अन्तरसम्बन्ध : ‘ड्रि्रेसन’, आत्महत्या र कीटनाशक

केकीटनाशकको प्रयोगले मानिसको शरीरमा जस्तै उसको मन–मस्तिष्कमा पनि घातक असर पार्छ – विशेषज्ञहरू भन्न थालेका छन्– पार्छ । अधिकांश कीटनाशक रसायनले कीरा–फटयांग्राका तन्त्रिका–कोशिकालाई तहसनहस पारेर तिनलाई मार्छन् । विशेषज्ञहरू भन्छन्– बढी मात्रामा कीटनाशक प्रयोग गर्ने मानिसकै तन्त्रिका–कोशिका समेत त्यसबाट दुष्प्रभावित बन्छन्, जसले दिमागको कार्य प्रणालीमा फेरबदल ल्याउँछ । किसानहरू अवसाद –ड्रि्रेशन)ग्रस्त हुनु र तिनले आत्महत्या गर्नु को कारण कीटनाशकको अत्यधिक असर पनि हो भन्ने निष्कर्षर्फअनुसन्धानहरूले इशारा गर्न थालेका छन् ।

विगतका वर्षा भारतमा लाखौं किसानले आत्महत्या गरे । यसका पछाडि मूलतः खेतीमा असफलता र ऋणको बोझबाट दबिनु जस्ता कारण रहेको देखि ँदै र मानिँदै आएको थियो । तर नयाँ अनुसन्धानहरूले यसको नयाँ आयामलाई रेखांकित गरिरहेका छन् ‘साइन्टिफिक अमेरिकन‘ मा हालै प्रकाशित शोधमूलक आलेखका अनुसार, कीटनाशक औषधिले किसानको मान सिक स्वास्थ्यमा प्रतिकूल प्रभाव पारिरहेका प्रमाण भेटिएका छन् । खेतीमा प्रयोग गरिने रसायनले जसरी बालीमा लाग्ने कीरा–फटयांग्राको तन्त्रिका–तन्त्रलाई तहसनहस पारिदिन्छ, ठीक त्यसै गरी किसानमा पनि असर पारिरहेको छ ।

खेती–किसानी निकै तनावको काम हो– मौसमको उत्तारचढाव, शारीरिक श्रम, बजारको अन्योल आदि । विशेषज्ञहरू भन्न थालेका छन्– यी सब कुरा बाहेक हानिकारक कीट नियन्त्रणका लागि प्रयोग गरिने कैयौं रसायनले किसानको दिमागमा रासायनिक परिवर्तन गरिरहेका छन् । पछिल्ला अनुसन्धानले कीटनाशकहरूको लामो समयसम्म उपयोग र अवसाद –ड्रि्रेसन) तथा आत्महत्या दरमा वृद्धिबीच सम्बन्ध रहेको देखाएका छन् । थोरै समयमा कीटनाशकको उच्च मात्रा प्रयोग गर्ने हो भने पनि अवसादको खतरा दोब्बर हुने देखि एको छ ।

कोलोराडो स्टेट युनिभर्सिटीका रोग–प्रसार वैज्ञानिक –इडिपिमियोलजिस्ट) लोरेन स्टेलोन्स भन्छन्ः विगतमा के मानिन्थ्यो भने किसान समुदायमा मान सिक अस्वस्थता नामको कुनै कुरा हुँदैन । तर अब त्यो सोच बदलिँदैछ किनभने थुप्रै किसान आफूमा मान सिक अक्षमता आएको शिकायत गर्न थालेका छन् ।

अवसाद –ड्रि्रेसन) अमेरिकाको र्सवसामान्य मान सिक समस्या हो । ‘राष्ट्रिय मान सिक स्वास्थ्य इन्स्च्यूट‘ का अनुसार अमेरिकाका करीब सात प्रतिशत वयस्क प्रत्येक वर्षएक–दुइ हप्ताका लागि अवसादका शिकार बन्छन् । किसान र कृषि मजदूर अरूभन्दा बढी अवसादका शिकार हुन्छन् वा हुँदैनन् भन्ने तथ्यांक चाहिं उपलब्ध छैन ।

अवसादका कारणहरू अत्यन्तै जटिल हुन्छन् । हार्वर्ड मेडिकल स्कूलको एउटा रिपोर्टका अनुसार हराम्रो दिमागमा करोडौं, शायद अरबौं रासायनिक क्रिया सञ्चालित भइरहेका हुन्छन्, जसले हराम्रो मूड, अनुभूति आदिको निर्धारण गर्छन् । कतिपय अनुसन्धानबाट के पत्ता लागेको छ भने किसानले खेतमा प्रयोग गर्ने केही रसायनले मस्तिष्कका त्यस्ता रसायनहरूमा फेरबदल गर्न सक्छन् ।

‘नेशनल इन्स्टच्यूट अफ इन्भायरन्मेन्टल हेल्थ साइन्सेज‘ ले गराए को कृषि स्वास्थ्य अध्ययनले पनि कीटनाशक उपयोग गर्ने किसानहरूमा अवसादको दर बढ्ने निष्कर्षनिकालेको छ । उक्त अध्ययनमा ८९ हजार किसान सहभागी थिए ।

यसै गरी, रोग–प्रसार वैज्ञानिक प|mेया केमल र उनका साथीहरूले १९ हजार किसानको अध्ययन गर्दा के भेटिएको छ भने, दुइखाले कीटनाशकको प्रयोग गर्नेहरूमा भन्दा सात किसिमका कीटनाशकको प्रयोग गर्नेहरूमा अवसादको सम्भावना दोब्बर हुँदो रहेछ । अर्गेनोक्लोरिन वर्गका कीटनाशक उपयोग गर्नेहरूमा त अवसादको दर अरूको भन्दा ९० प्रतिशत बढी पाइयो । धुवाँउनुपर्ने कीटनाशकले अवसादको दर ८० प्रतिशत बढाउने गरेको देखि यो । ‘इन्भायरन्मेन्टल हेल्थ पर्स्र्पेक्टिभ‘ नामक अनुसन्धानमूलक पत्रिकामा केमल र उनका साथीहरूले भनेका छन : हराम्रो अध्ययनले कीटनाशकको प्रयोग र ‘ड्रि्रेसन‘ बीच सम्बन्ध छ भन्ने देखाएको छ । यसबारे अरू अध्ययन हुनुपर्छ ।

गत वर्षप्रकाशित एक अध्ययन अनुसार प|mान्समा झारपात नष्ट पार्ने रसायन उपयोग गर्ने किसानहरूमा अवसादको सम्भावना दोब्बर पाइएको छ । ५६७ जना किसान माथि गरिएको अध्ययनले के देखाएको छ भने यस्तो रसायन २० वर्षम्म उपयोग गर्ने किसानमा त अवसादको तरवार टाउकै माथि झुण्डिएको हुन्छ ।

कीटनाशकको थोरै मात्रासँग लामो समयसम्म सर्म्पर्क हुँदा किसानमा अवसादको खतरा बढ्छ भने धेरै मात्रासँग चाहिं थोरै समयको सर्म्पर्कले पनि त्यस्तो खतरा बढ्न पुग्छ । अमेरिकाकै कोलोराडो, नर्थ क्यारोलिना र आयोवा राज्यका बढी कीटनाशक प्रयोग गर्ने किसानहरू तीन वर्षभत्रै अवसादग्रस्त हुने सम्भावना तीनगुणा बढी पाइएको थियो ।

शुरूमै भनिएझैं अधिकांश कीटनाशक रसायनले कीटहरूका तन्त्रिका–कोशिका तहसनहस पारेर तिनलाई सिध्याइदिन्छन् । बढी मात्रामा कीटनाशक प्रयोग गर्ने मानिसकै पनि तन्त्रिका–कोशिकामा तिनलेगडबढी उत्पन्न गर्छन् नै । कीटनाशकले मानिसको दिमागी कार्य प्रणालीलाई पनि दुष्प्रभावित गर्छ भन्ने केमलको निष्कर्षा शंका गर्नु पर्ने ठाउँ छैन । तर कीटनाशकबाट ड्रि्रेसन मात्र होइन, स्वास्थ्य सम्बन्धी अरू समस्या पनि पैदा हुन सक्छन् । क्यालिफोर्निया विश्वविद्यालयका डाक्टर बीट रिट्जले के पत्ता लगाइसकेका छन् भने, कीटनाशकको प्रयोग गर्नेहरूलाई पार्किन्सन रोग लाग्ने खतरा बढी हुन्छ ।

यसै क्रममा, कैयौं अध्यायनबाट कीटनाशक र आत्महत्याबीच सम्बन्ध रहेको पाइएको छ । अवसाद बढ्दै गएपछि मानिस आत्म हत्यासम्म पुग्नु अस्वाभाविक होइन । ब्राजिलका प्रशस्त कीटनाशक प्रयोग गर्ने कृषि मजदूरहरूमा आत्महत्या गर्ने सम्भावना बढी देखा परेको छ । चीनको जेजियाङ प्रान्तका करीब १० हजार मानिसमा विश्व स्वास्थ संगठनले गरेको अध्ययनबाट पत्ता लागेको छ : आफ्नो घरमा कीटनाशक भण्डार गर्ने मानिसहरूलाई आत्महत्यागरूँ–गरूँ लाग्ने सम्भावना अरूको भन्दा दोब्बरै हुन्छ । अमेरिकाको आयोवा युनिभर्सिटीकी बेन्डी रिन्जेनवर्गले १९ वर्षो राष्ट्रव्यापी तथ्यांक विश्लेषण गर्दा पनि किसान र कृषि मजदूरको आत्महत्या दर अन्य पेशा अपनाउनेहरूको तुलनामा ३.६गुणा बढी रहेको फेला परेको छ ।

कैयौं विकसित देशले अर्गेनोक्लोरिन र अर्गेनोफस्फेट वर्गका कीटनाशकको प्रयोग माथि कडा प्रतिबन्ध लगाएका छन् । तैपनि कृषक र कृषि मजदूरहरू पूण्तः सुरक्षित हुन सकेका छैनन् । अधिकांश विकास शील देशहरूमा भने कुनै पनि खालका कीटनाशकमा प्रतिबन्ध छैन र तिनको प्रयोग गर्दा अपनाउनु पर्ने सुरक्षा–व्यवस्थाको पनि मतलब राखिँदैन । जेहोस्, कीटनाशकको प्रयोगबाट मानिसको मान सिक स्वास्थ्यमा असर पर्ने र त्यसको परिणति आत्महत्यासम्म हुन सक्नेतर्फत अध्ययनहरूले स्पष्ट इशारा गरिसकेकै छन्, कीटनाशकका थप दुष्प्रभावबारे पनि व्यापक र गहन अध्ययन हुन जरूरी भएको छ ।

साभार : स्रोत विज्ञान एवं टेक्नोलोजी फीचर्स जनवरी, २०१५

commercial commercial commercial commercial