तहको अनुपात क्रमशः ४५ः५५ र ४९ः५१ हुनुपर्ने बताएका छन् । तर यी विषयमा पनि निम्न संज्ञानात्मक क्षमता अन्तर्गतका तहहरूलाई विशिष्टीकरण तालिकामा किटानै गरिएको भए पनि उच्च संज्ञानात्मक क्षमताको हकमा भने त्यसो गरिएको छैन; सोलोडोलो रूपमा ‘उच्च दक्षता’ मात्रै भनिएको छ । सामाजिक विषयको तालिकाले उच्च संज्ञानात्मक क्षमतालाई प्राथमिकतामा राखेको भए पनि ठ्याक्कै कुन तहका लागि कति अंकभार छुट्याइएको छ भन्ने स्पष्ट छैन । अंग्रेजीले संज्ञानात्मक क्षमतालाई दुई प्रकार — क्षमता र प्रस्तुतीकरण — मा मात्रै विभाजन गरेको छ ।

क्षमताअन्तर्गत ‘ज्ञान’ र ‘बोध’ भनिएको छ भने प्रस्तुतीकरणअन्तर्गत ‘व्यावहारिक दक्षता’ भनिएको छ जुन ब्लूमका अनुसार निम्न संज्ञानात्मक क्षमतासँग मात्रै सम्बन्धित छन् । अतः यस अर्थमा अंग्रेजीको विशिष्टीकरण तालिकाले पनि उच्च संज्ञानात्मक क्षमता मापनलाई प्राथमिकतामा राखेको देखिंदैन । गणित र एचपीईका विशिष्टीकरण तालिकाले त उच्च संज्ञानात्मक क्षमताबारे कुरै गर्दैनन् ।

‘उच्च संज्ञानात्मक’ क्षमता मापन गर्ने प्रश्नहरू साँच्चिकै त्यस अनुरूपका छन् त ?
एसएलसीका प्रश्न पाठ्यपुस्तकमा मात्र आधारित हुने कि पाठ्यपुस्तकभन्दा बाहिरबाट पनि दिन सकिने भन्नेबारेमा अनिवार्य विषयका पाठ्यक्रममा स्पष्ट उल्लेख छैन । अन्य विषयभन्दा भाषा विषय (अंग्रेजी र नेपाली) का पाठ्यक्रममा यसबारे केही उल्लेख छ । अंग्रेजीको पाठ्यक्रमले २५ अंकभार बराबरका प्रश्न किताब बाहिरबाट दिनुपर्ने भनेर तोकेकै छ । नेपालीको पाठ्यक्रममा पनि निबन्ध, चिट्ठी, जीवनी तथा कथालेखन पाठ्यपुस्तकभन्दा बाहिरबाट दिन सकिने व्यवस्था छ । हाम्रो अध्ययनअनुसार अंग्रेजी र नेपाली विषयमा पाठ्यपुस्तक बाहिरबाट आउने प्रश्नले ओगट्ने अंकभार क्रमशः ४९ र ३७ प्रतिशत हुन आउँछ । पाठ्यक्रमले स्पष्टरूपमा नभने पनि सामाजिक विषयमा पनि प्रायः हरेक वर्ष देशको समकालीन अवस्थासँग जोडेर पाठ्यपुस्तक बाहिरबाट प्रश्न सोध्ने गरेको पाइन्छ । सात वर्षको समष्टिगत विश्लेषण गर्दा सामाजिक विषयमा यस्ता प्रश्नको अंकभार करीब २० प्रतिशत हुन आउँछ । त्यसैगरी पाठ्यपुस्तकमा दिइएका अभ्यासलाई हुबहु अथवा अंक वा भेरिएबल मात्र परिवर्तन गरेर दिइएका प्रश्नबाहेक अन्यलाई पाठ्यपुस्तक बाहिरबाट दिइएको मान्ने हो भने गणित विषयमा पनि पाठ्यपुस्तक बाहिरबाट आउने प्रश्नको अंकभार ४० प्रतिशतभन्दा बढी हुन्छ । तर, समस्या समाधान विधिलाई पनि विचार गर्ने हो भने चाहिं यो प्रतिशत निकै कम हुन्छ । एचपीई र विज्ञान विषयमा भने झ्न्डै सबै प्रश्न पाठ्यपुस्तकबाट मात्रै आउँछन् ।  

माथिको अनुच्छेदबाट, एसएलसीमा सोधिने प्रायः प्रश्नहरू पाठ्यपुस्तकमा नै आधारित हुन्छन् भन्ने स्पष्ट हुन्छ । पाठ्यपुस्तकका पाठ र अभ्यासबाट दिइएका प्रश्न सतहमा हेर्दा उच्च संज्ञानात्मक प्रकृतिका झ्ैं लागे पनि यस्ता प्रश्नको उत्तर विद्यार्थीले पहिल्यै पढिसकेका हुने र जाँचमा सोही प्रश्न आउँदा सही उत्तर स्मरण मात्र गर्न सके पुग्छ । त्यसैले पाठ्यपुस्तकसँग दाँजेर यस्ता प्रश्नको संज्ञानात्मक तहलाई पुनः वर्गीकरण गर्दा उच्च संज्ञानात्मक तहमा वर्गीकृत भएका प्रश्नहरू पनि निम्न तहमा झ्रेको पाइयो । यो झ्र्ने अनुपात सबै विषयहरूमा एकैनासे भने छैन । तुलनात्मक रूपमा नेपाली र विज्ञानमा यो अनुपात निकै बढी देखिन्छ । उदाहरणका लागि, नेपालीमा पहिलो चरणको वर्गीकरणमा निम्न र उच्च संज्ञानात्मक तहका प्रश्नहरूको अनुपात ५१ः४९ थियो । तर, प्रश्नहरूलाई पाठसँग दाँजेर पुनः वर्गीकरण गर्दा यो अनुपात ७२ः२८ हुन आयो अर्थात् उच्च संज्ञानात्मक तहका प्रश्नहरूको हिस्सा २१ प्रतिशतले घट्यो । विज्ञान, एचपीई र अंग्रेजीमा यो हिस्सा क्रमशः १८, १३ र ८ प्रतिशतले घटेको देखिन्छ ।

गणित र सामाजिकमा मात्र यो हिस्सा ज्यादै थोरै (क्रमशः २ र ३ प्रतिशत) ले घटेको देखिन्छ । यसो हुनु भनेको हामीले जुन प्रश्नलाई उच्च तहको संज्ञानात्मक क्षमता मापन गर्ने भन्ठानेका थियौं, वास्तवमा ती प्रश्नले पनि निम्न संज्ञानात्मक क्षमता मात्रै मापन गर्दा रहेछन् ।  

प्रश्न दोहोरिने प्रवृत्ति र पूर्वानुमानको सम्भावना
एसएलसी परीक्षाका लागि तयारीको एउटा प्रमुख सामग्री पुराना प्रश्नहरूको संकलित किताब हो, जुन बजारमा सजिलै उपलब्ध हुन्छ र निकै बिक्छ पनि । यसो हुनुको प्रमुख कारण विभिन्न वर्षमा उही वा उस्तै प्रश्न बारम्बार दोहोरिने प्रवृत्ति उच्च भएर हो त ? हाम्रो अध्ययनले यो कुरालाई प्रमाणित गरिदिएको छ । हाम्रो विश्लेषणअनुसार सबै विषयका प्रश्न पटक पटक दोहोेरिएका छन् । यो दोहोरिने अनुपात नेपाली, सामाजिक र विज्ञानमा बढी छ भने एचपीई र गणितमा केही कम छ (हे. तालिका २) ।

अंग्रेजीमा व्याकरणबाहेक अन्य प्रश्न त्यति दोहोरिएका छैनन् तर ती प्रश्नसँग सम्बन्धित अनुच्छेद÷पाठ भने बारम्बार दोहोरिएका छन् । नेपालीमा भने अनुच्छेद÷पाठ र प्रश्नहरू पनि उत्तिकै दोहोरिएका छन् । सामाजिक र एचपीईमा छोटो उत्तरका प्रश्नभन्दा लामा उत्तरका प्रश्नहरू धेरै दोहोरिएका छन् । विज्ञान विषयअन्तर्गत भौतिक विज्ञान र रसायन विज्ञानमा सबैभन्दा धेरै प्रश्न दोहोरिएका छन् । यसैगरी गणितमा ठ्याक्कै उही प्रश्न दोहोरिएको कम पाइन्छ तर हल गर्ने प्रक्रिया एउटै भएका प्रश्नलाई दोहोरिएको मान्ने हो भने यस विषयमा पनि दोहोरिने क्रम धेरै नै छ । यहाँ विचारणीय कुरा के छ भने सबै विषयमा यसरी दोहोरिने प्रश्नहरू पाठ्यपुस्तकमा नै आधारित छन् । पाठ्यपुस्तक बाहिरबाट आएका प्रश्नहरू भने दोहोरिएका छैनन् ।

निश्चित पाठबाट निश्चित खालका प्रश्न मात्रै आउने परम्परा, प्रश्नको प्रकृति र ढाँचामा विविधताको कमी तथा प्रश्नहरू बारम्बार दोहोरिने प्रवृत्तिले गर्दा विद्यार्थीले कुन पाठबाट कस्ता प्रश्न आउन सक्छन् र कुन प्रश्न आउन सक्ने सम्भावना बढी छ भन्ने सन्दर्भमा यथेष्ट पूर्वानुमान गर्न सक्दछन् । हाम्रो विश्लेषण अनुसार हरेक विषयमा कम्तीमा उत्तीर्ण हुनका लागि चाहिने अंक बराबरका पाठ÷प्रश्न पहिल्यै अनुमान गर्न सकिन्छ । अझ् रमाइलो कुरो त के छ भने बहुसङ्ख्यक विद्यार्थी अनुत्तीर्ण हुने भनिएका विषयहरू (अंग्रेजी, विज्ञान र गणित) नै सबैभन्दा बढी पाठ÷प्रश्नहरू पूर्वानुमान गर्न सकिने विषयमा पर्दछन् (हे. तालिका २) । यी विषयहरूमा क्रमशः ५१, ५२ र ४० प्रतिशतसम्मका प्रश्नहरू अनुमान गर्न सकिन्छ । यसैगरी सामाजिक र एचपीईमा क्रमशः ४६ र ४४ प्रतिशत अनुमान गर्न सकिन्छ भने नेपालीमा प्रश्नहरूको दोहोरिने अनुपात बढी देखिए पनि ३६ प्रतिशत मात्र अनुमान गर्न सकिन्छ ।

निष्कर्ष
त्यसो भए एसएलसीका लागि हाम्रा विद्यार्थीले के सिक्दछन् त ? माथि चर्चा गरिए झ्ैं एसएलसी परीक्षामा एकातर्पm ज्ञान र बोधजस्ता निम्न संज्ञानात्मक क्षमताको मापन गर्ने प्रश्नहरूको बाहुल्य छ भने अर्कोतर्पm कम्तीमा उत्तीर्ण हुनका लागि आवश्यक प्रश्न सजिलै पूर्वानुमान गर्न सकिन्छ । यति हुँदाहुँदै पनि विगतका एसएलसी परीक्षामा ५० प्रतिशतभन्दा बढी परीक्षार्थी फेल हुने गरेका छन्, र ती परीक्षार्थी यस्ता विषय (अंग्रेजी, विज्ञान र गणित) मा फेल हुने गरेका छन् जुन विषयमा सबैभन्दा धेरै पूर्वानुमान गर्न सकिन्छ । यसको मतलब हामीले पाठ्यक्रमले सोचेअनुरूप सिर्जनात्मक, आलोचनात्मक र विश्लेषणात्मक क्षमतासहितका प्रतिस्पर्धी नागरिकको विकास गर्ने त धेरै परको कुरा, विद्यार्थीको सम्झ्ना र स्मरण क्षमतालाई पनि यथेष्टरूपमा विकास गर्न सकेका रहेनछौं । अर्थात् हामीले हाम्रा कक्षाकोठामा ज्ञान र बोधलाई पनि प्रभावकारी रूपमा अध्यापन गराउन सकेका रहेनछौं ।

(प्रमोद भट्ट मार्टिन चौतारीसँग आबद्ध अनुसन्धाता हुन् भने सुदीपसिंह नकर्मी त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक हुन् ।)

commercial commercial commercial commercial